मिति २०८२।०८।११ गते ०५:०० बजे देखि ऐ ०८।१२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-१२
- A
- A-
- A+
कैदी मृत्यु,
मोरङ, मिति २०८१।०४।२९ गते देखि
जिल्ला कारागार मोरङमा रहेको (छुट्ने मिति २०८६।०४।२९ गते)जंगली हात्ती मारेको
मुद्दामा ५ वर्ष कैद सजाय भुक्तान गरि रहेका कैदी जिल्ला मोरङ बेलवारी न.पा.३
बस्ने वर्ष ४८ को तेज बहादुर राईलाई श्वाप्रस्वास सम्बन्धि समस्या भई मिति
२०८२।०८।१० गते देखि नोवेल अस्पताल विराटनगरमा उपचार भईरहकोमा उपचारको क्रममा मिति
२०८२।०८।११ गते २३:२० बजे निजको मृत्यु भएको, शव सोही
अस्पतालमा रहेको, आफन्तलाई जानकारी भइसकेको ।
पक्राउ नियन्त्रण,
काठमाडौं, मिति २०८२।०५।२४ गते
अ.१९:०० बजे Gen-Z समुहले घोषणा गरेको आन्दोलनको नामको सो
आन्दोनलको आडमा तत्काल नामथर, वतन नखुलेका केही मानिसहरुको
समुहले चन्द्रागिरि नगरपालिका वडा नं.१२ बलम्बु स्थित रहेको प्रहरी प्रभाग बलम्बु
काठमाडौँको कार्यालय भवन तोडफोड तथा सवारी
साधनमा आगजनी गरी क्षति पुर्याएको घटनाको अनुसन्धा गर्दै जाँदा भिडियो तथा
फोटोहरुको आधारमा मानिस एकिन गरी प्रहरी
प्रभाग बलम्बुको कार्यालय भवनमा ढुङ्गामुडा गरी कार्याय भवन तोडफोड गरी क्षति पुर्याको
जि. दोलखा भिमेश्वर न.पा. ३ घर भई घर भई
चन्द्रागिरि न.पा.१२ बलम्बु डेरा गरी बस्ने वर्ष २४ को निखिल कुसुलेलाई प्रभाग
बलम्बुबाट खटिएको प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले ऐ.०८।११ गते अ.१९:५०
बजे चन्द्रागिरि न.पा. १२ गुर्जुधारा स्थित लुकिछिपि बसिरहेको अवस्थामा फेलापारी
पक्राउ थप अनुसन्धानको लागि प्रहरी वृत्त थानकोट पठाएको ।
शिशु मृत फेला,
पर्सा, मिति २०८२।०८।१० गते
२३:३० बजे वीरगंज म.न.पा.८ पानीटंकी स्थित प्रभु हस्पिटलमा जि.बारा कलैया
उ.म.न.पा.२३ बस्ने सोनालाल पटेलको छोरी वर्ष २० की (अबिवाहित) प्रिती पटेलको अचानक
पेट दुखी भर्ना भई उपचारको क्रममा ऐ.११ गते बिहान ०४:०० बजे निज प्रिती पटेल सोही
अस्पतालको बाथरुममा गई फर्किने बेलामा रातो रङको प्लास्टिक भित्र नवजात शिशु (
छोरा) को शव ल्याई आफु उपचारार्थ रहेको बेड नं.१२४ नजिक रहेको बेड लकर भित्र
राखेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.बसपार्कबाट प्र.व.ना.नि. र
व.प्र.का.श्रीपुरबाट प्र.नि.को कमाण्डमा टोली खटी गई नवजात शिशुको शव नारायणी
अस्पतालमा पठाईएको,निज प्रिती पटेल सोही हस्पिटलमा
रहेको ।
हातहतियार बरामद,
काठमाडौं, नागार्जुन न.पा.६
रामकोट सिभिल होम नजिक अर्जुन बहादुर थापाको २.५ तले घरको भुई तलाको सटरमा टेलर
सञ्चालन गरी बस्ने जि.तनहुँ भानु न.पा.९
घर भएका वर्ष ४१ को मनोज कुमार सुन्दासको
कोठामा लुकाई छिपाई हातहतियार राखेको भन्ने गोप्य सुचनाको आधारमा सादा पोशाकको
प्र.क.र प्रहरी प्रभाग फस्कुबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई चेकजाँच गर्दा S/N
55009770 T-54 Nepal police लेखिएको पेस्तोल थान-१, ऐ पेस्तोलको 1093 लेखिएको
म्याग्जिन थान-१ र ३११२४ लेखिएको गोली ८
राउण्ड सहित निजलाई नियन्त्रणमा लिई
आ.अ.भईरहेको ।
काठमाडौं, का.म.न.पा.२१
लगन स्थित भारत देश बिहार घर भई हाल का.म.न.पा.२१ लगन बस्ने अं.वर्ष १६ को रोशन
कुमार पोदारको डेराकोठामा विशेष सुचनाको आधारमा वृत्त जनसेवाबाट प्र.नि.को
कमाण्डमा खटिएको टोलीले खानतलासी गर्ने क्रममा लुकाई छिपाई राखेको अवस्थामा खाली
रिभल्वर थान १ रितपुर्वक बरामदी गरी निजलाई समेत नियन्त्रणमा लिई अनुसन्धान
भइरहेको ।
ला.औ.,
सुनसरी, ईनरुवा न.पा.७
चाँदबेला स्थित सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पि. साहेबगञ्जबाट स.प्र.नि.को मोबाईल
गस्ती टोलीले चाँदबेलाबाट दक्षिण तर्फ जाँदै गरेको बा.१५च २१७३ नं.को स्कारपियोलाई
शंका लागि रोक्ने क्रममा उक्त गाडीलाई स्कट गरी ल्याउँदै गरेको को. २७ प ८३३१
नं.को २२० सि.सि.को पल्सर मो.सा.सडकमै छाडी मो.सा.चालक फरार भएको र उक्त स्कारपियो
चालक ऐ.बस्ने वर्ष २० को आदित्य चौधरी समेतलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त
स्कारपियोको पछाडि डिकी भित्र लुकाई छिपाई राखेको ला.औ.गाँजा जस्तो देखिने पदार्थ
१५३ के.जि फेला पारी नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई अनुसन्धान भई रहेको ।
बारा, विश्रामपुर गा.पा.१ खेखरिया
स्थित भारतबाट नेपाल तर्फ आउँदै गरेको BR 05 AN 3532 नं.को मो.सा.लाई इ.प्र.का.छतवाबाट प्र.व.ना.नि.को कमाण्डमा खटिएको
टोलीले उक्त मो.सा.रोकी शंका लागि चेकजाँच गर्दा मो.सा.पछाडि दुध बोक्नको लागि
फलामको साँचो मुनी जुटको बोरामा लुकाई छिपाई गरी ल्याउँदै गरेको १९ वटा प्याकेटमा
सेतो प्लाष्टिकमा लागु औषध (कोकिन जस्तो देखिने सेतो पदार्थ) प्लाष्टिक सहित २१
ग्राम ६५० मिलिग्राम सहित मो.सा.र
मो.सा.चालक देश भारत पुर्वि चम्पारण बिहार नायकटोल बस्ने अं.वर्ष ३५ को लाल
बाबु साहलाई नियन्त्रणमा लिई आ.अ.को लागि इ.प्र.का.प्रसौनी पठाएको ।
कैलाली, लागु औषध ब्युरो शाखा
धनगढीबाट प्र.स.नि.को कमाण्डमा, अ.प्र.पोष्ट अम्बिकाटोल र
व.प्र.का.धनगढीबाट प्र.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले ऐ.धनगढी
उ.म.न.पा.११ बेला बस्ने वर्ष अं.२८ को अर्जुन चौधरीको साथबाट ७ ग्राम ९२०
मिलिग्राम र ऐ.ऐ.बस्ने वर्ष ३२ को आशाराम चौधरीको साथबाट ६६० मिलिग्राम गरी निज
दुबैको साथबाट जम्मा ८ ग्राम ५८० मिलिग्राम ला.औ.खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ
बरामद गरी उक्त पदार्थ सहित निजहरु दुवै जनालाई नियन्त्रणमा लिई
जि.प्र.का.कैलालीमा राखिएको ।