मिति २०८२।०७।१ ७ गते ०५:०० बजे देखि ऐ ०७।१८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-१८
- A
- A-
- A+
प्र.क.मृत्यु,
कास्की, मादी गा.पा.९
गोर्जे घर भई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग अंगरक्षक गण
त्रिपुरेश्वरमा कार्यरत वर्ष ३१ को प्र.स.नि.सुदिप अधिकारी विगत १ वर्ष अगाडिबाट
क्यान्सरको बिरामी भई मिति २०८२।०७।१६ गते काठमाण्डौबाट घरमा ल्याएकोमा
स्वास्थ्यमा समस्या आई उपचारको लागि ऐ.१७ गते १०:०० बजे पोखरा स्वास्थ्य विज्ञान
प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी ल्याएकोमा उपचारको क्रममा मृत्यु
भएको भनी दाई उदय अधिकारी मार्फत जि.प्र.का. कास्कीमा जानकारी प्राप्त, शव सोही
अस्पतालमा रहेको ।
कर्तव्य
ज्यान,
सप्तरी, मिति
२०८२।०७।११ गते अं.१२:१५ बजे जि.सप्तरी सुरङगा न.पा.३ भुसिमहुलिया स्थित माइतिघरमा
बस्दै आएकी श्रीमती अं.वर्ष ३५ की सुनिता सदालाई श्रीमान जि.सिरहा मिर्चैया
न.पा.१० बस्ने अं.वर्ष ४० को रतन सदाले घरायसी विवादको कारण टाउको माथि बन्चरो
प्रहार गरी गम्भीर घाइते बनाई उपचारको लागि प्रादेशिक अस्पताल लहान सिरहा तर्फ
पठाई सामान्य उपचार पश्चात ऐ.१७:३० बजे थप उपचारको लागि धरान तर्फ पठाइएकोमा ऐ.१६
गते पैसाको अभावको कारण उपचार गर्न नसकि घोपा अस्पताल धरानबाट घर पठाएकोमा ऐ.१७
गते १८:०० बजे जि.सिरहा मिर्चैया न.पा.१० मटलेश्वर स्थित आफ्नै घरमा मृत्यु भएको, शव घरमै रहेको
भनि निजको नातामा भाउजु पर्ने बिचारी सदाले ऐ.१९;३० बजे जानकारी
गराउनासाथ प्र.नि.को.कमाण्डमा टोली खटी गई ऐ.२१:१५ बजे कानुनी प्रकृया पुरा गरी शव
पो.मा.को लागी प्रादेशिक अस्पताल लहान पठाईएको, मृतकको श्रीमान
रतन सदा र बन्चरो इ.प्र.का.कडरबोना सप्तरीको नियन्त्रणमा रहेको ।
हिँउ
पहिरोबाट मानिस मृत्यु ( फुटकर ज्यान),
दोलखा, मिति
२०८२।०७।११ गते गाइड तथा बिदेशी नागरिक समेत गरी अं.१५ जना गौरीशंकर गा.पा.९ स्थित
“यलुङ रि” हिमाल (५६३०
मि.) मा आरोहणको लागि गएकोमा ऐ.१७ गते ०९:०० बजे आरोहण गर्ने क्रममा ऐ.१०:३० बजे
हिँउ पहिरोमा परी ३ जनाको मृत्यु (पदम तामाङ, नेपाली (गाईड), Carole
Fuchs, France (female) र Mayor karki, Nepali (Male)), ४ जना बेपत्ता
र ५ जना नेपाली घाइते रहेको, (हाल नाम खुलेको
बेपत्ताहरु: Paslo Cocco Italian (male), Marco Di Marcello, Canadian
(Male), Manfredi Christian Andre, France (Male ) र Thaon
Isabelle Solange, France (Female) स्थानीयको भनाई अनुसार घाईते ५ जना ऐलुङ
क्याम्पमा आई बसेको भन्ने खबर प्र.चौ.रोल्वालिङमा प्राप्त भएको, रेस्क्युको
लागि हेलीको पहल भएको, खराब मौसम भएकोले आज जान नसक्ने, इ.प्र.का.लामाबगरबाट
प्र.ह.को कमाण्डमा, स.प्र.बल बेश लामाबगरबाट स.प्र.नि.को कमाण्डमा, नेपाली सेनाको
लप्टनको कमाण्डमा गरी जम्मा ४८ जना टोली घटनास्थल तर्फ ऐ.१६:४५ बजे गएकोमा ऐ.२०:००
बजे ४८ जनाको टोली गौरीशंकर गा.पा.०९ रिकु स्थित हाई हिमाल हाईड्रोपावरको
क्याम्पमा रात्री मुकाम रहेको, घटनास्थल पुग्न
पैदल २ दिन लाग्ने, प्रहरी घटनास्थलमा पुग्न नसकेको कारण एकिन विवरण आउन नसकेको, प्रहरी पुगिसके
पश्चात एकिन विवरण समेत आउने ।
ज.ज.क.,
भक्तपुर, चागुनारायण
न.पा.३ झौखेल स्थितमा जि.सिन्धुली गोलन्जोर गा.पा २ घर भई ऐ.बस्ने वर्ष २१ को
सन्तोष भुजेल प्रतिवादीको कोठामा जाहेरवालाको छोरी वर्ष १३ की बालिकालाई ऐ.०७।१७
गते १३:०० बजे प्रतिवादीले ज.ज.क.गरेको भनि निजलाई प्र.वृत्त ठिमीबाट खटी गएको
प्र.ब.ना.नि.को टोलीले नियन्त्रणमा लिई प्र.परिसर भक्तपुरमा ल्याई राखिएको, अनुसन्धान
कार्य भईरहेको ।
गोली
प्रहार बाट घाईते,
रूपन्देही, सिद्धार्थनगर
न.पा. ५ निर्माणा होटल अगाडी निर्माणा होटल परिसरबाट लुम्बिनी प्रदेश०१-००८ प ६९४७
नं. को मो.सा.मा बाहिर निस्कदै गरेको मो.सा.चालक जि.रुपन्देही सिद्धार्थनगर न.पा.३
दरखसवा बस्ने बर्ष ३२ को संजय गुप्तालाई सोही होटलको गेट अगाडि बसेका २ जना नामथर
वतन नखुलेका भारतिय मुलको जस्तो देखिने बर्षं.अं.२८।३० का जस्ता देखिने पुरुष
ब्यक्तिले निज संजय गुप्ता चढेको
मो.सा.लडाई निजलाई कुटपिट गर्न खोजेको र निज भाग्न लाग्दा पेस्तोल जस्तो देखिने
हतियारबाट प्रहार गर्दा निज संजय गुप्तालाई नलागी जि.रुपन्देही बुटवल उ.म.न.पा. १५
चम्किपुर घर भई सोही निर्माणा होटल परिसरमा रहेको स्टार क्यासिनोमा सेक्युरेटि
गार्डको काम गर्ने बर्ष अं. २७ को मिन बहादुर परियारको दाहिने खुट्टाको साँप्रामा
(छाला मासुमा मा मात्र चोट ) लाग्न जाँदा निज घाईते उपचारको लागी भिम अस्पताल
भैरहवामा पठाएको भन्ने खबर ऐ. ०१:३० बजे प्राप्त हुनासाथ तत्काल उक्त स्थानमा प्र.उ. प्रदिप बहादुर क्षेत्री को
कमाण्डमा टोली खटिईगई रुपन्देही मातहत तथा सबै बोर्डर एरिया ब्लक गरी चेजजाँच
भईरहेको १५० जना प्रहरी परिचालन भएको, निज घाईते उपचार पश्चात
ऐ.०२:१५ बजे डिस्चार्ज भई जि.प्र.का.रुपन्देहीमा रहेको, प्रहार गर्ने
ब्यक्ति भागी फरार भएको, निज संजय गुप्ता तथा निज सवार मो.सा.लाई समेत
नियन्त्रणमा लिई सोधपुछ भईरहेको, उक्त घटनाको अनुसन्धानको लागी १७ जना मानिस
नियन्रणमा लिई आवश्यक सोधपुछ तथा अनुसन्धान कार्य जारी रहेको ।
अपहरण,
ललितपुर, मिति
२०८२।०७।१६ गते अं.०५:०० बजे जि.अछाम मंगलसेन न.पा.१४ घर भई ललितपुर म.न.पा.४
धोविघाट बस्ने वर्ष १७ को कमल लुहार (निष्ट कलेज बालकुमारीमा कक्षा ११ मा पढ्ने)
स्कुल गएकोमा ऐ.१३:०० बजे देखि ऐ.१७ गते २२:५० बजेसम्म सम्पर्क विहिन भएको र निजको
गर्लफ्रेण्ड अनिता तिरुवाको नम्बर हवाटसपमा कोठामा कटु मात्र लगाएको फोटो पठाएको र
पैसा दिन्छस कि तेरो मान्छेलाई मारीदिउँ भनि निज कमल लुहारकै नम्बरबाट मेसेज गरेको
भनि निजको भिनाजु अशोक बि.क.ले ऐ.२३:५० बजे जि.प्रहरी परिसर ललितपुरमा आई जानकारी
दिएको,
ऐ.१८
गते ००:०० बजेको लोकेशन हेर्दा किर्तिपुर पाँगा देखाएकोले प्र.वृत किर्तिपुरमा
समन्वय गरी पीडितलाई किर्तिपुर पठाईएको ।
ला.औ.,
सुनसरी, कोशी गा.पा.१
लौकही बजार स्थितमा जि.प्र.का.सुनसरीबाट प्र.ह.को कमाण्डमा सादा पोशाकमा खटी गएको
टोलीले दक्षिणबाट उत्तर तर्फ पैदल आउँदै
गरेको जि.धादिङ थाक्रे गा.पा.६ बस्ने अं.वर्ष ३० को बिष्णु अधिकारीलाई शंका लागि
चेकजाँच गर्दा निजले मलद्वारको भित्री भागमा चेपि लुकाई छिपाई राखेको अवस्थामा
कालो प्लाष्टिकको पोका फेला पारी पोका खोली हेर्दा ब्राउन सुगर जस्तो देखिने
लिसाईलो पदार्थ ला.औ.शुद्ध तौल ९ ग्राम ९४० मिलि ग्राम सहित मानिस नियन्त्रणमा लिई
इ.प्र.का.लौकही सुनसरीमा राखेको ।
झापा, मेचीनगर
न.पा.६ मेचिपुल स्थितमा ला.औ.नियन्त्रण ब्यूरो शाखा काँकरभिट्टाबाट प्र.ना.नि.को
कमाण्डमा खटी गएको टोलीले देश भारतबाट नेपालतर्फ पैदल आउदै गरेको जि.नुवाकोट
किस्पाङ गा.पा.३ बस्ने वर्ष २७ को राम बहादुर तामाङलाई शंका लागी चेकजाँज गर्ने
क्रममा निजको साथबाट ला.औ.(खैरो हेरोईन) जस्तो देखिने लिसाईलो पदार्थ फेला परेकोले
उक्त ला.औ.(खैरो हेरोईन) जस्तो देखिने पदार्थलाई मान्यता प्राप्त डिजिटल तराजुमा
नापतौल गर्दा प्लाष्टिक सहित १९ ग्राम ३८० मिलिग्राम, प्लाष्टिक
बाहेक १७ ग्राम २०० मिलिग्राम ला.औ.भएको हुँदा निजलाई ला.औ.सहित नियन्त्रण लिई
कारवाहीको लागी इ.प्र.का. काँकरभिट्टामा ल्याई राखिएको ।