मिति २०८२।०८।०१ गते ०५:०० बजे देखि ऐ ०८।०२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-०२
- A
- A-
- A+
कर्तव्य
ज्यान,
महोत्तरी, जलेश्वर न.पा.९
आगेपुर स्थित ऐ.बस्ने अं.वर्ष ६० को बेचन राईनलाई जि.धनुषा नगराईन न.पा.९ फुलगामा
बस्ने अं.वर्ष १६/१७ को गुडु मण्डलले चक्कु प्रहार गरेको भन्ने खबर प्राप्त
हुनासाथ अ.प्र.पोष्ट जलेश्वर र जि.प्र.का.महोत्तरीबाट प्र.ना.उ.को कमाण्डमा टोली
खटी गई घाईतेलाई उपचारको प्रादेशिक अस्पताल जलेश्वरमा पठाईएकोमा डाक्टरले चेकजाँच
गर्दा ऐ.१९:३५ बजे मृत्यु भएको,शव सोही अस्पतालमा रहेको, चक्कु प्रहार
गर्ने फरार रहेकोमा खो.त.गर्ने क्रममा ऐ.२०:१५ बजे जलेश्वर न.पा.९ आगेपुर स्थित
भुकुलु थान नजिकै महोत्तरी तर्फ जाने बाटोमा भागदै गरेको अवस्थामा धारिलो हतियार
प्रहार गर्ने जि.धनुषा जनकपुर उ.म.न.पा.१९ बेङ्गा शिवपुर बस्ने दायाराम मण्डलको
छोरा अं.वर्ष २० को पप्पु भन्ने अनिल कुमार मण्डललाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, ऐ.०९ भुकुलुथान
बस्ने सुरेश मण्डल खत्वेको घरबाट १ थान खुकुरी फेला परेको ।
रामेछाप, मन्थली न.पा.१४
साजेटोल बस्ने अम्मर बहादुर खड्काको श्रीमती वर्ष ७२ की भिमा लक्ष्मी खड्कालाई
ऐ.बस्ने जगत बहादुर खड्काको छोरा वर्ष २६ को दिलिप खड्काले धारिलो हतियार प्रहार
गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हनासाथ जि.प्र.का.रामेछापबाट
प्र.नि.को कमाण्डमा टोली खटी गएको,धारिलो हतियार प्रहार गर्ने व्यक्ति फरार
खो.त.भईरहेको ।
ज.ज.क.
ओखलढुङगा, मिति
२०८२।०७।२७ गते अ.१०:०० बजे,सिद्विचरण न.पा.४ काफलबोट बस्ने टिका प्रसाद
खतिवडाको छोरा अ.वर्ष १९ को सुनिल खतिवडाले ऐ.सिद्विचरण न.पा.४ काफलबोट बस्ने अलि
प्रस्ट बोल्न नसक्ने वर्ष २२ की महिलालाई ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ
बि.सु.गार्ड रुम्जाटारबाट प्र.ह.को कमाण्डमा टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई
आ.अ.भईरहेको ।
बारा, जितपुर
सिमराउ.म.न.पा.१६ टाङिया बस्ती बस्ने वर्ष १२ की मानसिक अवस्था ठिक नभएकी
बालिकालाई ऐ.बस्ने वर्ष ४० को सोम बहादुर भोलनले घर नजिकैको जंगलमा लगी
ज.ज.क.गरेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का.निजगढ बाराबाट प्र.नि.को कमाण्डमा
टोली खटी गई पिडकलाई नियन्त्रणमा लिई आ.अ.भईरहेको, पिडितलाई
स्वास्थय परिक्षणको लागी प्रादेशिक अस्पताल कलैया बारा पठाईएको ।
हातहतियार
बरामद,
दार्चुला, अपिहिमाल
गा.पा. १ खायाकोट स्थित जंगलमा बेवारिसे अवस्थामा एक नाले भरुवा बन्दुक थान-२
लुकाई छिपाई राखिएको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.खण्डेश्वरीबाट प्र.स.नि.को
कमाण्डमा टोली खटी गई रित पुर्वक बरामदगरी नियन्त्रणमा लिईएको ।२०८२।०७।२८ गते
१३:१० बजे नियन्त्रणमा लिएकोमा ऐ.०७।३० गते १५:०० बजे थप अनुसन्धानको लागि च.नं.
६७५७ को पत्रसाथ परिसर भक्तपुरमा ल्याई
बुझाएकोमा परिसर भक्तपुरको हिरासतमा राखिएको ।
ला.औ.
पर्सा, जगरनाथपुर
गा.पा.१ बिसनपुर्वा स्थित स.प्र.बल, नेपाल बि.ओ.पि. पिडारीगुठ्ठी पर्साबाट
आई.डि.नं.३८१७५ का स.प्र.ना.नि.को कमाण्डमा खटीगएको गस्ति टोलीलाई देख्नासाथ अबैध
रुपमा नेपालबाट भारत तर्फ मो.सा.मा बाँधेर लैजादै गरेको प्लाष्टिक सहित १० के.जि.
(प्लाष्टिक बाहेक ०९ के.जि. ८०० ग्राम) लागुऔषध गाँजा जस्तो देखिने बस्तु छोडि
ब्यक्ति मो.सा. सहित फरार भएको हुदाँ ला.औ.बरामद गरी आवश्यक अनुसन्धान तथा
कारवाहीको लागि इ.प्र.का.पटेर्वा सुगौलिमा ऐ.१४;३० बजे ल्याई बुझाएको, उक्त स्थानमा
इ.प्र.का.पटेर्वा सुगौलिबाट प्र.ना.नि.को कमाण्डमा मुचुल्का सहितको टोली खटीगएको ।