मिति २०८२।०६।२८ गते ०५:०० बजे देखि ऐ २९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-२९
- A
- A-
- A+
ज.ज.क.,
ललितपुर, जि.चितवन माणी न.पा.७
घर भई हाल जि.ललितपुर,
ललितपुर म.न.पा.३ झम्सिखेल
बस्ने वर्ष १५ की बालिकालाई ऐ.०६।२७ गते १२:०० बजे ऐ. ललितपुर म.न.पा.३ झम्सिखेल
बस्ने वर्ष ७८ को धर्मराज अमात्यले झम्सिखेल गणेश मन्दिर स्थित गार्ड हाउसको
भान्सा कोठामा ज.ज.क.गरेको भनी १०० मा फोन गरी जानकारी गराउनासाथ प्रहरी प्रभाग
पुल्चोकबाट प्र.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई प्रहरी प्रभाग
पुल्चोकमा राखिएको, पीडितको बुवाले ऐ.०६।२७ गते १५:०० बजे
परिसर जावलाखेलमा जाहेरी दिए पश्चात आ.अ.कार्य भईरहेको, पीडित
बालिकाको यौनजन्य स्वास्थ्य परिक्षण पश्चात बुवाको जिम्मा लगाई पठाएको ।
सुर्खेत, जिल्ला
जाजारकोट भेरीनगरपालिका वडा नं.०४ गैरीखाली बस्ने वर्ष २२ कि परिवर्तित नामथर
(आ.व. २०८२/०८३) ६४ वीरेन्द्रनगर (क२१) लाई जिल्ला दैलेख भगवतिमाई गाउँपालिका ०७
घर भई हाल जिल्ला सुन्धुली दुधौली स्थित नेपाल प्रहरीको तालिमकेन्द्रमा प्रहरी
जवान पदमा तालिम गरीरहेको वर्ष अं.२२ को भक्त बहादुर बि.क मिति २०८२/०६/१७ गते
राति अ. १२:०० बजेको समयमा वीरेन्द्रनगर नगरपालिका वडा नं. ०७ ईत्राम स्थित निज
अन्यायिका काकाको घरकोठामा ज.ज.क गरेको भनि निज पिडित ले मिति २०८२/०६/२८ गते
१३:०० बजेको समयमा यस जिल्ला प्रहरी कार्यालय सुर्खेतमा लिखितम जाहेरी दिए पश्चात
तत्काल उक्त स्थान तर्फ यस कार्यालयबाट प्र.नि. को कमाण्डमा ५ जनाको प्रहरी टोली
खटिएको र उक्त व्यक्ति फरार खोजि कार्य भईरहेको ।
मोरङ, ग्रामथान गा.पा.४
मर्चेनिया टोल बस्ने मानसिक सुस्त मनस्थित भएकी सांकेतिक नाम ०८२ बेलबारी ४६ लाई
मिति २०८२।०६।१७ गते २२:३० बजे ऐ.रंगेली न.पा.१ बस्ने वर्ष अ.२२ को आपताब माझी
थारु र ऐ.बस्ने बर्ष २५ को भोला चौधरीले ऐ.ग्रामथान गा.पा.४ मर्चेनिया स्थित
बाँसघारीमा ज.ज.क.गरी फरार भएको भनी पीडितको बुबा सांकेतिक नाम ०८२ बेलबारी ४५ ले
ऐ.२८ गते इ.प्र.का.बेलबारीमा जाहेरी दिएको हुँदा प्र.व.ना.नि.को कमान्डमा टोली खटी
गई दुवैजना पीडकहरूलाई नियन्त्रणमा लिई इ.प्र.का.बेलबारीमा राखी आ.अ.भइरहेको ।
बाँके, मिति २०८२।०६।१९
गतेदेखि राप्ति सोनारी गा.पा.२ मधुवा बस्ने वर्ष २४ को लक्ष्मण खत्रीले ऐ.बस्ने
वर्ष १२ की परिवर्तित नाम थर संकेत ६५ कोहलपुर (२०८२।०८३) १२ लाई ललाई फकाई गरी
पटकपटक ज.ज.क.गरेको र मिति २०८२।०६।२७ गते समेत ऐ.८ शम्शेरगंज स्थित रहेको होटल
जक्सनमा लगेर ज.ज.क.गरेको भनी पीडितले ऐ.२८ गते १८:०० बजे आफन्तलाई जानकारी गराए
पश्चात पीडितको आफन्त ६५ कोहलपुर (०८२/०८३) १२ (क) ले प्र.चौ.कचनापुरमा जानकारी
दिएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई
इ.प्र.का.कोहलपुरमा ल्याई पीडित समेतलाई यौनजन्य विस्तृत स्वास्थ्य परीक्षणको लागि
भेरी अस्पताल नेपालगंज पठाइएको ।
ज.ज.क.उद्योग,
इलाम, माइ न.पा.१ अम्लिसे बस्ने सांकेतिक नाम “इलाम-ड-१
(०८२/०८३)” को छोरी वौद्धिक तथा शारिरीक रुपमा असक्त वर्ष
अं.११ की सांकेतिक नाम “इलाम-ड (०८२/०८३)” लाई मिति २०८२।०६।१९ गते ११:३० बजे ऐ.खर्बनी बस्ने सांकेतिक नाम “इलाम-ढ-१(०८२/०८३)” को छोरा वर्ष अं.४५ को सांकेतिक
नाम “इलाम-ढ (०८२/०८३)” ले पीडित बस्दै
आएको घरमा एक्लै देखी पीडितको कोठामा गई करणी गर्ने मनासयले संवेदनशील अङ्गमा छोई
चलाएको भनी ऐ.२८ गते २१:०० बजे पीडितको फुपुले जि.प्र.का.मा जाहेरी दिएको हुँदा
प्र.चौ.लोदिया दानाबारीबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा
लिई जि.प्र.का.मा ल्याई आ.अ.भइरहेको ।
हा.ह. बरामद,
काठमण्डौं, गोकर्णेश्वर न.पा.३
गोकर्ण बस्नेतगाउँ स्थित सन्तोष श्रेष्ठको घरमा हा.ह.लुकाई छिपाई राखेको भन्ने
गोप्य सुचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट प्र.ना.नि.को कमाण्डमा टोली खटिगई
हेर्दा पानी ट्याङ्की भित्र लुकाई राखेको अवस्थामा म्याग्जिन नभएको चा.पे.9 mm लेखिएको
१ थान पेस्तोल र हतकडी १ थान फेलापारी शंकास्पद सोही घरमा पाहुना आएको
जि.सिन्धुपाल्चोक इन्द्रावती गा.पा.५ सुर्यकोट घर भई हाल जि.भक्तपुर बस्ने बर्ष २७
को राजन भुजेललाई आवश्यक सोधपुछको लागि नियन्त्रणमा लिई वृत्त बौद्धमा राखिएको ।
धारिलो हतियार प्रहार द्वारा आत्महत्या,
काठमाण्डौ, जि. दोलखा बिगु
गा.पा.४ घर हुने वर्ष ४२ को बिनोद खत्री आफैले आफ्नो घाँटीमा खुकुरी प्रहार गर्दा
घाईते भई उपचारको लागि का.जि.का.म.न.पा.११ माईतिघर मण्डला स्थित अन्नपुर्ण न्युरो
अस्पतालमा ऐ. १५:०० बजे लगी उपचार भईरहेकोमा ऐ.०६/२८ गते १०:१५ बजे उपचारको क्रममा
मृत्यु भएको भनी अस्पतालबाट जानकारी प्राप्त हुनासाथ प्रहरी वृत्त सिंहदरवारबाट
प्र.नि.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को
लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको ।
लागुऔषध,
दाङ, जि.सल्यान शारदा न.पा.६
हलचौर घर भई हाल जि. दाङ घोराही उ.म.न.पा.१५ तुलसीपुर चोक नजिक डेरा गरी बस्ने
अं.वर्ष २२ को दिपक रेउलेले लागु औषध कारोबार गरिरहेको भन्ने सुचना प्राप्त
हुनासाथ जि.प्र.का.बाट प्रहरी टोली खटी गई निज दिपक रेउलेलाई ऐ.१६ सर्रा स्थित
पैदल हिंडिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई निजको शरीर खानतलसी गर्दा
दाहिने खुट्टामा लगाएको NIKE
लेखेको जुत्ताको सोल भित्र लुकाई राखेको अवस्थामा हरियो रङको
प्लाष्टिकमा बेरेको २ पुडिया लागु औषध (ब्राउन सुगर) फेला पारी शुद्ध तौल गर्दा १
ग्राम ५० मिलिग्राम लागु औषध (ब्राउन सुगर) जस्तो देखिने खैरो पदार्थ र निजकै
साथमा रहेको रेड्मी कम्पनीको एण्ड्रोईड मोवाईल थान-१ फेला पारी बरामद गरी निजलाई
नियन्त्रणमा लिई जि.प्र.का.मा राखी आ.अ.भईरहेको ।