मिति २०८२।०७।०१ गते ०५:०० बजे देखि ऐ ०७।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-०२
- A
- A-
- A+
कर्तव्य
ज्यान,
सप्तरी, बोदेबर्साईन
न.पा.८ रजकपट्टी स्थित कबिर बाबा मन्दिरको पुजारी काम गर्ने ऐ.बस्ने अं.वर्ष ७० को
रामदुलार साहले आफ्नो कुट्टीमा एकलै बस्दै आएकोमा कुट्टी अगाडी रहेको बाटोमा पिसाब
गरिरहेको अवस्थामा नामथर, वतन नखुलेको मानिसले निज रामदुलार साहलाई गोली
प्रहार गर्दा ढाडको पछाडीबाट नाईटोको साईडमा १ वटा प्वाल भई घटनास्थलमै मृत्यु
भएको,
शव
घटनास्थलमा नै रहेको भन्ने जानकारी प्राप्त हानसाथ उक्त प्र.चौ.काचनबाट
प्र.स.नि.को कमाण्डमा, जि.प्र.का. सप्तरीबाट प्र.ना.उ.कमाण्डमा र
इ.प्र.का.कडरवोनाबाट प्र.नि.को कमाण्डमा टोली खटी गई गोली प्रहार गर्ने मानिसको
खो.त.तथा थप संकित व्यक्तिहरुको सिमा नाका संग जोडिएको यूनिट एरियाहरूमा कर्डन गरी
चेकजाँच भईरहेको, घटनास्थलमा २ थान खोका फेला परेको, ।
ज.ज.क.,
बाँके, खजुरा गा.पा.१
बलैपुर बस्ने आयुष सुनारको बिवाहमा आएकी जि.सुर्खेत भेरीगंगा न.पा.१० घर भई हाल
नेपालगञ्ज उ.प.न.पा.२० नेपालगंजमा डेरा गरी बस्ने वर्ष १९ की बालिकालाई ऐ.खजुरा
गा.पा.१ सैनिक बस्ने ऐ.बिवाहमा नै आएको वर्ष १८ को सुजल थापाले निजलाई राती सवारी
साधन नमिलेकोले मो.सा.मा नेपालगञ्ज छोडिदिन्छु भनी लगी ऐ.खजुरा गा.पा.१ स्थित
न्याउलीडाँडा जंगलमा खुकुरी देखाई ज्यान मार्ने धम्की दिई निजलाई ज.ज.क.गरी छोडी
भागेको भन्ने खबर ऐ.०७।०१ गते ११:०० बजे प्र.चौ.राधापुरमा प्राप्त हुनासाथ
प्र.ना.नि.र इ.प्र.का.धनौलीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई निज सुजल थापालाई
नियन्त्रणमा लिई पीडक पीडित दुबै जनालाई
विस्तृत स्वास्थ्य परिक्षणको लागि भेरी अस्पताल नेपालगञ्ज बाँके पठाएको ।
सवारी
दुर्घटना (प्र.क.),
नवलपरासी(पूर्व), मध्यबिन्दु
न.पा.७ चोरमारा बजार स्थित पूर्व पश्चिम राजमार्गमा कावासोतीबाट नवलपरासी तर्फ
जाँदै गरेको GJ14Z6465 भारातीय
नं.प्लेटको बसले ऐ.दिशाबाट जाँदै गरेको प्रदेश ३-०२-०१० प ७२३० नं.को मो.सा.लाई
ठक्कर दिँदा मो.सा. चालक जि.सर्लाही लालबन्दी न.पा. ४ घर भई हाल कार्यदल
काठमाण्डौमा कार्यरत प्र.स.ह.वर्ष ३४ को नरेश चौधरी, सोही मो.सा.मा
पछाडि सवार निजकै श्रीमती वर्ष ३० की अनिता चौधरी र निजको छोरा वर्ष १० को अनुज चौधरी घाईते भई
उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाएकोमा ऐ.१६:०५ बजे अनिता
चौधरीलाई डा.ले चेकजाँचको क्रममा मृत घोषणा गरेको, शव सोही
हस्पतालमा रहेको, प्र.स.ह.नरेश चौधरी र अनुज चौधरीलाई थप उपचारको लागि पुरानो
मेडिकल कलेज भरपुर चितवन पठाएकोमा उपचारको क्रममा ऐ.१८:१५ बजे प्र.स.ह. नरेश
चौधरीलाई डा.ले मृत घोषणा गरेको, शव सोही अस्पतालमा रहेको, अनुज चौधरीको
ऐ.अस्पतालमा उपचार भइरहेको, अवस्था गम्भीर, बस र बस चालक
प्र.चौ.तम्सरियाको नियन्त्रणमा, , प्रहरी सहायक हवल्दार नरेश चौधरी चार
दिनको भैपरी आउने विदा स्वीकृत गरी गएको ।
लागुऔषध,
झापा,
इ.प्र.का.अनारमनीबाट प्र.स.ह.को कमाण्डमा खटिएको टोलीले ऐ.बिर्तामोड न.पा.५ सितल
मार्केट स्थितबाट जिल्ला पाँचथर हिलिहाङ
गा.पा.६ बस्ने वर्ष ३० को अशोक भन्ने डम्बर बहादुर मैनालीलाई शंका लागी निजलाई
चेकजाँच गर्दा निजको साथबाट १६ ग्राम ४५० मिलिग्राम ला.औ.ब्राउनसुगर जस्तो देखिने
लिसाईलो पदार्थफेला पारी उक्त ला.औ.सहित निजलाई नियन्त्रणमा लिई
इ.प्र.का.अनारमनीमा राखिएको, ।