मिति २०८२।०७।२९ गते ०५:०० बजे देखि ऐ ०७।३० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०७-३०
- A
- A-
- A+
कर्तब्य
ज्यान,
महोत्तरी
, औरही न.पा.६
बैरिया बस्ने मनोज चौधरीले आफ्नै श्रीमती वर्ष २५ की कबिता देवी चौधरीलाई कपडा
काट्ने कैँचीले छाती,घाँटी र पिठ्युमा प्रहार गरी गम्भीर घाईते भई उपचारको लागि
जानकी एकेडमी हस्पिटल पठाएकोमा उपचारको क्रममा १२:५३ बजे मृत्यु भएको, शव मुचुल्का
पश्चात पो.मा.को लागि सरकारी अस्पताल बर्दिबास पठाएको, उक्त स्थानमा
प्र.उ.को कमाण्डमा टोली खटी गई कैँची प्रहार गर्ने मानिसलाई नियन्त्रणमा लिई
आवश्यक कारवाहीको लागि इ.प्र.का.गौशालामा ल्याई राखिएको ।
सुन
सहित अन्य अबैध बरामद,
काठमाडौं, का.म.न.पा.९
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल स्थित हिमालयन एयरलाईन्सको उडान नं.H9766 उडानद्वारा आगमन यात्रु जि.कास्की पोखरा
म.न.पा.३१ स्थायी वतन भएका वर्ष ३७ का बिदुर त्रिपाठीले त्रिभुवन अन्तराष्ट्रिय
बिमानस्थलको अराईभल पार्किङ एरियामा बाह्य मुलकबाट भन्सार छली लुकाई छिपाई अबैध
ल्याएका ईलेक्ट्रिक भेप-७५ थान, ईलेक्ट्रिक भेपको क्वाईल-२५९ थान, DELL कम्पनीको
ल्यापटप-३ थान,
APPLE कम्पनीको
Tab-१ थान, Air Tab
(U25
Ultra
pro)-१
थान,I-Phone
17
pro
max-१
थान,
I-Phone 13
pro
max-१
थान,
Samsung मोबाईल S25 Ultra-१ थान,
Samsung मोबाईल S23 Ultra १ थान, सुन जस्तो
देखीने पहेलो धातुको औंठी-१ थान(तौल अ.१३.३० ग्राम) फेला पारी उक्त परिमाणका
सामानहरु संकलन गर्न आएका जि.पर्वत मोदी गा.पा.८ स्थायी वतन भएका वर्ष २४ को सौगात
क्षेत्री र जि.जिल्ला मोरङ विराटनगर म.न.पा.२० स्थायी वतन भई हाल काठमाण्डौ
म.न.पा.२५ बाङेमुडा बस्ने वर्ष ३९ को सम प्रधानले रिसिभ गरी लैजाने क्रममा
त्रि.अ.बि.सु.का.गौचरबाट खटिएको सादा पोसाक प्रहरीले फेला पारी पक्राउ गरी उक्त
बरामद जिल्ला प्रहरी परीसर काठमाण्डौ भद्रकाली पठाएको, भोली कार्यालय
समयमा त्रि.अ.बि.भन्सार कार्यालय सिनामंगल बुझाईने।
स्याङ्जा, भिरकोट न.पा.२
दहथुम स्थित सिद्धार्थ राजमार्गमा प्र.ना.उ.को कमाण्डमा खटी गएको टोलीले चालक
जि.स्याङजा चापाकोट न.पा ८ दामाचौर बस्ने वर्ष ३० को बिष्णु बि.क.ले चलाई ल्याएको
लु.२९ प ६०१२ नं.को मो.सा.लाई चेकजाँच गर्ने क्रममा कालो झोलाभित्र सुन ५ तोला ६
लाल २ पईन्ट र चाँदी १० तोला ७३ लाल ३ पईन्ट परिमाणमा सुन जस्तो देखिने पहेलो धातु
र चाँदी जस्तो देखिने धातु लुकाई छिपाई ल्याएको अवस्थामा फेला पारी नियन्त्रणमा
लिई थप अनुसन्धानको लागि
जि.प्र.का.स्याङ्जा पठाईएको ।
ला.औ.,
बारा, जितपुर सिमरा
उ.म.न.पा.५ लल्का पुल स्थित प्र.ना.नि. को कमाण्डमा खटिएको टोलीले विशेष सुचनाको
आधारमा विरगंजबाट पथलैया तर्फ पैदल आउँदै गरेको ऐ.पटेर्वा सुगौली गा.पा. ६ बस्ने
वर्ष ३५ की सुसिला देवी र ऐ.पोखरिया न.पा.७ बस्ने वर्ष ३० की पुजा देवीलाई रोकी
चेकजाँच गर्दा सुसिला देवीको साथबाट ला.औ. ब्राउन सुगर जस्तो देखिने खैरो धुलो
पदार्थ ७ पुरियामा ४४.४०० ग्राम फेला पारी
दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का. सिमरामा ल्याई राखिएको
।
कैलाली, प्र.स.नि.को
कमाण्डमा खटिएको टोलीले गोदावरी न.पा.२ लम्साल गल्ली स्थित जि.डोटी जोरायल गा.पा.९
बस्ने वर्ष ३७ को ओम प्रकास थापाले संचालन गरेको बोगटी होटलमा जि.बझाङ बुङ्गल
.पा.५ घर भई हाल गोदावरी न.पा.२ बस्ने वर्ष
४१ को नरेश प्रसाद जोशी होटेलको काउण्टर नजिक शंकास्पद रुपमा बसि रहेको
अवस्थामा फेला पारी निजको शरीर खानतलासी गर्दा केहि नभेटिएको र होटेल भित्र
चेकजाँच खानतलासी गर्दा काउण्टरको घर्रा भित्र प्लाष्टिकमा बेरी लुकाई छिपाई
राखेको अवस्थामा लागू औषध(चरेश) जस्तो देखिने जम्मा तौल १०७ ग्राम फेला पारी बरामद
गरी लागु औषध ( चरेश) सहित निज दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी
इ.प्र.का.मालाखेतीमा ल्याई राखिएको ।