मिति २०८२।०७।२० गते ०५:०० बजे देखि ऐ ०७।२१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२१
- A
- A-
- A+
हा.ह.बरामद,
बाग्लुङ, प्र.चौ.नरेठाटीबाट
प्र.व.ह.को कमाण्डमा खटिएको प्रहरी टोलीले गस्ती गर्दै जाने क्रममा ऐ.गलकोट न.पा.०१
ज्यामिरे बराहाथान जंगल स्थित नरेठाँटीबाट ज्यामिरे जाने मोटरेबल कच्ची बाटोको छेउमा
घरेलु १ नाले भरुवा बन्दुक नाल १ (साबुत) बेवारिसे अवस्थामा फेला पारेको, उक्त बन्दुक को
कस्ले लुकाई छिपाई राखेको भन्ने नखुले को, अनुसन्धान कार्य
भईरहेको,
थप
अनुसन्धानको लागि इ.प्र.का.गलकोटबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गएको,
बाग्लुङ, गल्कोट न.पा. १
ज्यामिरे स्थित इ.प्र.का. गलकोट बागलुङबाट प्र.नि.को कमाण्डमा खटिएको ७ जनाको गस्ती
टोलीले (LRP)
गस्ती
गर्दै जाने क्रममा जि. बागलुङ गलकोट न.पा. ०१ ज्यामिरे स्थित खर्क बहादुर थापाको घासँ
काट्ने खरवारी (पाखोवारी) मा रहेको निगांलो झ्याङ मुनी हरियो उनिऊँको घासँमा वेवारिसे
अवस्थामा लुकाई छिपाई राखिएको घरेलु १ नाले भरुवा बन्दुक थान-४ फेला पारी रितपुर्वक
बरामद गरी इ.प्र.का.गलकोट बागलुङमा ल्याई राखेको हतियार को- कस्ले लुकाई छिपाई राखेको
थप अनुसन्धान कार्य भईरहेको
बाल बिज्याई कर्ताहरु
भागि फरार,
मोरङ, विराटनगर म.न.पा.३
स्थित बाल सुधार गृह मोरङमा रहेका जि. सुनसरी दुहवी न.पा.४ बस्ने वर्ष १७ को निकेश
मौली लगायत विभिन्न मुद्दाका ७ जना बाल बिज्याईकर्ताहरुले ड्युटीमा खटिएका प्रहरीमाथि
हातपात गरि भागेको भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का.मोरङबाट प्र.नि., व.प्र.का. विराटनगरबाट
प्र.नि.समेतको कमाण्डमा टोली खटी गई मातहत युनिट समेतबाट प्रहरी टोली परिचालित भई खो.त.कार्य
भईरहेको
ज.ज.क., बालयौन दुर्व्यवहार,
दाङ, दंगिशरण गा.पा.२
कौवाघारी स्थित श्री प्राथमिक बिद्यालय कौवाघारी गएको बेलामा ऐ.२ बस्ने वर्ष १३ को
संकेत नामथर ५६ तुलसीपुर ०८२-३२ ले मेरी छोरी ऐ.२ बस्ने वर्ष ७ की संकेत नामथर ५६ तुलसीपुर
०८२-३१ (क) लाई स्कुलको धारामा पानी खान गएको बेला निज संकेत नामथर ५६ तुलसीपुर ०८२-३२
ले छोरीलाई उक्त धाराबाट जबरजस्ती तानी ट्वाईलेट भित्र लिई नाबालीका छोरीलाई जबरजस्ती
गरेको हुँदा कानुन बमोजिम कारबाही गरी पाँउ भनि ऐ.२० गते ०८;०० बजे इ.प्र.का.तुलसीपुर
दाङमा आई पिडितको बुवा संकेत नामथर ५६ तुलसीपुर ०८२-३० ले जाहेरी दिए पश्चात इ.प्र.का.तुलसीपुर
दाङबाट प्र.ना.नि.को कमाण्डमा ५ जनाको टोली खटी गई निज लाई निजको घरबाट नियन्त्रणमा
लिई इ.प्र.का.तुलसिपुर दाङमा ल्याई आ.अ.भईरहेको,निज बालीकाको स्वास्थ्य
परिक्षण पश्चात निजको आमाको जिम्मा लगाईएको, अबस्था सामान्य
रहेको ।
इलाम, चुलाचुली गा.पा.
०४ बस्ने सांकेतिक नाम “इलाम-द-१(०८२/०८३)” को छोरी वर्ष १८
की सांकेतिक नाम “इलाम-द(०८२/०८३)” लाई ऐ. ०३ मिलन चौक बस्ने
सुक बहादुर सम्बाहाम्फेको छोरा वर्ष २४ को बिजु सम्बाहाम्फेले पिडितकै घर कोठामा गई
जबरजस्ति करणी गरेको भनि पिडित र पिडितको बुवाले मिति २०८२।०७।१९ गते प्र.चौ. पेल्टीमारी
इलाममा आइ जानकारी गराउन साथ प्र.चौ. पेल्टिमारी इलामबाट प्र.व.ह. को कमाण्डमा प्रहरी
टोली खटि गई ऐ. २० गते बिहान अं. ०५:३० बजेको समयमा निज पिडक बिजु सम्बाहाम्फेलाई नियन्त्रणमा
लिई प्र.ह. को) टोलीले ऐ. १२:०० बजे जि.प्र.का. इलाममा ल्याई पिडित आफैले जाहेरी दिन
साथ हिरासतमा राखी अनुसन्धान कार्य हुँदै
न.प. पश्चिम, बर्दघाट न.पा.०९
स्थित रहेको राजा महात्मा पुर्णभद्र माध्यामीक बिद्यालयमा अध्ययनरत ऐ.ऐ. ११ भोगजोगनी
बस्ने बर्ष अं.१७ कि बालिका र निम्न स्थान बस्ने निम्न नामथर बतन खुलेका २ जना लगाएत
नामथर बतन नखुलेका २ जना गरी जम्मा ५ जना भई ऐ.१४;०० बजे बिद्यालय छुट्टी
भए पश्चात ऐ.ऐ. १० स्थितमा रहेको सिमसार पोखरी ताल घुम्न गएको मौका पारी निज बालिकालाई
संगै घुम्न गएका ४ जना मिली बल प्रयोग गरी सोहि जंगलमा लगी जबरजस्ती करणी गरी फरार
रहेको भनि निज बलिकाको आफन्तले यस कार्यालयमा २०८२।०७।२० गते लिखित जाहेरी दिए पश्चात
यस कार्यालयबाट प्र.नि.को कमाण्डमा टोलि खटी गई बुझ्दा निज केटाहरु फरार रहेको,खो.त.तथा अनुसन्धान
कार्य भईहरेको,
निज
बालिकालाई स्वास्थ्य परिक्षणको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपनन्देही लगीएको,उक्त स्थान यस कार्यालयबाट
अं. ४ कि.मि. पश्चिम पर्ने वि.वि.पछि (०) निम्न ; १) जिल्ला नवलपरासी
सरावल गा.पा. ३ बस्ने बर्ष बर्ष १९ को राज कुमार चौधरी । २) ऐ.बस्ने बर्ष १९ को मिलन
फौजदार । लगाएत अन्य २ जनाको नामथर वतन नखुलेको ।
ला.औ.,
मोरङ, विराटनगर म.न.पा.१६
दरैया चोक स्थितमा ला.औ.नि.व्युरो बिराटनगरबाट प्र.ह.को कमाण्डमा खटिएको प्रहरी टोलीले
गोप्य सुचनाको आधारमा भारतबाट नेपालतर्फ आउँदै गरेको को.४ प ७४२ नम्बरको मो.सा.मा सवार
चालक ऐ. सुन्दरहरैचा न.पा.१० बस्ने वर्ष २८ को शुसान्त पोखरेल र पछाडी सवार ऐ.न.पा.९
बस्ने वर्ष ३८ को चेवन धिमाललाई रोकी चेकजाँच गर्दा निजहरु मध्ये पछाडी सवार चेवन धिमालको
साथबाट ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ ११.२२ ग्राम सहित फेला पारी मो.सा.सहित
दुवै जनालाई नियन्त्रणमा लिई इ.प्र.का. रानीमा राखी थप अनुसन्धान कार्य भईरहेको,
सर्लाही, धनकौल गा.पा.४ हरकठवा
नँयाटोल स्थितमा मैनाथपुर तर्फ जाँदै गरेको BR30R2997 नं.को मो.सा.लाई
इ.प्र.का.हरकठवाबाट प्र.व.ना.नि. को कमाण्डमा खटिएको गस्ती टोलीले शंका लागि रोकी चेकजाँज
गर्दा ग्याँस सिलिण्डर भित्र प्लाष्टिकमा बेरिएको अवस्थामा ला.औ.गाँजा फेला पारी मो.सा.चालक
ऐ. बस्ने अं.वर्ष ३७ को सुरेन्द्र राय र मो.सा.पछाडी सवार जि. मकवानपुर राक्सिराङ्ग
गा.पा.६ बस्ने अं.वर्ष ३१ को आकास प्रजालाई मो.सा. र प्लाष्टिक सहित ११ के.जी.४२० ग्राम
नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का. बरहथवामा ल्याई थप अनुसन्धान कार्य
भईरहेको
झापा, मेचीनगर न.पा.६
मेचिपुल स्थितमा ला.औ.नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको
टोलीले देश भारतको पानी ट्याङकीबाट नेपाल तर्फ भाँडाको सिटी सफारीमा आउभदै गरेको जि.झापा
दमक न.पा.५ बस्ने वर्ष ३१ को राजु श्रेष्ठलाई शंका लागी चेकजाँच गर्ने क्रममा निजको
साथबाट ला.औ.(खैरो हेरोईन) जस्तो देखिने पदार्थ फेला परेकोले प्लाष्टिक सहित तौल गर्दा
५६ ग्राम ५२० मिलिग्राम र प्लाष्टिक बाहेक ४५ ग्राम ९३० मिलिग्राम ला.औ.फेला परेको
हुँदा निजलाई ला.औ.सहित नियन्त्रणमा लिई कारवाहीको लागी इ.प्र.का.काँकरभिट्टामा ल्याई
राखिएको ।
सर्लाही, लालबन्दी न.पा १३
वैरी गाउँ स्थितमा माईस्थानबाट लालबन्दी तर्फ आउँदै गरेको ४ वटा मो.सा.मा सवार मानिसहरु
र प्र.चौ.पत्थरकोट सर्लाहीबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीको अचानक जमघट
हुँदा बा.प्र.०२-०४३ प ४३२७, बा.प्र.०२-०३४ प ९८४३, प्र.२-०२-००३ प ८२९० नं.को मो.सा.हरु सोही स्थानमा
छाडी मो.सा.मा सवार मानिसहरू उत्तर तर्फ फरार भएको र अर्को नम्बर नखुलेको १ वटा मो.सा.
मानिस सहित दक्षिण तर्फ भागेको भन्ने इ.प्र.का. लालबन्दीमा खबर प्राप्त हुनासाथ प्र.नि.को
कमाण्डमा टोली खटी गई उक्त ३ वटा मो.सा.मा
रहेको १ वटा कालो झोला र २ वटा प्लाष्टिकको बोराभित्र प्लाष्टिकले बेरिएको ६ पोका ला.औ.गाँजा (अं.३० के.जि. तौल गर्न बाँकी रहेको)
र मो.सा.सहित नियन्त्रणमा लिई इ.प्र.का.लालबन्दीमा
ल्याई राखिएको,
फरार
मो.सा. र मानिसहरुको खो.त.कार्य भईरहेको,