मिति २०८२।०८।०६ गते ०५:०० बजे देखि ऐ ०८।०७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-०७
- A
- A-
- A+
संकास्पद
मृत मानिस फेला,
काठमाडौं, मिति
२०८२।०८।०६ गते अन्दाजी ०९:०० बजेको समयमा का.जि. टोखा न.पा. वडा नं. ०९ गोंगबु
मिलनटोल स्थित सडक पेटीमा निलो र घ्यू रङको कपडामा पोका पारी राखेको संकास्पद चिज
बस्तु रहेको भन्ने सूचना प्राप्त हुना साथ तत्काल यस प्रहरी प्रभाग नयाँ बसपार्क
काठमाडौंका प्र.ब.ना.नि. प्रकाश भेटुवाल (९८५१२८३७६३) सहित १५ जना प्र.क. टोली
खटीई गएको तथा तालुक प्रहरी वृत्त महाराजगंज काठमाडौंका प्र.ना.उ. निरन्जन थापा
(९८५१२८४००७) सहितको मुचुल्का टोली साथै तालुक काठमाडौं उपत्यका अपराध महाशाखा
काठमाडौंको टोली समेत खटी आई स्थानिय तथा जन प्रतिनिधीहरुको रोहवरमा उक्त संकास्पद
पोका खोली हेर्दा एकिन महिला पुरुष नछुट्टीएको अन्दाजी बर्ष ३५/४० को जस्तो देखीने
सडे गलेको अवस्थामा रहेको मानिसको मृत लास फेलापरेको हुदाँ घटना स्थल लास जाँच
प्रकृती मुचुल्का कार्य भई मुचुल्का कार्य सम्पन्न पश्वचात ऐ. मितिको ११:१५ बजेको
समयमा मृत लासलाई पो.मा.को लागी का.जि. महाराजगंज स्थित त्रि.वि. शिक्षण अस्पताल
लगेको,
सूचना
प्राप्त ०९:०० बजे ०९:०५ बजे प्रहरी पुगेको ।
ज.ज.क./
बालयौन दुर्व्यवहार,
दाङ, मिति
२०८२।०८।०५ गते अं.२३;३० बजे जिल्ला दाङ गढवा गा.पा.-७ मानपुर स्थित मानपुर खोलाको
पुल नजिकै झाडीमा ऐ.ऐ.बस्ने परिबर्तित नाम थर ५६ गढवा २०८२।०८३ -२९ (क) को छोरी
बर्ष अं.११ कि परिबर्तित नाम थर ५६ गढवा २०८२।०८३ -२९ लाई ऐ.ऐ.बस्ने तेजमान
बि.क.को छोरा बर्ष अ.२१ को कुमार बि.क.ले ज.ज.क.गरेको भनि आज मिति २०८२।०८।०६ गते
अ.१८ः०० बजे निज पिडितको आमाले इ.प्र.का.गढवा दाङमा लिखित जाहेरी दिए पश्चात
तत्काल इ.प्र.का.गढवा दाङ बाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटिई गई निज पिडक
कुमार बि.क.लाई निजको घरमा फेला पारी नियन्त्रणमा लिई इ.प्र.का.गढवा दाङमा ल्याई
राखिएको,पिडितको अबस्था
सामान्य रहेको,दुबै जनाको
मेडिकल हुन बाँकी,घटना स्थल इ.प्र.का.दाङ बाट अ.३ कि.मि.पश्चिम पर्ने । ऐ.१९;५० बजे दुबै
जनालाई स्वस्थ्य परिक्षणको लागी राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ
तर्फ पठाईएको ।
शिशु
मृत फेला,
काठमाण्डौ, काठमाण्डौ
म.न.पा.७ चावहिल स्थित मेडिकेयर अस्पताल पछाडी बच्चा फ्यालेको भनी भिक्टर कन्ट्रोल
मार्फत खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग गंगाहिटीबाट प्र.व.ना.नि.को कमाण्डमा
टोली पुगी हेर्दा मेडिकेयर अस्पताल पछाडी रहेको खाली जग्गाको झाडीमा कपडामा पोको
पारी राखेको अवस्थामा भर्खर जन्मेको जस्तो देखिने सालनाल सहितको नवजात शिशु
(नाबालक) मृत अवस्थामा फेला परेको, उक्त स्थानमा प्रहरी वृत्त गौशलाबाट प्र.नि.को
कमाण्डमा टोली खटी गई कानूनी प्रकृया पुरा गरी शव पो.मा.को लागि शिक्षण अस्पताल
महाराजगञ्ज पठाएको,।
हा.ह.बरामद,
रौतहट, चन्द्रपुर
न.पा.४ गौर-चपुर सडक खण्ड स्थित देउराली चोकबाट पैदल यात्री जि.मकवानपुर हटौडा
उ.म.न.पा.१३ पदमपोखरी बस्ने गुण बहादुर आचार्यको छोरा अं.वर्ष २२ को सुमन
आचार्यलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सन्तपुरबाट स.प्र.ना.उ.को कमाण्डमा
खटिएको टोलीले सुमन आचार्य माथि शंका लागी
चेकजाँच गर्ने गर्दा निजले बोकेको खैरो झोला खोली हेर्दा झोला भित्र CF-98-9
(00016908236) नं. को पेस्तौल थान १,
ऐ.को
म्याग्जिन थान १,Bereta (px3552330) नं को पेस्तौल थान १, ऐ.को म्याग्जिन
थान १,
ऐ.को
गोली थान १३,
खुकुरी
थान १,
Oppo कम्पनीको
स्क्रिन टच मोबाईल थान १ फेला पारी नियन्त्रणमा लिई सशस्त्र प्रहरी बल
नेपाल सुरक्षा बेस सन्तपुरमा आवश्यक अनुसन्धान तथा सोधपुछ पश्चात ऐ.२०:००
बजे जानकारी प्राप्त हुनासाथ इ.प्र.का.चन्द्रनिगाहपुरबाट प्र.नि.को कमाण्डमा टोली
खटी गई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस सन्तपुरबाट उक्त हा.ह.सहित निज सुमन
आचार्यलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि इ.प्र.का.चपुरमा ल्याई राखिएको, ।
ला.औ.,
झापा, भद्रपुर न.पा.५
मेचिपुल स्थितमा व.प्र.का.भद्रपुरबाट प्र.ह.को कमाण्डमा खटिएको प्रहरी टोलीले
भारतबाट नेपाल तर्फ आउँदै गरेको पैदलयात्री ऐ. मेचीनगर न.पा.१२ नयाँ बस्ति बस्ने
वर्ष २७ को सुनिल बिश्वकर्मालाई शंका लागि चेकजाँज गर्दा निजले मलद्वार भित्र
प्लाष्टिकको ७ पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको लागु औषध (ब्राउन सुगर) जस्तो
देखिने लिसाईलो पदार्थ प्लाष्टिक सहित तौल
गर्दा ७ ग्राम ३७० मिलिग्राम र प्लाष्टिक बाहेक तौल गर्दा ६ ग्राम ७७० मिलिग्राम
सहित निजलाई नियन्त्रणमा लिई व.प्र.का.भद्रपुरमा ल्याई राखिएकोमा थप अनुसन्धान तथा
कानुनी कारबाहीको लागि जि.प्र.का.पठाउने कार्य भईरहेको ।
सिरहा, लहान न.पा.१
स्थित पूर्व पश्चिम लोकमार्ग सडकखण्डको ट्राफिक चौकमा ई.प्र.का.लहानबाट प्र.नि.को
कमाण्डमा खटिएको ट्राफिक सहितको प्रहरी टोलीले चेकिङ गर्ने क्रममा पश्चिम
(मिर्चैया) बाट पूर्व (रुपनी) तर्फ जादै गरेको ना.५.ख. ३२०९ नम्बरको ट्रकलाई रोकी
चेकजाँच गर्दा ट्रक चालक जि.संखुवासभा धर्मदेवी न.पा.९ छिपिधारा टोल बस्ने गंगा
बहादुर विश्वकर्माको छोरा अं.वर्ष २४ को टंक विश्वकर्मा, सह-चालक जिल्ला
धनकुटा छथर जोरपारी गा.पा.२ बस्ने शेखर राणा मगरको छोरा अं.वर्ष २२ को खेम राणा
मगर र ट्रकको चालक बस्ने क्याबिन देखि पछाडि रहेको फल्स बटम बनाई सो फल्स बटममा
सेतो रंगको प्लास्टिकको बोराहरुमा लुकाई छिपाइ राखेको १००४ किलो ४५० ग्राम ग्राम
(३१ बोरा) ला.औ.गाँजा फेला परेकोले उक्त ला.औ.र ट्रक सहित चालक र सहचालक समेतलाई
नियन्त्रणमा लिई ई.प्र.का.लहानमा ल्याइ राखिएको ।