मिति २०८२।०६।२७ गते ०५:०० बजे देखि ऐ २८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२८
- A
- A-
- A+
शंकास्पद मृत्यु,
ओखलढुङ्गा, जि.ओखलढुङ्गा
सिद्विचरण न.पा.-४ चार्खु बस्ने अ. बर्ष-५२ कि रत्न कुमारी कटवाल( कार्की) आफ्नै
घरको सुत्ने कोठाको खाटमा सुतेकीमा आज मिति २०८२।०६।२७ गते दिउसो सम्म नउठेकोले
नजिकै बस्ने निजको दिदी र छिमेकीहरुले ऐ.१४.०० बजेको समयमा झ्यालको आग्लो काटी
खोलि हेर्दा मृत अवस्थामा रहेको भनि ऐ.१६.१५ बजे बि.सु.गार्ड रुम्जाटारमा खबर
प्राप्त हुनसाथ प्र.ना.नि. भोज कुमार कटेलको कमाण्डमा-२ जनाको प्रहरी टोलि खटि गई
घटनास्थल सुरक्षित राखेकोमा आवश्यक अनुसन्धान तथा कानुनी प्रकृयाको लागि
जि.प्र.का. ओखलढुङ्गाबाट प्र.नि. बिजय कार्कीको कमाण्डमा soco टोलि
सहित खटि गएको,उक्त स्थान बि.सु.गार्ड रुम्जाटारबाट अ.४
कि.मि. पूर्व पर्ने थपटिपोट;उक्त लाशको थप अनुसन्धानको लागि
ऐ.२१;२० बजेको समयमा जि.प्र.का.ओखलढुङ्गाबाट प्र.ना.उ.मदन
के.सी.को कमाण्डमा ०९ जनाको प्रहरी टोलि खटि गएको । थप टिपोट :- उक्त घट्ना स्थलको
थप अनुसन्धानको लागि आज मिति २०८२।०६।२८ गते ०४:१५ बजेको समयमा कोशी प्रदेश प्रहरी
कार्यालय के नाईन शाखा धरान सुनसरी बाट प्र.ना.नि याम बहादुर श्रेष्ठको
(९८१९०३६५८१) कमाण्डमा ५ जना, १ वटा कुकुर सहित GAA 4832 नम्बरको गाडीमा ओखलढुङगाको लागि प्रस्थान गर्नु भएको भनि नेपाल
प्रहरी प्रदेश कार्यालय धरानबाट जानकारी प्राप्त भएको वि.वि.पछि जाहेर गरिने ।
कैदी मृत्यु,
सुनसरी, झुम्का कारागार
सुनसरीमा ज.ज.क.मुद्दामा कैद भुक्तान गरीरहेका जि.पाँचथर याङवरक ६ बस्ने वर्ष ६३
को भिम बहादुर आङदेम्बेलाई सुगर बढेर हात खुट्टा नचल्ने अवस्थामा कारागार भित्रै
उपचार गराईरहेकोमा थप समस्या भएको हुँदा उपचारको लागी प्र.ह.को कमाण्डको टोलीले
बा.प्र.०१-००२ झ ७१२५ नं.को भ्यानमा वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
घोपा धरान सुनसरी लिई गएकोमा ऐ.२८ गते अं.०१:१५ बजे निज भिम बहादुर आङदेम्बेको
वि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा
धरान सुनसरीमा उपचारको क्रममा मृत्यु भएको, शव सोही अस्पतालमा नै
रहेको ।
ज.ज.क./ बालयौन दुरुपयोग,
सुर्खेत, सुर्खेत- २६
गते राति अ. २२:०० बजेको समयमा जिल्ला जाजारकोट शिवालय गाऊँपालिका वडा नं.०३
शिवालय बस्ने वर्ष ४० कि परिवर्तित नाम ६४ वीरेन्द्रनगर (क२०) लाई जिल्ला मकवानपुर
भैसे ०९ ठेगाना भई ट्रक चालकको नोकरी गर्ने वर्ष अं. ४० सुजेन्द्र स्याङ्तान मिति
२०८२/०६/२६ गते राति अ. २२:०० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ०४
स्थित एरिचोक बाटोमा रोकिराखेको निज अन्यायीले चलाउने गरेको समान बोक्ने ट्रकमा
ज.ज.क गरेको भनी निज पिडितले मिति २०८२/०६/२७ गते १६:०० बजेको समयमा जिल्ला प्रहरी
कार्यालय सुर्खेतमा लिखितम जाहेरी दिए पश्चात तत्काल उक्त स्थान तर्फ प्र.नि. को
कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको र उक्त व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान
भईरहेको ।
उदयपुर, उदयपुर- ०५ र
१९ गते अ.१७:०० बजेको समयमा कटारी न.पा.-१० गिजिनचौर थुम्की बस्ने E1
(२०८२/०८३) को छोरी वर्ष-१५ की परिवर्तित नाम कटारी E (२०८२/०८३)
लाई ऐ.ऐ. बस्ने बम बहादुर थापा मगरको छोरा अ. वर्ष २५ को भिम बहादुर थापा मगरले
जबरजस्ती करणी गरेकोले निज प्रतिवादीलाई प्रचलित कानुन बमोजिम कारबाही गरी पाँउ
भनी पिडित बालिकाको आमा E1 (२०८२/०८३) ले आज मिति २०८२।०६।२७
गते ११:०५ बजे इ.प्र.कटारी उदयपुरमा आई जाहेरी दरखास्त दिएकोले तत्कालै
अ.प्र.पोष्ट बेतिनि उदयपुरबाट प्र.स.नि. तिर्थ बहादुर माझीको (९८१४७५७४२०)कमाण्डमा
खटिएको प्रहरी ३ जनाको टोलीले निज प्रतिबादि भिम बहादुर थापा मगरलाई खो.त.को
क्रममा सोही गिजिनचौर थुम्की गाँउमा फेला पारी नियन्त्रणमा लिई ऐ.२०;३० बजेको समयमा इ.प्र.का.कटारी उदयपुरमा ल्याई राखि अनुसन्धान भईरहेको,
पिडितको अवस्था सामान्य रहेको ।
प्र.क.मृत्यु,
नवलपरासी पश्चिम, जि.गुल्मी
मदाने गा.पा.४ स्थायी वतन भएका गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा सुरक्षा सेवा
गुल्म दरबन्दी भई सुरक्षा वेश धागो कारखाना बुटवल रुपन्देहीमा कार्यरत वर्ष ३५ को
प्र.स.ह अमृत के.सी. (कम्प्यूटर कोड नं. ४००२०६) मिति २०७।०६।२७ गते ०६:०० बजेदेखि
ऐ.१०:०० बजेसम्म सुरक्षा वेश धागो कारखाना बुटवल रुपन्देहीको पोष्ट नं.३ मा ड्यूटी
खटिएकोमा ऐ.०८:३० बजे निज प्र.स.ह.लाई अचानक असहज महशुस भएकोले उपचारको लागि
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देही लगिएकोमा ऐ.०९:२३ बजे उपचारको क्रममा
डाक्टरले मृत घोषणा गरेको,
शव सोही अस्पतालमा रहेको
गोली फेला,
न.प.(पूर्व), प्र.चौ.डण्डाबाट
प्र.स.नि.को कमाण्डमा २ जनाको टोली मो.सा.गस्ती गर्दै जाने क्रममा ऐ.कावासोती
न.पा.१६ पथरखोला किनारा साईडमा गोलीको पोज बिन्दुली फेला परेकोले उक्त विन्दुली
खोली हेर्दा 3०3 को जंगी ४९ राउण्ड फेला परेको, आ.अ.को लागि जि.प्र.का.बाट
प्र.नि.को कमाण्डमा टोली खटी गएको ।
लागुऔषध,
सुनसरी, धरान
उ.म.न.पा.१७ पटनाली हरिण खोला स्थित अ.प्र.चौ. रेल्वेबाट प्र.स.नि.को कमाण्डमा खटी
गएको गस्ती टोलीले धरानबाट चतरा तर्फ जाँदै गरेको प्र.१-०५-००१ ह ०१४७ नं.को
अटोलाई शंका लागी चेकजाँच गर्दा उक्त अटोमा सवार जि.उदयपुर त्रियुगा न.पा.७ बस्ने
वर्ष १९ को दिपक मगरले बोकेको कालो झोलामा ला.औ.ट्रामाडोल ३९९० ट्याब्लेट र
डिकोलिक ३९९० ट्याब्लेट फेला पारी ला.औ.सहित निजलाई र अटो, अटो चालक
ऐ. १० बस्ने वर्ष ३३ को फिरोज मोहमदलाई समेत नियन्त्रणमा लिई इ.प्र.का.धरानमा
ल्याई राखिएको, थप अनुसन्धान कार्य भईरहेको ।
महोत्तरी, मनरासिस्वा
न.पा.२ स्थित भोल्ही-सरपल्लो सडक खण्डमा प्र.चौ.इटहर्वाकट्टीबाट प्र.स.नि. र
जि.प्र.का.बाट खटी गएको संयुक्त टोलीले चेकजाँच गर्दा सरपल्लोबाट भोल्ही तर्फ
आउँदै गरेको on
test १५० सि.सि. को पल्सर मो.सा. रोकी चेकजाँच गर्ने क्रममा
प्लाष्टिकको बोरा भित्र प्लाष्टिकले बेरी डोरीले बाँधेको ५ के.जि.का दरले ४ पोका
(जम्मा २० KG) ला.औ. गाँजा फेला पारी मो.सा. र मो.सा. चालक
जि.महोत्तरी सोनमा गा.पा. १ बस्ने सियाराम यादवको छोरा अं.वर्ष ३१ को रामभरोश
यादवलाई नियन्त्रणमा लिई गाँजा र मो.सा. सहित जि.प्र.का. महोत्तरी पठाईएको ।