मिति २०८२।०६।२४ गते ०५:०० बजे देखि ऐ २५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२५
- A
- A-
- A+
कर्तव्य ज्यान,
कैलाली, घोडघोडी न.पा. ८ जडै स्थित ऐ.बस्ने धर्म राज बि.क.को छोरा अं.वर्ष
१८ को पारस भन्ने बल बहादुर बि.क. र ऐ.बस्ने मान बहादुर बुढा क्षेत्रीको छोरा
अं.वर्ष १९ को गगन भन्ने गंगा बुढाक्षेत्रीले जि.सुर्खेत चौकुने गा.पा.३ मौरीबन घर
भई जि.कैलाली घोडाघोडी न.पा.८ जडै बस्ने अं.वर्ष २८ को केशर सिं बुढासँग वादविवाद
भई झै-झगडा हुँदा निज व्यक्तिको हँसियाले टाउको काटी, टाउको
र हँसिया बोकी अ.प्र.पोष्ट प्रतिखेतमा आई जानकारी गराएको, अ.प्र.पोष्ट
प्रतिखेतले इ.प्र.का.सुखडमा जानकारी गराउनासाथ प्र.ना.उ.को कमाण्डमा टोली खटी गएको,
मानिसको टाउको काट्ने दुबै जनालाई नियन्त्रणमा लिई सकेको, शव घटनास्थल मा नै रहेको, अनुसन्धान भईरहेको,
।
ज.ज.क./बालयौन दुरुपयोग,
बाँके, जि.गुल्मी छत्रकोट गा.पा.६ घर
भई जि.बाँके कोहलपुर स्थित सुनचाँदी पसलमा सुनचाँदीको काम गरी बस्ने अं.वर्ष ३२ को
राज कुमार बि.क.ले ऐ. कोहलपुर न.पा.५ घर भई ऐ.न.पा.११ स्थित कोहलपुर सेकुवा एण्ड
कटेजमा काम गरी बस्ने अं.वर्ष ६५ को पुरुष व्यक्तिको छोरी वर्ष अं.४ की बालिकालाई
सोही कटेजमा मोबाईल देखाउने बाहानामा आफ्नो काखमा राखी सम्वेदनशिल अंगमा हात राखी
चलाई (सुमसुम्याई) बालयौन दुरूपयोग गरेको भनि निज पीडितको आमाले ऐ.१८:४५ बजे
जाहेरी दिएको हुँदा इ.प्र.का.कोहलपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज राज
कुमार बि.क.लाई नियन्त्रणमा लिएको ।
झापा, मिति २०८२।०५।०३ गते अं.१३:३०
बजे जि.झापा मेचिनगर न.पा.१३ इलाम रोड स्थित ऐ.बस्ने वर्ष ४७ को दिलिप कुमार
यादवले पीडित ऐ.१४ बस्ने वर्ष २७ की महिलालाई मेचिनगर न.पा.१३ इलाम रोडको साईडमा
ज.ज.क.गरेको भनी पीडित आफैँ ऐ.०६।२४ गते अं.२०:०० बजे इ.प्र.का. धुलाबारी झापामा
आई जाहेरी दरखास्त दिनासाथ प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई
नियन्त्रणमा लिई इ.प्र.का.धुलाबारी झापामा ल्याई दुवै पक्षलाई आवश्यक स्वास्थ्य
परिक्षणको लागी प्रादेशिक अस्पताल भद्रपुर झापा पठाउने तयारी भईरहेको, उक्त स्थान इ.प्र.का. धुलाबारी झापा बाट अं.६ कि.मि.उत्तर पश्चिम पर्ने ।
लागुऔषध,
सुनसरी, ईनरुवा न.पा.४ बसपार्क चौक
स्थितमा अ.प्र.पोष्ट बसपार्क ईनरुवाबाट प्र.ब.ह.को कमाण्डमा र जि.प्र.का.सुनसरीबाट
खटी गएको सादा पोशाकको संयुक्त टोलीले उत्तरबाट दक्षिण बसचोक तर्फ आउँदै गरेको
मो.सा.चेकजाँच गर्न खोज्दा उक्त मो.सा.मा पछाडि सवार जि.सुनसरी इनरुवा न.पा.४
बस्ने राम प्रसाद मेहताको छोरा अं.वर्ष ३३ को कृष्ण कुमार मेहता मो.सा.बाट हामफाली
भाग्न खोज्दा नियन्त्रणमा लिई चेकजाँच गर्दा निजले बोकेको झोलाबाट लुकाई-छिपाई
राखिएको तौल गर्दा १९७.६ ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ फेला पारी निजलाई ला.औ. सहित जि.प्र.का.सुनसरीमा
पठाईएको, मो.सा. र मो.सा.चालक फरार भएको ।