मिति २०८२।०७।१८ गते ०५:०० बजे देखि ऐ ०७।१९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-१९
- A
- A-
- A+
कर्तव्य
ज्यान,
न.प.पश्चिम ,सुनवल न.पा. १३
घ्युडल्ला स्थित ऐ. बस्ने वर्ष ५५ की भिमकला थापा आफ्नै घर देखी अं.३० मिटर छेउमा रहेको
छिमेकी ईश्वरी न्यौपानेको घरमा गई टमाटर मागी लिई फर्कने क्रममा सोही घरको गेटबाट निस्कदै
गर्दा निज भिमकला थापालाई निजकै श्रीमान वर्ष ६२ को खड्का बहादुर थापाले अचानक खुर्पा
(हसिया) प्रहार गर्दा गर्धन, ढाडमा लागि घाईते भएको भन्ने खबर प्राप्त हुनासाथ
अ.प्र.बिट भुमही र इ.प्र.का.सुनवलबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको
लागि लुम्बिनी सि.टि.अस्पताल बुटवल पठाएकोमा उपचारको क्रममा ऐ.१०:५० बजे मृत्यु भएको, शवको कानुनी प्रकृया
पूरा गरी पो.मा.को लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाईएको, खुर्पा र खुर्पा
प्रहार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा रहेको।
तनहुँ, बन्दीपुर गा.पा.५
बाहुन भञ्याङ स्थितमा ऐ.बस्ने बर्ष ७० को खिम ब.गुरुङ र ऐ.बस्ने वर्ष ५८ को खुसीमान
गुरुङ मा.प.से. गरी झै-झगडा गर्दा खुसीमान गुरुङलाई चिरपटले टाउकोमा हानी घाइते बनाएकोमा
उपचारको लागि बन्दीपुर अस्पताल तनहुँ ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि मणिपाल
अस्पताल पोखरा पठाएकोमा उपचारको क्रममा ऐ.२२:५५ बजे डक्टर द्धारा मृत घोषणा गरेको, शव गण्डकी अस्पताल
पोखराको शव गृहमा राखीएको, कुटपिट गरी कर्तव्य गर्ने खिम ब.गुरुङ इ. प्र.का
बन्दीपुरको नियन्त्रणमा रहेको, घटनास्थलमा इ.प्र.का.बन्दीपुरबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गएको
हतकडी सहित मानिस
फरार,
बाँके, कोहलपुर न.पा १५ चन्नहवा स्थितमा ला.औ सेवन
तथा बेचबिखन गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.चौ हवल्दारपुरबाट प्र.स.नि को
कमाण्डमा टोली खटी गई ऐ.बस्ने वर्ष ३२ को करण थारु लगायत ३ जनालाई शंका लागि चेक जाच गर्दा ला.औ ब्राउन सुगर
जस्तो देखिने खैरो धुलो पदार्थ ४ क्वाटर फेला
पारी निजहरुलाई नियन्त्रणमा लिई हतकडी लगाउने क्रममा निजहरुले खटिएको प्र.क. माथी हातपात तथा धकेला धकेल गर्दा संचार हेन्डसेट समेत खसी बिग्रीएको
र १ थान हतकडी समेत लिई तिनै जना व्यक्तिहरु फरार भएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का
कोहलपुर बाँकेबाट प्र.नि.को कमाण्डमा टोली खटी गई फरार व्यक्तिहरुको खो.त.भईरहेकोमा
ऐ.१६:०० बजे अ.प्र.चौ.हवल्दारपुरबाट प्र.स.नि.र इ.प्र.का कोहलपुरबाट प्र.स.नि.को कमाण्डमा
खटिएको टोलीले फरार ब्यक्तिहरुको खो.त. गर्दै
जाँदा ऐ. कोहलपुर न.पा.१५ हिक्मतपुर स्थित रहेको मसलाघारी जंगलमा हतकडी फालेको
अवस्थामा फेला परेको, बरामद भएको ला.औ ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ४
क्वाटरको प्लाष्टिक सहित तौल गर्दा २८० मिलिग्राम र शुद्ध तौल गर्दा १६० मिलिग्राम
रहेको,
फरार
ब्यक्तिको खो.त भइरहेको,
कैदी मृत्यु,
काठमाडौं, मिति २०७९।११।२५
गते रौतहट जिल्ला कारागार दाखिला भई जि.रौतहट, मौलापुर न.पा.९
स्थायी वतन भएका वर्ष ७५ को क.ज्यान मुद्दाका कैदी उमत राय यादव २०८२/७/१८ गते बिरामी भई जिल्ला कारागार
रौतहटबाट थप उपचारका लागि का.जि.का.म.न.पा.११ जगन्नाथदेवल स्थित सेन्टर बन्दी सुधार
गृह ल्याई ऐ. केन्द्रीय कारागार अस्पताल लगेकोमा निजको ऐ.०८२।०७।१८ गते अं.१४:४० बजे
मृत्यु भएको ।
भवितव्य मृत्यु,
मोरङ, उपचारको क्रममा
मानिस मृत्यु मोरङ १८ गते २०४० बजे उर्लाबारी नपा ४ थापाडाँगीस्थित होटल सिमसारको कोठा
नं.२०६ मा बसेकी ऐ.बस्ने बर्ष २०/२२ कि डोल्मा तामाङ अचेत अवस्थामा छ भनि संगै बसेको
निजको साथी सुस्मिता कार्कीले इप्रका उर्लाबारीमा
जानकारी गराउन साथ प्रनानि चुडामणी पौडेल (९८५२०९११४८) को कमाण्डमा ५ जनाको प्रहरी
टोली खटिगई स्थानिय जनप्रतिनिधिको रोहवरमा उद्धार गरी उपचारको लागि मदन भण्डारी अस्पताल
तथा ट्रमा सेन्टर मंगलबारेमा पठाएकोमा, ऐ.२२३० बजे निज महिलाको
उपचारको क्रममा मृत्यु भएको मृतक लाश सोहि अस्पतालको शव गृहमा रहेको निजको नाम डोल्मा
तामाङ नभई सुस्मिता दर्जी रहेको निजको आफन्तबाट खुल्न आएको मृतक संगै बसेका निजका साथीहरू
बजार घुम्न भनि गएका र घुमेर आउदा अचेत अवस्थामा देखी खबर गरेको बुझीएको हुदा निज मृतक
संगै कोठामा बस्दै आएका जिल्ला सुनसरी ईटहरी उमनपा गौशाला बस्ने वर्ष-२२ की सुस्मिता कार्की र जिल्ला मोरङ लेटाङ नपा-९ बस्ने
वर्ष-२३ की अनुषा राईलाई अनुसन्धानको लागी इप्रका उर्लाबारीको नियन्त्रणमा राखिएको
।
विदेशी नागरिक मृत्यु,
गोरखा, थप अपडेट:-मिति
२०८२।०७।०१ गते साम्दोबाट जिल्ला गोरखा चुमनुब्री गा.पा.०१ पाङबोचे स्थित ताजुङ तभञ्याङ
नाका जाने बाटोमा पर्ने पाङ बारी पिक हिमालमा चढ्नको लागि Sherpa
Alpine Trekking Service KTM बाट मिति २०८२।०६।२९ गते सामागाउँ गोरखा आएका १०
जना इटालियन नागरिक मध्ये ३ जना इटालियन नागरिक र नेपाली (पोटर र गाइड) ३ जना हिमाल चढ्ने क्रममा Camp-1 मा १ जना इटालियन
नगारिक,
३
जना नेपाली नगारिक र Camp- 4 मा २ जना ईटालियन नागरिक गरी जम्मा ३ जना इटालियन नागरिक
र ३ जना नेपाली रहेको भनि मिति २०८२।०७।१२ गते अ. २०:०० बजे प्रहरी चौकी सामागाउँ गोरखामा
खबर प्राप्त हुनासाथ उद्धारको लागि कैलाश ऐयरको
हे.क.संग समन्वयन भएको, बाँकी ७ जना ईटालियन नागरिक लार्के पास भई मनाङ तर्फ
गएको ऐ.१८ गते १०:३० बजे ३ जना शेर्पा र १ जना ईटालियन नागरिकले खो.त. गर्ने क्रममा
CAMP
- 4 मा रहेको दुई जना पासपोर्ट नं. YB6264888 बर्ष ६७
को Stefano
Farronato, पासपोर्ट
नं. YB9422979 बर्ष ३७
को Alessandro
Gaputo का
ईटालियन नागरिक हिउले पुरेको अवस्थामा मृत फेला पारी दुवै शव कैलाश ऐयरको हे.क. द्वारा
चुमनुब्री गा.पा. १ सामागाउँ स्थित हेलिप्याडमा ल्याई राखिएकोमा थप अनुसन्धानको लागि
इ.प्र.का.आरूघाटबाट प्र.नि.को कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसम्धान कार्य भईरहेको,
नवजात शिशु मृत
फेला,
धादिङ, बेनिघाट रोराङ गा.पा.४
हरेलडाँडा स्थित महारुद्र सामुदायिक बनको खोल्सामा हरियो लुङ्गिले बेरेको रातो निलो
जेब्रा झोला भित्र नवजात शिशु मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.मलेखुबाट
प्र.स.नि.को कमाण्डमा र इ.प्र.का.गजुरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई कानुनी मुचुल्का
कार्य समाप्त पश्चात पो.मा.को लागि प्र.स्वा.के.गजुरी पठाएकोमा ऐ.२१:०० बजेको समयमा
प्र.स्वा.के.गजुरीमा ईएको, सडिगलेको अवस्थामा रहेकोले लिङ्ग पहिचान हुन नसकेको, थप अनुसन्धान कर्य
भइरहेको,
लेक लागि मृत्यु,
मनाङ, ङिस्याङ गा.पा.६
लेदर स्थितमा याकखर्क देखी थोरोङला पासको लागि हिँडेको भारतीय नागरिक PINTU
MUKHERJEE नाम
गरेको उमेर नखुलेको पुरुष व्यक्तिको लेक लागि मृत्यु भएको, शव घटनास्थलमै रहेको
भन्ने खबर प्राप्त हुनासाथ अ.प्र.पोष्ट माथिल्लो मनाङ र जि.प्र.का.मनाङ चामेबाट प्र.नि.को
कमाण्डमा टोली खटी गएको, साथमा आएका अन्य ४ जना सकुशल रहेको
ला.औ.,
चितवन, रत्ननगर न.पा.१४
आदर्श टोल स्थितमा विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट प्र.स.ह.को
कमाण्डमा खटिएको टोलीले ऐ.रत्ननगर न.पा.१४ बस्ने वर्ष ३४ को राजेश गुरुङको सथबाट ५००
ग्राम लागु औषध गाँजा फेला पारी उक्र ला.औ.सहित निज राजेश गुरुङलाई समेत नियन्त्रणमा
लिई इ.प्र.का.रत्ननगर टाँडी राखिएको
झापा, भद्रपुर न.पा.५
मेचिबिट स्थितमा व.प्र.का.भद्रपुरबाट प्र.ह.को कमाण्डमा खटिएको प्रहरी टोलीले भारतबाट
नेपाल तर्फ आउँदै गरेको पैदलयात्री जि. झापा बिर्तामोड न.पा.३ बिर्ताबजार बस्ने अं.वर्ष
२१ को राजु माझीलाई शंका लागि चेकजाँच गर्दा निजले मलद्धार भित्र प्लाष्टिकको पोका
पारी लुकाई छिपाई ल्याउँदै गरेको लागु औषध (ब्राउन सुगर) जस्तो देखिने लिसाईलो पदार्थ
प्लाष्टिक सहित तौल गर्दा ८ ग्राम २६०मिलिग्राम
र शुद्ध तौल गर्दा ७ ग्राम २६० मिलिग्राम सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का.भद्रपुरमा ल्याई
थप अनुसन्धानको लागि जि.प्र.का.झापा पठाएको,