मिति २०८२।०६।२९ गते ०५:०० बजे देखि ऐ ३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-३०
- A
- A-
- A+
ज.ज.क./
बालयौन दुरुपयोग,
बझाङ, तलकोट गा.पा.२
ढुङगाना गाँउ घर भई ऐ.जयपृथ्बी न.पा.१० चैनपुर बस्ने वर्ष २० को राजेश ऐडीले मिति
२०८२/०६।२६ गते अं.२०:०० बजे ऐ.मष्टा गा.पा.२ बस्ने वर्ष १४ की बालिकालाई आफ्नै
कोठामा लगेर ज.ज.क.गरेको भनी मिति२०८२।०६।२९ गतेको १६:५० बजे पीडितको दाईले
जि.प्र.का.बझाङमा जाहेरी दरखास्त दिए पश्चात जि.प्र.का.बझाङबाट प्र.ना.नि.को
कमाण्डमा टोली खटी गएको, ज.ज.क.गर्ने राजेश ऐडी फरार, खो.त.भईरहेको, पीडितको
यौनजन्य स्वास्थ्य परिक्षणका लागि जि.अस्पताल बझाङ पठाएको, उक्त स्थान
जि.प्र.का.बझाङबाट १ कि.मि पूर्व पर्ने ।
नवजात
शीशु फेला,
महोत्तरी, जलेश्वर न.पा.४
स्थितमा रहेको भागेश्वर कुटीबाट अं.२० मिटर पश्चिम तर्फ रहेको धान खेतमा बेवारिसे
अवस्थामा नवजात शिशु (छोरा) कपडामा बेरिएको अवस्थामा रहेको भन्ने खबर
स्थानीयले जानकारी गराउनासाथ अ.प्र.पोष्ट
जलेश्वर न.पा.बाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई हेर्दा नवजात शीशु जिवित
अवस्थामा नै रहेको, हेर्दा १५\१६ दिन अगाडी जन्म भएको जस्तो देखिएको, को-कस्को भन्ने
नखुलेको थप अनुसन्धानको लागि जि.प्र.का.बाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गएको ।
भरुवा
बन्दुक सहित मानि नियन्त्रणमा,
काठमाण्डौ, शंखरापुर
न.पा.१ बोजिनी स्थित प्रहरी वृत्त बौद्वबाट प्र.ना.उ. को कमाण्डमा प्रहरी टोली खटी
गई स्वीप अप्रेशन शुरु भएकोमा ऐ. १०:३७ बजे स्वीप अप्रेशन समाप्त भएको, स्वीप
अप्रेशनको क्रममा १ नाल भरुवा बन्दुक सहित आवश्यक सोधपुछको लागि ऐ. शंखरापुर
न.पा.१ शंखरापुर घर भई बस्ने वर्ष २६ को रबिन लामा, ऐ.जगते घर भई
बस्ने बर्ष २४ को सोनाम लामा, ऐ.बस्ने बर्ष २४ को संजय लामा र ऐ.बस्ने बर्ष २२
को सुमन तामाङलाई नियन्त्रणमा लिई प्रहरी वृत्त बौद्धमा ल्याई राखिएको, उक्त स्थान
प्रहरी वृत्त बौद्धबाट अं.न्दाजी १७ कि.मि. पूर्व दिशा तर्फ पर्ने घटना सम्बन्धमा
थप अनुसन्धान कार्य भईरहेको ।
लागुऔषध,
सुनसरी, ईनरुवा
न.पा.वडा न.०४ बसचोक स्थित पुर्व पश्चिम राजमार्गमा जिप्रका सुनसरीबाट प्रह रेवत
ढकालको कमाण्डमा खटिएको सादा पोसाकको टोलिले लौकहीबाट ईनरुवा तर्फ आउदै गरेको को
३२ प ५३६७ न. को मोसालाई शंका लागी चेक-जाँच गर्दा मो.सा. चालक जिल्ला सुनसरी धरान
उप-मनपा वडा न.१७ पटनालीटोल बस्ने वर्ष ३८ को सन्तोष बस्नेतको साथबाट तौल गर्दा
(प्लाष्टिक बाहेक) १२.७० ग्राम ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ, मानिस र मोसा
सहित नियन्त्रणमा लिई जिप्रका सुनसरीमा ल्याई राखिएको ।
सुनसरी, बर्जु
गाँउपालिका ३ खरि टोल स्थित उत्तर भिमपुरबाट दक्षिण शुक्रबारे तर्फ जादै गरेको
तत्काल अल्फाबेट नखुलेको ४७६० नं.को बोलेरो पिकअप गाडीले ला.औ.गाँजा झार्दै गरेको
अवस्थामा स्थानीय मानिसले देखी प्रहरीलाई जानकारी गराउनासाथ प्र.चौ.अमडुवाबाट
प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गएकोमा
प्रहरी टोलिलाई देख्नासाथ गाडी तथा मानिसहरु फरार भएको, उक्त स्थानमा
अं.३०० के.जि.(१० बोरा) ला.औ.गाँजा पेला परेको हुँदा कानुनी प्रकृयाको लागि
इ.प्र.का.दुहबीबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।