मिति २०८२।०७।१ १ गते ०५:०० बजे देखि ऐ ०७।१२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु
२०८२-०७-१२
- A
- A-
- A+
कर्तव्य
ज्यान,
सिराहा, लहान न.पा.५
धाती टोल बस्ने मोहमद सदिक मिँयाको श्रीमती वर्ष ५० की नुरजहान खातुनले ऐ.लहान
न.पा.४ झण्डापार्क स्थित खुट्टीखोलामा संचालन गरेको किराना पसलबाट ऐ.बस्ने रिजो
खातुनको छोरा वर्ष १७ को मोहमद सकिलले पैसा चोरेको बिषयलाई लिई निज नुरजहान
खातुनसंग वादविवाद भई झै-झगडा हुँदा निज मोहमद सकिल पक्षका ऐ.लहान न.पा.५ धाती टोल
बस्ने मेहदी आलम लगायत ५ जना मिली निज नुरजहान खातुनलाई कुटपिट गर्दा निज नुरजहान
खातुन गम्भीर घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ उपचारको लागि माँ धमिनी
अस्पताल लहान सिरहा पठाएकोमा उपचारको क्रममा ऐ.१०:०० बजे मृत्यु भएको, शव निजको
आफन्तले घरमा ल्याई राखिएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.लहानबाट
प्र.ना.उ.को कमाण्डमा टोली खटी गई नजिमुन खातुन लगायत ४ जनालाई नियन्त्रणमा लिई
इ.प्र.का.लहानमा ल्याई राखिएको, कुटपिटमा संलग्न १ जना फरार खो.त.भईरहेको, हालको अवस्था
सामान्य,
।
हातहतियार
बरामद,
धनुषा, मिति
२०८२।०७।१० गते अं.२२:०० बजे कमला न.पा.९ बस्ने अं.वर्ष २७ को सुरेश मण्डलले
ऐ.स्थित झुलुङ्गे पुलमा रहेको छठघाटमा (होम मेड) कटुवा पेस्तोल देखाई
स्थानीयहरुसँग विवाद गर्दा स्थानीयहरुले उक्त कटुवा पेस्तोल खोसी ऐ.सुन्दरपुर
बस्ने अं.वर्ष ४५ शिवपुजन मण्डललाई दिएको भनि ऐ.११ गते अं.१२:०० बजे खबर प्राप्त
हुनासाथ इ.प्र.का.खजुरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई ऐ.१७:१० बजे शिवपुजन
मण्डललाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले उक्त कटुवा पेस्तोल निजकै आफन्त
ऐ.बस्ने रोहित मण्डलको घरमा कसैलाई जानकारी नगराई लुकाई छिपाई राखेको भनि
बुझिएकोले,
खो.त.
गर्दा उक्त घरको कोठाको खाटमुनी खाली कटुवा पेस्तोल फेला परेकोले निज शिवपुजन
मण्डललाई कटुवा पेस्तोल सहित नियन्त्रणमा लिई इ.प्र.का.खजुरीमा ल्याई राखिएको, सुरेश मण्डल
फरार खो.त.कार्य भईरहेको ।
ज.ज.क.,
इलाम, माई न.पा. ०९
चिसापानी बस्ने रोहित बराइलीको छोरा वर्ष १३ को अर्जुन बराइलीले ऐ.ऐ. बस्ने डोल्मा
तमाङको छोरी वर्ष ६ कि “इलाम-त(०८२/०८३)” लाई भाँडाकुटी
खेल्ने क्रममा ललाई फकाई गरी ज.ज.क. गरेको भनि पिडितको परिवारले प्र.चौ.
चिसापानीमा ऐ. १९:०० बजे जानकारी गराउन साथ तत्काल प्र.चौ. चिसापानीबाट प्र.स.नि.
प्रदिप गिरी (९८६३२६४०१९)को कमाण्डमा प्रहरी टोली खटि गई पिडकलाई नियन्त्रणमा लिई
जि.प्र.का. इलाममा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।