मिति २०८२।०८।०७ गते ०५:०० बजे देखि ऐ ०८।०८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-०८
- A
- A-
- A+
गोली
प्रहार,
बारा, पचरौता न.पा.६
चिकनी टोल स्थित इ.प्र.का.सिम्रौनगढबाट प्र.स.ह.रुपेश कुशवाहाको कमाण्डमा खटी गएको
गस्ति टोलीले गस्ती गर्दै जाने क्रममा भारतको हनुमाननगर तर्फबाट नेपाल तर्फ आउँदै
गरेको तस्करी सरसमान ट्याक्टर सहित तस्करहरुसँग एक्कासी जमका भेट हुँदा एक्कासी
प्रहरी गस्ती टोली तर्फ कटुवा बन्दुकले २ फायर गर्दा गस्ती टोलीबाट प्र.स.ह.रुपेश
कुशवाहाले 9MM
पेस्तोलबाट
७ राउण्ड जवाफी फायर गर्दा भारतबाट आएका अं.२५ जनाको समुहले अवैध सरसमान लोड भएको
ट्याक्टर लिई भागेको भन्ने इ.प्र.का. सिम्रौनगढमा खवर प्राप्त हुनासाथ प्र.नि.कृष्णदेव
प्रसाद साहको कमाण्डमा थप १० जनाको टोली खटी गएको, मो.सा.थान-४, मोबाईल थान-२ र
भारतीय नागरिक रंजित कुमारको नामको सवारी चालक अनुमति पत्र थान-१ दसगजामा छाडी
भारत तर्फ भागी फरार भएकोमा उक्त मो.सा., मोबाईल र स.चा.अ.प
बरामद गरी इ.प्र.का. सिम्रौनगढमा ल्याएको, प्रहरी तर्फ
घाईते कोही नभएको, निजहरूको खो.त.कार्य भईरहेको ।
ज.ज.क.,
संखुवासभा, मिति
२०८२।०८।०५ गते अं.२३:०० बजे जि.संखुवासभा चैनपुर न.पा.३ पोखरी बस्ने बिष्णु
तामाङको घरमा जि.संखुवासभा मादी न.पा.०६ पोखरे बस्ने वर्ष १७ को बालकले ऐ.३ बस्ने
वर्ष १४ की बालिकालाई ललाई फकाई विवाह गर्ने प्रलोभनमा पारी पटक पटक ज.ज.क.गरेको
भनि ऐ.०७ गते १८:०० बजे इ.प्र.का.चैनपुरमा जाहेरी दिनासाथ निज बालकलाई नियन्त्रणमा
लिई इ.प्र.का.चैनपुरमा ल्याई आवश्यक अनुसन्धान कार्य भईरहेको ।
प्यूठान ऐरावती
गा.पा.५ झिबाङ बस्ने अं.वर्ष २१ को प्रकाश बोहराले ऐ.बस्ने वर्ष १६ की बालिकालाई
आफ्नै घरको कोठामा बोलाई ज.ज.क. गरेको भनी ऐ.वडाका वडा सदस्य मोहन बोहराले ऐ.२१:४५
बजे अ.प्र.पो. कैरनमा जानकारी गराउनासाथ प्र.स.नि.को कमाण्डमा टोली र थप
अनुसन्धानको लागी इ.प्र.का.बिजुवार प्युठानबाट प्र.नि.को कमाण्डमा टोली खटी गई
पीडकलाई नियन्त्रणमा लिएको ।
ला.औ.,
सुनसरी, ईनरुवा न.पा.०४
स्थित बसपार्कमा लागु औषध नियन्त्रण व्युरो विराटनगरबाट प्र.ना.नि.र जि.प्र.का.बाट
खटिएको संयुक्त प्रहरी टोलीले जि. सप्तरी राजगढ गा.पा.३ बस्ने वर्ष २९ को दिलिप
कुमार मण्डल र ऐ.हनुमाननगर कंकालिनी न.पा.६ बस्ने वर्ष २३ को शिवदत्त मण्डललाई
शंका लागि चेकजाँच गर्दा दिलिप कुमार
मण्डलको साथबाट लागु औषध खैरो हेरोईन
जस्तो देखिने पदार्थ प्लाष्टिक सहित १०८ ग्राम, शुद्ध तौल १०२
ग्राम र अर्को रातो रङको बट्टाभित्र रहेको प्लाष्टिक सहित १०६ ग्राम र शुद्ध तौल
१०० ग्राम गरी जम्मा शुद्ध तौल २०२ ग्राम र मोवाईल थान-२ समेत बरामद गरी दुवै
जनालाई नियन्त्रणमा लिई जि.प्र.का. सुनसरीमा ल्याई अनुसन्धान कार्य भईरहेको, ।