मिति २०८२।०७।२४ गते ०५:०० बजे देखि ऐ ०७।२५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२५
- A
- A-
- A+
कर्तव्य
ज्यान,
पर्वत, मोदी गा.पा.६
दराक बस्ने बर्ष अं.५१ को जित ब.वि.क.ले आफ्नो श्रीमती वर्ष ५२ की सिता वि.क.लाई
कुटपिट गरी आफ्नै घरको कोठामा भुईमा ओत्तानो सुताएको अवस्थामा टाउको र अनुहारमा
चोट लागि रगत लतपटिएको अवस्थामा सिरक ओडाई राखेको अवस्थामा निजको आफ्नै बुहारी
वर्ष २८ की शोभा वि.क.ले थाहा पाई स्थानीय मार्फत ऐ.०२:३० बजे प्र.चौ.देउपुर
डिमुवामा खबर गर्नासाथ प्र.चौ.देउपुर डिमुवाबाट प्र.ह. को कमाण्डमा टोली खटी गई
हेर्दा निज महिला आफ्नै १ तले २ कोठा भएको पक्की घरको सुत्ने कोठामा भुईमा ओत्तानो
सुताएको टाउको र अनुहारमा चोट लागि रगत लतपटिएको अचेत अवस्थामा सिरक ओडाई राखेको
फेला पारेको,
कोठा
भित्र काठ र फलामबाट बनेको रन्दा (काठ चिल्लाउने औजार) रगत लतपटिएको अवस्थामा फेला
परेको र हँसिया रगत नलगाएको अवस्थामा फेला परेको, घाईतेलाई
ऐ.०३:५५ बजे एम्बुलेन्समा राखि प्रदेश अस्पताल कुश्मा पर्वत पठाईएको, उपचारमा छिमेकी
राजकुमार वि.क. संलग्न, निज जित ब.बि.क.लाई स्थानियहरुले घरमा नै कोठामा
थुनि राखेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको, निज जित
ब.वि.क.०७।२३ गते जि.कारागार पर्वतबाट छुटेको (ज.ज.क.मुद्दा), घरमा श्रीमान्, श्रीमती,१ बुहारी र १
नातिनी (२ महिना) गरी ४ जना बस्ने, ३ जना छोरा रोजगारीको लागि विदेश रहेको, जि.प्र.का.पर्वतबाट
प्र.स.नि.को कमाण्डमा थप टोली खटि गएको ।
बालिका
ज.ज.क./बालयौन दुर्व्यवहार,
कपिलवस्तु, २३ गते
अं.२३:५० बजे,
जि.
अर्घाखाँची सिंतगंगा न.पा.१२ गमारे घर भई हाल फुपु दिदीको घर जि. कपिलवस्तु
बुद्धभुमि न.पा.१ कपासे शान्ती टोल बस्ने
वर्ष १३ की बालिकालाई ऐ.२३ गते अं.२३:५० बजे कोठामा सुतिरहेको अवस्थामा
निजको फुपाजु नाता पर्ने ऐ.बस्ने वर्ष ३६ को पुरूषले ज.ज.क.गरेको भनी ऐ.०७।२४ गते
१३:०० बजे प्राप्त हुनासाथ इ.प्र.का.गोरुसिंगेबाट प्र.नि.को कमाण्डमा टोली खटी गई
पीडकलाई नियन्त्रणमा लिई पीडक र पीडित दुवै जनालाई स्वास्थ्य परिक्षणको लागि
जिल्ला अस्पताल तौलिहवा कपिलवस्तु पठाईएको, पीडितको बुवा
रोजगारको लागि अर्घाखाँची र आमा बिदेशमा रहेको भन्ने बुझिएको,उक्त स्थान
इ.प्र.का.गोरुसिंगेबाट अं ४ कि.मि.पुर्व उत्तर पर्ने ।
बाँके, बैजनाथ गा.पा.२
पहाडीपुर बस्ने वर्ष २३ को अमर सुनारले ऐ.बस्ने वर्ष १३ की बालिकालाई घर नजिकै
रहेको जंगलमा लगेर ज.ज.क.गरेको भनी निजको आफन्तले इ.प्र.का.बनकटुवामा ऐ.१८:४० बजे
जानकारी गराए पश्चात इ.प्र.का.बनकटुवाबाट प्र.ना.नि.को कमाण्डमा र इ.प्र.का.
कोहलपुरबाट प्र.नि.को कमाण्डमा टोली खटि गई निज अमर सुनारलाई नियन्त्रणमा लिई
इ.प्र.का.कोहलपुर बाँकेमा ल्याई आ.अ.भइरहेको ।
शंकास्पद
मृत्यु,
धनुषा, हंसपुर न.पा.७
नुवाखोर बस्ने बिन्देश्वर दास तत्माको श्रीमती अं.वर्ष ६२ की चन्द्रकला देवी दास
घर देखि अं.५०० मिटर दक्षिण पश्चिम पर्ने बेचन साह तेलीको धानको खेतमा संकास्पद
मृत अवस्था रहेको (निज मृतकको अनुहार र दाहिने हातमा गहिरो काटिएको) भन्ने खबर
प्राप्त हुनासाथ इ.प्र.का.सुगानिकासबाट प्र.ना.नि.को कमाण्डमा र
जि.प्र.का.धनुषाबाट प्र.उ.को कमाण्डमा टोली खटी गई कानुनी प्रक्रिया पुरा गरी शव
पो.मा.को लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको, घटनामा संलग्न
संकास्पद ऐ.बस्ने बिहारी मण्डलको श्रीमती अं.वर्ष ५० की पवित्री देवी मण्डलको
बाँया हातको चोर औंला काटिएको र लुगामा रगत समेत देखिएकोमा निजलाई नियन्त्रणमा लिई
जि.प्र.का.धनुषामा राखिएको ।
धारिलो
हतियार प्रहार,
सर्लाही, गोडैता न.पा.२
जयपुर स्थित ऐ. बस्ने जय प्रकाश महतोको श्रीमती अ.वर्ष ४० की रामरती देवी महतोले
जग्गाको बिषयलाई लिएर झै-झगडा हुँदा ऐ. बस्ने वर्ष ५६ को छीमेकी रामएकवाल महतोलाई
कोदालोले टाउकोमा प्रहार गरी घाइते भई उपचारको लागी बिरगंज तर्फ पठाइएको अवस्था
मध्यम रहेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ. मधुबनगोठबाट प्र.स.नि.को कमाण्डमा
टोली खटी गई कोदालो प्रहार गर्ने रामरती देवी महतोलाई नियन्त्रणमा लिएको, उक्त स्थान
प्र.चौ. मधुबनगोठबाट अ.७ कि.मि. दक्षिण पर्ने उत्तर पर्ने ।
ला.औ.,
मोरङ, रंगेली न.पा. ६
नेमा टोल स्थित बिशेष सुचनाको आधारमा इ.प्र.का. रंगेलीबाट प्र.ना.नि.को कमाण्डमा
खटीएको टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको मे.१ प.९५०७ नं. को मो.सा.लाई शंका
लागी मो.सा. चालक जि.मोरङ लेटाङ न.पा. ३ बिपि चोक बस्ने वर्ष अ.१९ को गणेश बर्देवा
र सोही मो.सा. पछाडी सवार ऐ.४ हाटखोला बस्ने वर्ष अ.२४ को देबिन नेपालीलाई चेकजॉच
गर्ने क्रममा गणेश बर्देवाले लगाएको जिन्सको ज्याकेटको गोजी भित्र खुकुरी चुरोटको
बट्टा भित्र कालो प्लाष्टिकमा खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक
सहित तौल गर्दा १०.७७० (दश ग्राम सात सय सत्तरी मिलिग्राम) र प्लाष्टिक बाहेकको
तौल गर्दा ७.३४० (सात ग्राम तिन सय चालिस मिलिग्राम) फेला पारी मो.सा. सहित दुबै
जनालाई नियन्त्रणमा लिइ इ.प्र.का. रंगेलीमा ल्याई आ.अ.भइरहेको ।