मिति २०८२।०७।२३ गते ०५:०० बजे देखि ऐ ०७।२४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२४
- A
- A-
- A+
ज.ज.क.,
बर्दिया, मिती
२०८२।०७।२२ गते अं.२३:३० बजे जि.गोर्खा पालुङ्गटार न.पा.९ सिस्नेरी सेरा घर भई
ससुराली जि.बर्दिया बारबर्दिया न.पा.५ पत्थरपुर आएको अं.वर्ष २७ को पुरूषले आफ्नै
श्रीमती अं.वर्ष २३ की महिलालाई माईती घरमा सुतिरहेको अवस्थामा ज.ज.क. गरेको भनि
ऐ.२३ गते १७:३० बजे पीडितले इ.प्र.का.जयनगरमा जाहेरी दिनासाथ प्र.ह.को कमाण्डमा
टोली खटी गई निज पीडकलाई नियन्त्रण लिई इ.प्र.का. जयनगरमा ल्याई स्वास्थ्य
परिक्षणको लागी दुबै जनालाई बर्दिया अस्पताल गुलरिया तर्फ पठाईएको, निजहरु श्रीमान
श्रीमतीको साथमा ६ महिनाको बच्चा (छोरा)
समेत रहेको, पीडितको अवस्था सामान्य रहेको ।
कर्तब्य
ज्यान,
काठमाण्डौ, जि.गोरखा चुमनुब्री गा.पा.६ घर भई का.म.न.पा.१५ किमडोल
बस्ने वर्ष ७८ को आमकी लामालाई निजको छोरा वर्ष ३६ को रोशन गुरुङले कुटपिट गरि अशक्त
बनाई फेला परेको भन्ने जानकारी प्राप्त हुनासाथ प्र.वृत्त स्वयम्भुबाट प्र.ह.को कमाण्डमा
खटी गएको टोली घटनास्थलमा पुगेर हेर्दा बाबु र छोरा दुबै जना घाईते भएको फेला पारी
तत्काल उपचारको लागि स्वयम्भू स्थित मनमोहन अस्पतालमा लगि उपचार पश्चात ऐ.२४ गते ००:३५
बजे थप उपचारको लागि ट्रमा अस्पतालमा पठाइएको, रोशन गुरुङ टाउकोमा
चोट बोल्न सक्ने (मध्यम), आमकी लामा ऐ.२४ गते ००:५० बजे ICU नभएको कारण पुन:मनमोहन
अस्पतालमा ल्याई उपचार भईरहेकोमा ऐ.२४ गते ०२:४५ बजे आमकी लामालाई चिकित्सक द्धरा मृत
घोषणा गरेको,
कुटपिट
गर्ने छोरा पेम्बा लामा डिस्चार्ज पश्चात प्र.वृत्त स्वयम्भुको नियन्त्रणमा रहेको ।
हा.ह.बरामद,
ललितपुर, बागमति गा.पा.५
इकुडोल स्थित राम आचार्यको घरमा बस्ने (कामदार) वर्ष २८ को सुर्यमान थिङले आफु बस्ने
घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा प्र.चौ.भट्टेडाडाँबाट
प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई लुकाई छिपाई राखेको अवस्थामा भरुवा बन्दुक सहित
निजलाई नियन्त्रणमा लिई प्र.चौ.भट्टेडाडाँमा ल्याई राखेको ।
कास्की, मिति २०८२।०५।२३
र २४ गते जेन्जी आन्दोलनको क्रममा जि.कास्की पोखरा म.न.पा.१ बगर स्थित रहेको व.प्र.का.बगरमा
प्रदर्शनकारी व्यक्तिहरुको समुहले आगजनी तथा तोडफोड गरी कार्यालयमा भएका जिन्सी आम्दानीमा
रहेको विभिन्न हा.ह. लुटपाट गरेकोमा ऐ.०७।२३ गते अं.१७:४५ बजे जि.कास्की पोखरा म.न.पा.२
मिरुवा घर भई ऐ.बाग्लुङ बसपार्क बस्ने वर्ष १६ को समर नाल्मिले हतियार लुकाई छिपाई
राखेको भन्ने सूचना व.प्र.का.बगरमा प्राप्त हुनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई
निजको कोठा खानतलासी गर्दा निजले लुकाई छिपाई राखेको अवस्थामा व.प्र.का.बगरको जिन्सी
आम्दानीमा रहेको हतियार नं.३१०२९०७८ को TYPE 54 चाइनिज पेस्तोल थान-१
म्याग्जिन नभएको (साबुद) बरामद गरी निजलाई नियन्त्रणमा लिई जि.प्र.का.कास्कीमा राखिएको
।
कैदि मृत्यु,
मोरङ,
२०८२।०७।२२ गते १४;१० बजे जि.मोरङ
मिक्लाजुङ गा.पा.०१ घर भई जि.कारागार मोरङमा २०८०।१२।०५ गतेबाट २० वर्ष कैद
भुक्तान गरिरहेको कर्तव्य ज्यान मुद्दाको कैदी वर्ष ४२ को ज्ञान बहादुर राईलाई पेट
दुख्ने, सास फेर्न गाह्रो हुने समस्या
भएकोले कोशी अस्पताल बिराटनगर लगी बेड भर्ना गरी उपचार भईरहेकोमा ऐ.२३ गते १६:१५
बजे डाक्टरले मृत घोषणा गरेको शव सोहि अस्पतालमा रहेको ।
गोली
प्रहार बाट मानिस घाईते,
बर्दिया,
ठाकुरबाबा न.पा.३ मृचैया स्थित भिम साउथको घरमा कालगतिले मानिसको
मृत्यु भएको र उक्त स्थानमा कुरुवा बस्न गएका ऐ.१ भुरिगाउँ बस्ने वर्ष ३८ को रमेश प्रसाद
तिमिल्सिनालाई ऐ.३ गिदरपुर बस्ने अं.वर्ष २५ को तर्क भण्डारी लगायत १०/१५ जनाको समुहले
सामान्य विवादको कारण कुटपिट गरि टाउको, दुबै
घुँडा, बायाँ हातमा चोट र पेस्तोलबाट ४
राउण्ड गोली समेत प्रहार गरेकोमा १ राउण्ड गोली दायाँ हातको पञ्जामा लागि घाईते भई
नगर अस्पताल भुरिगाउँमा सामान्य उपचार पश्चात मेडिकल कलेज कोहलपुर बाँके रिफर गरेको,
अवस्थामा
गम्भीर, उपचारमा घाईतेको साला राजिब देबकोटा
रहेको, कुटपिट तथा गोली प्रहार गर्ने व्यक्ति
फरार रहेको, इ.प्र.का.बगनाहा भुरिगाउँबाट प्र.नि.को
कमाण्डमा टोली र जि.प्र.का.बर्दियाबाट प्र.ब.ना.नि.को कमाण्डमा टोली खटी गई कुटपिट
तथा गोली प्रहार गर्ने मानिसहरुको खो.त.कार्य भईरहेको । कुटपिटमा संलग्न अन्य ब्याक्तीहरु
मध्य ऐ.०३;१०
बजे जि.बर्दिया ठाकुरबाबा न.पा. ३ बस्ने वर्ष
२० को प्रकाश साउदलाई निजको घर वतनबाट नियन्त्रणमा लिई आवश्यक सोधपुछको लागी जि.प्र.का.बर्दिया
ल्याइएको ।
ला.औ.,
धनुषा विदेह न.पा.१ स्थितमा
प्र.चौ. ठाडिझीझाबाट प्र.स.नि. कमाण्डमा खटी गएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा
भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदल यात्री जि.महोत्तरी बर्दिबास न.पा.९ बस्ने श्याम
किशोर यादवको छोरा अं.वर्ष ३० को मुकेश कुमार यादवलाई शंका लागी चेकजाँच गर्दा निजले
लगाएको पाईन्टको बाँया गोजीभित्र सेतो प्लाष्टिकमा खैरो हिरोईन जस्तो देखिने तरल पदार्थ
प्लाष्टिक सहित ४२.४६० मिलिग्राम प्लाष्टिक बिना ४१.१९० मिलिग्राम फेला परेको साथै
निजको साथमा मोबाईल थान-२ समेत फेला पारी मोबाईल र ला.औ.सहित निजलाई नियन्त्रणमा लिई
प्र.चौ ठाडिझीझा धनुषामा ल्याई राखिएको ।