मिति २०८२।०७।२२ गते ०५:०० बजे देखि ऐ ०७।२३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२३
- A
- A-
- A+
ज.ज.क./
बालयौन दुर्व्यवहार,
डोटी, दिपायल सिलगढी
न.पा.१ ढार्चुम्मा बस्ने वर्ष ५२ को ओम प्रकाश चन्दले ऐ.बस्ने वर्ष १३ की
बालिकालाई ऐ.२२ गते अं.०८:०० बजे ऐ.ढाडखोला स्थित कुरीको झाडीमा लगी ज.ज.क.गरेको
भनी ऐ.१६:०० बजे पीडितको आमाले इ.प्र.का.दिपायलमा जानकारी गराउनासाथ प्र.ना.नि.को
कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई जि.प्र.का.डोटीमा राखी आ.अ.भईरहेको ।
ओखलढुङ्गा, मिति
२०८२।०५।०६ गते २०.३० बजे सिद्विचरण न.पा.७ बिगुटार बस्ने वर्ष २२ की मानसिक अस्वस्थ भएकी महिलालाई ऐ.सिद्विचरण
न.पा.७ बिगुटार घर भई हाल ऐ.मोलुङ गा.पा.२ टेकनपुर बस्ने वर्ष ५७ को पुरुष
व्यक्तिले जबरजस्ती करणी गरेको भनी ऐ.०७।२२ गते १६:४५ बजे जि.प्र.का.मा लिखित
जाहेरी प्राप्त हुनासाथ प्र.ह.को कमाण्डमा टोली खटी गई खो.त.गर्ने क्रममा
प्रतिवादीलाई पक्राउ गरी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान पश्चात पीडक र पीडित
दुबै जनालाई यौनजन्य स्वास्थय परिक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार ओखलढुङ्गा
पठाएको ।
शीशु
मृत्त फेला,
नुवाकोट, तार्केश्वर
गा.पा.४ बुद्दसिंह स्थित ऐ.ऐ.बस्ने तिलक ब.श्रेष्ठको छोरी बर्ष अं.१९ की सुस्त
मनस्थिती भएकी मनिषा श्रेष्ठ (अविबाहित) ले अं.५/६ महिनाको नवजात शिशु (छोरी)
जन्माई मृत अवस्थामा शौचालयमा फालेको अवस्थामा निजको हजुरबाले देखि ऐ.०६:३० बजे
प्रहरी चौकी तारुकामा खबर प्राप्त हुना साथ प्र.ना.नि.को कमाण्डमा ४ जना र जिल्ला
प्रहरी कार्यालय नुवाकोटबाट प्र.नि.को कमाण्डमा ७ जनाको टोली खटि गई थप अनुसन्धान
कार्य भईरहेको ।
धारिलो हतियार
प्रहार,
झापा, दमक न.पा. वडा
न.७ बुद्धमार्ग स्थित जिल्ला ईलाम फाकफोकथुम गा.पा. वडा न.५ घर भई ऐ. बस्ने धर्म
बिष्टको घरमा डेर गरी बस्ने वर्ष ४० को प्रकाश श्रेष्ठलाई जि.झापा दमक न.पा.६ घर
भई सोही घरमा डेरा गरी बस्ने वर्ष ३५ को मन कुमार कार्कीले (दुवै जनाले मापसे गरी)
बाद बिवादको कारण एक्कासी चक्कुले प्रकाश श्रेष्ठलाई घाटीमाको प्रहार गरी घाईते
बनाएको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.दमकबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी
गई घाईतेलाई उपचारको लागी दमक अस्पताल दमकमा पठाइएकोमा सामान्य उपचार
पश्चात थप उपचारको लागी B&C अस्पताल बिर्तामोड रेफर गरेको,अवस्था बोल्न
नसक्ने गम्भिर,
चक्कु
प्रहार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा ।
कैदि बिरामी मृत्यु,
सुनसरी, मिति
२०८२।०७।२३ गते बिहानको ०५;३२ बजेको समयमा झुम्का कारागार सुनसरीमा जिउ
मास्ने बेच्ने मुद्दामा कैद भुक्तान गरीरहेका जिल्ला सुनसरी ईटहरी उमनपा १४ बस्ने
बस्ने बर्ष ५७ को सुकना भन्ने सुधना सरदार(पहिले देखि डाईबिटिज बिरामी रहेकोले
औषधी सेवन गर्ने) एक्कासि बेहोस भएको हुदा
उपचारको लागी प्र.ह. सन्तोष कुमार श्रेष्ठ (९८१७७०६६७५) को कमाण्डमा २ जनाको
टोलिले बा.प्र. ०१ ००२ झ ७१२५ नं. को भ्यानमा जिल्ला अस्पताल ईनरुवा सुनसरी तर्फ
लिई गएको
थप
अपडेट, ऐ. ०६:१४ बजे
जिल्ला अस्पताल सुनसरीमा ल्याई डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको । सव ऐ.
अस्पतालमा रहेको, आफन्तलाई जानकारी गराएको ।