मिति २०८२।०८।१० गते ०५:०० बजे देखि ऐ ०८।११ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-११
- A
- A-
- A+
ज.ज.क./ बालयौन दुर्व्यवहार, उद्योग,
उदयपुर, उदयपुर ०९
गते अं. १३:०० बजे ताप्ली गा.पा.५ रुपाटार
स्थित चौबाटोको खोल्सामा ऐ. बस्ने वर्ष
अं. ४२ की महिलालाई ऐ. वडा नं. ४
जतनपुर बस्ने अ.वर्ष २८ को कुल बहादुर मगरले ज.ज.क. गरेकोले आवश्यक कानूनी
कार्बाही गरी पाँउ भनि निज पिडितले ऐ.०८।१० गते ०९:०० बजे इ.प्र.का.कटारीमा जाहेरी
दरखास्त प्राप्त हुनासाथ प्र.चौ.रुपाटारबाट प्र.ब.ह.को कमाण्डमा टोली खटी गई निज
कुल बहादुर मगरलाई नियन्त्रणमा लिई इ.प्र.का.कटारीमा ल्याई राखी आ.अ.कार्य भईरहेको
।
उदयपुर, मिति
२०८२।०६।२२ गते रातको के-कुन समयमा जि.भोजपुर आम्चोक गा.पा. ८ दुम्माना घर भई हाल
जि.उदयपुर बेलका न.पा. ९ पुष्पाञ्जली टोल बस्ने वर्ष २५ को बिक्रम सार्की (नेपाली)
ले ऐ.बस्ने वर्ष १५ की बालिकालाई जबरजस्ती करणी गरी भागी फरार भएको भनी ऐ.१० गते
१२:३० बजे इ.प्र.का. रामपुरठोक्सिला उदयपुरमा आई लिखित जाहेरी दिएको हुँदा उक्त
स्थानमा इ.प्र.का. रामपुरठोक्सिलारबाट प्र.नि.को प्रहरी टोली खटी गई निज
प्रतिवादीको खो.त. कार्य भईरहेको, पिडित बालिकाको स्वास्थ्य अवस्था सामान्य
रहेको, नाबालिकालाई सुरक्षित आवास गृह रामपुर उदयपुरमा
राखिएको ।
जलि मृत्यु,
दाङ, मिति २०८२।०८।०६ गते
२०:१५ बजे जि.रोल्पा रोल्पा न.पा.१० घर भई घोराही उ.म.न.पा.१५ बुद्धि ग्यारेज नजिक
डेरा गरी बस्ने वर्ष ५२ को प्रेम बहादुर योगीले आफ्नै कोठामा खाना पकाउने क्रममा
ग्याँसको पाईपबाट ग्याँस लिक भई आगलागी हुँदा शरिरको विभिन्न भाग अं.३० प्रतिशत
जलि घाईते भई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा ल्याई सामान्य
उपचार पश्चात ऐ.२१:०० बजे थप उपचारको लागी नर्सिङहोम नेपालगंजमा लगि उपचार भईरहेकोमा
ऐ.१० गते १८:०० बजे उपाचारको क्रममा मृत्यु भएको भनि सोही अस्पतालमा खटी गएको
प्र.क.ले जानकारी गराएको,
शव सोही अस्पतालमा रहेको, घटनास्थलमा
जि.प्र.का.दाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको ।
कैदी मृत्यु,
मोरङ, मिति २०८२।०७।०४ गते
अं.१०:०० बजे जि.मोरङ विराटनगर म.न.पा.८ हाटखोला स्थित जिल्ला कारागार मोरङमा मिति
२०८०।०४।२८ गते देखि कर्तव्य ज्यान मुद्दामा १० बर्ष कैद सजाय भुक्तान गरिरहेका
कैदी जि.मोरङ पथरीशनिश्चरे न.पा.५ घर भएका वर्ष ६६ को हर्कजंग लिम्बुलाई शरिर
सुन्निने र छाति दुख्ने समस्या भई उपचारको लागि प्र.ब.ह.को कमाण्डको टोलीले कोशी
अस्पताल विराटनगरमा लगि बेड भर्ना गरि
उपचार भईरहेकोमा ऐ.०८।११ गते ०४:२० बजे उपचारको क्रममा मृत्यु भएको, शव
सोही अस्पतालको शव गृहमा राखिएको ।
ला.औ.,
पर्सा, मिति
२०८२।०८।०९ गते अं.१३:०० बजे जि.पर्सा बिन्दावासिनी गा.पा.५ बर्टासौरा स्थित
सशस्त्र प्रहरी बल नेपाल नं.१३ गण हे.क्वा.पर्साबाट स.प्र.नि.को कमाण्डमा खटिएको
टोलीले खेती ईलाकामा परालको कुन्यु भित्र २० वटा प्लाष्टिकको पोकामा २१३
कि.ग्रा.लागुऔषध गाँजा जस्तो देखिने वस्तु नियन्त्रणमा लिई आवश्यक कार्वाहिको लागी
ऐ.१० गते अं.१३:३० बजे इ.प्र.का. पोखरीयामा ल्याई बुझाईएको,उक्त
स्थान इ.प्र.का. पोखरीया बाट अं.८ कि.मी. दक्षिण पर्ने ।
सुनसरी, दुहवी
न.पा.१० जगुवा चोक स्थित मुस्कान होटल खाजा घर भित्र ला.औ.ब्राउन सुगर (खैरो
हिरोईन) को कारोबार भईरहेको भन्ने गोप्य सूचनाको आधारमा इ.प्र.का.दुहबीबाट खटीएको
प्र.नि.को कमाण्डमा,सादा पोसाक सहितको टोली खटी गई ११ ग्राम.२१ मिलि ग्राम (प्लाष्टिक सहित) र
शुद्ध तोल १०.६२ ग्राम बराबरको ब्राउन सुगर र देश भारत बिहार राज्य सुपोल जि.
बलुवा बजार थान वडा नं.५ बस्ने वर्ष १८ को मो.हैदर मिया सहित ४ जनालाई नियन्त्रणमा
लिई इ.प्र.का. दुहबीमा ल्याई थप अनुसन्धान
भई रहेको, उक्त स्थान इ.प्र.का. दुहबीबाट अं.४ कि.मि. पश्चिम
पर्ने ।
झापा, दमक न.पा.१ रवी स्टेन
छेउमा रहेको RQ
होटलमा कोठा बुक गरी बसेका मानिसहरुले लागु औषध खैरो हिरोईनको
कारोबार गर्ने गरेको भन्ने खबर प्राप्त
हुनासाथ इ.प्र.का.दमकबाट प्र.ह.को कमाण्डमा टोली खटी गई RQ होटलको
तेश्रो तलाको ४ नं.कोठा बुक गरि बसेका देवी गौतमको छोरा जि.झापा दमक न.पा.७ स्थायी
वतन भई हाल ऐ. दमक न.पा.१ सिर्पाली चौक बस्ने वर्ष २५ को राम कुमार गौतम र दाताराम
धिमालको छोरी जि.मोरङ उर्लावारी न.पा.८ दुर्गापुरी बस्ने वर्ष ३० कि ललिता धिमालको
शरिर तथा उक्त कोठा समेत खानतलासी गर्दा कोठा भित्र रहेको पलङको माथि रहेको खुकुरी
चुरोटको बट्टा भित्र प्लाष्टिकमा पोका राखी लुकाई छिपाई राखेको अवस्थामा लागू औषध
खैरो हिरोईन जस्तो देखिने लिसाईलो पदार्थ फेला परेको हुँदा निजहरुलाई नियन्त्रणमा
लिई डिजिटल तराजुमा नापतौल गर्दा प्लाष्टिक सहित १३ ग्राम ६४० मिलिग्राम, प्लाष्टिक बाहेक ८ ग्राम, राम कुमार गौतमको साथमा
नेपाली रु.२८ हजार समेत फेला परि नियन्त्रणमा लिई इ.प्र.का.दमकमा ल्याई राखिएको।
चितवन, भरतपुर
म.न.पा.११ गाईखर्क चोक स्थितमा अ.प्र.पोष्ट भोजाडबाट प्र.स.नि.को कमाण्डमा खटी
गएको टोलीले बा.प्र.०३-००१ह २३४० नं.को अटोलाई शंका लागी चेकजाँच गर्दा अटोभित्र
झोलामा ट्रामाडोल २०५८ क्याप्सुल र प्रोमेथ ३३ क्याप्सुल फेला पारी ला.औ.सहित अटो
चालक जि.चितवन कालिका न.पा.३ बस्ने वर्ष २२ को प्रताप बि.क. र सोही अटोमा सवार
ऐ.कालिका न.पा.३ बस्ने वर्ष २८ को होम बहादुर तामाङलाई अटो सहित नियन्त्रणमा लिई
थप अनुसन्धानको लागी जि.प्र.का.चितवन पठाईएको ।