मिति २०८२।०७।१३ गते ०५:०० बजे देखि ऐ १४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-१४
- A
- A-
- A+
कैदी मृत्यु,
मोरङ, मिति २०८१।१०।२२
गते देखि जिल्ला कारागार मोरङमा ज.ज.क मुद्दामा कैद भुक्तान गरिरहेको ऐ. उर्लावारी
न.पा.०१ बस्ने वर्ष २० को मुस्कान दनुवारलाई शरीर सुन्निने समस्या भई मिति २०८२।०७।११
गते २२:३० बजे प्र.ह.को कमाण्डमा खटिएको टोलीले उपचारको लागि कोशी अस्पताल बिराटनगर
लगि बेड भर्ना भई उपचार भई रहेकोमा ऐ.१३ गते ०९:४२ बजे मृत्यु भएको, शव सतगदको लागि
आफन्तले बुझि लगेको ।
ज.ज.क., बाल यौन
दुर्व्यवहार,
कैलाली, धनगढी उ.म.न.पा.१४
बस्ने पदम तामाङ्को छोरा अं.वर्ष ३४ को धन बहादुर तामाङ्ले ऐ. बस्ने अं.वर्ष १७ की
बालिकालाई ऐ.०७।१२ गते अं.२०:३० बजे झारफुक गर्ने बहानामा आफ्नो पुजा गर्ने कोठामा
लगि ज.ज.क.गरेको भनी ऐ.०७।१३ गते अं.१३:४५ बजे टे.फो.मार्फत इ.प्र.का.बहुलियामा जानकारी
गराउनासाथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई र पीडित दुवै पक्षलाई थप अनुसन्धानको
लागि जि.प्र.का.कैलाली पठाएको ।
झापा, शिवसताक्षी न.पा.७
बस्ने वर्ष ५६ को विरेन्द्र कुमार इजमले ऐ.१० बस्ने वर्ष १२ की बालिकालाईलाई परिवर्तित
ठेगाना०४-४-१६ झ स्थित परिवर्तित नाम २०८२/०८३ झिलझिले E3 को घरकोठामा कोही नभएको
मौका छोपी गफ गर्ने बहानामा बाल यौन दुरुपयोग गरेको भनी पीडितको आमाले ऐ.१८:०० बजे
इ.प्र.का.झिलझिलेमा जाहेरी दरखास्त दिएको हुँदा प्र.स.नि.को कमाण्डमा टोली खटी गई पीडक
विरेन्द्र कुमार इजमलाई नियन्त्रणमा लिई इ.प्र.का.झिलझिलेमा राखी आ.अ.भइरहेको ।
हा.ह. बरामद, गोली(राउण्ड)
बरामद,
इलाम, मिति २०८२/०७/१२
गते २०:०० बजे इलाम न.पा.२ स्थित थाम डाँडा शिवपोखरी राष्ट्रिय वन क्षेत्रमा माई सव
डिभिजन वन कार्यालय, सुखानीवाट गस्ती गर्दै जाने क्रममा ऐ.न.पा.४ बस्ने वर्ष अं.३३
को मोहन फागो र ऐ.न.पा.८ बस्ने वर्ष अं.५१ को धन बहादुर मगरको साथबाट भरुवा बन्दुक थान-१ र बारुद समेत फेला पारी बरामद गरी निजहरुलाई
नियन्त्रणमा लिई ऐ.१३ गते १६:३० माई सव डिभिजन वन कार्यालय इलामले जि.प्र.का.इलाममा
बुझाएकोमा सम्मानित इलाम जिल्ला अदालतबाट ऐ.१२ गतेबाट लागु हुने गरी ७ दिन म्याद थप
भइ आ.अ.भइरहेको ।
बर्दिया, बाँसगढी न.पा.४
शङ्खरिया स्थित रिहारपुर गाउँ र शङ्खरिया गाउँको सिमानामा रहेको चन्द्रनालाको छेउमा
बेवारिसे अवस्थामा Bond लेखिएको कटुवा पेस्तोल थान १ फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्र.स.नि.को
कमाण्डमा टोली खटी गई बरामद गरी कार्यालयमा ल्याई आ.अ.भईरहेको ।
रुपन्देही, सिद्धार्थनगर न.पा.१
बेलहिया नेपाल भारत सीमाना स्थित नेपालबाट भारत तर्फ जाँदै गरेको जि.कास्की पोखरा म.न.पा-२
बस्ने जीवन नाल्मीको छोरा वर्ष १७ को मनिस नाल्मी नेवारको साथमा रहेको झोला चेकजाँच
गर्ने क्रममा 7.62 MM S.L.R.को गोली राउण्ड-१ फेला परेकोले उक्त गोली सहित सँगै
आएको जि.चितवन भरतपुर ११ बस्ने वर्ष ३६ को सन्तलाल तामाङ समेतलाई नियन्त्रणमा लिई आ.अ.को
लागि जि.प्र.का.रुपन्देही पठाइएको ।
जुवातास,
महोत्तरी, बर्दिबास न.पा.७
स्थित कृष्ण बहादुर तमाङको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा इ.प्र.का.बर्दिबासबाट
प्र.ना.उ.को कमाण्डमा १० जनाको टोली खटी गई जुवातास खेलिरहेको अवस्थामा जि. सिरहा मिर्चैया
न.पा.४ बस्ने वर्ष २१ को भगवान बाबु साह समेत ७ जनालाई नगद रु.२,३६,५७५।- (दुई लाख
छतिस हजार पाचँसय पचहत्तर ) सहित नियन्त्रणमा लिई
आवश्यक कारवाहीको लागी इ.प्र.का.बर्दिबासमा ल्याई राखिएको ।
महोत्तरी, बर्दिबास न.पा.५
टुटेश्वर मन्दिर स्थित गोप्य सुचनाको आधारमा जि.प्र.का.बाट प्र.उ.को कमाण्डमा टोली
खटी गई हेर्दा जुवातास खेलिरहेको अवस्थामा फेला पारी ऐ.११ बस्ने वर्ष ३८ को टीका ब.किङरिङ
समेत १२ जनालाई नगद रु.१,३२,०००।–सहित नियन्त्रणमा लिई जि.प्र.का.मा
राखी आ.अ.भइरहेको ।
ला.औ.,
सुनसरी, हरिनगर गा.पा.वडा
न.४ हरिनगरा स्थित देवानगंज हरिनगरा सडक खण्डमा इ.प्र.का.हरिनगराबाट प्र.ना.नि.उमेश
खड्का र सु.प्र.बेश क्याम बसंन्तपुरबाट प्र.ना.नि.बिष्णु दनुवारको कमाण्डमा खटिएको
संयुक्त चेकिङ टोलीले चेकचाज गर्ने क्रममा देवानगंजबाट हरिनगरा तर्फ आउदै गरेको प्र.१-०२-००४
ह ८३३५ न. को सिटी सफारीलाई चेकजाच गर्दा १२ सय पत्ता (१२ हजार पिस) ट्रामाडोल ट्याब्लेट
लागुऔषध फेलापारी सिटी सफारी, सिटी चालक जिल्ला सुनसरी हरिनगर गा.पा.५ बस्ने सलिम
अंसारीको छोरा अं.वर्ष १५ को आदिल अंसारी र सोही सिटीमा सवार ऐ.ऐ.बस्ने सैयुब अंसारीको
छोरा अं.वर्ष २२ को अख्तर अंसारीलाई नियन्त्रणमा लिई लागुऔषध सहित आवश्यक अनुसन्धानको
लागि जि.प्र.का.सुनसरी तर्फ पठाईएको, ।
मोरङ, बिराटनगर म.न.पा.
०५ बरगाछी चोक स्थितमा जि.प्र.का. मोरङबाट प्र.ना.नि. को कमाण्डमा खटिएको चेकिङ टोलीले
जिल्ला संखुवासभा खाँदबारी न.पा. ०१ बस्ने बर्ष २७ को रुपेश कुलुङ र जिल्ला तेह्रथुम
छथर गा.पा. ०३ बस्ने बर्ष २९ को कर्ण सुनुवारलाई शंका लागि चेकजाँच गर्दा निजको साथबाट
ला.औ. खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित १७ ग्राम फेला पारी नियन्त्रणमा
लिइ जि.प्र.का. मोरङमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।