मिति २०८२।०७।२७ गते ०५:०० बजे देखि ऐ ०७।२८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-२८
- A
- A-
- A+
सवारी
दुर्घटना भई प्र.क.घाईते/मृत्यु,
सिरहा, जि.प्र.का.सिरहाबाट
भन्सार चोरी पैठारी नियन्त्रणको लागि प्र.ज.कृष्ण ठाडा मगर, प्र.ज. सागर
हस्ता,
प्र.ज.
सुनिल राम,.प्र.ज.जितेन्द्र
साहु र प्र.ज. कृष्ण महरालाई सादा पोसाकमा डिउटी परिचालन गरिएकोमा निज कर्मचारीहरू
आ-आफ्नो व्यक्तिगत प्र २-०१-००१ प ८४९९ नं.को मो.सा.र लु.प्र.०१-००७ प ०१७२ नं.को
मोटरसाईकलमा गस्ती गर्दै जाने क्रममा ऐ.औरही गाउँपालिका ४ स्थित हुलाकी सडक खण्डमा
सन्हैठाबाट गणेशपुर तर्फ जाँदै गरेको प्र २-०१-००१ प.८४९९ नं.को मो.सा.अनियन्त्रित
भई ऐ.स्थित सदा पुल छेउमा रहेको खोलामा दुर्घटना भई उक्त मोटरसाईकलमा सवार रहेका
प्र.ज.सागर हस्ता (मृत्यु) र प्र.ज. कृष्ण ठाडा मगर (घाईते उपचारको क्रममा
प्रादेशिक अस्पताल सिरहामा रहेको) घाईते भएकोमा निजहरूसंगै डिउटीमा रहेको अन्य
प्र.क.हरूले प्र.ज.कृष्ण बहादुर ठाडा मगरलाई उपचारको लागिको प्रादेशिक अस्पताल
सिरहा लगेर उपचार भइरहेको र निजहरूसंगै डिउटीमा रहेका फेला नपरेको भनि
जि.प्र.का.सिरहामा जानकारी गराउनासाथ जि.प्र.का.सिरहाबाट प्र.उ.को कमाण्डमा टोली
खटी गई निज प्र.ज.सागर हस्दालाई खोजतलास गर्दै जाने क्रममा ऐ.२८ गते अं.०१:४५ बजे
दुर्घटना भएको स्थानमा रहेको खोलाको पानीमा अचेत/बेहोस डुबेको अवस्थामा फेला पारी
तत्काल उद्दार गरी उपचारको लागि प्रादेशिक अस्पताल सिरहामा पठाइएकोमा डा.ले
चेकजाँच गर्दा प्र.ज.सागर हस्दाको मृत्यु भएको जानकारी गराएको, शव पो.मा.को
लागि सोही अस्पतालको शव गृहमा राखिएको, निजसंग डिउटीमा रहेका
अन्य प्रहरी कर्मचारीहरूलाई सोधपुछ गर्ने लगायतको अनुसन्धान कार्य जारी रहेको ।
ला.औ.,
सुनसरी, इटहरी
उप-म.न.पा. ३ डाडागाँउ टोल स्थित कल्पना राईको घरकोठाबाट प्र १-०२-००३ ह ९०५५
नम्वरको सिटी सफारीमा अवैध लागु औषध गाँजाका बोराहरु लोड गरी रहेको भन्ने गोप्य
सुचना प्राप्त हुनसाथ अ.प्र.चौ. तालतलैयाबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई
उक्त सिटी सफारीमा लागु औषधको वोरा तथा सुटकेसहरु लोड गर्दै गरेको अवस्थामा
जि.सुनसरी इटहरी उ.म.न.पा. ३ वस्ने वर्ष ३५ की कल्पना राई र जिल्ला भोजपुर
रामप्रसाद गा.पा. ७ घर भई हाल इटहरी उप-म.न.पा. ३ कल्पना राईको घरमा वस्ने वर्ष २०
को मनोज राईलाई लागु औषध तौल गर्दा ४९ वटा प्लाष्टिकको पोकामा ९८ ( अठानन्बे )
केजी तयारी गाँजा सहित पक्राउ गरी आवश्यक कार्वाहीको लागी इ.प्र.का. इटहरीमा ल्याई
थप अनुसन्धान कार्य भई रहेको ।
मकवानपुर, हेटौडा
उ.म.न.पा.५ सानोपोखरा स्थित रहेको मनोज पराजुलीको घरको पछाडी रहेको खाली जग्गामा
ला.औ.कारोबार तथा लुकाई छिपाई राख्न खाल्डो समेत खनेको भन्ने विशेष सुचनाको आधारमा
जि.प्र.का.मकवानपुरबाट प्र.ना.नि.को कमाण्डमा खटीएको टोलीले चेकजाँच गर्दा सो
स्थानबाट ला.औ. ट्रामाडोल ट्याब्लेट ८३००
पिस फेला परेको हुँदा जि.मकवानपुर हेटौडा
उ.म.न.पा.२ बस्ने वर्ष अं.३५ को बक्सर भन्ने राजिव लामा लगायत ५ जना मानिसहरु
र बा.प्र.०३-००५ प १८५ र ना ३२ प ३२४४
नं.को २ वटा मो.सा.सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का.मकवानपुरमा
ल्याई राखिएको ।