मिति २०८२।०७।११ गते ०५:०० बजे देखि ऐ १२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-१२
- A
- A-
- A+
कर्तव्य ज्यान,
सिराहा, सिराहा , लहान न.पा.५
धाती टोल बस्ने मोहमद सदिक मिँयाको श्रीमती वर्ष ५० की नुरजहान खातुनले ऐ.लहान न.पा.४
झण्डापार्क स्थित खुट्टीखोलामा संचालन गरेको किराना पसलबाट ऐ.बस्ने रिजो खातुनको छोरा
वर्ष १७ को मोहमद सकिलले पैसा चोरेको बिषयलाई लिई निज नुरजहान खातुनसंग वादविवाद भई
झै-झगडा हुँदा निज मोहमद सकिल पक्षका ऐ.लहान न.पा.५ धाती टोल बस्ने मेहदी आलम लगायत
५ जना मिली निज नुरजहान खातुनलाई कुटपिट गर्दा निज नुरजहान खातुन गम्भीर घाईते भएको
भन्ने खबर प्राप्त हुनासाथ उपचारको लागि माँ धमिनी अस्पताल लहान सिरहा पठाएकोमा उपचारको
क्रममा ऐ.१०:०० बजे मृत्यु भएको, शव निजको आफन्तले घरमा ल्याई राखिएको भन्ने खबर प्राप्त
हुनासाथ इ.प्र.का.लहानबाट प्र.ना.उ.को कमाण्डमा टोली खटी गई नजिमुन खातुन लगायत ४ जनालाई
नियन्त्रणमा लिई इ.प्र.का.लहानमा ल्याई राखिएको, कुटपिटमा संलग्न
१ जना फरार खो.त.भईरहेको, हालको अवस्था सामान्य, ।
हातहतियार बरामद,
धनुषा, मिति २०८२।०७।१०
गते अं.२२:०० बजे कमला न.पा.९ बस्ने अं.वर्ष २७ को सुरेश मण्डलले ऐ.स्थित झुलुङ्गे
पुलमा रहेको छठघाटमा (होम मेड) कटुवा पेस्तोल देखाई स्थानीयहरुसँग विवाद गर्दा स्थानीयहरुले
उक्त कटुवा पेस्तोल खोसी ऐ.सुन्दरपुर बस्ने अं.वर्ष ४५ शिवपुजन मण्डललाई दिएको भनि
ऐ.११ गते अं.१२:०० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.खजुरीबाट प्र.नि.को कमाण्डमा टोली
खटी गई ऐ.१७:१० बजे शिवपुजन मण्डललाई नियन्त्रणमा लिई सोधपुछ गर्दा निजले उक्त कटुवा
पेस्तोल निजकै आफन्त ऐ.बस्ने रोहित मण्डलको घरमा कसैलाई जानकारी नगराई लुकाई छिपाई
राखेको भनि बुझिएकोले, खो.त. गर्दा उक्त घरको कोठाको खाटमुनी खाली कटुवा पेस्तोल फेला
परेकोले निज शिवपुजन मण्डललाई कटुवा पेस्तोल सहित नियन्त्रणमा लिई इ.प्र.का.खजुरीमा
ल्याई राखिएको,
सुरेश
मण्डल फरार खो.त.कार्य भईरहेको ।
ज.ज.क.,
इलाम, इलाम माई न.पा.
०९ चिसापानी बस्ने रोहित बराइलीको छोरा वर्ष १३ को अर्जुन बराइलीले ऐ.ऐ. बस्ने डोल्मा
तमाङको छोरी वर्ष ६ कि “इलाम-त(०८२/०८३)” लाई भाँडाकुटी खेल्ने
क्रममा ललाई फकाई गरी ज.ज.क. गरेको भनि पिडितको परिवारले प्र.चौ. चिसापानीमा ऐ. १९:००
बजे जानकारी गराउन साथ तत्काल प्र.चौ. चिसापानीबाट प्र.स.नि. प्रदिप गिरी (९८६३२६४०१९)को
कमाण्डमा प्रहरी टोली खटि गई पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का. इलाममा ल्याई थप अनुसन्धान
कार्य भइरहेको ।
धारिलो हतियार प्रहार,
सप्तरी, सुरङगा न.पा.३ भुसिमहुलिया
स्थित माइतिघरमा बस्दै आएको जि.सिरहा मिर्चैया न.पा.१० बस्ने वर्ष ४० को रतन सदाले
आफ्नै श्रीमती वर्ष ३५ की सुनिता सदासँग घरायसि बिबादको कारण टाउको माथि बन्चरो प्रहार
गरी गम्भीर घाइते भई उपचारको लागि प्रादेशिक अस्पताल लहान सिरहामा सामान्य उपचार पश्चात
थप उपचारको लागि १८:०० बजे घोपा अस्पताल धरान पठाईएको, प्र.चौ.लक्ष्मीपुरबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गई रतन सदालाई बन्चरो सहित नियन्त्रणमा लिई प्र.चौ.लक्ष्मीपुरमा
ल्याई राखिएको,
।
सर्लाही, बलरा न.पा. ७ गडहियाबाट
बेल्वा जब्दी जाने विच ऐकान्त बाटोमा जि.सर्लाही बिष्णु गा.पा. ०४ बिस्नाथपुर बस्ने
दिपेन्द्र प्रसाद कुशवाहाले BR07A4G1554 नं. को मो.सा.मा आफ्नो
श्रीमती अं.वर्ष २५ की मनिता कुमारी देविलाई अर्नाहाबाट लिई आफ्नो घर तर्फ जाँदै गरेको
अवस्थामा नं.नखुलेको मो.सा.मा २ जना अज्ञात मानिसहरु आई रोकि निज मनिता कुमारी देवीलाई
वाँय कोखमा चकु प्रहार गरी घाईते बनाई फरार रहेको, घाईतेलाई प्रादेशिक
अस्पताल मलंगवा तर्फ पठाएको, अवस्था मध्यम रहेको भन्ने खबर ऐ.२२:४० बजे इ.प्र.का.गडहियामा
प्राप्त प्र.स.नि.को कमाण्डमा टोली खटी गई फरार मानिसहरुको खो.त. कार्य भईरहेको, ।
सवारी दुर्घटना,
रूपन्देही, कन्चन गा.पा.५ फायरलाईन
स्थित भित्री सडक खण्ड फायरलाईनबाट रुद्रपुट आउँदै गरेको चालक जि.रुपन्देही सैनामैना-८
बाँसगढी बस्ने अं.वर्ष ३५ को विक्रम श्रेष्ठले
चलाएको बागमती प्रदेश ०१००६ ख ७७८२ नं.को EV गाडी आफैँ अनियन्त्रित भई सडक छेउमा रहेको बाँझको रुखमा
ठोकीन गई सडकबाट अं.३ मि. तल खस्न जाँदा गाडीमा सवार ७ जना मध्ये ऐ.बस्ने अं.वर्ष ४५
को खुम ब.आचार्य घाईते भई उपचारको लागि कपिलवस्तु पिपरा अस्पताल लगेकोमा ऐ.१२ गते ००:३०
बजे उपचारको क्रममा मृत्यु भएको, ऐ.बस्ने अं.वर्ष ४३ जितेन्द्र थापा घाईते भई उपचारको लागि कपिलवस्तु
पिपरा अस्पताल लगेकोमा ऐ.१२ गते ००:१५ बजे उपचारको क्रममा मृत्यु भएको, ऐ.बस्ने अं.वर्ष
४२ को खेम ब. बि.क. घाईते भई उपचारको लागि कपिलवस्तु पिपरा अस्पताल लगेकोमा ऐ.११ गते
२३:२० बजे उपचारको क्रममा मृत्यु भएको, ३ नै जनाको शव सोही अस्पतालको
शव गृहमा राखिएको, चालक सहित ४ जनालाई लुम्बिनी सि.टी. अस्पताल बुटवल पठाईएको, ३ जना गम्भीर, १ जना मध्यम रहेको, सवारी साधन नियन्त्रणमा, चालकको, स.चा.अ.प. मा.प.से.
नखुलेको,
उक्त
स्थानमा इ.प्र.का. रुद्रपुरबाट प्र.नि.को कमाण्डमा र इ.प्र.का. सालझण्डीबाट प्र.नि.को कमाण्डमा,
ला.औ.,
कञ्चनपुर, इ.प्र.का.बेलडाँडीबाट
खटी गएको गस्ती टोलीले जि.कञ्चनपुर बेलौरी न.पा.१० सडकघाट स्थित भारतबाट नेपाल तर्फ
आउँदै गरेको चालक जि.कन्चनपुर कृष्णपुर न.पा.२ बङ्क बस्ने वर्ष २६ को प्रदिप ऐरी र
पछाडी सवार ऐ.बेतकोट न.पा.२ जडेपानी बस्ने वर्ष २९ को जनक बोहरा सवार बा.प्र. ०२०५०
प ७३६८ नं.को कालो अपाची मो.सा.लाई शङ्का लागि चेकजाँच गर्दा मो.सा.को ब्रेककर भित्र
कालो झिल्लिमा लुकाई छिपाई ल्याइको झिल्लि सहित तौल गर्दा ५.४५ ग्राम र शुद्द तौल गर्दा
५ ग्राम भएको (लागु पदार्थ ब्राउन सुगर जस्तो देखिने) खैरो धुलो पदार्थ फेला पारेको
हुँदा उक्त मो.सा.सहित निज २ जनालाई आवश्यक थप अनुसन्धानको लागि इ.प्र.का.बेलडाँडी
पठाईएको,
।