मिति २०८२।०८।१२ गते ०५:०० बजे देखि ऐ ०८।१३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-१३
- A
- A-
- A+
कर्तव्य ज्यान,
बारा, प्रसौनी गा.पा.६
भलुही चोक स्थितमा रहेको KIRAN
BEVERAGE NEPAL PVT.LTD.(पानी फ्याक्ट्री) को म्यानेजर जि.सर्लाही
धनकौल गा.पा.१ बस्ने अं.वर्ष ४२ को राम किशोर सिंह पानी फ्याक्ट्री भन्दा अं.२५
मि.उत्तर तर्फ रहेको नालीमा मृत अवस्थामा फेला परेको भन्ने खबर ऐ. ९८५५०४५५१८
नं.बाट प्राप्त हुनासाथ इ.प्र.का.प्रसौनीबाट प्र.नि. र जि.प्र.का.बाराबाट प्र.उ.को
कमाण्डमा टोली खटी गई प्रारम्भिक अनुसन्धान कार्य पुरा गरी शव पो.मा.को लागि
प्रादेशिक अस्पताल कलैया पठाएको ।
ज.ज.क./बालयौन दुर्व्यवहार,
अर्धखाँची, शितगंगा
न.पा.१४ सुखौरा बस्ने बर्ष ५० को परिवर्तीत नाम ४८(A)ठाडाले आफ्नो सौतेलो
छोरी फरक क्षमता भएकी(बोल्न नसक्ने) बर्ष १३ की परिवर्तीत नाम ४८(A1)ठाडालाई आफ्नै घरको कोठामा ज.ज.क.गरेको भन्ने बालिकाको आमा ४८(A2)ठाडा मार्फत प्र.चौ.सिमलपानी अर्घाखाँचीमा ऐ.१२ गते बिहान १२:०० बजे
जानकारी प्राप्त हुनसाथ प्र.ह.को कमाण्डमा २ जना तथा तालुक इ.प्र.का.ठाडा
अर्घाखाँचीबाट प्र.नि.को कमाण्डमा ५ जनाको टोली खटीई गई निज परिवर्तीत नाम ४८(A)ठाडालाई नियन्त्रणमा लिई पीडित तथा प्रतिवादी समेतलाई जिल्ला अस्पताल
अर्घाखाँचीबाट स्वास्थ्य परीक्षण गरी निज प्रतिवादीलाई अनुसन्धानको लागी
इ.प्र.का.ठाडाको प्रहरी हिरासतमा राखीएको तथा पिडीतलाई आमाको जिम्मा लगाएको
दाङ, मिति २०८२।०८।११ गते
अं.१७:३० बजे घोराही उ.म.न.पा.१० सिस्वानी बस्ने वर्ष ५ की बालिकालाई ऐ. बस्ने
वर्ष २१ को राजु बि.क.ले पिडितको आमा घरमा नभई पिडित मात्र घरमा भएको अवस्थामा
निजले करणी गर्ने आशयले निज पिडितलाई आफ्नो घरमा लिई गई निज पिडितको शरीरको गाला
लगायतको भागमा समाई गालामा हनी बालयौन दुरुपयोग गरेको भनी जानकारी गराए पश्चात
उक्त स्थानमा इ.प्र.का.नारायणुर दाङबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई निज
पिडकलाई पक्राउ गरी जि.प्र.का.दाङमा ल्याई राखिएको, उक्त घटना सम्बन्धमा
मिति २०८२।०८।१२ गते पिडितको आमाले जि.प्र.का.दाङमा आई बालयौन दुरुपयोग कसुरमा किटानी
जाहेरी दरखास्त दिएपछी प्रतिवादीलाई जिल्ला सरकारी वकील कार्यालय मार्फत दाङ
जिल्ला अदालतमा उपस्थित गराई ऐ.११ गते देखि लागु हुने गरी पहिलो पटक दिन ७ को
म्यादथप अनुमती प्रदान भई जि.प्र.का.दाङको हिरासतमा राखी थप अनुसन्धान कार्य
भईरहेको, निजहरुको स्वास्थ्य परीक्षण लगायतको कार्य बाकी
रहेकोले पिडितलाई घोराही स्थित रहेको सेफ हाउसमा राखिएको ।
जनावार आक्रमण,
बर्दीया, बारबर्दिया न.पा.११
विजयनगर बस्ने वर्ष अ.५९ की गोपी थारु,ऐ.ऐ.बस्ने वर्ष २८ कि ईन्दिरा
थारु र ऐ.ऐ.बस्ने बर्ष २९ कि मनिषा दहित ऐ.बारबर्दिया न.पा.११ स्थितमा रहेको काला
बेलभार सामुदायिक वनमा गाईवस्तुको लागि स्याउला लिन जाने क्रममा गोपी थारुलाई
एक्कासी जङ्गली जनावर चितुवाले आक्रमण गरी घटना स्थलबाट अ.६०।७० मिटर दक्षिण तर्फ
मृत अवस्थामा रहेको र ईन्दिरा थारु र मनिषा दहितले चितुवालाई देखि भाग्ने क्रममा २
जना लडी घाईते भई उपचारको लागि नगर अस्पतला जयनगर पठाईएको,ईन्दिरा
थारुको बायाँ हातमा चोट अवस्था सामान्य,मनिषा दहितको बाहिरी
चोट नभएको,अवस्था सामान्य,लाश
घटनास्थलमै रहेको भनि स्थानियले खबर गर्नासाथ उक्त स्थान प्र.चौ.कतर्निया
बर्दियाबाट प्र.स.नि.(९८४३९०६५५२) को कमाण्डमा २ जनाको टोली र इ.प्र.का.मोतीपुरबाट
प्र.नि. (९८५८०९०५३७) को कमाण्डमा SOCO सहित ७ जनाको टोली
खटिगएको र जि.बन डिभिजन कार्यालय बर्दिया बन अधिकृत पर्शुराम चौधरी (९८५८४८१०४७)
को टोली रहेकोथप अपडेट ;- ऐ.१६;१० बजे
घटनास्थलको प्रारम्भिक कार्य पुरा गरि लाश पो.मा.को लागि बर्दिया अस्पताल गुलरिया
तर्फ पठाएको र दुबै जना घाइतेहरु ऐ.१६;२५ बजे सामान्य उपचार
पश्चात डिस्चार्ज भएको।
श्रोत नखुलेको रकम सहित मानिस नियन्त्रणमा,
पर्सा, वीरगंज म.न.पा.१६
रजतजयन्ती चोकमा गोप्य सुचनाको आधारमा व.प्र.का.बिर्ताबाट प्र.स.नि.र अ.प्र.पोष्ट
घण्टाघरबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपाल तर्फ
आउँदै गरेको म.प्रदेश.०३-०२५ प ९८०७ नं.को मो.सा.को बाँया पट्टिको साईट पल्ला (एयर
फिल्टर नजिकको टुल बक्स) मा लुकाई छिपाई स्रोत नखुलेको ने.रू.१०,००,०००।- (रू.१००० को ७०० वटा र रू.५०० को ६०० वटा नोट) सहित मो.सा.चालक देश
भारत बिहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण रक्सौल परेउवा १ एयरपोर्ट रोड
बस्ने अं.वर्ष ५३ को सुरेन्द्र साहलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि
जि.प्र.का.पर्सामा बुझाएको।
मानिस मृत फेला,
बाँके बैजनाथ गा.पा.२
पितमारी बस्ने बर्ष १९ को नारायण परियारले इ.प्र.का.कोहलुर बाँकेमा आई मिति
२०८२।०८।०९ गते बेलुकाको समयमा जिल्ला बाँके खजुरा गा.पा. ६ बस्ने बर्ष अं. २२ की
देवी क्षेत्री र म नारायण परियार जि.बाँके बैजनाथ गा.पा. १ सल्यानि टोल स्थित
रहेको मिनि गाभर घर नं. ८ होमस्टेको कोठा नं. ३ मा बसेकोमा मिति २०८२।०८।१० गते
अं.०३:०० बजेको समयमा निज देवी क्षेत्री अचेत भइ मृत अवस्थामा रहेको देखी निजको
मृत लास बोकी निज नारायण परियारले होमस्टे देखि अं. ७०० मिटर उत्तर तर्फ रहेको
देउराली हरियाली सामुदायिक बनको खोल्सामा राखी माथिबाट बोरा, सिसिका
बोतल र अन्य झारपात समेतले छोपी राखेको अवस्थामा लास छ भनी जानकारी गराए पश्चात
उक्त स्थानमा इ.प्र.का.कोहलपुर बाँके बाट प्र.नि.को कमाण्डमा SOCO सहित ७ जनाको टोली र इ.प्र.का.चिसापानीबाट प्र.नि.को कमाण्डमा ७ जनाको
टोली सो स्थानमा गइ हेर्दा लास फेला पारी घटनास्थल लगायतको कार्य पुरा गरी लास
पो.मा को लागी भेरी अस्पताल नेपालगंज बाँकेमा पठाइएको ,घटनामा
संलग्न नारायण परियारलाइ नियन्त्रणमा लिइ इ.प्र.का कोहलपुरमा राखि थप अनुसन्धान
कार्य भइरहेको ।
हातहतियार बरामद,
का.म.न.पा.१३ सोल्टीमोड स्थित जि.मकवानपुर मनहरि गा.पा.५
घर भई हाल का.जि.सोल्टिमोड बस्ने बर्ष ३० को सन्तोष गुरुङले हतियार राखेको भन्ने
सुचनाको आधारमा प्र.नि.को कमाण्डमा उक्त स्थानमा खटि गई सोधपुछ गर्दा निजले
सोल्टीमोड रेडक्रस मार्ग नजिक रहेको खाली जग्गाको झाडीमा प्लास्टिक भित्र राखि
लुकाई राखेको अवस्थामा काठको बिड भएको रिभल्बर थान १ फेला पारी निजलाई हतियार सहित
आवश्यक सोधपुछको लागि नियन्त्रणमा लिई राखिएको,