प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०६।२२ गते ०५:०० बजे देखि ऐ २३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०६-२३

  • A
  • A-
  • A+
Share

ज.ज.क.,

धादिङ ,गजुरी गा.पा.४ गैरीगाउँ बस्ने वर्ष १४ की परिवर्तित नाम जिल्ला २४ गजुरी (१८)०८२/०८३ लाई प्रतिवादी जिल्ला धादिङ गजुरी गा.पा.४ गैरीगाउँ बस्ने वर्ष २५ को दिपेन्द्र चेपाङले ऐ.गा.पा.४ गैरीगाउँ स्थित बारीमा ज.ज.क.गरेको भनी मिति २०८२।०६।२२ गते १४:०० बजे इ.प्र.का.गजुरीमा जाहेरी सहित उपस्थित हुन आएको हुँदा प्र.नि.को कमाण्डमा खटी गई आ.अ.भईरहेको, प्रतिवादी फरार रहेकोले खो.त.भइरहेको ।

 

प्र.क.को मृत्यु,

चितवन , जि.मकवानपुर मनहरी गा.पा.६ सुनाचरी घर भएका इ.प्र.का.खैरहनी चितवन दरवबन्दी भई हाल जि.प्र.का.चितवनमा कार्यरत वर्ष ४२ को प्र.ह.मनराज कुशवार(कम्प्युटर कोड ३६९७९४) आफू सुत्ने व्यारेकको आफ्नै बिस्तारामा बेहोस अवस्थामा फेला परेकोले तत्काल उपचारको लागि जिल्ला सरकारी अस्पताल भरतपुर लगिएकोमा ऐ.०४:२५ बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको ।

 

ला.औ.,

काठमाण्डौ , का.जि.दक्षिणकाली न.पा.५ स्थित इ.प्र.का.फर्पिङबाट प्र.नि.को कमाण्डमा खटिएको १० जनाको टोलीले फर्पिङ चेक पोष्टमा फर्पिङ नाका भई आवत जावत गर्ने विभिन्न सवारी साधन तथा मानिसहरु चेकजाँच गर्ने क्रममा रौतहटबाट काठमाण्डौ आउदै गरेको बा.प्र.०३-००१ ज ०६१२ नं.को भाडा EV गाडीलाई रोकी चेकजाँच गर्दा उक्त गाडीको सिट नं.१३ र १४ मा बसी सवार निम्न व्यक्तिले बोकी ल्याएको कपडाको झोला चेकजाँच गर्दा उक्त झोला भित्र लुकाई छिपाई ल्याएको Tramadol Hydrochloride Capsulees I.P Tramol-50 लेखिएको ला.औ.१५०० पत्तामा १५,००० ट्याब्लेट फेला पारी उक्त ला.औ.सहित निजहरुलाई नियन्त्रणमा लिई थप अ.अ.कार्य भईरहेको,उक्त स्थान इ.प्र.का.फर्पिङबाट अं.१ कि.मि.उत्तर पर्ने । निम्न:- १) जि.रौतहट परोहा न.पा.९ पटेलटोल बस्ने बर्ष अं.१९ को अविनाश पटेल । २) ऐ.ऐ.बस्ने बर्ष बर्ष अं.१८ को दिपेन्द्र पटेल ।

सम्बन्धित समाचार
मिति २०८२।०७।०१ गते ०५:०० बजे देखि ऐ ०७।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-०२

कर्तव्य ज्यान,सप्तरी, बोदेबर्साईन न.पा.८ रजकपट्टी स्थित कबिर बाबा मन्दिरको पुजारी काम गर्ने ऐ.बस्ने अं.वर्ष ७० को रामदुलार साहले आफ्नो कुट्टीमा एकलै बस्दै आएकोमा कुट्टी अगाडी रहेको बाटोमा पिसाब गरिरहेको अवस्थामा नामथर, वतन नखुलेको मानिसले निज रामदुलार साहलाई गोली प्रहार गर्दा ढाडको पछाडीबाट नाईटोको साईडमा १ वटा प्वाल भई घटनास्थलमै मृत्यु भएको, शव घटनास्थलमा नै रहेको भन्ने जानकारी प्राप्त हानसाथ उक्त प्र.चौ.काचनबाट प्र.स.नि.को कमाण्डमा, जि.प्र.का. सप्तरीबाट प्र.ना.उ.कमाण्डमा र इ.प्र.का.कडरवोनाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई गोली प्रहार गर्ने मानिसको खो.त.तथा थप संकित व्यक्तिहरुको सिमा नाका संग जोडिएको यूनिट एरियाहरूमा कर्डन गरी चेकजाँच भईरहेको, घटनास्थलमा २ थान खोका फेला परेको, । ज.ज.क.,बाँके, खजुरा गा.पा.१ बलैपुर बस्ने आयुष सुनारको बिवाहमा आएकी जि.सुर्खेत भेरीगंगा न.पा.१० घर भई हाल नेपालगञ्ज उ.प.न.पा.२० नेपालगंजमा डेरा गरी बस्ने वर्ष १९ की बालिकालाई ऐ.खजुरा गा.पा.१ सैनिक बस्ने ऐ.बिवाहमा नै आएको वर्ष १८ को सुजल थापाले निजलाई राती सवारी साधन नमिलेकोले मो.सा.मा नेपालगञ्ज छोडिदिन्छु भनी लगी ऐ.खजुरा गा.पा.१ स्थित न्याउलीडाँडा जंगलमा खुकुरी देखाई ज्यान मार्ने धम्की दिई निजलाई ज.ज.क.गरी छोडी भागेको भन्ने खबर ऐ.०७।०१ गते ११:०० बजे प्र.चौ.राधापुरमा प्राप्त हुनासाथ प्र.ना.नि.र इ.प्र.का.धनौलीबाट प्र.नि.को  कमाण्डमा टोली खटी गई निज सुजल थापालाई नियन्त्रणमा लिई  पीडक पीडित दुबै जनालाई विस्तृत स्वास्थ्य परिक्षणको लागि भेरी अस्पताल नेपालगञ्ज बाँके पठाएको । सवारी दुर्घटना  (प्र.क.),नवलपरासी(पूर्व), मध्यबिन्दु न.पा.७ चोरमारा बजार स्थित पूर्व पश्चिम राजमार्गमा कावासोतीबाट नवलपरासी तर्फ जाँदै गरेको GJ14Z6465 भारातीय नं.प्लेटको बसले ऐ.दिशाबाट जाँदै गरेको प्रदेश ३-०२-०१० प ७२३० नं.को मो.सा.लाई ठक्कर दिँदा मो.सा. चालक जि.सर्लाही लालबन्दी न.पा. ४ घर भई हाल कार्यदल काठमाण्डौमा कार्यरत प्र.स.ह.वर्ष ३४ को नरेश चौधरी, सोही मो.सा.मा पछाडि सवार निजकै श्रीमती वर्ष ३० की अनिता चौधरी र  निजको छोरा वर्ष १० को अनुज चौधरी घाईते भई उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाएकोमा ऐ.१६:०५ बजे अनिता चौधरीलाई डा.ले चेकजाँचको क्रममा मृत घोषणा गरेको, शव सोही हस्पतालमा रहेको, प्र.स.ह.नरेश चौधरी र अनुज चौधरीलाई थप उपचारको लागि पुरानो मेडिकल कलेज भरपुर चितवन पठाएकोमा उपचारको क्रममा ऐ.१८:१५ बजे प्र.स.ह. नरेश चौधरीलाई डा.ले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, अनुज चौधरीको ऐ.अस्पतालमा उपचार भइरहेको, अवस्था गम्भीर, बस र बस चालक प्र.चौ.तम्सरियाको नियन्त्रणमा, , प्रहरी सहायक हवल्दार नरेश चौधरी चार दिनको भैपरी आउने विदा स्वीकृत गरी गएको । लागुऔषध, झापा, इ.प्र.का.अनारमनीबाट प्र.स.ह.को कमाण्डमा खटिएको टोलीले ऐ.बिर्तामोड न.पा.५ सितल मार्केट  स्थितबाट जिल्ला पाँचथर हिलिहाङ गा.पा.६ बस्ने वर्ष ३० को अशोक भन्ने डम्बर बहादुर मैनालीलाई शंका लागी निजलाई चेकजाँच गर्दा निजको साथबाट १६ ग्राम ४५० मिलिग्राम ला.औ.ब्राउनसुगर जस्तो देखिने लिसाईलो पदार्थफेला पारी उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई इ.प्र.का.अनारमनीमा राखिएको, ।

मिति २०८२।०६।३० गते ०५:०० बजे देखि ऐ ३१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-३०

२०८२-०६-३१,ज.ज.क. उद्योग,पाल्पा, रिब्दीकोट गा.पा. ७ मैनादी कटहरबारी बस्ने वर्ष ६१ को शिब रानाले म जाहेरवाला जि.पाल्पा रिब्दीकोट गा.पा. ७ मैनादी कटहरबारी बस्ने वर्ष ५८ की महिलालाई घर नजिकै सालघारी खर्‍यानमा आई करणी गर्ने मनसायले मेरो संवेदनशील अंगमा छोई ज.ज.क.प्रयास गरेकोले निज कसूरदार मान बहादुर रानालाई कानून बमोजिम कारवाही गरी पाउँ भनि ऐ.३० गते १८:०० बजे जि.प्र.का.पाल्पामा गई जाहेरी दिएकोले उक्त स्थानमा इ.प्र.का.मुझुङ पाल्पाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई घटनामा संलग्न निज मान बहादुर रानालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. पाल्पामा पठाईएको । हा.ह. बरामद,काठमाडौं, वृत्त कीर्तिपुर र का.उ.अ.अ.का.बाट खटीएको संयुक्त प्रहरी टोलीले स्वीप अपरेशनको क्रममा जि.मकवानपुर कैलाश गा.पा.५ गोलढुङ्गा स्थायी वतन भई की.न.पा.३ ढाल्पा डेरा गरी बस्ने वर्ष २८ को राजेन्द्र मोक्तानसँग पेस्तोल रहेको छ भन्ने सुचनाको आधारमा निजसँग सम्पर्क गरी हतियारको बारेमा जानकारी गराउँदा निज तत्काल सम्पर्कमा आई टाईप ५४ (TYPE 54) चाईनिज पेस्तोल (नं. ५१००४२८३) थान-१ वृत्त किर्तिपुर बुझाएको । उल्लेखित नं.को टाईप ५४ चाईनिज पेस्तोल मिति २०८२।०५।२४ गते वृत्त किर्तिपुरबाट लुटीएको । फुटकर ज्यान (शंकास्पद मृत्यु),रामेछाप, रामेछाप न.पा.७ मुगान स्थित ऐ. बस्ने इन्द्र बहादुर हायुको श्रीमती अं.वर्ष ५५ की चिनीमाया हायु आफ्नै ढुङ्गा माटोले बनेको एक तले घरभित्र मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.रामेछापडाँडाबाट प्र.स.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको प्रहरी टोली खटी गई घटनास्थल मुचुल्का कार्य समाप्त पश्चात शव पो.मा.को लागी जिल्ला अस्पताल रामेछापडाँडा रामेछाप पठाएको, थप अनुसन्धानको लागि मृतकको श्रीमान वर्ष ५४ को इन्द्र बहादुर हायुलाई नियन्त्रणमा लिई जि.प्र.का.पठाएको । कुटपिट,सर्लाही, लालबन्दी न.पा.३ भैरबपुर बस्ने रोशन चौधरीको श्रीमती वर्ष ३० की बजन्तरी चौधरीको घर अगाडी खाना बनाउने दाउरा ऐ.बस्ने निजकै जेठाजु रामप्रित चौधरीको छोरा वर्ष २७ को चन्दन चौधरीको रहेको, सोही दाउरा हटाउ भन्ने विषयलाई लिई विवाद हुँदा चन्दन चौधरीले अचानक बजन्तरी चौधरीलाई मुक्काले पछाडीबाट घाँटीमा हान्दा निज घाईते भई उपचारको लागी नगर अस्पताल लालबन्दीमा लगी उपचार भइरहेकोमा थप उपचारको लागी बर्दिबासको शुभ स्वास्तिक अस्पताल तर्फ लिई गएको, बोल्न नसकेको, अवस्था गम्भीर रहेको भन्ने ऐ.१९:३० बजे अस्पतालले जानकारी गराउनासाथ इ.प्र.का.लालबन्दीबाट प्र.ह.को कमाण्डमा टोली खटी गएको, उपचारमा दिदी संलग्न, कुटपिट गर्ने चन्दन चौधरी फरार रहेको, खो.त.कार्य जारी ।  नवजात शिशु फेला उपचारको क्रममा मृत्यु ,कञ्चनपुर भिमदत्त न.पा.१८ भगतपुर स्थित भित्री कच्चि सडकको किनारामा रहेको केराबारीमा अं.१/२ दिन जस्तो देखिने नवजात शिशु(बालक) लाई ऐ.बस्ने अनिल हरी चन्द्रले टाउकोमा चोट लागेको अवस्थामा देखि व.प्र.का.महेन्द्रनगरमा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गएको, निज शिशुलाई महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा ल्याई उपचार भईरहेकोमा उपचारको क्रममा ऐ.३१ गते अं.०१:५० बजे उक्त नवजात शिशुको मृत्यु भएको, शव सोही अस्पतालको शव गृहमा राखिएको ।  कैदी मृत्यु,रूपन्देही, बाल सुधार गृह भैरहवा रुपन्देहीमा रहेको कानुनको विवादमा परेको बाल बिज्याई  (कर्तव्य ज्यान मुद्धाको थुनुवा) जि.गुल्मी मुसिकोट न.पा.४ बस्ने वर्ष १८ को बिजय राना मृगौला सम्बन्धि बिरामी भई उपचारको लागी भिम अस्पताल भैरहवामा लगी सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ.१८:०० बजे मेडिकल कलेज भैरहवा रिफर भई उपचार भईरहेकोमा ऐ.३१ गते अं.०३:५३ बजे डाक्टरले मृत्यु घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, बाल सुधार गृह भैरहवाबाट प्र.ब.ह.कृष्ण बहादुर राना खटी गएको। ला.औ.,बारा, प्रसौनी गा.पा.३ नौतन स्थित वीरगंजबाट प्रसौनी तर्फ पैदल आउदै गरेको भन्ने बिशेष सुचनाको अधारमा इ.प्र.का.प्रसौनीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले शंकालागी चेकजाँच गर्न खोज्दा भागी उम्कन खोज्दा लखेटी समाइ चेकजाँच गर्दा निज ब्यक्ति जि.पर्सा पटेर्वा सुगौली गा.पा.३ सानो देउती बस्ने वर्ष ४२ को रामाशंकर दासको साथबाट कागजमा बेरेर पाइन्टको बाँया गोजीमा खैरो हिरोईन जस्तो देखिने पदार्थ १९.७८० मिलिग्राम  सहित बरामद गरी निजलाइ इ.प्र.का.प्रसौनीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।  सर्लाही, पर्सा गा.पा.२ संग्रामपुर स्थित आँप बगैंचामा इ.प्र.का.संग्रामपुरबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले दानाको हरियो र पहेलो दुई वटा बोरा टाउँकोमा बोकी नेपालबाट भारत तर्फ गईरहेको भारत राज्य जिल्ला सितामढी थाना बेला पिपरा प्रसायन ग्राम मुजेलिया ७ बस्ने अं.वर्ष ६० को इजरायल अन्सारीलाई शंका लागी रोकी निजले बोकेको उक्त बोरा खोली हेर्दा बोरा भित्र रातो प्लाष्टिकले बेरेको अवस्थामा ६ पोका ला.औ.गाँजा  ३१ किलो २१७ ग्राम फेला परेकोले निजलाई उक्त ला.औ. सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का.सर्लाही पठाईएको ।

मिति २०८२।०६।२९ गते ०५:०० बजे देखि ऐ ३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-३०

ज.ज.क./ बालयौन दुरुपयोग, बझाङ, तलकोट गा.पा.२ ढुङगाना गाँउ घर भई ऐ.जयपृथ्बी न.पा.१० चैनपुर बस्ने वर्ष २० को राजेश ऐडीले मिति २०८२/०६।२६ गते अं.२०:०० बजे ऐ.मष्टा गा.पा.२ बस्ने वर्ष १४ की बालिकालाई आफ्नै कोठामा लगेर ज.ज.क.गरेको भनी मिति२०८२।०६।२९ गतेको १६:५० बजे पीडितको दाईले जि.प्र.का.बझाङमा जाहेरी दरखास्त दिए पश्चात जि.प्र.का.बझाङबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको, ज.ज.क.गर्ने राजेश ऐडी फरार, खो.त.भईरहेको, पीडितको यौनजन्य स्वास्थ्य परिक्षणका लागि जि.अस्पताल बझाङ पठाएको, उक्त स्थान जि.प्र.का.बझाङबाट १ कि.मि पूर्व पर्ने । नवजात शीशु फेला,महोत्तरी, जलेश्वर न.पा.४ स्थितमा रहेको भागेश्वर कुटीबाट अं.२० मिटर पश्चिम तर्फ रहेको धान खेतमा बेवारिसे अवस्थामा नवजात शिशु (छोरा) कपडामा बेरिएको अवस्थामा रहेको भन्ने खबर स्थानीयले  जानकारी गराउनासाथ अ.प्र.पोष्ट जलेश्वर न.पा.बाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई हेर्दा नवजात शीशु जिवित अवस्थामा नै रहेको, हेर्दा १५\१६ दिन अगाडी जन्म भएको जस्तो देखिएको, को-कस्को भन्ने नखुलेको थप अनुसन्धानको लागि जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गएको । भरुवा बन्दुक सहित मानि नियन्त्रणमा,काठमाण्डौ, शंखरापुर न.पा.१ बोजिनी स्थित प्रहरी वृत्त बौद्वबाट प्र.ना.उ. को कमाण्डमा प्रहरी टोली खटी गई स्वीप अप्रेशन शुरु भएकोमा ऐ. १०:३७ बजे स्वीप अप्रेशन समाप्त भएको, स्वीप अप्रेशनको क्रममा १ नाल भरुवा बन्दुक सहित आवश्यक सोधपुछको लागि ऐ. शंखरापुर न.पा.१ शंखरापुर घर भई बस्ने वर्ष २६ को रबिन लामा, ऐ.जगते घर भई बस्ने बर्ष २४ को सोनाम लामा, ऐ.बस्ने बर्ष २४ को संजय लामा र ऐ.बस्ने बर्ष २२ को सुमन तामाङलाई नियन्त्रणमा लिई प्रहरी वृत्त बौद्धमा ल्याई राखिएको, उक्त स्थान प्रहरी वृत्त बौद्धबाट अं.न्दाजी १७ कि.मि. पूर्व दिशा तर्फ पर्ने घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको । लागुऔषध,सुनसरी, ईनरुवा न.पा.वडा न.०४ बसचोक स्थित पुर्व पश्चिम राजमार्गमा जिप्रका सुनसरीबाट प्रह रेवत ढकालको कमाण्डमा खटिएको सादा पोसाकको टोलिले लौकहीबाट ईनरुवा तर्फ आउदै गरेको को ३२ प ५३६७ न. को मोसालाई शंका लागी चेक-जाँच गर्दा मो.सा. चालक जिल्ला सुनसरी धरान उप-मनपा वडा न.१७ पटनालीटोल बस्ने वर्ष ३८ को सन्तोष बस्नेतको साथबाट तौल गर्दा (प्लाष्टिक बाहेक) १२.७० ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ, मानिस र मोसा सहित नियन्त्रणमा लिई जिप्रका सुनसरीमा ल्याई राखिएको ।  सुनसरी, बर्जु गाँउपालिका ३ खरि टोल स्थित उत्तर भिमपुरबाट दक्षिण शुक्रबारे तर्फ जादै गरेको तत्काल अल्फाबेट नखुलेको ४७६० नं.को बोलेरो पिकअप गाडीले ला.औ.गाँजा झार्दै गरेको अवस्थामा स्थानीय मानिसले देखी प्रहरीलाई जानकारी गराउनासाथ प्र.चौ.अमडुवाबाट प्र.ब.ना.नि.को कमाण्डमा  टोली खटी गएकोमा प्रहरी टोलिलाई देख्नासाथ गाडी तथा मानिसहरु फरार भएको, उक्त स्थानमा अं.३०० के.जि.(१० बोरा) ला.औ.गाँजा पेला परेको हुँदा कानुनी प्रकृयाको लागि इ.प्र.का.दुहबीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।

मिति २०८२।०६।२८ गते ०५:०० बजे देखि ऐ २९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२९

ज.ज.क.,ललितपुर, जि.चितवन माणी न.पा.७ घर भई हाल जि.ललितपुर, ललितपुर  म.न.पा.३ झम्सिखेल बस्ने वर्ष १५ की बालिकालाई ऐ.०६।२७ गते १२:०० बजे ऐ. ललितपुर म.न.पा.३ झम्सिखेल बस्ने वर्ष ७८ को धर्मराज अमात्यले झम्सिखेल गणेश मन्दिर स्थित गार्ड हाउसको भान्सा कोठामा ज.ज.क.गरेको भनी १०० मा फोन गरी जानकारी गराउनासाथ प्रहरी प्रभाग पुल्चोकबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई प्रहरी प्रभाग पुल्चोकमा राखिएको, पीडितको बुवाले ऐ.०६।२७ गते १५:०० बजे परिसर जावलाखेलमा जाहेरी दिए पश्चात आ.अ.कार्य भईरहेको, पीडित बालिकाको यौनजन्य स्वास्थ्य परिक्षण पश्चात बुवाको जिम्मा लगाई पठाएको । सुर्खेत, जिल्ला जाजारकोट भेरीनगरपालिका वडा नं.०४ गैरीखाली बस्ने वर्ष २२ कि परिवर्तित नामथर (आ.व. २०८२/०८३) ६४ वीरेन्द्रनगर (क२१) लाई जिल्ला दैलेख भगवतिमाई गाउँपालिका ०७ घर भई हाल जिल्ला सुन्धुली दुधौली स्थित नेपाल प्रहरीको तालिमकेन्द्रमा प्रहरी जवान पदमा तालिम गरीरहेको वर्ष अं.२२ को भक्त बहादुर बि.क मिति २०८२/०६/१७ गते राति अ. १२:०० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ०७ ईत्राम स्थित निज अन्यायिका काकाको घरकोठामा ज.ज.क गरेको भनि निज पिडित ले मिति २०८२/०६/२८ गते १३:०० बजेको समयमा यस जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लिखितम जाहेरी दिए पश्चात तत्काल उक्त स्थान तर्फ यस कार्यालयबाट प्र.नि. को कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको र उक्त व्यक्ति फरार खोजि कार्य भईरहेको । मोरङ,  ग्रामथान गा.पा.४ मर्चेनिया टोल बस्ने मानसिक सुस्त मनस्थित भएकी सांकेतिक नाम ०८२ बेलबारी ४६ लाई मिति २०८२।०६।१७ गते २२:३० बजे ऐ.रंगेली न.पा.१ बस्ने वर्ष अ.२२ को आपताब माझी थारु र ऐ.बस्ने बर्ष २५ को भोला चौधरीले ऐ.ग्रामथान गा.पा.४ मर्चेनिया स्थित बाँसघारीमा ज.ज.क.गरी फरार भएको भनी पीडितको बुबा सांकेतिक नाम ०८२ बेलबारी ४५ ले ऐ.२८ गते इ.प्र.का.बेलबारीमा जाहेरी दिएको हुँदा प्र.व.ना.नि.को कमान्डमा टोली खटी गई दुवैजना पीडकहरूलाई नियन्त्रणमा लिई इ.प्र.का.बेलबारीमा राखी आ.अ.भइरहेको । बाँके, मिति २०८२।०६।१९ गतेदेखि राप्ति सोनारी गा.पा.२ मधुवा बस्ने वर्ष २४ को लक्ष्मण खत्रीले ऐ.बस्ने वर्ष १२ की परिवर्तित नाम थर संकेत ६५ कोहलपुर (२०८२।०८३) १२ लाई ललाई फकाई गरी पटकपटक ज.ज.क.गरेको र मिति २०८२।०६।२७ गते समेत ऐ.८ शम्शेरगंज स्थित रहेको होटल जक्सनमा लगेर ज.ज.क.गरेको भनी पीडितले ऐ.२८ गते १८:०० बजे आफन्तलाई जानकारी गराए पश्चात पीडितको आफन्त ६५ कोहलपुर (०८२/०८३) १२ (क) ले प्र.चौ.कचनापुरमा जानकारी दिएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई इ.प्र.का.कोहलपुरमा ल्याई पीडित समेतलाई यौनजन्य विस्तृत स्वास्थ्य परीक्षणको लागि भेरी अस्पताल नेपालगंज पठाइएको । ज.ज.क.उद्योग,इलाम, माइ न.पा.१ अम्लिसे बस्ने सांकेतिक नाम “इलाम-ड-१ (०८२/०८३)” को छोरी वौद्धिक तथा शारिरीक रुपमा असक्त वर्ष अं.११ की सांकेतिक नाम “इलाम-ड (०८२/०८३)” लाई मिति २०८२।०६।१९ गते ११:३० बजे ऐ.खर्बनी बस्ने सांकेतिक नाम “इलाम-ढ-१(०८२/०८३)” को छोरा वर्ष अं.४५ को सांकेतिक नाम “इलाम-ढ (०८२/०८३)” ले पीडित बस्दै आएको घरमा एक्लै देखी पीडितको कोठामा गई करणी गर्ने मनासयले संवेदनशील अङ्गमा छोई चलाएको भनी ऐ.२८ गते २१:०० बजे पीडितको फुपुले जि.प्र.का.मा जाहेरी दिएको हुँदा प्र.चौ.लोदिया दानाबारीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई आ.अ.भइरहेको । हा.ह. बरामद,काठमण्डौं, गोकर्णेश्वर न.पा.३ गोकर्ण बस्नेतगाउँ स्थित सन्तोष श्रेष्ठको घरमा हा.ह.लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट प्र.ना.नि.को कमाण्डमा टोली खटिगई हेर्दा पानी ट्याङ्की भित्र लुकाई राखेको अवस्थामा म्याग्जिन नभएको चा.पे.9 mm लेखिएको १ थान पेस्तोल र हतकडी १ थान फेलापारी शंकास्पद सोही घरमा पाहुना आएको जि.सिन्धुपाल्चोक इन्द्रावती गा.पा.५ सुर्यकोट घर भई हाल जि.भक्तपुर बस्ने बर्ष २७ को राजन भुजेललाई आवश्यक सोधपुछको लागि नियन्त्रणमा लिई वृत्त बौद्धमा राखिएको । धारिलो हतियार प्रहार द्वारा आत्महत्या,काठमाण्डौ, जि. दोलखा बिगु गा.पा.४ घर हुने वर्ष ४२ को बिनोद खत्री आफैले आफ्नो घाँटीमा खुकुरी प्रहार गर्दा घाईते भई उपचारको लागि का.जि.का.म.न.पा.११ माईतिघर मण्डला स्थित अन्नपुर्ण न्युरो अस्पतालमा ऐ. १५:०० बजे लगी उपचार भईरहेकोमा ऐ.०६/२८ गते १०:१५ बजे उपचारको क्रममा मृत्यु भएको भनी अस्पतालबाट जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त सिंहदरवारबाट प्र.नि.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको । लागुऔषध, दाङ,  जि.सल्यान शारदा न.पा.६ हलचौर घर भई हाल जि. दाङ घोराही उ.म.न.पा.१५ तुलसीपुर चोक नजिक डेरा गरी बस्ने अं.वर्ष २२ को दिपक रेउलेले लागु औषध कारोबार गरिरहेको भन्ने सुचना प्राप्त हुनासाथ जि.प्र.का.बाट प्रहरी टोली खटी गई निज दिपक रेउलेलाई ऐ.१६ सर्रा स्थित पैदल हिंडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई निजको शरीर खानतलसी गर्दा दाहिने खुट्टामा लगाएको NIKE लेखेको जुत्ताको सोल भित्र लुकाई राखेको अवस्थामा हरियो रङको प्लाष्टिकमा बेरेको २ पुडिया लागु औषध (ब्राउन सुगर) फेला पारी शुद्ध तौल गर्दा १ ग्राम ५० मिलिग्राम लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो पदार्थ र निजकै साथमा रहेको रेड्मी कम्पनीको एण्ड्रोईड मोवाईल थान-१ फेला पारी बरामद गरी निजलाई नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भईरहेको ।

मिति २०८२।०६।२७ गते ०५:०० बजे देखि ऐ २८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२८

शंकास्पद मृत्यु,ओखलढुङ्गा, जि.ओखलढुङ्गा सिद्विचरण न.पा.-४ चार्खु बस्ने अ. बर्ष-५२ कि रत्न कुमारी कटवाल( कार्की) आफ्नै घरको सुत्ने कोठाको खाटमा सुतेकीमा आज मिति २०८२।०६।२७ गते दिउसो सम्म नउठेकोले नजिकै बस्ने निजको दिदी र छिमेकीहरुले ऐ.१४.०० बजेको समयमा झ्यालको आग्लो काटी खोलि हेर्दा मृत अवस्थामा रहेको भनि ऐ.१६.१५ बजे बि.सु.गार्ड रुम्जाटारमा खबर प्राप्त हुनसाथ प्र.ना.नि. भोज कुमार कटेलको कमाण्डमा-२ जनाको प्रहरी टोलि खटि गई घटनास्थल सुरक्षित राखेकोमा आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि जि.प्र.का. ओखलढुङ्गाबाट प्र.नि. बिजय कार्कीको कमाण्डमा soco टोलि सहित खटि गएको,उक्त स्थान बि.सु.गार्ड रुम्जाटारबाट अ.४ कि.मि. पूर्व पर्ने थपटिपोट;उक्त लाशको थप अनुसन्धानको लागि ऐ.२१;२० बजेको समयमा जि.प्र.का.ओखलढुङ्गाबाट प्र.ना.उ.मदन के.सी.को कमाण्डमा ०९ जनाको प्रहरी टोलि खटि गएको । थप टिपोट :- उक्त घट्ना स्थलको थप अनुसन्धानको लागि आज मिति २०८२।०६।२८ गते ०४:१५ बजेको समयमा कोशी प्रदेश प्रहरी कार्यालय के नाईन शाखा धरान सुनसरी बाट प्र.ना.नि याम बहादुर श्रेष्ठको (९८१९०३६५८१) कमाण्डमा ५ जना, १ वटा कुकुर सहित GAA 4832 नम्बरको गाडीमा ओखलढुङगाको लागि प्रस्थान गर्नु भएको भनि नेपाल प्रहरी प्रदेश कार्यालय धरानबाट जानकारी प्राप्त भएको वि.वि.पछि जाहेर गरिने । कैदी मृत्यु,सुनसरी, झुम्का कारागार सुनसरीमा ज.ज.क.मुद्दामा कैद भुक्तान गरीरहेका जि.पाँचथर याङवरक ६ बस्ने वर्ष ६३ को भिम बहादुर आङदेम्बेलाई सुगर बढेर हात खुट्टा नचल्ने अवस्थामा कारागार भित्रै उपचार गराईरहेकोमा थप समस्या भएको हुँदा उपचारको लागी प्र.ह.को कमाण्डको टोलीले बा.प्र.०१-००२ झ ७१२५ नं.को भ्यानमा वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान सुनसरी लिई गएकोमा ऐ.२८ गते अं.०१:१५ बजे निज भिम बहादुर आङदेम्बेको वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा  धरान सुनसरीमा उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा नै रहेको । ज.ज.क./ बालयौन दुरुपयोग,सुर्खेत, सुर्खेत- २६ गते राति अ. २२:०० बजेको समयमा जिल्ला जाजारकोट शिवालय गाऊँपालिका वडा नं.०३ शिवालय बस्ने वर्ष ४० कि परिवर्तित नाम ६४ वीरेन्द्रनगर (क२०) लाई जिल्ला मकवानपुर भैसे ०९ ठेगाना भई ट्रक चालकको नोकरी गर्ने वर्ष अं. ४० सुजेन्द्र स्याङ्तान मिति २०८२/०६/२६ गते राति अ. २२:०० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ०४ स्थित एरिचोक बाटोमा रोकिराखेको निज अन्यायीले चलाउने गरेको समान बोक्ने ट्रकमा ज.ज.क गरेको भनी निज पिडितले मिति २०८२/०६/२७ गते १६:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लिखितम जाहेरी दिए पश्चात तत्काल उक्त स्थान तर्फ प्र.नि. को कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको र उक्त व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको । उदयपुर, उदयपुर- ०५ र १९ गते अ.१७:०० बजेको समयमा कटारी न.पा.-१० गिजिनचौर थुम्की बस्ने E1 (२०८२/०८३) को छोरी वर्ष-१५ की परिवर्तित नाम कटारी E (२०८२/०८३) लाई ऐ.ऐ. बस्ने बम बहादुर थापा मगरको छोरा अ. वर्ष २५ को भिम बहादुर थापा मगरले जबरजस्ती करणी गरेकोले निज प्रतिवादीलाई प्रचलित कानुन बमोजिम कारबाही गरी पाँउ भनी पिडित बालिकाको आमा E1 (२०८२/०८३) ले आज मिति २०८२।०६।२७ गते ११:०५ बजे इ.प्र.कटारी उदयपुरमा आई जाहेरी दरखास्त दिएकोले तत्कालै अ.प्र.पोष्ट बेतिनि उदयपुरबाट प्र.स.नि. तिर्थ बहादुर माझीको (९८१४७५७४२०)कमाण्डमा खटिएको प्रहरी ३ जनाको टोलीले निज प्रतिबादि भिम बहादुर थापा मगरलाई खो.त.को क्रममा सोही गिजिनचौर थुम्की गाँउमा फेला पारी नियन्त्रणमा लिई ऐ.२०;३० बजेको समयमा इ.प्र.का.कटारी उदयपुरमा ल्याई राखि अनुसन्धान भईरहेको, पिडितको अवस्था सामान्य रहेको । प्र.क.मृत्यु,नवलपरासी पश्चिम, जि.गुल्मी मदाने गा.पा.४ स्थायी वतन भएका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सुरक्षा सेवा गुल्म दरबन्दी भई सुरक्षा वेश धागो कारखाना बुटवल रुपन्देहीमा कार्यरत वर्ष ३५ को प्र.स.ह अमृत के.सी. (कम्प्यूटर कोड नं. ४००२०६) मिति २०७।०६।२७ गते ०६:०० बजेदेखि ऐ.१०:०० बजेसम्म सुरक्षा वेश धागो कारखाना बुटवल रुपन्देहीको पोष्ट नं.३ मा ड्यूटी खटिएकोमा ऐ.०८:३० बजे निज प्र.स.ह.लाई अचानक असहज महशुस भएकोले उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देही लगिएकोमा ऐ.०९:२३ बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको          गोली फेला,न.प.(पूर्व), प्र.चौ.डण्डाबाट प्र.स.नि.को कमाण्डमा २ जनाको टोली मो.सा.गस्ती गर्दै जाने क्रममा ऐ.कावासोती न.पा.१६ पथरखोला किनारा साईडमा गोलीको पोज बिन्दुली फेला परेकोले उक्त विन्दुली खोली हेर्दा 3०3 को जंगी ४९ राउण्ड फेला परेको, आ.अ.को लागि जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।      लागुऔषध,सुनसरी, धरान उ.म.न.पा.१७ पटनाली हरिण खोला स्थित अ.प्र.चौ. रेल्वेबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले धरानबाट चतरा तर्फ जाँदै गरेको प्र.१-०५-००१ ह ०१४७ नं.को अटोलाई शंका लागी चेकजाँच गर्दा उक्त अटोमा सवार जि.उदयपुर त्रियुगा न.पा.७ बस्ने वर्ष १९ को दिपक मगरले बोकेको कालो झोलामा ला.औ.ट्रामाडोल ३९९० ट्याब्लेट र डिकोलिक ३९९० ट्याब्लेट फेला पारी ला.औ.सहित निजलाई र अटो, अटो चालक ऐ. १० बस्ने वर्ष ३३ को फिरोज मोहमदलाई समेत नियन्त्रणमा लिई इ.प्र.का.धरानमा ल्याई राखिएको, थप अनुसन्धान कार्य भईरहेको ।  महोत्तरी, मनरासिस्वा न.पा.२ स्थित भोल्ही-सरपल्लो सडक खण्डमा प्र.चौ.इटहर्वाकट्टीबाट प्र.स.नि. र जि.प्र.का.बाट खटी गएको संयुक्त टोलीले चेकजाँच गर्दा सरपल्लोबाट भोल्ही तर्फ आउँदै गरेको on test १५० सि.सि. को पल्सर मो.सा. रोकी चेकजाँच गर्ने क्रममा प्लाष्टिकको बोरा भित्र प्लाष्टिकले बेरी डोरीले बाँधेको ५ के.जि.का दरले ४ पोका (जम्मा २० KG) ला.औ. गाँजा फेला पारी मो.सा. र मो.सा. चालक जि.महोत्तरी सोनमा गा.पा. १ बस्ने सियाराम यादवको छोरा अं.वर्ष ३१ को रामभरोश यादवलाई नियन्त्रणमा लिई गाँजा र मो.सा. सहित जि.प्र.का. महोत्तरी पठाईएको ।

मिति २०८२।०६।२६ गते ०५:०० बजे देखि ऐ २७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२७

कर्तव्य ज्यान,रौतहट, फतुवा विजयपुर न.पा.२ सितलपुर टोल बस्ने वर्ष ५० को कपिलदेव यादव, ऐ.बस्ने वर्ष ४० को बिनोद यादव र ऐ. बस्ने वर्ष ६० को शंकर साह बनिया बीच जग्गा जमिनको विषयलाई लिएर झै-झगडा तथा कुटपिट हुँदा ऐ.फतुवा विजयपुर न.पा.२ सितलपुर टोल बस्ने वर्ष ६० को शंकर साह बनिया र ऐ.बस्ने कपिलदेव यादवको श्रीमती वर्ष ४० की मिना देवी घाईते भई उपचारको लागि L.S NEURO वीरगंज तर्फ पठाएकोमा ऐ.१३:१५ बजे शंकर साह बनियाको उपचारको क्रममा मृत्यु भएको, मिना देवीको अवस्था मध्यम रहेको भनी ऐ.अस्पतालबाट जानकारी प्राप्त हुनासाथ इ.प्र.का.सन्तपुरबाट प्र.ना.नि.र इ.प्र.का.लक्ष्मिनियाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा कुटपिट गर्ने ऐ.बस्ने वर्ष ५५ को ब्रहमदेव यादव,  ऐ.बस्ने ब्रहमदेव यादवको छोरा वर्ष २० को सुरेश यादव र कपिलदेव यादव, ऐ.ऐ. बस्ने प्र.ह. विनोद भन्ने हरिदेव यादव (जि.प्र.का.चितवन दरबन्दी भई इ.प्र.का.टाडी चितवनमा कार्यरत रहेको, २ दिन बिदा आएको, मिति २०८२।०६।२६ गते अं.२१;०० बजे कार्यरत स्थानमा हाजिर भएको मो.नं.९७०८०७५७४७) हाल फरारहरुको  खो.त.कार्य भई रहेको, मृतक लास पो.मा.को लागि प्रादेशिक अस्पताल बाराको शव गृहमा राखिएको । निज कपिलदेव यादवको श्रीमती अ.वर्ष ४० की मिना देवीको नेशनल मेडिकल कलेज बिरगंज पर्सामा उपचार भईरहेको,अवस्थामा सुधार रहेको इ.प्र.का.लक्ष्मिनिया रौतहटबाट प्र.नि.सुरेन्द्र यादवको कमाण्डमा टोली खटि गई उक्त घटनाको सम्बन्धमा अनुसन्धान तथा कुटपिट गर्ने फरार मानिसहरुको खो.त.कार्य भई रहेको । काठमाण्डौं, गौरिघाट नजिक महिला मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्रहरी विट गौरिघाटबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ. काठमाण्डौ म.न.पा.७ गौरिघाट मिलनचोक स्थित बुनु पोख्रेलको ३.५ तले पक्की घरको तेस्रो तलामा डेरा गरी  बस्ने जि. झापा सुरुङ्गा गा.पा.६ घर हुने अं.वर्ष ४० की बिमला  भन्ने अप्सरा तामाङ कार्की सोही कोठाभित्र मृत अवस्थामा फेला परेको, निजको शरीरको विभिन्न भागमा निलडाम रहेको र टाउकोमा चोट देखिएको, थप अनुसन्धानको लागि प्र.ना.उ.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको, ऐ.१४:३० बजे काठमाण्डौ म.न.पा.८ उमाकुण्डबाट जि.संखुवासभा खाँदबारी न.पा.६ घर भई का.जि.गौरिघाट स्थित घर कोठामा बस्ने निजको श्रीमान वर्ष ३५ को छिरिङ भन्ने तेन्जिङ शेर्पालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा ऐ.२५ गते रातको समयमा निजहरु (श्रीमान-श्रीमती) बिच बिवाद भई झै-झगडा हुँदा निजले कुटपिट तथा ढुङ्गा प्रहार गरी श्रीमतीलाई कर्तव्य गरी मारेको भन्ने बुझिएको । कास्की, मिति २०८२।०६।२५ गते अं.२३:०० बजे पोखरा म.न.पा.८ न्युरोड स्थित देश भारत घर भई ऐ.पोखरा म.न.पा.८ न्युरोडमा डेरा गरी बस्ने वर्ष अं.५० को रिठा महतोले मा.प.से.गरी सामान्य विवाद हुदाँ देश भारत घर भई हाल ऐ.पोखरा म.न.पा.८ न्युरोड डेरा गरी बस्ने वर्ष अं.६० को मोहन महतोलाई कुटपिट गर्दा घाईते भई डेरा कोठामा बसेकोमा टाउको दुखि ऐ.२६ गते उपचारको लागि स्थानीय मेडिकल (पृथ्वीचोकमा) हुदै पश्चिम क्षेत्रीय अस्पताल लगेकोमा ऐ.२६ गते १६:५० बजे उपचारको क्रममा चेकजाँच गर्दा चिकित्सकद्वारा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको भनी सोही अस्पतालमा खटिएका प्र.क.मार्फत जानकारी प्राप्त भएको, कुटपिट गर्ने रिठा महतो फरार, खो.त.कार्य भईरहेको । ज.ज.क.,बैतडी, मिति २०८२।०५।१२ गते १२:०० बजे पाटन न.पा.६ लामाखेत बस्ने वर्ष १९ की महिलालाई दिउँसोको समयमा ऐ. पाटन न.पा. ६ भडाली बस्ने वर्ष १९ को रोहित लुहारले ऐ.स्थित तुडीपातल जंगलमा ज.ज.क. गरेको भनी ऐ.६/२६ गते १०:०० बजे करणी सम्बन्धी कसुर (जवर्जस्ती करणी गर्न नहुने) मुद्दा दर्ता भएकोमा इ.प्र.का.पाटन बैतडीबाट प्रहरी टोली खटी गई प्रतिबादीलाई पक्राउ गरी अनुसन्धान कार्य भइरहेको । झापा, मिती २०८२।०१।२५ गते अं.१२:०० बजे गौरादह न.पा.५ बस्ने वर्ष २९ की महिलालाई ऐ.बस्ने वर्ष ४५ को टिक्लु भन्ने राम कुमार ऋषिदेवले धाक धम्की दिई पिडितकै घरमा जवरजस्ती करणी गरी फरार रहेको भनी मिती २०८२।०६।२६ गते अं.१७:०० बजे पिडितले इ.प्र.का.दमकमा जाहेरी दिएकोमा प्र.चौ.महारानीझोडाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई खो.त.भईरहेको । इलाम, मिति २०८२।०६।२५ गते अं.११:०० बजे माई.न.पा.७ बस्ने वर्ष अं.११ की बालिकालाई ऐ.७ फाल्गुनन्द टोल बस्ने वर्ष अं.१४ को बालकले आफ्नै घर कोठामा लगेर ज.ज.क.गरेको भनी जि.प्र.का.इलाममा ऐ.२६ गते अं.१७:०० बजे पीडितको बुवाले जाहेरी दरखास्त दिनासाथ प्र.चौ.महमाईबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई नियन्त्रणमा लिई जि.प्र.का.इलाममा राखी अनुसन्धान कार्य भइरहेको, । सुर्खेत, गुराँस गा.पा ०८ स्थायी घर भई हाल लेकबेशी न.पा.०९ बस्ने वर्ष १७ कि परिवर्तित नामथर आ.व.२०८२/०८३ वीरेन्द्रनगर १९ A लाई लेकबेशी न.पा ०५ घर भई हाल ऐ.ऐ वडा नं.०९ बस्ने अं. वर्ष १९ को राजु रजालीले मिति २०८२/०६/२४ गते राति अ. २४:०० बजे ज.ज.क उद्योग गरेको भनी निज पिडित ले मिति २०८२/०६/२६ गते १६:०० बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लिखितम जाहेरी दिए पश्चात तत्काल उक्त स्थान तर्फ प्र.नि. को कमाण्डमा ५ जनाको टोली खटिगएको र उक्त व्यक्ति लाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।बिदेशी नागरिक मृत्यु/घाईते,भक्तपूर, चाँगुनारायण न.पा.६ रानी झुल्ला पुल नजिक  कोरियन नागरिक परिवार सहित (आमा, छोरा, बुहारी, नाती र नातिना  गरी ५ जना ) 30-1-6 MBC को गाडीमा  नगरकोट घुम्न आएकोमा देश कोरिया घर  हुने वर्ष ७१ की (आमा)  BOSUK SHIN (पासपोट नम्बर M284F5506) ऐ. स्थानमा रहेको शौचालय जाने क्रममा  लडेको  निजको छोरा ऐ. घर भई ऐ. MBC मा बिगत ६ वर्ष देखि काम गर्दै आएको वर्ष ४२ को CHANGHYUK HAN (पासपोट नम्बर G004Z1651) आमा लडेको देखि अचानक बेहोस भएको भन्ने जानकारी  प्राप्त हुनासाथ पर्यटक प्रहरी पोष्ट नगरकोटबाट  प्र.ना.नि.र प्रहरी प्रभाग खरिपाटीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई दुबै जनालाई उपचारको लागि कोरियन अस्पताल ल्याएकोमा उपचारको क्रममा ऐ. ११:४०  बजे चिकित्सकद्वारा CHANGHYUK HAN लाई मृत घोषणा गरेको,  थप अनुसन्धानको लागि प्रहरी वृत्त ठिमीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज पठाएको, BOSUK SHIN लाई ऐ.१४:१७ बजे थप उपचारको लागि ग्रान्डी अस्पताल रिफर गरेको । लागु औषध,धादिङ, बेनिघाट रोराङ गा.पा. ९ खटौती स्थित गोर्खाली होटेल अगाडि पार्किङ गरी रोकी राखेको BR 01 GB 8653 नं.को भारतिय TATA मिनि ट्रकमा ला.औ.लुकाई लुकाई छिपाई राखि चितवन तर्फ लैजादै छ भन्ने गोप्य सुचनाको आधारमा प्र.चौ.जोगिमाराबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई उक्त नं.को ट्रकलाई नियन्त्रणमा लिई प्र.चौ.जोगिमारा धादिङमा ल्याई चेकजांच तथा सोधपुछ गर्दा उक्त नं.को ट्रकको क्याबिन पछाडि ढालामा फल्स बटन बनाई भित्र राखेको रातो प्लाष्टिकले बेरी कालो डोरीले बाँधेको ३० (तिस पोकामा)  अं.२१९.२१ (दुई सय एक्काईस) के.जि.ला.औ.गाँजा सहित ट्रक र जि.पर्सा बहुदरमाई न.पा. ४ बस्ने वर्ष २८ को दिननाथ यादव र ऐ.कालिकामाई गा.पा. १ बस्ने वर्ष ५३ को कमल राउत कुर्मीलाई नियन्त्रणमा लिएको ।  चितवन, खैरहनी न.पा.९ पिपरा चोक नजिक खेतमा रहेको परालमा बेवारिसे गाँजा लुकाई राखेको भन्ने सुचनाको आधारमा इ.प्र.का.खैरहनीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई ३१ पोका गाँजा अं. ४५० के.जि. बरामद गरेको ।