मिति २०८२।०८।०९ गते ०५:०० बजे देखि ऐ ०८।१० गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-१०
- A
- A-
- A+
कर्तव्य
ज्यान,
रौतहट, वृन्दावन
न.पा.९ भुषहा बस्ने वर्ष २४ को महमद
आदिलको श्रीमती वर्ष १९ की टहरिना खातुन र ऐ.बस्ने अब्दुल खालीको छोरा वर्ष २० को
गुड्डु भन्ने शेख अलाउदिनसँग प्रेम सम्बन्धमा परी निज महिलाको माईती घर ऐ.गुजरा
न.पा.६ पल्टुवामा दुबै जनालाई स्थानीयहरुले अं.१ महिना अगाडी फेला पारी निजहरुलाई
इ.प्र.का.चपुरमा बुझाएकोमा छलफल पश्चात निजहरुले हामी बिहे गर्छौ भनी दोस्रो
श्रीमानको घरमा आई बस्दै गरेकोमा मिति २०८२।०८।०८ गते राती खाना खाई घरमा गई
सुतेकोमा माइती पक्षले मेरो छोरी सम्पर्क बिहिन भयो भनी ऐ.९ गते ०८:०५ बजे गराउनासाथ प्र.चौ. बिर्ताबाट
प्र.स.नि. र इ.प्र.का.गरुडाबाट प्र.नि. को कमाण्डमा टोली खटी गई खो.त. तथा
अनुसन्धान गर्दै जाँदा अब्दुल खालीको घरको भुष राख्ने कोठामा खाल्डो खनी बोरामा
राखी खाल्डो पुरी माथिबाट भुषले छोपीएको अवस्थामा शव फेला परेको, उक्त स्थानमा
जि.प्र.काबाट प्र.उ.को टोली खटी गई शव खाल्डोबाट निकाल्दा टाउकोमा बायाँपट्टी
काटिएको,
दाहिने
खुट्टामा निल डाम देखिएको, शवको मुचुल्का पश्चात पो.मा.को लागि सरकारी
अस्पताल चपुर पठाएको, निजको पहिलो श्रीमान बैदेशिक रोजगारको लागी साउदी अरबमा
रहेको,
दोस्रो
श्रीमान कामको शिलशिलामा काठमाण्डौ बस्ने गरेको र दोस्रो श्रीमानको घर परिवार हाल
सम्पर्कमा नरहेको भने बुझिएको ।
नवलपुर(वर्दघाट
सुस्ता पुर्व), हुप्सेकोट गा.पा.१ जुगेपानी बस्ने वर्ष ६० को
राम बहादुर बि.क.लाई निजकै छोरा वर्ष अं.३० को सन्त कुमार बि.क.ले घरायसी बिवादको
कारण झै-झगडा हुँदा कुटपिट तथा मुक्का प्रहार गरी गम्भीर घाइते भई उपचारको लागु
मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा पठाएकोमा ऐ.१० गते ००:१५ बजे मृत्यु घोषणा
गरेको,
शव
सोही अस्पतालमा रहेको, घटनास्थलमा प्र.ना.नि.को कमाण्डमा टोली खटी गएको, कुटपिट गर्ने
सन्त कुमार बि.क.लाई नियन्त्रणमा लिइ जि.प्र.का. न.प.(पूर्व) मा राखिएको, ।
ज.ज.क./
बालयौन दुर्व्यवहार, उद्योग,
सुर्खेत, पंचपुरी न.पा.५
श्री सरस्वती विद्या निकेतन ईङगलिस बोर्डिङ स्कुल बाबियाचौर सुर्खेतको होस्टेलमा
ऐ.न.पा.९ अलछाप्रे बस्ने ऐ.स्कुलको कक्षा ५ मा अध्ययनरत ( होस्टेलमा बस्ने ) वर्ष
१२ की बालिकालाई ऐ.होस्टेलको संचालक ऐ.न.पा.५ बस्ने वर्ष ४० को महेन्द्र आर्यालले
ऐ.०८।०३ गते अं.२१:०० बजे ललाई-फकाई ज.ज.क.गरेको भनी ऐ.०८/०९ गते १०:०० बजे
इ.प्र.का.बाबियाचौरमा जानकारी गराउनासाथ प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई
ऐ.न.पा.१ बाचकाडा भन्ने स्थानमा लुकिछिपि बसेको अवस्थामा नियन्त्रणमा लिई
इ.प्र.का.बाबियाचौर राखी आ.अ.भईरहेको, बालिका आफन्तको साथमा
रहेको,
अवस्था
सामान्य ।
धादिङ, मिति
२०८२/०८/०५ गते १३:३० बजे निलकण्ठ न.पा.८ अमरावती स्थित निलकण्ठ न.पा.८ अमरावती
टोल बस्ने वर्ष ६७ को गुण बहादुर थपलिया र निजको छोरा वर्ष ४० को रामशरण भन्ने
केशव थपलियाले वर्ष ३२ की महिलालाई जवरजस्ती करणी उद्योग गरेको भनी ऐ.८ गते
जि.प्र.का. मा जाहेरी दरखास्त दिनासाथ प्र.व.ना.नि. को कमाण्डमा टोली खटी गई
जवरजस्ती करणी उद्योगमा संलग्न दुबै जनालाई नियन्त्रणमा लिई ऐ.९ गते जवरजस्ती करणी
उद्योगमा मुद्धा दर्ता भई अनुसन्धान कार्य जारी रहेको ।
हात
हतियार बरामद,
काठमाडौं, तारकेश्वर
न.पा.८ जरङ्खुबाट ऐ.८।०१ गते दिनको १५:२८
बजे नागार्जुन न.पा.३ ठुलो भर्याङ शिवम होटलको गल्ली नजिक सडक खण्डमा जिल्ला बारा
निजगढ घर भई हाल ऐ.स्थान बस्ने वर्ष ४२ की सस्वती लामाले लगाएको सुनको १.५ तोलाको
थान १ सिक्री अपरिचित स्कुटरमा सवार दुई जना मानिसहरु मध्ये एक जना जि.लमजुङ
दोर्दि गा पा ०७ घर भइ हाल का जि तर्केश्वर न.पा.८ पिपल डाँडा डेरा गरि बस्ने वर्ष
३९ को टाशि गुरुङलाई नियन्त्रणमा लिई निजको कोठा तलासी गर्दा कोठाबाट 7.65 auto
pestol 77110
लेखिएको पेस्तोल थान १, ऐ पेस्तोलको म्यगजिन थान १, 7.65 लेखिएको ऐ
पेस्तोलको राउण्ड थान ६ राउण्ड, पेस्तोल पोज थान १, लुटपाट गर्दा
प्रयोग गरेको प्रदेश ३०२-००४ प २७३५ नम्बर रहेको नम्बर प्लेट उक्त नम्बर प्लेट
खोल्ने स्क्रुडाइबर र T रेन्च थान १/१, प्रदेश ३०२
-००५ प ४०७१ नम्बर रहेको कालो रङको होण्डा डियो स्कुटर थान १, हलचोक स्थित
काउण्टरमा खुकुरि देखाइ धाकधम्कि दिएको खुकुरि थान १, लुट्पाट गर्दा
लगाएको हुलिया बमोजिम को सबै कपडा , जुत्ता , हेल्मेट, हातमा लगाएको
औठि थान १,
चस्मा
थान १ बरामद गरी वृत्त स्वयम्भूको हिरासतमा राखि थप अ.अ.कार्य जारी, ।
आफै
आगो लगाई जली मृत्यु (आत्महत्या मृत्यु /घाइते ),
सर्लाही, लालबन्दी
न.पा.७ डुमडुमे मन्दिर स्थित जिल्ला मोरङ (न.पा., वडा न., नखुलेको) धन
प्रसाद पोखरेलको छोरा अं.वर्ष ५५ को सुर्य प्रसाद पोखरेलले आफ्नो शरिरमा आफै
पेट्रोलियम पदार्थ छर्की आगो लगाई जलीरहेको अवस्थामा स्थानीयले देखि
इ.प्र.का.लालबन्दीमा जानकारी गराउनासाथ इ.प्र.का.लालबन्दीबाट प्र.नि.को कमाण्डमा
प्रहरी टोली खटी गई हेर्दा आगोले जली घाईते अवस्थामा रहेकोले उपचारको लागि सिटी
हेल्थ केयर लालबन्दीमा लगी सामान्य उपचार पश्चात थप उपचारको लागि प्रादेशिक
अस्पातल जनकपुर पठाइ उपचार भईरहेकोमा ऐ.१० गते ०२:१० बजे उपचारको क्रममा मृत्यु
भएको,
शव
सोही अस्पतालमा रहेको, थप बुझ्ने कार्य भई रहेको ।
ला.औ.,
मोरङ, बिराटनगर
म.न.पा. वडा नं. १३ कृष्ण चोक स्थितमा इ.प्र.का.रानी र ला.औ.नि.ब्युरो बिराटनगरबाट
प्र.स.नि. को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलिले गोप्य सुचनाको आधारमा
ऐ.म.न.पा.१३ बस्ने हरी प्रसाद यादवको घर कोठामा जि.मोरङ जहदा गा.पा. १ बस्ने वर्ष
१९ को उपेन्द्र यादव र ऐ. बस्ने वर्ष १८ को अजय कुमार यादवलाई चेकजाँच गर्दा निज
उपेन्द्र यादवको साथबाट ला.औ. खैरो हिरोइन जस्तो देखिने पदार्थ ७६.५० ग्राम सहित
फेला पारी दुवै जनालाई नियन्त्रणमा लिइ इ.प्र.का. रानीमा ल्याई राखिएको ।