मिति २०८२।०७।२६ गते ०५:०० बजे देखि ऐ ०७।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२७
- A
- A-
- A+
कर्तव्य
ज्यान,
बर्दिया, मिति
२०८२।०७।२२ गते अं.२०:०० बजे गुलरिया न.पा.३ निमकोठिया बस्ने बर्ष अं.३८ को सुरेश
रैदास र निजको श्रीमती बर्ष अं.३६ कि रुपरानी रैदासलाई सामान्य बिबादका कारण
ऐ.ऐ.बस्ने बर्ष अं.४५ को बालक राम रैदास, निजको बुहारी बर्ष
२२/२३ कि जुगुन्ता रैदास, र ऐ.ऐ.बस्ने बर्ष अं.३६ को कुवारे रैदास समेत
मिली हात मुक्काले कुटपिट गर्दा रुपरानी रैदासको छाती पेट्मा चोट लागी स्थानीय मणि
मेडिकल खैरापुरमा लगि औषधी उपचार गरि घर
तर्फ लगेको र मिति २०८२।०७।२६ गते अं.२३:३५ बजे निज एक्कासी छाती दुख्ने सास
फेर्ने समस्या भई गुलरिया अस्पताल बर्दियामा ल्याइ औषधी उपचार भैईरहेकोमा ऐ.२७ गते
००:२० बजे डा.ले मृत घोषणा गरेको, निजको श्रीमानले समेत छाती दुख्यो भनि औषधी सेवन
गरिरहेको,
अवस्था
सामान्य उक्त स्थानमा प्र.चौ.खैरापुर ‘ख’बर्दियाबाट प्र.स.नि.को
कमाण्डमा टोली खटि गएको कुटपिटमा संलग्न तिनै जना नियन्त्रणमा ।
हा.ह.बरामद,
झापा, बिर्तामोड
न.पा.२ राम चोक स्थित ला.औ. ब्युरो ईकाई काकरभिट्टा झापाबाट खटिएको प्र.ना.नि. र
इ.प्र.का.अनारमनीबाट खटिएको सादा पोसाकको टोलीले भदौ २३ र २४ गतेको जेनजी
आन्दोलनको क्रममा इ.प्र.का.अनारमनी प्रबन्ध शाखामा मौज्दात रही हराएका हा.ह का
राउण्ड ऐ.बाह्रदशी गा.पा.४ चकचकी घर भई बिर्तामोड न.पा.२ राम चोक स्थित लाल
ब.गिरीको घरमा डेरा गरी बस्ने वर्ष २७ की ईस्रप खातुनको कोठामा SLR को ३८ राउण्ड, INSAS को १६ राउण्ड, काँसको थाल १
वटा,
करुवा
१ वटा,पित्तलको गिलास
१ वटा र प्रहरीको बुट १ जोर र चोरीमा सम्लग्न बिर्तामोड न.पा.२ रामचोक बस्ने वर्ष
२२ को बिकाश टुडु समेतलाई फेला पारी बारामद सामान सहित दुबै जनालाई नियन्त्रणमा
लिई इ.प्र.का.अनारमनीमा ल्याई थप अनुसन्धान कार्य भईरहेको,।
प्रहरी
कर्मचारी सम्बन्धि,
रूपन्देही, गौतम बुद्ध
अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा रूपन्देहीको आन्तरिक टर्मिनलको Hand
Baggage X-Ray मेसिनमा
Screening
गर्ने
क्रममा एती एयरको उडान नं. YT 874 बाट ११:५५ बजेको विमानद्वारा भैरहवाबाट
काठमाण्डौं तर्फ जान लागेको जिल्ला अछाम पन्चदेवल विनायकले न.पा. वडा नं. ०८
स्थायी घर भई प्र.चौ. त्रिनगर धनगढी दरवन्दी भई इ.प्र.का. सालझण्डी रुपन्देहीमा
कार्यरत प्र.ज. रमेश प्रसाद सन्जयाल (PMIS नं. 481192 संकेत नं. C-००१४०७००) ले
बोकेको कालो रङ्को हाते झोलामा गोली जस्तो शंकास्पद वस्तु देखि Hand
Baggage X-Ray Machine मा खटिएको प्र.क.ले खबर गरे पश्चात प्र.नि.को कमाण्डमा
खटिएको प्रहरी टोलीले खानतलासी गर्दा पिन्धिको भागमा 7.62 mm लेखिएको थान २
(दुई) र 5.56
mm लेखिएको
थान २ (दुई) उल्लेख भएको लाइभ राउण्ड जम्मा -४ (चार) फेला परि नि प्र.ज. र बरामद
राउण्ड सहित आवश्यक कारवाहीको लागि जि.प्र.का. रुपन्देही पठाइएको ।
ला.औ.,
पर्सा, पर्सागढी
न.पा.९ बडेर्वा पेट्रोल पम्प स्थित सिंहाइ खोलाको छेउमा रहेको बाटोमा ३ जनालाई
शंकास्पद हिँडिरहेको अवस्थामा अ.प्र.पोष्ट मनवाबाट प्र.स.नि.को कमाण्डमा खटिएको
गस्ती टोलीले चेकजाँच गर्दा देश भारत
बिहार राज्य बैशाली बिन्दुपुर ७ बस्ने वर्ष २३ को राजा कुमार, देश भारत बिहार
राज्य जि.बैसाली राजमाइल पञ्चायत १३ बस्ने
वर्ष २३ को बिशाल कुमार र देश भारत बिहार राज्य जिल्ला छपरा सोनपुर वडा नं.३
सवलपुर नयाँ टोल बस्ने वर्ष २३ को पिन्टु कुमारको साथबाट ९ किलो ३५० ग्राम ला.औ.
गाँजा फेला पारी नियन्त्रणमा लिई
इ.प्र.का.पटेर्वा सुगौली पठाएको ।
सिरहा, सिरहा न.पा.०१
राष्ट्रिय वाणिज्य बैंक नजिक ला.औ.विक्री वितरण भईरहेको भन्ने गोप्य सुचनाको आधामा
ला.औ.नियन्त्रण ब्युरो गोलबजारबाट सादा पोसाकको टोली, जि.प्र.का.सिरहाबाट
प्र.स.नि. र व.प्र.का. सिरहाबाट प्र.ना.नि.को कमाण्डमा खटी गएको संयुक्त टोलीले
ऐ.स्थित बाटो छेउमा रोकी राखेको स.११ च ५४८५ नं.को मो.सा.चालक जि.सिरहा सिरहा
न.पा.१७ पटेर्वा बस्ने अं.वर्ष २५ को राम जिवन यादव र मो.सा.पछाडि सवार ऐ.बस्ने
अं.वर्ष २७ को दिपक कुमार यादव समेतलाई चेकजाँच गर्दा निज राम जिवन यादवको साथबाट
ला.औ. ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ प्लाष्टिक सहित तौल गर्दा २४ ग्राम
८२० मिलिग्राम फेला परेकोमा निजहरूलाई उक्त ला.औ.ब्राउण सुगर, निजहरूको
साथबाट बरामद भएको थान-३ मोबाईल र उक्त मो.सा.सहित नियन्त्रणमा लिई जि.प्र.का.
सिरहामा ल्याई थप अनुसन्धान कार्य भइरहेको ।