मिति २०८२।०६।२३ गते ०५:०० बजे देखि ऐ २४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२४
- A
- A-
- A+
कर्तव्य ज्यान,
काठमाण्डौ, टोखा न.पा.२
चण्डेश्वरी स्थित ज्यामी काम गरी
ऐ.स्थानमा रहेको टहरामा बस्ने साथी-साथी बिच मा.प.से.गरी बिबाद भई कुटपिट हुँदा
जि.पाँचथर घर भई बस्ने वर्ष अं.४० को राम लिम्बुलाई जि.उदयपुर मेमाटार गा.पा.९ घर
भई हाल का.जि.टोखा न.पा.२ चण्डेश्वरी बस्ने वर्ष २७ को गणेश लामा र जि.सिन्धुली
भिमान गा.पा.१ घर भई हाल का.जि.टोखा न.पा.२ चण्डेश्वरी बस्ने वर्ष ४० को खुप
वहादुर तामाङले फलामको रडले प्रहार गरी गम्भीर घाईते भई तत्काल उपचारको लागि ट्रमा
सेन्टर लगेर उपचार भईरहेकोमा ऐ.२४ गते ००:४५ बजे उपचारको क्रममा मृत्यु भएको, शव
सोही अस्पतालमा रहेको, कुटपिट गर्ने दुवै जनालाई नियन्त्रणमा
लिई प्रभाग बुढानिलकण्ठमा राखिएको, उक्त स्थानमा प्रभाग
बुढानिलकण्ठबाट प्र.ब.ना.नि.को कमाण्डमा प्रहरी टोली खट्टी गएको ।
ज.ज.क./बालयौन दुरुपयोग,
झापा, गौरादह न.पा.५
कटकपुर बस्ने अं.वर्ष १८ को राघब धमलाले ऐ.स्थित बास्ने वर्ष १३ की बालिकालाई
ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.गौरादहबाट प्र.ब.ना.नि.को
कमाण्डमा टोली खटी पिडकलाई नियन्त्रणमा लिई इ.प्र.का. झिलझीलेमा ल्याई आ.अ.भईरहेको
काठमाण्डौ, काठमाण्डौ २३ गते ११
बजे, जि अछाम कुवालेख न.पा.१ कलमलबजार घर भई हाल का जि कृर्तिपुर न.पा.१ बस्ने
अं.वर्ष २२ को सागर बिष्टले जि धादिङ गजुरी गा.पा. बस्ने वर्ष १७ की वालिकासग
मामाजिक सजाल फेशबुक मार्फत २ बर्ष अगाडि भेट भई बोलचाल हुदै आईरहेको मिति २०८१।११।१८ गते राति अ. १०देखि ११ बजेको
समयमा निज सागर बिष्टले का.जि.कृर्तिपुर न.पा.१ डेराकोठामा लिई अनुचित प्रभावमा
पुरी ललाई फकाई गरी जोरजुलुम गरी ज.ज.क.गरेको भन्ने जाहेरी दरखास्त दिनासाथ प्रहरी
टोली खटी गई प्रतिबादी फरार रहेकोले खो.त.भईरहेको ।
लागुऔषध,
बारा, निजगढ न.पा.८
तामागढी स्थित रतनपुर जाने भित्री सडक खण्डमा सशस्त्र प्रहरी बल नेपाल बिपद्
ब्यवस्थापन बेश निजगढ बेशमा कार्यरत स.प्र.ब.ह.को कमाण्डमा खटीएको टोलीले सडकको
बायाँ किनारामा बेवारिसे अबस्थामा सेतो बोरा देखि चेक जाँच गर्दा बोरा भित्र रातो
प्लाष्टिकमा प्याक गरेको अबस्थामा १० के.जि.लागु औषध गाजाँ बरामद भएकोले आवश्यक कारबाहीको लागी पत्र
सहित ऐ.१४:४५ बजे इ.प्र.का.निजगढ बारामा बुझाएको,अन्य आ.अ.भईरहेको ।
रुकुम पश्चिम, त्रिबेणी
गा.पा. ३ खारनेटामा ऐ. बस्ने वर्ष २८ को शिशिर डाँगीको घरमा ला.औ. बेचबिखन गरेको
भन्ने गोप्य सुचनाका आधारमा प्र.चौ.झुल्नेटाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई
निज शिशिर डाँगीको घर खानतलाशी गर्दा निजको २ तले ४ कोठे घरको माथिल्लो तलाको आफु
सुत्ने कोठामा निज र ऐ. बस्ने वर्ष २१ को जिबन खड्का लाई चेकजाँच गर्दा, ला.औ.
जस्तो देखिने खैरो धुलो पदार्थ प्लास्टिकमा बेरेको ८ क्वाटर नाप तौल गर्न बाँकी
ला.औ सहित दुबै जनालाई नियत्रणमा लिई अनुसन्धान कार्य भइरहेको ।