मिति २०८२।०७।१२ गते ०५:०० बजे देखि ऐ १३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-१३
- A
- A-
- A+
हातहतियार
बरामद,
पाँचथर, फिदिम न.पा. ७ फियाकदिन
बस्ने भक्त बहादुर थेगिमको घरमा ऐ.ऐ. १३ फेजुम बस्ने शम्सेर नेम्वाङको छोरा वर्ष २८
को कृष्ण नेम्वाङ १ थान भरूवा बन्दुक सहित आई धाक धम्की दिएको भन्ने खबर अस्थाई प्रहरी
चौकी रानिटार पाँचथरमा जानकारी प्राप्त हुनसाथ तत्काल प्रह को कमाण्डमा ४ जना प्रहरी
टोली खटिगई निजलाई हतियार सहित नियन्त्रणमा लिई थप अनुसन्धान कानुनी प्रकृयाको लागी
जिल्ला प्रहरी कार्यालय पाँचथर फिदिम तर्फ ल्याउने पहल भइरहेको ।
शीशु मृत्त फेला,
सप्तरी, धनगढी गा.पा.११
छपरारी बस्ने ओम प्रकाश साहको श्रीमती अनिता देवी साह बिगत ३ महिना देखि माइती घर जि.सप्तरी
तिलाठी कोईलाडी गा.पा.५ कोबर्साइन बस्ने शिवम कुमार साहको घरमा बस्दै आएकोमा निजको
छोरी दिन २० की अराध्या कुमारी साह २ दिन देखि रुघाखोकी लागी बिरामी भई स्थानिय मेडिकल
जनहित बर्साइनमा सामान्य उपचार गराएकोमा आज बिहान निज नाबालिकालाई थप उपचारको लागी
गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज सप्तरी ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको
र लाश घरमा ल्याई राखिएको भनि ऐ. १३:५५ बजेको समयमा जानकारी प्राप्त हुन साथ उक्त स्थानमा
प्र.चौ.कोबर्साइन सप्तरीबाट प्र.स.नि.को कमाण्डमा टोली खटिगएको र थप अनुसन्धानको लागी
तालुक जि.प्र.का.सप्तरीबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोलि खटिगएको
।
नवजात शिशु मृत्यु,
प्युठान, झिमरुक गा.पा.४
म्याउरे खोला बस्ने बिष्णु नेपालीको श्रीमती बर्ष अं.३५ की फुट्की भन्ने गिता नेपालीले
घरमै बच्चा जन्माई ऐ.५ ओखरकोट स्वास्थ्य चौकी ढाँडा प्युठानमा चेकजाँच गर्दा मृत अवस्थामा
छ भनि निजहरुले उक्त बच्चा घरमा ल्याई राखेको भनि ऐ.१८:०० बजेको समयमा स्थानिय टंक
बहादुर सार्कीले इ.प्र.का.ओखरकोट प्युठानमा जानकारी गराए पश्चात उक्त स्थानमा इ.प्र.का.प्युठानबाट
प्र.ना.नि.को कमाण्डमा ४ जनाको टोली र थप अनुसन्धानको लागि जि.प्र.का.प्युठानबाट प्र.नि
को कमाण्डमा SOCO
सहित
५ जनाको टोली खटि गएको,उक्त स्थानमा इ.प्र.का.ओखरकोट प्युठानबाट अ. ७ कि.मि.पुर्व
पर्ने । थप अपडेट:- ऐ. २१:१५ बजेको समयमा उक्त मृतक बच्चाको लास पो.मा.को लागि जिल्ला
अस्पताल बिजुवार प्युठान तर्फ पठाइएको ।
लेक लागी मृत्यू,
मनाङ, नार्पाभुमी गा.पा.५
स्थित हिमलुङ हिमाल आरोहण गर्न आएका अस्ट्रेलियन नागरिक (पा.पो.नं. PA7268128) वर्ष ४९
को (पुरुष) CHAN
CHIN TARK हिमालबाट
फर्कने क्रममा सोही हिमालको ६१०० मिटरको उचाईमा मृत्यु भएको भन्ने खबर ऐ. १९;१० बजेको समयमा
स्थानियद्वारा टे.फो. मार्फत जानकारी प्राप्त, मौषम खराबिका कारण
उद्दार हुन नसकेको, निजसंगै आएका अन्य ४जना पर्यटक सकुसल गन्तव्य तर्फ गएको ।
बिदेशी नागरीकको
मृत्यु,
काठमाण्डौ, मिति २०८२।०७।०९
गते अं.०४:०० बजे देखी का.म.न.पा.१७ स्थित केबि गुरुङ (९८५१०५७३१२) ले सन्चालन गेरको
बुटिक होटलमा बस्दै आएको बङ्गला देश घर हुने वर्ष अं.६९ को Md Serajul
Haque (passport no. A11401013) मिति २०८२।०७।१२ गते ०७:०० बजे एकासी बिरामी भई तत्काल
उपचारको लागी क्षेत्रपाटी स्थित छेत्रपाटी निःशुल्क अस्पताल लगी उपचार भईरहेकोमा ऐ.०८:४५
बजे उपचारको क्रम्मा मृत्यु भएको, साथी अब्दुल करिम (९८२००३२४५२) साथमा रहेको, बृत्त लैनचौरबाट
प्र.नि. को कमाण्डमा ५ जनाको टोली खटिई लासजाँच तथा अन्य अ.अ.कार्य भईरहेको,
ला.औ.,
कञ्चनपुर, आज मिति २०८२/७/१२
गते अ.०३;३० बजेको समयमा
जिल्ला कञ्चनपुर शुक्लाफाटा न.पा.३ पिप्लाडि रोड स्थित इ.प्र.का.झलारी बाट प्र.नि राजेश
बस्नेतको(९८५८७८४४९६) कमाण्डमा खटि गएको ५ जनाको प्रहरी टोलिले चेक जाच गर्ने क्रममा
ऐ.ऐ.बस्ने बर्स अ.२२ को राकेश डगौराले आफुले लगाएको पाइन्टको खल्तिमा लुकाइ छिपाइ गरी
राखेको शुद्द तेौल ८४ ग्राम लागु पदार्थ (चरेश) फेला पारी बरामद गरी निज राकेश डगौरा
समेतलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहिको लागि इ.प्र.का.झलारीमा ल्याइ राखिएको,
झापा, कमल गा.पा. वडा
नं. ०५ मंगलबारे बस्ने बिष्णु राजवंशीको घरमा लागूऔषध बिक्री बितरण गर्दै गरेको भन्ने
गोप्य सुचनाको आधारमा इप्रका दमकबाट प्रहरी हवल्दार राजकुमार श्रेष्ठको कमाण्डमा खटिएको
प्रहरी टोलीले बिष्णु राजबंशीको घर कोठाबाट प्रतिबन्धित लागूऔषध Tramadol
Hydrochlorides Capsules I.P. लेखिएको ८० पत्तामा जम्मा ८०० (आठ सय) क्याप्सुल, SPASPAIN लेखिएको जम्मा ३०
पत्तामा ३०० (तीन सय) ट्याबलेट, र Dicyclomine Tablet 20 mg लेखिएको ५० पत्तामा
जम्मा ५०० (पाँच सय) ट्याबलेट,सहित निम्न स्थान बस्ने निम्न मानिस र प्रतिबन्धित
लागूऔषध बेचबिखन गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिई इप्रका दमक ल्याई
थप अनुसन्धान भईरहेको उक्त स्थान इप्रका दमकबाट अन्दाजी ५ किमि पुर्व दक्षिण पर्ने
। निम्न - १)जिल्ला झापा कमल गाउँपालिका वडा नं. ०५ बस्ने नारायण सिंह राजबंशीको छोरा
बर्ष २७ को बिष्णु राजबंशी । २)ऐ. कमल गा.पा. वडा नं. ०३ भीम बहादुर तामाङको छोरा बर्ष
२२ को मौसम तामाङ । ३)ऐ. वडा नं. ०१ बस्ने ईन्द्र जगेबुको छोरा बर्ष १८ को सावन जगेबु
। ४)ऐ. शिवसताक्षी न.पा. वडा नं. ११ बस्ने ईन्द्र बर्देवाको छोरा बर्ष २१ को रुस्तम
बर्देवा । ५)ऐ. बस्ने संजिब मगरको छोरा बर्ष १९ को रुचल मगर ।
कास्की, पोखरा म. न. पा.
१७ छोरेपाटन स्थित पैदल हिडेको अवस्थामा जिल्ला कास्की पोखरा १८ बस्ने बर्ष ३१ को सुदिप
बि.क. र पोखरा म.न.पा. १२ माटेपानी बस्ने बर्ष २२ को राहुल मगरलाई जि.प्र.का. कास्कीबाट
प्र.नि. र लागुऔषध व्यूरोबाट प्र.ना.नि. को कमाण्डमा खटि गएको संयुक्त प्रहरी टोलीले
शंका लागी चेकजाँच गर्दा निजहरुले फाईबरको झोला भित्र लुकाई छिपाई राखेको ला.औ. डाईजापाम
१४९ एम्पुल,
फेनेरागन
१४७ एम्पुल,
नुर्फिन
१४७ एम्पुल गरी जम्मा ४४३ एम्पुल ला.औ.सहित निजहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.कास्की
ल्याई राखिएको,
बाँके, नेपालगंज उ.म.न.पा.१३ रोयल क्याफेमा ला.औ.कारोबार
भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का.बाँकेबाट प्र.ना.नि.को कमाण्डमा खटिएको
टोलिले जि.बाँके नेपालगंज उ.म.न.पा.९ बस्ने वर्ष ३८ को चाँद अलि शेष र ऐ. बस्ने वर्ष
३१ को बब्लु शेष लाई संका लागी चेकजाचँ गर्दा चाँद अलि शेषले लगाएको पातलो ज्याकेटको
दायाँ खल्तिमा लुकाई छिपाई राखेको ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ
शुद्द तौल ४९ ग्राम ५१० मि.ग्रा. सहित निज दुबैलाई नियन्त्रणमा लिई आबश्यक कारबाहीको
लागी जि.प्र.का.बाँकेमा ल्याई राखिएको ।