मिति २०८२।०६।३० गते ०५:०० बजे देखि ऐ ३१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०६-३०
- A
- A-
- A+
२०८२-०६-३१,
ज.ज.क.
उद्योग,
पाल्पा, रिब्दीकोट गा.पा. ७
मैनादी कटहरबारी बस्ने वर्ष ६१ को शिब रानाले म जाहेरवाला जि.पाल्पा रिब्दीकोट
गा.पा. ७ मैनादी कटहरबारी बस्ने वर्ष ५८ की महिलालाई घर नजिकै सालघारी खर्यानमा
आई करणी गर्ने मनसायले मेरो संवेदनशील अंगमा छोई ज.ज.क.प्रयास गरेकोले निज कसूरदार
मान बहादुर रानालाई कानून बमोजिम कारवाही गरी पाउँ भनि ऐ.३० गते १८:०० बजे
जि.प्र.का.पाल्पामा गई जाहेरी दिएकोले उक्त स्थानमा इ.प्र.का.मुझुङ पाल्पाबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गई घटनामा संलग्न निज मान बहादुर रानालाई
नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का. पाल्पामा पठाईएको ।
हा.ह.
बरामद,
काठमाडौं, वृत्त
कीर्तिपुर र का.उ.अ.अ.का.बाट खटीएको संयुक्त प्रहरी टोलीले स्वीप अपरेशनको क्रममा
जि.मकवानपुर कैलाश गा.पा.५ गोलढुङ्गा स्थायी वतन भई की.न.पा.३ ढाल्पा डेरा गरी
बस्ने वर्ष २८ को राजेन्द्र मोक्तानसँग पेस्तोल रहेको छ भन्ने सुचनाको आधारमा
निजसँग सम्पर्क गरी हतियारको बारेमा जानकारी गराउँदा निज तत्काल सम्पर्कमा आई टाईप
५४ (TYPE
54)
चाईनिज पेस्तोल (नं. ५१००४२८३) थान-१ वृत्त किर्तिपुर बुझाएको । उल्लेखित नं.को
टाईप ५४ चाईनिज पेस्तोल मिति २०८२।०५।२४ गते वृत्त किर्तिपुरबाट लुटीएको ।
फुटकर
ज्यान (शंकास्पद मृत्यु),
रामेछाप, रामेछाप न.पा.७
मुगान स्थित ऐ. बस्ने इन्द्र बहादुर हायुको श्रीमती अं.वर्ष ५५ की चिनीमाया हायु
आफ्नै ढुङ्गा माटोले बनेको एक तले घरभित्र मृत अवस्थामा फेला परेको भन्ने खबर
प्राप्त हुनासाथ प्र.चौ.रामेछापडाँडाबाट प्र.स.नि.र जि.प्र.का.बाट प्र.नि.को
कमाण्डमा SOCO
सहितको
प्रहरी टोली खटी गई घटनास्थल मुचुल्का कार्य समाप्त पश्चात शव पो.मा.को लागी
जिल्ला अस्पताल रामेछापडाँडा रामेछाप पठाएको, थप अनुसन्धानको
लागि मृतकको श्रीमान वर्ष ५४ को इन्द्र बहादुर हायुलाई नियन्त्रणमा लिई
जि.प्र.का.पठाएको ।
कुटपिट,
सर्लाही, लालबन्दी
न.पा.३ भैरबपुर बस्ने रोशन चौधरीको श्रीमती वर्ष ३० की बजन्तरी चौधरीको घर अगाडी
खाना बनाउने दाउरा ऐ.बस्ने निजकै जेठाजु रामप्रित चौधरीको छोरा वर्ष २७ को चन्दन
चौधरीको रहेको,
सोही
दाउरा हटाउ भन्ने विषयलाई लिई विवाद हुँदा चन्दन चौधरीले अचानक बजन्तरी चौधरीलाई
मुक्काले पछाडीबाट घाँटीमा हान्दा निज घाईते भई उपचारको लागी नगर अस्पताल
लालबन्दीमा लगी उपचार भइरहेकोमा थप उपचारको लागी बर्दिबासको शुभ स्वास्तिक अस्पताल
तर्फ लिई गएको,
बोल्न
नसकेको,
अवस्था
गम्भीर रहेको भन्ने ऐ.१९:३० बजे अस्पतालले जानकारी गराउनासाथ इ.प्र.का.लालबन्दीबाट
प्र.ह.को कमाण्डमा टोली खटी गएको, उपचारमा दिदी संलग्न, कुटपिट गर्ने
चन्दन चौधरी फरार रहेको, खो.त.कार्य जारी ।
नवजात
शिशु फेला उपचारको क्रममा मृत्यु ,
कञ्चनपुर
भिमदत्त न.पा.१८ भगतपुर स्थित भित्री कच्चि सडकको किनारामा रहेको केराबारीमा
अं.१/२ दिन जस्तो देखिने नवजात शिशु(बालक) लाई ऐ.बस्ने अनिल हरी चन्द्रले टाउकोमा
चोट लागेको अवस्थामा देखि व.प्र.का.महेन्द्रनगरमा जानकारी गराउनासाथ प्र.स.नि.को
कमाण्डमा टोली खटी गएको, निज शिशुलाई महाकाली प्रादेशिक अस्पताल
महेन्द्रनगरमा ल्याई उपचार भईरहेकोमा उपचारको क्रममा ऐ.३१ गते अं.०१:५० बजे उक्त
नवजात शिशुको मृत्यु भएको, शव सोही अस्पतालको शव गृहमा राखिएको ।
कैदी
मृत्यु,
रूपन्देही, बाल सुधार गृह
भैरहवा रुपन्देहीमा रहेको कानुनको विवादमा परेको बाल बिज्याई (कर्तव्य ज्यान मुद्धाको थुनुवा) जि.गुल्मी
मुसिकोट न.पा.४ बस्ने वर्ष १८ को बिजय राना मृगौला सम्बन्धि बिरामी भई उपचारको
लागी भिम अस्पताल भैरहवामा लगी सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ.१८:०० बजे
मेडिकल कलेज भैरहवा रिफर भई उपचार भईरहेकोमा ऐ.३१ गते अं.०३:५३ बजे डाक्टरले
मृत्यु घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, बाल सुधार गृह
भैरहवाबाट प्र.ब.ह.कृष्ण बहादुर राना खटी गएको।
ला.औ.,
बारा, प्रसौनी
गा.पा.३ नौतन स्थित वीरगंजबाट प्रसौनी तर्फ पैदल आउदै गरेको भन्ने बिशेष सुचनाको
अधारमा इ.प्र.का.प्रसौनीबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले शंकालागी चेकजाँच
गर्न खोज्दा भागी उम्कन खोज्दा लखेटी समाइ चेकजाँच गर्दा निज ब्यक्ति जि.पर्सा
पटेर्वा सुगौली गा.पा.३ सानो देउती बस्ने वर्ष ४२ को रामाशंकर दासको साथबाट कागजमा
बेरेर पाइन्टको बाँया गोजीमा खैरो हिरोईन जस्तो देखिने पदार्थ १९.७८०
मिलिग्राम सहित बरामद गरी निजलाइ
इ.प्र.का.प्रसौनीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।
सर्लाही, पर्सा गा.पा.२
संग्रामपुर स्थित आँप बगैंचामा इ.प्र.का.संग्रामपुरबाट प्र.ना.नि.को कमाण्डमा खटी
गएको गस्ती टोलीले दानाको हरियो र पहेलो दुई वटा बोरा टाउँकोमा बोकी नेपालबाट भारत
तर्फ गईरहेको भारत राज्य जिल्ला सितामढी थाना बेला पिपरा प्रसायन ग्राम मुजेलिया ७
बस्ने अं.वर्ष ६० को इजरायल अन्सारीलाई शंका लागी रोकी निजले बोकेको उक्त बोरा
खोली हेर्दा बोरा भित्र रातो प्लाष्टिकले बेरेको अवस्थामा ६ पोका ला.औ.गाँजा ३१ किलो २१७ ग्राम फेला परेकोले निजलाई उक्त
ला.औ. सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जि.प्र.का.सर्लाही पठाईएको ।