मिति २०८२।०७।०९ गते ०५:०० बजे देखि ऐ ०७।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-१०
- A
- A-
- A+
कर्तव्य
ज्यान,
पाँचथर, मिक्लाजुङ गा.पा.८ भदौरे बस्ने अं.वर्ष ५२ को
बखत सिंह लिम्बुले मा.प.से.गरी आफ्नै छोरा
अं.वर्ष १७ को सफल लिम्बुलाई आफ्नै घर पछाडि अं.१०० मिटर उत्तर-पूर्व बारीमा
बसिरहेको अवस्थामा भरूवा बन्दुकले हान्दा दाहिने कुम, दाहिने कन्चट र
छातीमा लागि घटनास्थलमै मृत्यु भएको भन्ने जानकारी ऐ.१५:४० बजे अ.प्र.पोष्ट दुर्दिम्बामा जानकारी प्राप्त
हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई बखत सिंह लिम्बुलाई भरूवा बन्दुक सहित
नियन्त्रणमा लिई घटनास्थल सुरक्षित राखेको, थप अनुसन्धानको
लागि इ.प्र.का.रबिबाट प्र.ना.नि.र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली
खटी गएको।
ज.ज.क.,
ओखलढुङ्गा, मिति
२०८२।०७।०८ गते अं.२३:३० बजे मानेभञ्ज्याङ गाउँपालिका २ स्थित जाहेरवाला अ.वर्ष ७१
की महिलालाई आफ्नै घरमा सुतिरहेको अवस्थामा जिल्ला ओखलढुङ्गा मानेभञ्ज्याङ
गाउँपालिका वडा नं.२ बस्ने अं.वर्ष ३५ को राजेन्द्र राईले ज.ज.क.उ.गरेको भनी
पीडितले मिति २०८२।०७।०९ गते १८:०० बजे जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा लिखित
जाहेरी दिएकोले अ.प्र.पोष्ट केत्तुकेबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई
निज प्रतिवादीलाई पक्राउ गरी नियन्त्रणमा लिई जि.प्र.का.ओखलढुङ्गामा राखिएको ।
मकवानपुर, हेटौडा
उ.म.न.पा.१४ गठबन्धन चोक बस्ने अं.वर्ष ११
की बालिका आफ्नै घरको बाहिर रहेको शौचालय गएकोमा नातीनी लामो समयसम्म नआए पछी
हजुरआमाले खो.त.गर्ने क्रममा सोही शौचालयभित्र छिमेकी अं.वर्ष ३४ को पुरुषोत्तम
तिमल्सिनासँगै नातिनीलाई देखेकोमा निजले बाल यौन दुर्व्यवहार गरी भागेको भन्ने खबर
प्राप्त हुनासाथ अ.प्र.पोष्ट मयुरधापबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटी गई
पुरुषोत्तम तिमल्सिनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.पठाएको, बालिकालाई
आवश्यक सोधपुछको लागि अविभावक सहित जि.प्र.का.पठाएको, पीडितको स्वास्थ्य
अवस्था सामान्य रहेको, ।
चितवन, राप्ती न.पा.८
बडहरा स्थितमा रहेको पीडित सहयोग र पुनर्वास कार्यक्रम नामक संस्थामा अध्यनरत रही
सोही संस्थाको कोठामा बस्दै आएकी जि.मकवानपुर मकवानपुरगढी गा.पा.६ घर भएकी वर्ष
अं.११ की बालिकालाई जि.मकवानपुर राक्सिराङ गा.पा.१ घर भई हाल सोही सस्थामा अध्यनरत
वर्ष अं.१९ को पुरुष व्यक्तिले ललाई फकाई गरी ज.ज.क गरेको भनी बालिकाको आमाले
ऐ.१७:०० बजे इ.प्र.का.भण्डारामा किटानी जाहेरी मार्फत जानकारी गराउनसाथ
इ.प्र.का.भण्डाराबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई निज पुरुष व्यक्तिलाइ
नियन्त्रणमा लिइ आ.अ.भईरहेको ।
कास्की, मिति
२०८२।०७।०८ गते अं.१२:०० बजे पोखरा म.न.पा. कोलामुढा बस्ने वर्ष ८१ को गञ्जसिंह
गुरुङ्ले ऐ.बस्ने छिमेकी वर्ष ६ की बालिकालाई यौन दुर्व्यवहार गरेको भनी ऐ.८ गते
१९:३० बजे बालिकाको आमाले मौखिक जानकारी गराउनासाथ व.प्र.का.बगरबाट प्र.नि.को कमाण्डमा टोली खटी
गई निज गञ्जसिंह गुरुङ्लाई नियन्त्रणमा लिई व.प्र.का.बगर ल्याई थप अनुसन्धान कार्य
भईरहेको ।
हातहतियार
बरामद,
ललितपुर
,
महालक्ष्मी
न.पा.५ टिकाथली स्थित राधाकृष्ण खानेपानी ट्याङकी नजिकै हनुमन्ते खोला किनारमा
गोप्य सुचनाको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटीएको सादा पोशाकमा र
प्र.चौ.टिकाथलीबाट प्र.स.ह.को कमाण्डमा खटीएको संयुक्त टोलीले 55010501 नम्बरको १
थान टाइप 54 चाइनिज पेस्तोल म्याग्जिन सहितको ३ राउण्ड लोड गरेको अवस्थामा फेला
परेकोले कानुनी प्रकृयाको लागि प्रहरी वृत्त सातदोबाटोबाट प्र.नि.को कमाण्डमा टोली
खटी गई बरामद गरी प्रहरी वृत्त सातदोबाटोमा राखिएको ।
प्र.क.मृत्यु,
पाल्पा, रिब्दिकोट
गा.पा.३ खस्यौली घर भएका नेपाल प्रहरी बिशेष सुरक्षा गण सुनवल
नवलपरासी(पश्चिम)दरबन्दी भई हाल नेपाल प्रहरी अस्पताल महाराजगन्ज काठमाण्डौमा
कार्यरत वर्ष २७ को ( क.कोड ४७९९३१) प्र.ज.धर्म थापा ऐ.०२ गते घर आएकोमा ऐ. ०९ गते
अं.१३:०० बजे अचानक शरीर झम्झमाएको भनि उपचारको लागि युनाइटेड मिशन अस्पताल पाल्पा
लगेकोमा ऐ.१३:५० बजे उपचारको क्रममा मृत्यु भएको, शव सोही
अस्पतालमा रहेको ।
ला.औ.,
नवलपरासी
पश्चिम
,
रामग्राम
न.पा. ४ जितपुर स्थित ऐ.बस्ने राजेश मौर्यको पक्की घरमा कोठा भाडामा लिई बस्ने हाल
सम्म नामथर,
वतन
नखुलेको पुरुष ब्यक्तिले ला.औ.लुकाई छिपाई राखेको भन्ने बिशेष सुचनाको आधारमा
जि.प्र.का.नवलपरासीबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले स्थानीयको रोहबरमा उक्त घरको कोठा भित्र
खानतलासी गर्दा Diazepam (2ml ) लेखेको ७७५ एम्पुल, Phenagan
(2ml) ७७५ एम्पुल,
Buprenorphine (2ml) लेखिएको ७७५
एम्पुल,
proxycospas १४७ क्याप्सुल लागु औषध फेला परेकोले थप अनुसन्धान
तथा बरामदी मुचुल्काको लागि प्र.नि.को कमाण्डमा टोली खटी गई रित पूर्बक बरामदी
मुचुल्का गरी निज फरार रहेको ब्यक्तिले प्रयोग गरेको ग २ प २७९१ नं. को मो.सा. र
उक्त लागुऔषध जि.प्र.का.नवलपरासी पश्चिममा ल्याई थप अनुसन्धान भईरहेको, उक्त घरमा
घरधनि नबस्ने,
नामथर
वतन नखुलेको भनिएको ब्यक्ति प्रहरी टोलीलाई देखि भागी फरार भएको, खो.त.कार्य
भईरहेको ।