मिति २०८२।०७।१९ गते ०५:०० बजे देखि ऐ ०७।२० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२०
- A
- A-
- A+
शंकास्पद मृत्यु
(फुटकर ज्यान),
ललितपुर, ललितपुर म.न.पा.२४ धापाखेल
निर्माणाधिन हाउजिङको भुँइ तलाको शौचालयको चेपमा देश भारत बिहार घर भई हाल जि.ललितपुर
म.न.पा.२३ हात्तीवन बस्ने वर्ष ४५ को इन्द्रदेव कुमारलाई हात खुट्टा र मुखमा गलबन्दीले
बाँधेर फालेको अवस्थामा मृत फेला परेको भन्ने
खबर प्राप्त हुनासाथ प्रभाग धापाखेलबाट प्र.स.नि. र जिल्ला प्रहरी परिसरबाट प्र.ब.उ.
र वृत्त सातदोबाटोबाट प्र.ना.उ.को कामण्डमा टोली खटी गई घटनास्थल मुचुल्का कार्य पुरा
गरी शव पो.मा.को लागि त्रि.वि.शिक्षण अस्पताल महाराजगञ्ज पठाएको,शंकास्पद ३ जना
पुरुष व्यक्तिहरु प्रहरीको नियन्त्रणमा, । १. जिल्ला बारा आदर्श
कोटवाल गाउपालिका ०१ घर भई हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका २४ हाउजिङमा लेवर
काम गरी बस्ने बर्ष ३५ को निरगुन शाहकानु । २. ऐ.ऐ स्थान घर भइ बस्ने बर्ष १९ को सुवास
शाह । ३. ऐ.ऐ स्थान बस्ने बर्ष १८ को जयराम शाह ।
हा.ह.बरामद,
झापा, विर्तामोड न.पा.६
स्थित सुगम शान्ति टोलको तोरीवारी नजिक रहेको सिमल तरुलको झाडीमा वेवारिसे अवस्थामा
हतियार रहेको भन्ने खबर ऐ. वस्ने तारा निधी मिश्रले इ.प्र.का.अनारमनिमा जानकारी गराउन
साथ प्र.ना.नि.को कमाण्डमा टोली खटी गई हेर्दा ०३११००८७२ नं. को इन्सास हतियार थान
१,
ऐ.को
म्याग्जिन थान-१, ऐ. को राउण्ड १९ सावुत र २ राउण्ड वेसावुत फेला पारी इ.प्र.का.अनारमनि
लगि राखिएको र उक्त हतियार जेन-जी आन्दोलनको क्रममा इ.प्र.का.अनारमनिबाटै लुटिएको रेकर्डबाट
देखिएको ।
पर्सा, सशस्त्र प्रहरी
बल,
नेपाल
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट स.प्र.ना.उ.को कमाण्डमा ९ जना र भारतीय समकक्षी
SSB
47
BATTALION
A COMPANY HEADQUARTERS PANTOKA बाट AC Sachin
Singh को
कमाण्डमा ५ जनाको संयुक्त गस्ती टोलीले गस्ती गर्ने क्रममा नेपाल तर्फ जि.पर्सा वीरगञ्ज
म.न.पा.१६,
इनर्वा
र भारत तर्फ जिल्ला पूर्वी चम्पारण नुनियाडी पंचायत १, अहिर्वा स्थित सानो
सीमा स्तम्भ नं ३९०/२२ नजिकै (अन्दाजी १५ मिटर) नेपालतर्फ वीरगञ्ज म.न.पा. ५ कुमाल
टोल घर बताउने अं.वर्ष १८ को सुमित कुमार मण्डल र जि.बारा जितपुर सिमरा उ.म.न.पा.७
बस्ने अन्दाजी वर्ष २८ को संजय कुमार साह कलवार झाडीमा लठ्ठ अवस्थामा लुकी छिपी बसेको
अवस्थामा निजहरु बसेको स्थानमा बोरा भित्र कटुवा पेस्तोल थान १ फेला पारी ऐ.१७:५० बजे
जि.प्र.का.मा ल्याएकोमा निज वर्ष २८ को संजय कुमार साह कलवारको मुखबाट सेतो फिज (तरल
पदार्थ निस्किएकोले) उपचारको लागि नारायणी अस्पताल पर्सामा लगिएको अवस्था अचेत रहेकोमा
हाल होस आई निजको उपचार भईरहेको ।
काठमाडौं, का.जि.तारकेश्वर
न.पा.११ मनमैजु लोकतान्त्रिक चोक नजिक मिति २०८२।०५।२४ गते जेन्जी आन्दोलनको क्रममा
लुटपाट भएको हात-हतियार,गोली गठ्ठा सहितको मानिस भन्ने गोप्य सुचनाको आधारमा
काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान महाशाखाबाट प्र.नि.को कमाण्डमा खटी गई लिला देवी श्रेष्ठको घरमा कोठा भाडा लिई
जि.कैलाली टिकापुर न.पा.१ घर भई हाल ऐ.११ मनमैजु लोकतान्त्रिक चोक नजिक बस्ने वर्ष
२३ को शिवराज धमलाले लुकाई छिपाई राखेको अवस्थामा ईन्सास राईफल नाल-१ ऐ.म्याग्जीन थान-१,सर्टगन नाल-१,चाईनिज पेस्तोल
(Type-54) नाल-१,ऐ.म्याग्जीन थान-३,राईफलमा प्रयोग
हुने रबर राउण्ड-२०,सहित निजलाई नियन्त्रणमा
लिई थप अनुसन्धानको लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान महाशाखा
लम्याई राखिएको ।
विदेशी नागरिक मृत्यु,
काठमाडौं, म.न.पा.६ रामहिटी
स्थित डोला लामा (९८०८७३६१८६) को ४ तल्ले घरको भुई तलामा डेरा कोठा गरी बस्ने चिन देशको
नागरिक पासपोर्ट नम्बर EP-3873178 भएको वर्ष ८२ को YE. WENHUA नामको पुरुष व्यक्ति
आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वृत्त बौद्वबाट
प्र.नि. को कमाण्डमा प्रहरी टोली खटी गई आ.अ.भईरहेको ।
कैदी मृत्यु,
कास्की, पोखरा म.न.पा.२७
रिठ्ठेपानी घर भई बिगत ७ वर्ष देखी जि.कास्की पोखरा म.न.पा.७ पार्दी स्थित रहेको कारागार
कार्यालय कास्कीमा कर्तव्य ज्यान मुद्धा सजाय भुक्तान गर्दै आएको कैदी वर्ष ७० को कमल
ब. कुमाल अचानक ढली बेहोस (निज छाँती दुख्ने सम्बन्धी दीर्घ रोगी) भई सुरक्षार्थमा
कारागार कार्यालय कास्कीबाट प्र.ब.ह.को कमाण्डमा
उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल लगि उपचार भईरहेकोमा ऐ.१९:४५ बजे उपचारको
क्रममा मृत्यु भएको,शव सोही अस्पतालमा रहेको,आफन्तलाई खबर भएको ।
ज.ज.क.,
सुर्खेत, मिति २०८२/०७/१६
गते अ. १०:०० बजे,जि.जुम्ला तिला गा.पा.९ ढिपु स्थाई ठेगाना भई हाल वीरेन्द्रनगर
न.पा.६ बस्ने वर्ष ४० को हंस बहादुर बोहोराले ऐ.जि.तिला गा.पा.०९ बस्ने वर्ष १४ की
बालिकालाई जि.कालिकोट शुभकालिका गा.पा.०७ वर्ष अं.१९ को भुपेन्द्र शाही ठकुरी र वीरेन्द्रनगर
न.पा.वडा नं. ०४ स्थित एरीचोक नजिक जुम्लारोडमा रहेको तुल्सी कुमारी खत्रीले सन्चालन
गरेको न्यू दैलेखी भवानी होटलको कोठामा लगेर बन्धक बनाई ज.ज.क गरेको भन्ने ऐ.१९ गते
१४: बजे खबर प्राप्त हुनासाथ जि.प्र.का. सुर्खेतबाट प्र.नि.को कमाण्डमा टोली खटी गई
पिडकलाई नियन्त्रणमा लिई जि.प्र.का. सुर्खेतमा ल्याई राखिएको ।
कुटपिट,
अछाम, बान्निगढी जयगढ
गा.पा.१ गाज्रा स्थित बर्दादेवी मन्दिरमा लागेको दशैं मेलामा ऐ.बस्ने अं.वर्ष ५५ को
दाहिने खुट्टा नभएको अपाङ्ग व्यक्ति दिपक खड्कालाई साँफेबगर न.पा.३ प्रभा बस्ने वर्ष२७
को करन बि.क.ले मा.प.से.गरी दिपक खड्काको टाउँकोमा ढुङ्गाले हानि घाईते भएको भन्ने
खबर प्राप्त हुनासाथ जि.प्र.का.अछामबाट प्र.नि.को.कमाण्डमा टोली खटी गई घाईतेलाई उपचारको
लागि बान्निगढी जयगढ गा.पा.१ स्थित स्वास्थ्य चौकी गाज्रामा सामान्य उपचार पश्चात थप
उपचारको लागि प्रादेशिक अस्पताल वयलपाटा अछामको लागि पठाईएको,अवस्था गम्भीर,ढुङ्गाले हान्ने
व्यक्ति प्रहरीको नियन्त्रणमा ।
चितवन, भरतपुर म.न.पा.२१
कान्छीचोक नजिकै नम्बर नखुलेको कालो सेतो कलरको
Fz
मो.सा.मा
अपरिचित २ जना ब्यक्तिहरु आई जि. रौतहट गरुडा
न.पा.५ बस्ने वर्ष ५५ को उसिरी राय यादव लगायत ४ जनालाई कुटपिट गरी फरार भएको भन्ने
खबर प्राप्त हुनासाथ इ.प्र.का.गीतानगरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई घाईतेलाई
उपचारको लागि चनौलि जनता केयर अस्पताल पठाइएको,अवस्था(१ गम्भीर,१ मध्यम,२ सामान्य) रहेको,कुटपिट गर्ने व्यक्तिहरुको
खो.त.भईरहेको ।
ला.औ.,
मोरङ, बिराटनगर म.न.पा.५
पुलचोक नजिक हुलाकी सडक छेउमा ला.औ.नि. ब्युरो बिराटनगरबाट खटी गएको प्र.ना.नि को टोलीले
BR50AD 0227 नं. को स्कुटरमा अडेस लागी बसिरहेका जि.सुनसरी देवानगंज
गा.पा.२ बस्ने बिबेकानन्द यादबको छोरा वर्ष १९ को बिकाश कुमार यादब,देश भारत बिहार
पुर्णिया जि.भवानिपुर पंचायत बलिया घर बताउने अशोक मेहताको छोरा वर्ष १९ को कृष्ण कुमार
मेहतालाई शंका लागी चेक जाँच गर्दा कृष्ण कुमार मेहताले लगाएको ट्राउजरको गोजीमा सेतो
रंगको प्लाष्टिकमा पोका पारी राखेको ला.औ.खैरो हिरोईन जस्तो देखिने पदार्थ प्लाष्टिक
सहित ६२.२३ ग्राम, प्लाष्टिक बाहेक ५३.१७ ग्राम फेला पारी स्कुटर सहित दुवै जनालाई
नियन्त्रणमा लिई जि.प्र.का.मोरङमा ल्याई राखिएको ।
मोरङ, जहदा गा.पा.३ हातिबन्दा
स्थितमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको स १ च ६५६ नं. एम्बुलेन्सलाई गोप्य सुचनाको
आधारमा ला.औ.ब्युरो बिराटनगरबाट प्र.स.नि.को कमाण्डमा खटी गएको प्रहरी टोली र व.प्र.का.हाटखोलाबाट
प्र.ना.नि.को टोलीले चेकजाँच गर्ने क्रममा उक्त एम्बुलेन्स भित्र दुई वटा कालो रंगको
झोलामा लुकाई छिपाई राखेको अवस्थामा अबैध ला.औ. गाँजा ३३.६१० के.जी. फेला पारी एम्बुलेन्स
चालक जि.मोरङ बिराटनगर म.न.पा.०५ कोचाखल बस्ने वर्ष ३२ को दुर्गा प्रसाद राजवंशी र
एम्बुलेन्स संगै गईरहेको को ३१ प ८८८९ नं. को मो.सा.र चालक जि. मोरङ जहदा गा.पा.३ हातिबन्दा
बस्ने वर्ष ३२ को दिलिप कुमार राजवंशी समेतलाई नियन्त्रणमा लिई इ.प्र.का.रानीमा ल्याई
आ.अ.भईरहेको ।