मिति २०८२।०६।२० गते ०५:०० बजे देखि ऐ २१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२१
- A
- A-
- A+
कर्तव्य ज्यान,
प्युठान, मिति २०८२।०६।१७ गते राती
अ.२३:५५ बजे, माण्डवी गा.पा.२ गोलवाङ बस्ने वर्ष ७१ की लाई
ऐ.बस्ने वर्ष ५५ को जगत खड्काले घरमा कोही नभएको अवस्थामा ज.ज.क.गरेको र मिति
२०८२।०६।१८ गते अ.११:०० बजे पिडकको श्रीमती वर्ष ४६ की सुनिता खड्काले पिडितलाई
कुटपित समेत गरेको, पिडितको अवस्था गम्भिर रहेको भनि मिति
२०८२।०६।१९ गते अ.१०:४० बजे पिडितको बुहारीले जानकारी गराए पश्चात उक्त स्थानमा
प्र.चौ.तिरामबाट प्र.स.नि.को कमाण्डमा र इ.प्र.का.बिजुवारबाट प्र.नि.को कमाण्डमा
टोली खटी गएको, पिडक जगत खड्का र निजको श्रीमती सुनिता
खड्कालाई नियन्त्रणमा लिई जि.प्र.का.प्युठानमा ल्याई राखिएको र ऐ.१४:५० बजे निज
पिडितलाई उपचारको लागी जि.अस्पताल बिजुवार प्युठानमा ल्याई सामान्य उपचार पश्चात
थप उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको लागी रिफर भएकोमा ऐ.२० गते
१७:१६ बजे निज पिडितको उपचारको क्रममा मृत्यु भएको, शव सोही
अस्पतालमा रहेको ।
तनहुँ, मिति २०८२।०६।१७ गते
अं.२३:०० बजे शुक्लागण्डकी न.पा.२ नर्सरी बस्ने वर्ष ३२ को अमृत जि.सी.ले ऐ.बस्ने
वर्ष ३१ की बिनिता थापालाई मा.प.से.गरी सामान्य विवाद भई कुटपिट गर्दा निज बिनिता
थापा घाईते भई ऐ.१८ गते अं.१४:०० बजे उपचारको लागि जि.पी.कोईराला राष्ट्रिय स्वास
प्रस्वास उपचार केन्द्र बेलचौतारा पठाई समान्य उपचार थप उपचारको लागि ऐ.१९ गते
अं.०६:३० बजे मणिपाल शिक्षण अस्पताल पोखरा लगि चेकजाँच गर्दा टाउको भित्र रगत
जमेको कारण अप्रेशन गरी भेन्टिलेटरमा उपचार भईरहेकोमा ऐ.२१ गते ०४:१० बजे उपचारको
क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा रहेको, उक्त स्थानमा इ.प्र.का.बेलचौताराबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको,
कुटपिट गर्ने अमृत जि.सी.इ.प्र.का.बेलचौताराको नियन्त्रणमा रहेको ।
ज.ज.क.,
उदयपुर, कटारी न.पा.९ लिम्पाटार
बस्ने अं.वर्ष १६ की बालिकालाई घरको कोठाभित्र गई ऐ.बस्ने लिला बहादुर परियारको
छोरा वर्ष १९ को भोजराज परियारले ज.ज.क.गरेको भनि ऐ.२० गते ०७:०० बजे इ.प्र.कटारी
उदयपुरमा जाहेरी दरखास्त दिनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज प्रतिवादी
भोजराज परियारलाई नियन्त्रणमा लिएको, पीडितको अवस्था सामान्य
रहेको ।
उदयपुर, मिति २०८२ भदौ महिनाको
दोस्रो हप्ता (यकिन गते थाहा नभएको) अं.२३:३० बजे जि.उदयपुर चौदण्डीगढी न.पा.०२ चारघरे
बस्ने अं.वर्ष १६ की बालिकालाई ऐ.बस्ने फागु सदाको छोरा वर्ष अं.१९ को संजय सदाले
बिगत केही समय देखी विवाह गर्छु भन्दै ललाई फकाई आएकोमा निजलाई ऐ.रातको समयमा
जबरजस्ती उठाई कुरा गर्दै बस्नु पर्छ भनी हात तान्दै घर नजिकै रहेको जंगलमा लगी
कुराकानी गर्ने क्रममा भुईमा लडाइ ज.ज.क. गरेको भनी निज पीडितको आमाले ऐ.०६/२० गते
अं. ११:३० बजे इ.प्र.का. बेल्टारमा जाहेरी दरखास्त दिनासाथ ज.ज.क.गर्ने संजय
सदालाई पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको ।
धादिङ, मिति २०८१ साल फागुन महिनामा
जि.धादिङ निलकण्ठ न.पा.२ साँखु पानधारे बस्ने वर्ष ४५ को विशाल सुनारले
मा.प.से.गरी ऐ. बस्ने धादिङ २४ (९२) ०८२/०८३ की वर्ष ३७ की कान नसुन्ने र बोल्न
नसक्ने (लाटी) महिलालाई ज.ज.क.गरी फरार रहेको भनि २०८२।०६।२० गते १७:३० बजे
जि.प्र.का.धादिङमा पिडितको दाई धादिङ २४ (९३)०८२/०८३ मार्फत जाहेरी दरखास्त
प्राप्त भएकोले मुद्दा दर्ता भई जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली
खटी गई फरार व्यक्तिको खो.त.तथा थप आ.अ.भईरहेको, ।
भक्तपुर, जिल्ला नुवाकोट त्रिशुली
गा.पा.घर भई हाल जि.काठमाण्डौ कोटेश्वर बस्ने वर्ष ६३ को जयराम तामाङले जिल्ला
काभ्रे रोशी गा.पा.घर भई ऐ.चागुनारायण न.पा.२ झौखेल बस्ने वर्ष ५ की बालिकालाई
ऐ.चागुनारायण न.पा.२ झौखेल स्थित मदन घिमिरेको निर्माणाधिन जस्ताको टहरामा
ज.ज.क.गरेको भनी पीडित बालिकाकी आमाले ऐ.२१:०० बजे परिसर भक्तपुरमा दिएको जाहेरीको
आधारमा निज जयराम तामाङलाई प्रभाग ब्यासीबाट खटिएको प्र.ब.ना.नि.को कमाण्डमा
खटिएको टोलीले ऐ.झौखेलबाट नियन्त्रणमा लिई परिसर भक्तपुरमा ल्याई राखी थप
अनुसन्धान भइरहेको ।
ला.औ.,
धनुषा, गणेशमान चारनाथ न.पा.वडा
न.७ पोर्ताहा चेकप्वाईन्ट स्थितमा प्र.चौ.पोर्ताहा धनुषाबाट प्र.ना.नि. र तालुक
इ.प्र.का.ढल्केवर धनुषाबाट प्र.नि.जटाशंकर यादवको कमाण्डमा खटिएको संयुक्त चेकिङ्ग
टोलीले जिल्ला सिरहा बन्दिपुर तर्फबाट बिरेन्द्रबजार तर्फ आउदै गरेको
बा.प्र.०३-००२ प २०८७ नं.को मो.सा. माथि शंका लागि रोकीचेकजाँच गर्दा उक्तमो.सा.
पछाडी सवारजिल्ला सिरहा मिर्चौया न.पा.वडा नं. ७ बस्ने राजदेव यादवको छोरा अं.बर्ष
२४ को निराजन यादवले साथमा बोकेको कालो प्लास्टिकले बेरेको पोका भित्र हेर्दानिम्न
तौल भएको ब्राउनसुगर जस्तो देखिने खैरौ पदार्थबरामद भएको हुँदा,उक्तमो.सा. चालक जिल्ला सप्तरी राजबिराज न.पा.वडा नं.१ बस्ने अवधेश कुमार
सिंहको छोरा अं.बर्ष ३१ को रोहन कुमार सिंह, मो.सा. र
मो.सा.पछाडी सवार निराजन यादव समेतलाई नियन्त्रणमा लिई प्रहरी चौकी पोर्ताहा
धनुषामा ल्याई राखिएको, ब्राउनसुगर जस्तो देखिने खैरौ पदार्थ
३७.९ ग्राम (प्लास्टिक बाहेक) र प्लास्टिक सहित ५१ ग्राम रहेको