मिति २०८२।०६।२६ गते ०५:०० बजे देखि ऐ २७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२७
- A
- A-
- A+
कर्तव्य ज्यान,
रौतहट, फतुवा विजयपुर न.पा.२ सितलपुर
टोल बस्ने वर्ष ५० को कपिलदेव यादव, ऐ.बस्ने वर्ष ४० को
बिनोद यादव र ऐ. बस्ने वर्ष ६० को शंकर साह बनिया बीच जग्गा जमिनको विषयलाई लिएर
झै-झगडा तथा कुटपिट हुँदा ऐ.फतुवा विजयपुर न.पा.२ सितलपुर टोल बस्ने वर्ष ६० को
शंकर साह बनिया र ऐ.बस्ने कपिलदेव यादवको श्रीमती वर्ष ४० की मिना देवी घाईते भई
उपचारको लागि L.S NEURO वीरगंज तर्फ पठाएकोमा ऐ.१३:१५ बजे
शंकर साह बनियाको उपचारको क्रममा मृत्यु भएको, मिना देवीको
अवस्था मध्यम रहेको भनी ऐ.अस्पतालबाट जानकारी प्राप्त हुनासाथ इ.प्र.का.सन्तपुरबाट
प्र.ना.नि.र इ.प्र.का.लक्ष्मिनियाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा
कुटपिट गर्ने ऐ.बस्ने वर्ष ५५ को ब्रहमदेव यादव, ऐ.बस्ने ब्रहमदेव यादवको छोरा
वर्ष २० को सुरेश यादव र कपिलदेव यादव, ऐ.ऐ. बस्ने प्र.ह.
विनोद भन्ने हरिदेव यादव (जि.प्र.का.चितवन दरबन्दी भई इ.प्र.का.टाडी चितवनमा
कार्यरत रहेको, २ दिन बिदा आएको, मिति २०८२।०६।२६
गते अं.२१;०० बजे कार्यरत स्थानमा हाजिर भएको
मो.नं.९७०८०७५७४७) हाल फरारहरुको
खो.त.कार्य भई रहेको, मृतक लास पो.मा.को लागि
प्रादेशिक अस्पताल बाराको शव गृहमा राखिएको । निज कपिलदेव यादवको श्रीमती अ.वर्ष
४० की मिना देवीको नेशनल मेडिकल कलेज बिरगंज पर्सामा उपचार भईरहेको,अवस्थामा सुधार रहेको इ.प्र.का.लक्ष्मिनिया रौतहटबाट प्र.नि.सुरेन्द्र
यादवको कमाण्डमा टोली खटि गई उक्त घटनाको सम्बन्धमा अनुसन्धान तथा कुटपिट गर्ने
फरार मानिसहरुको खो.त.कार्य भई रहेको ।
काठमाण्डौं, गौरिघाट नजिक महिला मृत
अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्रहरी विट गौरिघाटबाट
प्र.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ. काठमाण्डौ म.न.पा.७ गौरिघाट मिलनचोक
स्थित बुनु पोख्रेलको ३.५ तले पक्की घरको तेस्रो तलामा डेरा गरी बस्ने जि. झापा सुरुङ्गा गा.पा.६ घर हुने
अं.वर्ष ४० की बिमला भन्ने अप्सरा तामाङ
कार्की सोही कोठाभित्र मृत अवस्थामा फेला परेको, निजको
शरीरको विभिन्न भागमा निलडाम रहेको र टाउकोमा चोट देखिएको, थप
अनुसन्धानको लागि प्र.ना.उ.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य
पुरा गरी शव पो.मा.को लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको, ऐ.१४:३० बजे काठमाण्डौ म.न.पा.८ उमाकुण्डबाट जि.संखुवासभा खाँदबारी न.पा.६
घर भई का.जि.गौरिघाट स्थित घर कोठामा बस्ने निजको श्रीमान वर्ष ३५ को छिरिङ भन्ने
तेन्जिङ शेर्पालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा ऐ.२५ गते रातको समयमा निजहरु
(श्रीमान-श्रीमती) बिच बिवाद भई झै-झगडा हुँदा निजले कुटपिट तथा ढुङ्गा प्रहार गरी
श्रीमतीलाई कर्तव्य गरी मारेको भन्ने बुझिएको ।
कास्की, मिति २०८२।०६।२५ गते अं.२३:००
बजे पोखरा म.न.पा.८ न्युरोड स्थित देश भारत घर भई ऐ.पोखरा म.न.पा.८ न्युरोडमा डेरा
गरी बस्ने वर्ष अं.५० को रिठा महतोले मा.प.से.गरी सामान्य विवाद हुदाँ देश भारत घर
भई हाल ऐ.पोखरा म.न.पा.८ न्युरोड डेरा गरी बस्ने वर्ष अं.६० को मोहन महतोलाई
कुटपिट गर्दा घाईते भई डेरा कोठामा बसेकोमा टाउको दुखि ऐ.२६ गते उपचारको लागि
स्थानीय मेडिकल (पृथ्वीचोकमा) हुदै पश्चिम क्षेत्रीय अस्पताल लगेकोमा ऐ.२६ गते
१६:५० बजे उपचारको क्रममा चेकजाँच गर्दा चिकित्सकद्वारा मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको भनी सोही अस्पतालमा खटिएका प्र.क.मार्फत जानकारी
प्राप्त भएको, कुटपिट गर्ने रिठा महतो फरार, खो.त.कार्य भईरहेको ।
ज.ज.क.,
बैतडी, मिति २०८२।०५।१२ गते १२:०० बजे
पाटन न.पा.६ लामाखेत बस्ने वर्ष १९ की महिलालाई दिउँसोको समयमा ऐ. पाटन न.पा. ६
भडाली बस्ने वर्ष १९ को रोहित लुहारले ऐ.स्थित तुडीपातल जंगलमा ज.ज.क. गरेको भनी
ऐ.६/२६ गते १०:०० बजे करणी सम्बन्धी कसुर (जवर्जस्ती करणी गर्न नहुने) मुद्दा
दर्ता भएकोमा इ.प्र.का.पाटन बैतडीबाट प्रहरी टोली खटी गई प्रतिबादीलाई पक्राउ गरी
अनुसन्धान कार्य भइरहेको ।
झापा, मिती २०८२।०१।२५ गते अं.१२:००
बजे गौरादह न.पा.५ बस्ने वर्ष २९ की महिलालाई ऐ.बस्ने वर्ष ४५ को टिक्लु भन्ने राम
कुमार ऋषिदेवले धाक धम्की दिई पिडितकै घरमा जवरजस्ती करणी गरी फरार रहेको भनी मिती
२०८२।०६।२६ गते अं.१७:०० बजे पिडितले इ.प्र.का.दमकमा जाहेरी दिएकोमा
प्र.चौ.महारानीझोडाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई खो.त.भईरहेको ।
इलाम, मिति २०८२।०६।२५ गते अं.११:००
बजे माई.न.पा.७ बस्ने वर्ष अं.११ की बालिकालाई ऐ.७ फाल्गुनन्द टोल बस्ने वर्ष
अं.१४ को बालकले आफ्नै घर कोठामा लगेर ज.ज.क.गरेको भनी जि.प्र.का.इलाममा ऐ.२६ गते
अं.१७:०० बजे पीडितको बुवाले जाहेरी दरखास्त दिनासाथ प्र.चौ.महमाईबाट प्र.स.नि.को
कमाण्डमा टोली खटी गई नियन्त्रणमा लिई जि.प्र.का.इलाममा राखी अनुसन्धान कार्य
भइरहेको, ।
सुर्खेत, गुराँस गा.पा ०८ स्थायी घर भई हाल लेकबेशी न.पा.०९ बस्ने वर्ष १७ कि परिवर्तित नामथर आ.व.२०८२/०८३ वीरेन्द्रनगर १९ A लाई लेकबेशी न.पा ०५ घर भई हाल ऐ.ऐ वडा नं.०९ बस्ने अं. वर्ष १९ को राजु रजालीले मिति २०८२/०६/२४ गते राति अ. २४:०० बजे ज.ज.क उद्योग गरेको भनी निज पिडित ले मिति २०८२/०६/२६ गते १६:०० बजे जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लिखितम जाहेरी दिए पश्चात तत्काल उक्त स्थान तर्फ प्र.नि. को कमाण्डमा ५ जनाको टोली खटिगएको र उक्त व्यक्ति लाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ।
बिदेशी नागरिक मृत्यु/घाईते,
भक्तपूर, चाँगुनारायण न.पा.६ रानी
झुल्ला पुल नजिक कोरियन नागरिक परिवार
सहित (आमा, छोरा, बुहारी, नाती र नातिना गरी ५ जना ) 30-1-6
MBC को गाडीमा
नगरकोट घुम्न आएकोमा देश कोरिया घर
हुने वर्ष ७१ की (आमा) BOSUK
SHIN (पासपोट नम्बर M284F5506) ऐ. स्थानमा रहेको शौचालय जाने क्रममा लडेको
निजको छोरा ऐ. घर भई ऐ. MBC मा बिगत ६ वर्ष देखि काम
गर्दै आएको वर्ष ४२ को CHANGHYUK HAN (पासपोट नम्बर G004Z1651) आमा लडेको देखि अचानक बेहोस भएको भन्ने
जानकारी प्राप्त हुनासाथ पर्यटक प्रहरी
पोष्ट नगरकोटबाट प्र.ना.नि.र प्रहरी
प्रभाग खरिपाटीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई दुबै जनालाई उपचारको लागि
कोरियन अस्पताल ल्याएकोमा उपचारको क्रममा ऐ. ११:४० बजे चिकित्सकद्वारा CHANGHYUK HAN लाई मृत घोषणा गरेको, थप अनुसन्धानको लागि प्रहरी वृत्त ठिमीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई
कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज
पठाएको, BOSUK SHIN लाई ऐ.१४:१७ बजे थप उपचारको लागि
ग्रान्डी अस्पताल रिफर गरेको ।
लागु औषध,
धादिङ, बेनिघाट रोराङ गा.पा. ९
खटौती स्थित गोर्खाली होटेल अगाडि पार्किङ गरी रोकी राखेको BR 01 GB 8653 नं.को भारतिय TATA मिनि
ट्रकमा ला.औ.लुकाई लुकाई छिपाई राखि चितवन तर्फ लैजादै छ भन्ने गोप्य सुचनाको
आधारमा प्र.चौ.जोगिमाराबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई उक्त नं.को ट्रकलाई
नियन्त्रणमा लिई प्र.चौ.जोगिमारा धादिङमा ल्याई चेकजांच तथा सोधपुछ गर्दा उक्त
नं.को ट्रकको क्याबिन पछाडि ढालामा फल्स बटन बनाई भित्र राखेको रातो प्लाष्टिकले
बेरी कालो डोरीले बाँधेको ३० (तिस पोकामा)
अं.२१९.२१ (दुई सय एक्काईस) के.जि.ला.औ.गाँजा सहित ट्रक र जि.पर्सा बहुदरमाई
न.पा. ४ बस्ने वर्ष २८ को दिननाथ यादव र ऐ.कालिकामाई गा.पा. १ बस्ने वर्ष ५३ को
कमल राउत कुर्मीलाई नियन्त्रणमा लिएको ।
चितवन, खैरहनी न.पा.९ पिपरा चोक
नजिक खेतमा रहेको परालमा बेवारिसे गाँजा लुकाई राखेको भन्ने सुचनाको आधारमा
इ.प्र.का.खैरहनीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई ३१ पोका गाँजा अं. ४५० के.जि.
बरामद गरेको ।