मिति २०८२।०८।०२ गते ०५:०० बजे देखि ऐ ०८।०३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-०३
- A
- A-
- A+
थुनुवा
झुण्डी मृत्यु,
कपिलवस्तु, जि.प्र.का.
कपिलवस्तु ( थुनुवा झुण्डीई मृत्यु) लुम्बिनि प्रदेश:- मिति २०८२।०७।१४ गते जिल्ला
कपिलवस्तु कपिलवस्तु न.पा.८ कुवा गाँउ स्थितमा इ.प्र.का.पकडी कपिलवस्तुबाट
प्र.नि.सुबास खतिवडा,तालुक ला.औ.नि.ब्यूरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट
प्र.ना.नि.सागर भट्टराई समेतको संयुक्त टोलीले चेकजाँचको क्रममा नियन्त्रणमा लिएको
देश भारत जिल्ला मधराहन उर्फ रामनगर पोष्ट चेतरा शोहरतगण जिल्ला सिद्दार्थनगर UP 272205 बस्ने बर्ष ३९ को विनोद कुमार निषाद ला.औ.
मुद्धामा मिति २०८२।०७।१४ गते बाट लागु हुने गरी दिन ७ र ऐ.०७/२२ गतेबाट लागु हुने
गरी दिन १५ म्याद थप गरी थप अनुसन्धानको क्रममा यस जिल्ला प्रहरी कार्यालय
कपिलवस्तुको हिरासत कक्षमा रहकोमा निजले
हिरासत कक्षको पुर्व तर्फ रहेको ट्वाईलेटको भेन्टीलेसनमा ब्लाङकेटको बिटमार्नलाई
सिलाईएको कपडाको डोरी बनाई झुण्डीई रहेको
अवस्थामा आज मिति २०८२।०८।०३ गते अं.०५:०० बजे
क्वाटर गार्ड डिउटीमा रहेको प्र.क.मार्फत जानकारी प्राप्त हुनसाथ यस
कार्यालयका का. प्रमुख सहितको टोली सम्बन्धित स्थानमा पुगी हेर्दा निजको मृत्यु भई
सकेको मृतक शव ऐ.ऐ. स्थानमा रहेको,आफन्तलाई खबर भएको,थप अनुसन्धान कार्य भई
रहेको,वि.वि.पछी ।
गोली
प्रहार,
जाजरकोट, बारेकोट
गा.पा.वडा न.६ कार्की जिउला स्थित (स्थानिय मेला ) बाट घर तर्फ फर्किने क्रममा
ऐ.स्थित ऐ.६ बस्ने वर्ष अं.३०।३२ को टेकेन्द्र नेपालीले गोली प्रहार गर्दा ऐ.७
बस्ने वर्ष अं.३४ को यमराज सिंहलाई ढाडमा गोली लागी घाईते भई स्थानिय मेडिकलमा (
मेडिकलका संचालक देबेन्द्र शाहले जानकारी गराएको ) सामान्य उपचार पश्चात थप
उपचारको लागी जिल्ला अस्पताल जाजरकोट तर्फ पठाईएको, अवस्था मध्यम
रहेको भनि ऐ.२०:३० बजे इ.प्र.का नायकवाडा जाजरकोटमा जानकारी प्राप्त हुन साथ
प्र.स.नि.को कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको,इ.प्र.का.दल्लीबाट
प्र.नि.को कमाण्डमा ७ जनाको प्रहरी टोली खटि गएको, इ.प्र.का.बारेकोटबाट
प्र.ब.ना.नि.को कमाण्डमा ५ जनाको प्रहरी टोली खटिएको,गोली प्रहार गर्ने
व्यक्ति फरार खो.त.भईरहेको, । थपअपडेट-ऐ.२३:४० बजे घाईतेलाई थप उपचारको लागि
ऐ.३ गते ००:२४ बजे नेपालगंज बाँकेको लागि रिफर भई गएको, जि.प्र.का.
जाजरकोटबाट प्र.स.नि.को कमाण्डमा ७ जनाको प्रहरी टोली खटि खो.त.जारी रहेको ।
सिरहा, कल्याणपुर
न.पा.१२ बेल्हा कट्टी स्थित चोरी भएको भन्ने खबर प्राप्त हुनसाथ प्र.चौ.बेल्हाबाट
प्र.स.नि.को कमाण्डमा ५ जना र इ.प्र.का.कल्याणपुरबाट प्र.स.नि.को कमाण्डमा २ जना
गरी जम्मा ७ जनाको टोली खटि गई बुझ्दा अं.१० जना अपरिचित नकावधारी ब्यक्तिहरू
ऐ.कल्याणपुर न.पा.१२ बेल्हा बस्ने भोला महतोको घरमा आई चोरी गर्न खोज्दा निज भोला महतोको छिमेकी
ऐ.बस्ने राम सुन्दर महतोको छोरा अं.वर्ष ४२ को बिरेन्द्र महतो र निज बिरेन्द्र
महतोको छोरा अं.वर्ष २३ को अनिल महतो उक्त नकाबधारी लुटपाट गर्ने समुहसंग प्रतिकार
गर्न खोज्दा उक्त अपरिचित नकावधारी के-कुन ब्यक्तिले गोलीले प्रहार गर्दा निज
बिरेन्द्र महतोको दाहिने पट्टी छातीमा गोली लागेको अवस्था मध्यम र निज अनिल सिंहको
बाँया पट्टी छातीमा गोली लागेको अवस्था गम्भिर,दुबै जना घाईतेहरूको
प्रादेशिक अस्पताल सिरहामा उपचार पश्चात ऐ.०२:०० बजे थप उपचारको लागि
न्युरो अस्पताल विराटनगर पठाईएको र निज भोला महतोको टिनको छानो र बाँसको
टाँटी बेरा भएको घरबाट घरको ढोका फोडी ९६ तोला चाँदी,१ तोला सुन,ड्रोन क्यामेरा
१ थान ,OPPO
मोबाईल
थान १ र ,
XIAOMI मोबाईल
थान-१ र नगद रू.१०,०००।-गरी जम्मा अं.मु.रू.६,००,०००।-(छ लाख)
बराबरको चोरी गरी लगेको,थप अनुसन्धानको लागि ऐ. ०३;०० बजे,जि.प्र.का.बाट
प्र.नि. को कमाण्डमा टोली खटि गएको,चोरी गरी गोली हान्ने व्यक्तिहरू तत्काल फरार
रहेको,खो.त. गर्दा
घटना स्थलबाट पडकेको गोलीको खोका थान १ र नपडकेको गोली थान १ बरामद भएको थप
अनुसन्धान तथा खो.त. कार्य भइरहेको
हातहतियार
बरामद,
सल्यान वनगाड कुपिण्डे न.पा.१२ चौर स्थित बिभिन्न
स्थानहरुमा वेवारिसे अवस्थामा भरुवा बन्दुक रहेको भन्ने गोप्य सुचनाको आधारमा
प्र.चौ.वनगारबाट प्र.स.नि. र जि.प्र.का.बाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले
बेवारिसे अवस्थामा ५(पाँच) नाल भरुवा बन्दुक फेला पारी प्र.चौ.वनगार सल्यान तर्फ
ल्याउँदै ।
ला.औ.,
सुनसरी, ईनरुवा न.पा.४
बसचौक स्थित जि.प्र.का.बाट प्र.ह.को कमाण्डमा सादा पोसाकको टोली र अ.प्र.पोष्ट
बसपार्कबाट प्र.ब.ह.को कमाण्डमा खटिएको चेकिंङ टोलीले चिरौलीबाट ईनरुवा तर्फ आउँदै
गरेको प्र १-०२-०५६ प ८२०५ नं. को
स्कुटीलाई चेकजाँच गर्दा स्कुटी चालक जि.सुनसरी इटहरी उ.म.न.पा.२० बस्ने
वर्ष ५२ को गोबिन्द तामाङको साथबाट तौल गर्दा ८.८९ ग्राम ब्राउन सुगर जस्तो देखिने
पदार्थ फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जि.प्र.का.मा पठाएको, उक्त स्थान
अ.प्र.पोष्ट बसपार्कबाट अं.५० मिटर पश्चिम पर्ने ।
झापा, झापा गा.पा.५
खाताबस्ति स्थित स.प्र.बल बिओपि पन्तापाडाबाट स.प्र.नि.को कमाण्डमा खटिएको टोलीले
भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको ऐ.कमल गा.पा.३ कर्खा बस्ने वर्ष २८ को दिलिप
कुमार भुजेल (सागर भुजेल) लाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट प्लाष्टिकले
पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो
लिसाईलो पदार्थ प्लाष्टिक सहित अं.९ ग्राम बरामद गरी मानिस सहित प्र.चौ.शरणामतिमा
बुझाएकोमा थप अनुसन्धान तथा कानुनी कारवाहीको लागि जि.प्र.का.पठाएको।
मोरङ, बिराटनगर
म.न.पा.१३ पथलैया मार्ग स्थित सडकको साईडमा को १४ प ४५८७ नं.को मो.सा.रोकी दुई जना
मानिस संकास्पद रुपमा कुराकानी गरीरहेको अवस्थामा ला.औ.नि.ब्यूरो बिराटनगरबाट
प्र.ना.नि.को कमाण्डमा खटिएको टोलीले बिराटनगर म.न.पा. ८ बस्ने वर्ष २८ को अजय
कुमार मुखिया र ऐ.म.न.पा.१६ बस्ने बर्ष १७ को अजय कुमार राउतलाई संका लागी चेकजाँच
गर्दा अजय कुमार मुखियाको साथबाट ला.औ.खैरो हेरोइन जस्तो देखिने पदार्थ १४०.१८
ग्राम फेला पारी मो.सा. सहित दुवै जनालाई नियन्त्रणमा लिइ इ.प्र.का.रानीमा ल्याई
थप अनुसन्धान कार्य भई रहेको,