मिति २०८२।०८।०३ गते ०५:०० बजे देखि ऐ ०८।०४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-०४
- A
- A-
- A+
कैदी
बन्दी मृत्यु,
मोरङ, मिति
२०८२।०८।०२ गते २०:०५ बजे जिल्ला कारागार मोरङमा अभद्र व्यवहार मुद्दामा मिति
२०८२।०४।१४ गते बाट थुनामा रहेको बन्दी जिल्ला मोरङ पथरीशनिश्चरे नपा ४ बस्ने वर्ष
५७ को गंगा लिम्बुलाई खुट्टा सुन्नीएको र सास फेर्न समस्या, भइ कोशी
अस्पताल बिराटनगर लगि बेड भर्ना भई उपचार भई रहेकोमा मिति २०८२।०८।०३ गते १०:०२ बजे उपचारको क्रममा
मृत्यु भएको मृतक लाश सोही अस्पतालमा रहेको ।
जबरजस्ति
करणी,
उदयपुर, ०१ गते अं.
२३:०० बजेको समयमा लिम्चुङबुङ गा.पा. वडा नं. १ बाँसबोटे मिलनटोल बस्ने वर्ष अं.
५८ को ज्ञान बहादुर राईले ऐ.बस्ने वर्ष अं.५४ की सांकेतिक नाम ०८२/०८३ गाईघाट १३२
घरमा कोही नभएको अबस्थामा जबरजस्ती करणी गरेको भनि पिडितले जि.प्र.का. उदयपुरमा
मिति २०८२।०८।०३ गते १७;०० बजे लिखित जाहेरी दिनासाथ तत्काल इ.प्र.का.
लिम्चुङबुङ उदयपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई ज्ञान बहादुर राईलाई
नियन्त्रणमा लिई जि.प्र.का. उदयपुरमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।
प्रहरी
कर्मचारीको मृत्यु,
काठमाण्डौ, गण्डकी प्रदेश
प्रहरी तालिम केन्द्र कास्की, पोखरा दरबन्दी भई प्रहरी वृत्त मालिगाउँ मातहत
नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानमा कार्यरत कम्प्युटर कोड नं.३८७५२३
प्र.व.ह.सन्तोष प्रसाद शाही मिति
२०८२/०६/२८ गते अं.१७:०० बजे पेट दुख्ने समस्या आई उपचारको लागि नेपाल प्रहरी
अस्पताल महाराजगंज लगी उपचार भईरहेकोमा ऐ.०८।०३ गते अं.०८:४० बजे उपचारको क्रममा
मृत्यु भएकोले निजको भाई सुरेश शाहीले शव बुझी बा.२ झ.६०२८ नं.को नेपाल प्रहरी
अस्पतालको शव बहानमा जि.प्युठान मल्लरानी गा.पा.४ स्थित घर ठेगानामा लगिएको ।
काठमाडौं, जि.धनुषा, जनकपुर
उ.म.न.पा.२० देवपुरा रुपैठा स्थायी वतन भएका काठमाडौ उपत्यका विशेष सुरक्षा प्रहरी
गण गुल्म नं.४ त्रिपुरेश्वर काठमाडौं दरबन्दी भई कार्यरत (कम्प्युटर कोड नं.
३६९४८१,
संकेत
नं. C०००५७३८२) का
वर्ष ४६ को प्र.व.ह.नित्यानन्द चौधरी मितिः २०८२/०८/०२ गते देखि नेपाल प्रहरी
अस्पताल महाराजगंजको ICU कक्षमा बेड नं. ६ मा भर्ना भई उपचार गराईरहेकोमा
उपचारको क्रममा ऐ.०३ गते बिहान ०९:३१ बजे REFRACTORY SHOCK DUE
TO SEVERE SEPTICEMIA WITH PULMONARY EDEMA WITH PANCYTOPENIA का कारण मृत्यु
भएको भनी अस्पतालबाट जानकारी प्राप्त भएको, शव
दाहसंस्कारको लागि आफन्तले बुझी पशुपती आर्यघाट तर्फ लगेको ।
हातहतियार
बरामद,
पाँचथर, मिति-२०८२।०८।०२
गते अं १३:३० बजे, ऐ. मिक्लाजुङ गा.पा-३ लामागाउँ बस्ने अं.वर्ष २२ को सुशिल
फियाकलाई इ.प्र.का.दमक झापाले पक्राउ गरी अनुसन्धान गर्ने क्रममा निजले हातहतियार
ऐ.मिक्लाजुङ गा.पा.३ लामागाउँको खोल्सिमा लुकाइ छिपाई राखेको भन्ने खुलाईएको हुँदा
ऐ.०८।०३ गते अं.१६:०० बजे इ.प्र.का.दमकबाट प्र.नि.को कमाण्डमा र अ.प्र.पोष्ट
आरूबोटेबाट प्र.व.ह.को कमाण्डमा संयुक्त टोली खटी गई खो.त गर्ने क्रममा इन्सास
राईफल ( 051102738) म्याग्जिन नभएको थान-१ र
ऐ.को राउण्ड १ वटा, 303 राईफल
(62038 B) थान-१ र
S.L.R
राइफलको राउण्ड-३ फेला पारी बरामद गरी आवश्यक
कार्बाहीको लागि ऐ.१८:०० बजे इ.प्र.का.दमकबाट प्र.नि.को कमाण्डमा खटीएको टोलीले
हतियार लिएर इ.प्र.का.दमक झापा तर्फ गएको ।
ला.औ.,
झापा, गाउँपालिका
वडा नम्बर ५ पन्थापडा बस्ने वर्ष अन्दाजी २० को अडसाद अलीलाई ऐ. बाह्रदशी गा.पा. ३
राजगढबाट चारपाने तर्फ जाँदै गरेको मे ८ प ८१४० नम्बरको मो.सा.लाई बिशेष सुचनाको
आधारमा जिप्रका झापाबाट प्रनि बिजय चौहान र लागु औषध नियन्त्रण व्यूरो
काकरभिट्टाबाट प्रनानि कुमार सुरेश लामिछानेको कमाण्डमा खटिएको संयुक्त टोलीले चेक
जाँज गर्दा निजको साथबाट लागु औषध ब्राउन सुगर जस्तो देखिने लिसाईलो पदार्थ पाच
पोका प्लाष्टिक सहित ७१ ग्राम २८० मिलिग्राम र प्लाष्टिक बाहेक ६३ ग्राम ०२०
मिलिग्राम र मो.सा. सहित नियन्त्रणमा लिई जिप्रका झापा तर्फ ल्याउदै गरेको,