मिति २०८२।०७।१ ६ गते ०५:०० बजे देखि ऐ ०७।१७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-१७
- A
- A-
- A+
फुटकर
ज्यान,
पाँचथर, हिलिहाङ गा.पा.१ फेदापा
स्थित ऐ. बस्ने वर्ष अं.६९ को युबराज राई आफ्नै घरदेखि अं.५ मि. उत्तरमा रहेको आफ्नै
करेसा बारीमा मृत अवस्थामा रहेको भनि स्थानियहरुले देखि इ.प्र.का अमरपुरमा जानकारी
गराउन साथ प्र.ना.नि को कमाण्डमा र जि.प्र.का पाँचथरबाट प्र.ना.उ को कमाण्डमा SOCO सहितको प्रहरी टोलि
खटिगएको,
निज
मृतकको शरिरको विभिन्न भागमा चोटपटक देखिएकोले आवश्याक अनुसन्धानको लागि मृतकको कान्छो
छोरा वर्ष अं. ३१ को सन्देश राईलाई नियन्त्रणम लिईएको, थपटिपोटः-ऐ.१५:२०
बजे मृत्तक लाशको लाश जाँच मुचुल्का तथा कानुनी प्रकृया पुरा गरी पो.मा.कार्यको लागि
जिल्ला अस्पताल पाँचथर फिदिमतर्फ मे १ त ७२४० न.को ट्याक्टरमा लाश र नियन्त्रणमा लिएको
मृत्तकको कान्छो छोरा सन्देश राईलाई इप्रका अमरपुर पाँचथरबाट प्रसह सुरेश अछामी(9842687415)को
कमाण्डमा-२ जना प्रहरी टोलिले जिप्रका पाँचथरतर्फ ल्याउदै गरेको ।
प्र.क. मृत्यु,
बझाङ,जि.बैतडी दोगडाकेदार
गा.पा.४ घर भएका इ.प्र.का.दुर्गाथली बझाङ दरबन्दी भई जि.प्र.का.बझाङमा कार्यरत वर्ष
३९ को प्र.ह.ललित सिंह ठगुन्ना जि.बझाङ जयपृथ्वी न.पा.७ तमेल बजारमा ऐ.१६ गते बिहान
०६:०० बजे देखि १०:०० बजेसम्म डिउटी रहेकोमा ड्युटिको क्रममा एक्कासी बेहोस भएकोले
उपचारको लागि जिल्ला अस्पताल बझाङ पठाएकोमा ऐ.०९:४० बजे डा.ले मृत घोषणा गरेको।
बालबन्दी फरार,
भक्तपुर, मध्यपुर ठिमी न.पा.२
सानोठिमी स्थित बालसुधार गृहमा बिभिन्न मितिमा बिभिन्न जिल्लाहरूबाट ल्याई राखिएका
११७ जना बाल बिज्जाइकर्ताहरू (पुरुष- १०१/महिला-१६) मध्ये २० जना पुरुष बालबिज्याईकर्ताहरू
अचानक बालसुधार गृहको गेटमा आई भित्रबाट गेट फुटाई फरार भएकोमा फरार भएका मध्ये १५
जना बालबिज्जाइकर्ताहरुलाई भक्तपुरका बिभिन्न स्थानबाट प्रहरी टोलीले नियन्त्रणमा लिई
वृत्त ठिमीमा ल्याई राखिएको, ५ जना फरार रहेको, उक्त स्थानमा वृत्त
ठिमीबाट प्र.ना.उ.र परिसर भक्तपुरबाट प्र.उ.को कमाण्डमा जम्मा गरी १३० जनाको टोली खटी
गई फरार भएकाहरूको खो.त.कार्य जारी रहेको,
कुटपिट,
सुर्खेत ,सुर्खेत-१६ गते
२०;४० बजेको समयमा
बिरेन्द्रनगर न.पा.२ ठउरी बस्ने बर्ष अ.१८ को मोहन वली र ऐ. बस्ने बर्ष ४० को कमल सिंह
एक आपसमा सामान्य बिवाद गर्दा मोहन वलीले कमल सिंहलाई चक्कुले बाया हात, कोखा, कुम लगायत शरीरको
बिभिन्न भागमा हानी गम्भिर घाइते भएको र निजको छोरा बर्ष १३ को धुर्व सिंहको बाँया
कोखामा समेत हानेको अवस्था मध्यम उपचारको लागी प्रदेश अस्पताल कालागाउ सुर्खेतमा ल्याई
उपचार भइरहेको भनि उक्त अस्पतालमा खटिएको प्र.ह. मोहन सुनारले जि.प्र.का.सुर्खेतमा
जानकारी गराएको चक्कु प्रहार गर्ने व्यक्ति फरार उक्त स्थानमा प्र.चौ. बाङ्गेसिमल सुर्खेतबाट
प्र.स.नि.अभिमन्यु बराईलीको कमाण्डमा ४ जनाको प्रहरी टोली र न.प्र.का. सुर्खेतबाट प्र.ना.नि.
दिपक के.सी.को कमाण्डमा ५ जनाको प्रहरी टोली खो.त.को लागी खटिएको
ज.ज.क., बालयौन दुर्व्यवहार,
दाङ, बबई गा.पा.१ गंगटे
बस्ने वर्ष ५४ की महिलालाई वर्ष २७ को भाइ पट्टीको एउटै कुल भित्रको देवर नाता पर्ने व्यक्तिले घरको सुतेको कोठामा आई बत्तिको
बल्भ निकालेर फाली मेरो इच्छा बिपरित मलाई पटक पटक ज.ज गरेको भनी ऐ.१६ गते १०:०० बजे
इ.प्र.का.खिलतपुरमा जानकारी गराए पश्चात प्र.नि. र इ.प्र.का तुलसीपुरबाट प्र.स.नि.को
कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा
लिई इ.प्र.का.तुलसीपुर दाङको हिरासतमा राखी आवश्यक अनुसन्धान भईरहेको, पीडितलाई स्वास्थ्य
परिक्षण पश्चात निजको आफन्तको जिम्मा लगाई पठाईएको,
कपिलवस्तु ,शिवराज न.पा.५ सुन्दरटोल
बस्ने बर्ष ६२ को शिवराज सुवेदीको घरमा डेढ बर्ष पहिला देखी साझ बिहान काम गरी दिनको
समयमा ऐ.स्थित राष्ट्रिय उ.मा.बि.कक्षा ९ मा पढ्ने जि.प्यूठान गौमुखी गा.पा.४ पुजा
स्थाई वतन भएकी वर्ष १५ की बालिकालाई ऐ.
.. बस्ने शिवराज सुबेदीले निज बालिका कोठामा सुतिरहेको अवस्थामा कोठा भित्र पसी संबेदनशिल
अंगमा समाई ज.ज.क.गर्ने प्रयास गरेको भन्ने खबर प्राप्त हुनासाथ व.प्र.का.चन्द्रौटाबाट
प्र.नि.को कमाण्डमा टोली खटी गई शिवराज सुबेदी र बालिकालाई व.प्र.का.चन्द्रौटामा ल्याई
राखेको,
थप
अनुसन्धान कार्य भईरहेको,
ला.औ.,
सुर्खेत ,वीरेन्द्रनगर न.पा.११
झुप्रा खोला स्थित प्र.चौ. सुब्बासकुनाबाट प्र.स.नि.को कमाण्डमा खटी गएको टोलीले ऐ.बस्ने
वर्ष २४ को मन बहादुर बादी आफ्नै घर नजिक हिडिरहेको अवस्था शंका लागी चेकजाँज गर्दा
निजको साथबाट ला.औ.ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ नापतौल नगरेको १ पुडिया, नगद रू.१२ हजार
१ सय १० र मोबाइल थान-१ सहित निजलाई नियन्त्रणमा लिएको,
उदयपुर ,बेलका न.पा. वडा
न. ८ कोठु दोभान स्थित सप्तकोशी नदीमा प्रतिबन्धित लागू औषध गाँजा ओसापसार भईरहेको
छ भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का रामपुर ठोक्सिलाबाट प्र.स.नि. को कमाण्डमा खटिएको
प्रहरी टोलीले सप्तकोशीको नदीको पानीमा २ वटा रबरको ट्युमा हरियो प्लाष्टिक भित्र पोका
पारी उत्तरबाट दक्षिण तर्फ ६ बोरा प्रतिबन्धित लागू औषध गाँजा कोशी किनारमा होल्ड गरी
राखेको बेवारिसे अवस्थामा फेलापारी नियन्त्रणमा लिई इ.प्र.का रामपुर ठोक्सिलामा ल्याई
थप अनुसन्धान कार्य भइरहेको, उक्त प्रतिबन्धित लागु औषध गाँजा अं. १५० के.जी
(नाप तौल गर्न बाँकी रहेको), उक्त गाँजा को-कसले ल्याई राखिएको भन्ने खुल्न नआएकोले
खो.त तथा पहिचाहन भईरहेको, । थप अटडेटः- उक्त प्रतिबन्धित लागुऔषध गाँजा नापतौल
गर्दा वास्तविक तौल जम्मा १३४ केजी रहेको
उदयपुर, जिल्ला उदयपुर बेलका
न.पा. वडा न.१ आम्बासि स्थित रुपनगर चतारा नडाह सडक खण्डमा प्रहरी चौकी भागलपुरबाट
खटिएको प्र.ह. राज कुमार बुढाथोकि(९८०५३३०५२२) सहितको प्रहरी टोलीले रामपुरबाट फत्तेपुर
तर्फ जादैँ गरेको को २ ह ४२४६ नं.को अटोलाई चेकजाँच गर्ने क्रममा अटोको पछाडि रातो
कपडाको ब्याग भित्र लुकाई छिपाई लैजादै गरेको १० के.जि. २३० ग्राम प्रतिबन्धित लागुऔषध
गाँजा फेला पारी चालक जिल्ला उदयपुर बेलका नगरपालिका वडा नं. ९ बस्ने बर्ष अ. ३२ को
बल बहादुर बि.क.र उक्त प्रतिबन्धित लागुऔषध गाँजा, अटो र मानिस सहित
बरामद पश्चात नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा ल्याई थप अनुसन्धान
कार्य भइरहेको ।