मिति २०८२।०६।२१ गते ०५:०० बजे देखि ऐ २२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२२
- A
- A-
- A+
कर्तव्य ज्यान,
नुवाकोट, शिवपुरी
गा.पा.७ सुनखानी ठुलापाटा स्थित ऐ.बस्ने अं.वर्ष ५० को जितमान तामाङले आफ्नै
श्रीमती अं.वर्ष ४९ को सविना तामाङलाई घरायसी विवादको कारण धारिलो हतियार (खुकुरी)
प्रहार गरि हत्या गरेको भन्ने खबर ऐ.२२ गते अं.१२:५० बजे अ.प्र.पोष्ट गुर्जेमा खवर
प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई धारिलो हतियार (खुकुरी) प्रहार
गर्ने व्यक्ति र धारिलो हतियार (खुकुरी) नियन्त्रणमा लिएको, उक्त
घटनास्थलमा जि.प्र.का. नुवाकोटबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको,
ज.ज.क./बालयौन दुरुपयोग,
मकवानपुर, बकैया गा.पा.५ सुकौरा
स्थितमा वर्ष ५ की बालिकालाई मिति २०८२/०६/२० गते अं.१९:०० बजे आफ्नै घर अगाडी
खेल्दै गरेको अवस्थामा ऐ.बस्ने वर्ष १८ को विजय थिङ भन्ने साने बहादुर थिङले घर
नजिकै रहेको बनमाराको झाडीमा लगि यौन दुर्व्यवहार गरेको बखत ऐ.बस्ने वर्ष १५ को
बालकले देखि कराउने क्रममा बालिकालाई छोडी निज साने बहादुर थिङ उक्त स्थानबाट भागी
गएको, निजलाई पक्राउ गरी कानून बमोजिम कारबाही गरी पाँउ भनि पीडितको बुवाले
जाहेरी दरखास्त ऐ.२१ गते १६:३० बजे जि.प्र.का. मकवानपुरमा दिएको हुँदा पीडकलाई
नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको, पीडित बालिकालाई
अभिभावकको जिम्मा लगाईएको ।
कपिलवस्तु, मिति
२०८२।०६।१६ गते राती अं. २३:५० बजे जि.कपिलवस्तु कपिलवस्तु न.पा.१ नयाँ हाटबजार
स्थित तुल्सीराम कलवारको घरमा भाडा गरी बस्ने
देश भारत उत्तर प्रदेश थाना दरगाहा शरिफ जिल्ला बहराईच घर भएकी वर्ष ९ की
बालिकालाई ऐ.१ नयाँ हाटबजार बस्ने वर्ष ५५ को जित बहादुर कहारले सुती रहेको ठाउँमा
आई यौन दुर्व्यवहार गरेको हुँदा निज प्रतिवादीलाई कानून बमोजिम कारवाही गरी पाउँ
भनि निजको बुबाले ऐ.१९ गते
जि.प्र.का.कपिलवस्तुमा जाहेरी दरखास्त दिए पश्चात जि.प्र.का.कपिलवस्तुबाट
प्र.नि.को कमाण्डमा टोली खटी गई प्रतिवादीलाई नियन्त्रणमा लिई ऐ.२१ गते मुद्धा
दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको, पीडितलाई स्वास्थ्य परिक्षण गरी
आफन्तको जिम्मा लगाईएको, अवस्था सामान्य।
बाँके, राप्तिसोनारी
गा.पा.५ उर्लिहवा बस्ने वर्ष ३० को (विवाहित) प्रेम थारुले ऐ.बस्ने वर्ष १८ की
महिलालाई आफ्नै कच्ची घरको थातीमा सुती रहेको अवस्थामा एक्कासी घरमा आई
ज.ज.क.गरेको भनी ऐ.२१ गते अं.१६:३० बजे पीडितको बुवाले इ.प्र.का.बैजापुर बाँकेमा
लिखित निवेदन दिनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई निज प्रेम थारुलाई
नियन्त्रणमा लिई इ.प्र.का.बैजापुर बाँके ल्याई राखिएको, निज पीडित महिला आफ्नो घर परिवारसँग रहेको भनि ऐ.२१:४५ बजे
जि.प्र.का.बाँकेमा जानकारी गराएको ।
हा.ह.बरामद,
कैलाली, गोप्य सुचनाको
आधारमा इ.प्र.का.सुखडबाट प्र.ना.उ.को कमाण्डमा खटिएको टोलीले घोडाघोडी न.पा. १
बेलार बर्ने वर्ष २३ को आकाश शाहीको घर
नजिकै रहेको निजको भान्सा घर भित्रबाट ५५०१०२३४ नं.को टाईप ५४ चाईनिज पेस्तोल थान
१ (एक) र ऐ.को खाली म्याग्जिन थान १ सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.सुखडमा
ल्याई सोधपुछ गर्दा मिति २०८२/०५/२४ गते भएको GEN-Z आन्दोलनको क्रममा महानगरीय
प्रहरी प्रभाग कोटेश्वर काठमाण्डौबाट लुकाई छिपाई ल्याएको भन्ने खुलेको ।
कैदी मृत्यु,
कैलाली, मिति
२०८२।०५।२६ गते १६;२० बजे कारागार कार्यालय बझाङबाट उपचारार्थ कारागार सुरक्षा गार्ड
कैलालीमा स्थान्तरण भई आएको ज.ज.क.मुद्धाको कैदी जि.बझाङ खप्तडछान्ना गा.पा.७
बस्ने अं.वर्ष ७१ भरत बहादुर रोकाया श्वासप्रश्वास सम्बन्धी बिरामी भएकोले निज
कैदी मिति २०८२।०५।२७ गते कैलालीमा पुगी
सोही दिनबाट मायामेट्रो अस्पताल धनगढी कैलालीको ICU मा
राखि उपचार भईरहेकोमा ऐ.०६।२१ गते २०:३५ बजे उपचारको क्रममा मृत्यु भएको भनी सोही
अस्पतालमा खटी गएको प्र.ब.ह.ले
जि.प्र.का.कैलालीमा जानकारी गराएको,
मानिस मृत फेला,
पर्सा, बीरगंज
म.न.पा.१५ भानु चोक स्थित साह पराडाइज होटेलमा दोस्रो तल्लाको १११ नं.को कोठामा ऐ.०६।१९
गते देखि कोठा बुकिङ गरी बस्दै गरेको देश भारत त्रिपुरा घर भएको अं.वर्ष ६७ को
साजल अचारजी र निजकै छोरा अं.वर्ष २५ को सागर अचारजी कोठा भित्रबाट ढोकाको चुकुल
लगाई बुवा र छोरा मध्ये १ जना बेडमा उत्तानो परेको अवस्थामा र अर्को १ जना सिलिङ
पंखा झुण्ड्याउने कडीमा कपडाको पासो लगाई झुण्डिएको अवस्थामा उक्त होटेलको स्टाफले
भेन्टिलेसनबाट देखि ऐ.२१:०० बजे प्र.चौ.बसपार्कमा जानकारी गराउनासाथ प्र.ना.नि.को
कमाण्डमा टोली खटी गई घटनास्थल सुरक्षित राखिएको, उक्त स्थानमा
व.प्र.का.श्रीपुर पर्साबाट प्र.नि.को कमाण्डमा टोली खटी गई अनुसन्धान कार्य
भईरहेको ।