मिति २०८२।०८।०८ गते ०५:०० बजे देखि ऐ ०८।०९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-०९
- A
- A-
- A+
जनावर
आक्रमण,
कञ्चपुर, भिमदत्त न.पा.
१४ बनकट्टी स्याउले स्थित शुकल्लाफाटा आरक्षबाट आएको हात्तीले ऐ. बस्ने नन्दलाल
बिष्टको कच्चि घर भत्काउने क्रममा सोही घर भित्री सुति रहेको निजको श्रीमाती वर्ष
अ. ४५ कि धाना बिष्ट घरबाट निस्की भाग्ने क्रममा उक्त हात्तीले हादिने खुट्टा, कुम र पुठ्युमा
कुचि घाईते बनाएको जानकारी प्राप्त हुनासाथ प्र.चौ.झुलुङ्गेबाट प्र.स.नि. को
कमाण्डमा २ जना र मझगाउ ब्यारेकबाट क्याप्टन को कमाण्डमा ७ जना नेपाली सेनाको टोली
खटी गई निज घाईते लाई उपचारको लागि महाकाली प्रतादेशिक अस्पताल पाठाएकोमा ऐ. ०४;४५ बजे निज
घाईतेको महाकाली प्रदेशीक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको, हात्ति भगाउने
कार्य भई रहेको ।
ज.ज.क./
बालयौन दुर्व्यवहार,
कञ्चनपुर, मिति
२०८२।०७।२९ गते राति अं. ०१:३० बजेको समयमा जिल्ला कञ्चनपुर बेलौरि न.पा.४ शाही
टोल बस्ने वर्ष अ. २२ कि महिलालाई लाइ निजकै भिनाजु नाता पर्ने वर्ष अ. ३६ को
पुरुष व्यक्तिले ज.ज.क. गरेको भनि ऐ.०८ गते १५:३० बजे इ.प्र.का. बेलौरीमा जाहेरि
दरखास्त पेश गरे पश्चात निजलाई नियन्त्रणमा लिई पिडक र पिडित दुवै जनालाई विशेष
स्वास्थ्य परिक्षणको लागि सेति प्रादेशिक अस्पताल धनगढी पठाइएको।
नवजात
शिशु मृत्यु,
सर्लाही, मिति
२०८२।०८।०५ गते बसबरिया गा.पा.८ गोनरवा बस्ने बर्ष २७ को सुरेन्द्र साहको छोरा
प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा जन्मेकोमा जन्डिसको समस्या भई थप उपचारको लागि
सर्लाही मेडिकियर अस्पताल मलंगवा सर्लाहीमा उपचार भईरहेकोमा मिति २०८२।०८।०८ गते
अं. ०६:४५ बजेको क्रममा मृत्यु भएको र बालकका आफन्तहरु अस्पतालको लापरबाहीले
मृत्यु भएको भनी अ.३० जनाको सँख्यामा भेला जम्मा भई उपचारमा लागेको खर्च बापतको
रकम नतिर्ने,
अस्पतालले
क्षतिपुर्ती दिनुपर्ने भनी अस्पताल अगाडी बिरोध गरेको भन्ने खबर प्राप्त हुनासाथ
जि.प्र.का.सर्लीहीबाट प्र.नि.को कमाण्डमा प्रहरी टोली खटी गई सम्झाई बुझाइ गरी
उक्त सर्लाही मेडिकेयर अस्पतालले मृतक बालकको आमा अमृता देबिलाई उपचार वापतको खर्च
दिने भनी सहमती भई ऐ.१०:३० बजे मिलि गएको
।
झापा, अर्जुनधारा
न.पा ९ शनिश्चरे नगर अस्पतालमा ऐ. बिर्तामोड न.पा ५ बस्ने वर्ष ३१ को आशिष
लिम्बुको श्रिमती वर्ष २८ को पबित्रा लिम्बु डेलिभरीको लागी शनिश्चरे नगर अस्पताल
गाई ऐ. १४;०० बजे डेलिभरी
सक्सेस भएकोमा डाक्टर हरुले शिशु धड्कन कम देखिएको भनि शिशुलाई B&C अस्पताल पठाई
डाक्टरलाई देखाउदा शिशुको मृत्यु भई सकेको भनि पुनःशनिश्चरे अस्पताल तर्फै
पठाएकोमा आफन्तहरु शनिश्चरे नगर आस्पातलमा आई के-कुन कारणले शिशुको मृत्यु भएको र
शनिश्चरे नगर अस्पतालमै शिशुको मृत्यु भई सकेको तर B&C अस्पताल किन
रेफर गरेको”भनि बिबाद गर्न
खोजेको भन्ने खबर प्र.चौ.शनिश्चरेमा ऐ.२२:०० बजे जानकारी प्राप्त हुनसाथ
प्र.ब.ना.नि को कमाण्डमा टोली खटी गई दुबै पक्षको सहमतीमा भोली ०९ गते छलफल गर्ने
र हाल मृत्त शिशुको शवलाई B&C अस्पतालमा. राख्ने सहमति भई, शवलाई B&C अस्पतालमा
ल्याई राखिएको,
हात
हतियार बरामद,
झापा, मिति
२०८२।०५।२४ गते Gen-z आन्दोलनको क्रममा काठमण्डौ महानगरिय प्रहरी
कार्यालय तोडफोड आगजानी तथा हात हतियार,गोलीगठ्ठा लुटपाट गर्ने जि.झापा दमक
न.पा. ८ बस्ने छबी पुरीको छोरा वर्ष २५ को सरोज पुरीले सोही कार्यालयबाट ठुलो
चा.पे टाईप ५४ पेस्तोल थान १ र ऐ.को म्याग्जिन थान १ सहित ऐ. को राउण्ड १५ थान
लुटी फरार भई निजकै घर वतनमा लुकिछीपी बसेको छ भन्ने सुचनाको आधारमा लागुऔषध
नियन्त्रण ब्यूरो ईकाई कार्यालय काकडभिट्टा झापाबाट खटी आएका प्र.ना.नि.को टोलीले
ऐ.८ गते अं.११:३० बजे जि.झापा दमक न.पा.८ एभरेष्ट बोडिङ स्कुल स्थितमा सो हतियार
सहित निज सरोज पुरीलाई फेलापारी आवश्यक कानुनी प्रकृया पुरा गरी नियन्त्रणमा लिई
इ.प्र.का दमक ल्याई थप अनुसंधान भईरहेको ।
ला.औ.,
मोरङ, बिराटनगर
म.न.पा.१७ मटेरुवा चोक स्थितमा भारतबाट नेपाल तर्फ पैदल आउदै गरेको जि.मोरङ
बिराटनगर म.न.पा. १३ बस्ने वर्ष २७ को रोजन राईलाई अ.प्र.पोष्ट मटेरुवाबाट
प्र.स.नि.को कमाण्डमा खटीएको प्रहरी टोलीले संका लागि चेकजाँच गर्दा ला.औ. खैरो
हिरोईन जस्तो देखिने पदार्थ ४६.६७ ग्राम फेला पारी नियन्त्रणमा लिइ इ.प्र.का.
रानीमा ल्याई आ.अ. कार्य भईरहेको, उक्त स्थान इ.प्र.का. रानीबाट अं.२ कि.मि.
दक्षिण पर्ने ।
सुनसरी, धरान
उ.म.न.पा.२०भन्ज्याङ स्थित अ.प्र.चौ. बिष्णुपादुकाबाट प्र.स.नि.को कमाण्डमा खटीएको
टोलीलाई शंका लागी को १ झ २१७८ नम्बरको पिकअप यात्रु वाहक गाडिलाई चेकजाँच गर्ने
क्रम्मा उक्त गाडिको पछाडि पटि बस्ने २ (दुई) जना मानिस हामफाली भागेको र डाला
चेकजाच गर्दा ५ (पाँच )ओटा कालो झोला प्याकिङ गरी ५० के.जी.(नापतौल गर्दा)
प्रतिबन्धित अबैध ला.औ. गाँजा फेला पारी आवश्यक अनुशन्धानको लागी सवारी साधन,चालक जि.धनकुटा
सागुरिगढी नपा-९ बस्ने खडग बहादुर मगराती,सहचालक दुर्गा बिक
लगायत यात्रु ऐ.बस्ने वर्ष१८ को प्रज्वल राई,ऐ.बस्ने वर्ष २८ को
प्रशासन राई र ऐ.बस्ने वर्ष २४ को भुमिराज वि.क. सहित नियन्त्रणमा ।
काठमाडौं, मिति
२०८२/०८/०८ गते अन्दाजी १५:३५ बजे THAI LION AIR को उडान नं. SL 220 द्वारा
बैंककबाट काठमाडौं आगमन भएका यात्रु भारतीय नागरिक राहदानी नम्बर X8299207 वाहक
वर्ष २२ को AAFIF
MOHAMMAD JUNAID NAGORI (पुरुष) को गतिविधि शंकास्पद देखिएकोले यस
कार्यालयबाट खटिएको प्रहरी टोली र भन्सारका कर्मचारीहको संयुक्त टोलिले निजले लिई
आएको लगेजलाई भन्सार क्षेत्रको X-RAY मेसिनमा चेकजाँच गर्दा उक्त लगेज भित्र
प्रतिबन्धित लागू औषध गाँजाजस्तो देखिने वस्तु अन्दाजी ५ के.जी ५८५ ग्राम ( प्लास्टिक सहित ) लुकाई छिपाई लैजान
लागेको अवस्थामा फेला पारेको हुँदा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागू औषध
नियन्त्रण व्यूरोबाट यस विमानस्थलमा खटिएको प्रहरी टोलिको जिम्मा लगाई पठाइएको।