मिति २०८२।०८।०४ गते ०५:०० बजे देखि ऐ ०८।०५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-०५
- A
- A-
- A+
कर्तव्य
ज्यान,
धनुषा, मिति
२०८२/०६/०३ गते अं.१०:५० बजे धनुषाधाम न.पा.८ केसरकुट्टी बस्ने अं.वर्ष २० की
संजना ठाकुर र ऐ.बस्ने अं.वर्ष २५ को संगिता ठाकुर (जेठानी देउरानी) बीच घरायसी
विषयमा वाद-वादविवाद तथा कुटपिट हुँदा संजना ठाकुरको श्रीमान वर्ष ३३ को चन्देश्वर ठाकुरले बन्चरोले प्रहार गरी
निजको सहोदर बुबा अं.वर्ष ६० को लटु ठाकुर र भाई अं.वर्ष ३५ को धनेश्वर ठाकुर
घाइते भई उपचारको लागि ओम दिर्घायु अस्पताल जनकपुर पठाएकोमा ऐ.१२:०० बजे थप
उपचारको लागि दुबै जनालाई न्युरो अस्पताल बिराटनगर पठाई उपचार पश्चात ऐ.०७।०३ गते
डिस्चार्ज भई घरमा औषधी सेवन गरी बसेकोमा लटु ठाकुरको ऐ.०८।०३ गते २०:०० बजे
मृत्यु भएको भनी ऐ.०४ गते ०९:३० बजे खबर प्राप्त हुनासाथ इ.प्र.का.यज्ञभुमीबाट
प्र.ना.नि.र इ.प्र.का. ढल्केवरबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली
खटी गई कानुनी प्रकृया पुरा गरी शव पो.मा.को लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको, बन्चरो प्रहार
गर्ने चन्देश्वर ठाकुरलाई ऐ.०६/०४ गते इ.प्र.का.यज्ञभुमीबाट प्र.ना.नि.को कमाण्डमा
खटिएको टोलीले नियन्त्रणमा लिएको, हाल कारागारमा रहेको।
हातहतियार
बरामद,
कैलाली, चुरे गा.पा.३
काउली बस्ने वर्ष ३५ को गणेश सार्कीले आफ्नै भाई ऐ.बस्ने वर्ष २८ को चन्द्र बहादुर
सार्की लगायत आफ्नै श्रीमती छोरा छोरी लाई घरमा रहेको भरुवा बन्दुक देखाई डराउने
धम्क्याउने गरेकोमा निजको भाई चन्द्र बहादुर सार्कीले निज संग रहेको भरुवा बन्दुक
खोसी आफ्नो घरमा ल्याई इ.प्र.का.फल्टुडेमा ११:०० बजे जानकारी गराउना साथ
इ.प्र.का.फल्टुडेबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई एक नाले भरुवा बन्दुक थान
१ बरामद गरी नियन्त्रणमा लिएको र निज गणेश सार्की फरार रहेकोमा खो.त.कार्य भईरहेको, ।
दैलेख, नारायण न.पा.१०
सल्लेरी डाँडा स्थित वडारमा भरुवा बन्दुक छ भन्ने गोप्य सुचनाको आधारमा
जि.प्र.का.दैलेखबाट प्र.स.ह.र अ.प्र.पोष्ट भैसिखोर दैलेखबाट प्र.ह.को कमाण्डमा
खटिएको २ जनाको प्रहरी टोलीले खो.त.गर्दै जाँदा एक नाल भरुवा बन्दुक फेला पारी
जि.प्र.का.दैलेख तर्फ ल्याउदै ।
ला.औ.,
सिरहा, इ.प्र.का.बन्दिपुरबाट
प्र.ना.नि राम बिनय सिंह(९८४४०२९०२४)को कमाणडमा खटिएको टोलिले कर्जन्हा ना.पा ०३
बन्दिपुर चेक पोष्टमा बा.प्र०३-००१ख२६५४ नं. को काकरभिट्टा देखि काठमाण्डौ चल्ने
महादेव नामको यात्रुबाहक बसमा जि.सिरहा लाहान ना.पा ०१ लहान मटेरबा टोल बस्ने अधिक
लाल यादवको छोरा अं. बर्ष २२ को अमित यादवलको कलेज पढने ब्यागको चेक जाच गर्ने
क्रममा लागु औषध जस्तो देखिने सेतो पदार्थ प्लास्टिक सहित २१.२९ ग्राम र बिना
प्लास्टिकको १५.६० ग्राम ब्राउन सुगर फेला परेकोले निजलाइ नियत्रणमा लिइ तालुक
इप्रका मिर्चैयामा पठाएको
सुनसरी, बराहक्षेत्र
न.पा.०३ नडाहा चौक स्थितमा अ.प्र.चौ.नडाहाबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ति
टोलिले धरानबाट नडाहा तर्फ आउदै गरेको BR 11 BF 0189 न.को
मो.सा.लाई संका लागि चेक-जाँच गर्दा मो.सा.पछाडी राखेको २ बटा प्लाष्टिकको बोरामा
लागु औषध गाँजा (तौल गर्न बाकी अं.४० के.जि.) फेला पारी मो.सा.चालक जि.सप्तरी
राजबिराज न.पा.०२ बस्ने सकल देव रजकको छोरा बर्ष अं.१८ को लालदेव रजकलाई मो.सा.र
ला.औ.गाँजा सहित नियन्त्रणमा लिई अ.प्र.चौ.नडाहामा ल्याई राखिएको ।
सप्तरी, कन्चनरुप
न.पा.२बरमझिया स्थित जि.प्र.का.सप्तरीबाट प्र.ना.उ.र इ.प्र.का.कन्चनपुर सप्तरीबाट
प्र.ना.उ.को कमाण्डमा खटी गएको टोलीले गोप्य सुचनाको आधारमा ऐ.स्थितमा पुर्ब
पश्चिम महेन्द्र राजमार्गमा फत्तेपुरबाट भारदह तर्फ जादै गरेको ना ५ ख ५३५ नं.को ट्रकलाई रोकी चेकजाँच गर्दा
ट्रकमा फल्सबटम बनाई २८ वटा सेतो बोरा
भित्र प्लाष्टिकले प्याक गरेको बोरा प्लाष्टिक बाहेक ९७८
के.जी.ला.औ.(गाँजा) फेला पारी ट्रक र ट्रक चालक जि.सुनसरी धरान न.पा.१३ बस्ने वर्ष
२५ को संजय श्रेष्ठलाई नियन्त्रणमा लिई इ.प्र.का.कन्चनपुर सप्तरीमा ल्याई राखिएको
।