मिति २०८२।०८।१३ गते ०५:०० बजे देखि ऐ ०८।१४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-१४
- A
- A-
- A+
ज.ज.क.,
उद्योग बाल यौन दुर्व्यवहार,
कास्की, पोखरा म.न.पा.१४
परिवर्तन टोल बस्ने वर्ष ८ की बालिकालाई आफ्नै घर अगाडी खेलीरहेको अवस्थामा ऐ. १४
बिकास टोल बस्ने वर्ष ६८ को तिर्थ बहादुर थापाले बाल यौन दुर्व्यवहार गरेको भन्ने
सूचना प्राप्त हुनसाथ अ.प्र.पोष्ट औद्योगिक क्षेत्रबाट प्र.ह.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई
जि.प्र.का.मा ल्याई आ.अ.भईरहेको ।
बर्दिया, परिवर्तित नाम ठेगाना
वर्ष १९ की (अविवाहित) लाई निजकै घरको भान्सा कोठाभित्र कोहि नभएको अवस्थामा
जि.बर्दिया गुलरिया न.पा.१ छेदापुर बस्ने अं.वर्ष ५० को जुगुल किशोर गोडियाले
ज.ज.क.गरी रहेको अवस्थामा पिडितको अभिभावकले फेलापारी ऐ.१८:३० बजे प्र.चौ.जमुनी
बर्दियामा ल्याई दुबै जनालाई बुझाएको, दुबै जनालाई स्वास्थ्य
परिक्षणको लागि बर्दिया अस्पताल गुलरिया पठाईएकोमा ऐ.१४ गते दुबै जनाको स्वास्थ्य
परिक्षण गरी पीडकलाई इ.प्र.का. मैनापोखर बर्दियामा राखिएको र पीडितलाई अभिभावको
जिम्मा लगाई छाडिएको ।
कैदी बन्दी मृत्यु,
मोरङ,मिति २०८२।०४।३० गते
देखि जिल्ला कारागार मोरङमा रहेको ला.औ.मुद्दाको बन्दि जिल्ला मोरङ उर्लाबारी
न.पा.१ बस्ने बर्ष ३७ को टंक बहादुर दर्जी
पेट सुन्निएको र सास फेर्न गाह्रो हुने समस्या भई मिति २०८२।०८।०७ गतेदेखि कोशी
अस्पताल विराटनगरमा उपचार भई रहेकोमा ऐ.१३ गते १३:४७ बजे उपचारको क्रममा निजको
मृत्यु भएको,उपचारमा निजको आफन्त संलग्न रहेको, शव सोहि
अस्पतालमा रहेको ।
जुवातास,
ललितपुर, गोदावरी न.पा.०४ बडिखेल
स्थित तपेश्वर होटलमा जुवातास खेलाई रहेको भनि भिक्टोर कन्ट्रोलबाट खबर प्राप्त
हुनासाथ प्र.प्रभाग बाडेगाउँबाट प्र.नि. र प्र.वृत सातदोबाटोबाट प्र.ना.उ. को कमाण्डमा
टोली खटी गई खानतलासी गर्दा जि.नुवाकोट घर भई जि.काठमाण्डौ नेपालटार बस्ने वर्ष ४७
की शारदा बस्नेत र जि.नुवाकोट घर भई जि.काठमाण्डौ नेपालटार बस्ने वर्ष ५९ को
खिलप्रसाद ढकाल लगायत १३ जना पुरुष गरी जम्मा १४ जना, ४ बुक
तास र नगद रु.४ लाख ४ हजार ७ सय २५ बरामद गरी मुचुल्का कार्य सम्पन्न पश्चात निज
व्यक्तिहरुलाई ललितपुर म.न.पा.५ लगनखेल स्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा
मेडिकल गराई जि.प्रहरी परिसर ललितपुरमा ल्याई राखेको ।
चितवन,
रत्ननगर न.पा. १३ लाल चोक स्थित ऐ.कालिका न.पा.६ बस्ने वर्ष
अ.६० को ठाकुर प्रसाद भट्टको घरमा जुवा तास खेलिरहेको छ भन्ने सुचना प्राप्त
हुनासाथ प्रहरी बिट जिरौना बाट खटिएको प्र.ब.ह.को टोली खटी गई जि.चितवन कालिका न.पा. ६ बस्ने वर्ष अ.६० को
ठाकुर प्रसाद भट्ट (घरबेटी) लगायत ८ जनालाई नगद रु. ७१ हजार २ सय १० सहित
नियन्त्रणमा लिई थप अनुसन्धानको लागी इ.प्र.का टाँडी पठाइएको ।
ला.औ.,
पर्सा, जिराभवानी गा.पा.०५
शंकर सरैया टोल स्थितमा ई.प्र.का.पटेर्वा सुगौलीबाट प्र.नि. प्रकाश थापा र
अ.प्र.पोष्ट शंकर सरैयाबाट प्र.स.नि.बिकाउ साहको संयुक्त प्रहरी गस्ती टोलीले पैदल
यात्री देश भारत बिहार राज्य जिल्ला बेतिया मुसहरी टोल बस्ने अं.बर्ष ६५ को गामा
बिन लाई बासघारी हुदैँ शंकर सरैया तर्फ जादै गरको अवस्थामा संका लागी रोकी चेकजाँच
गर्दा निजले पिठ्युमा प्लास्टिकको बोरामा बोकी ल्याएको अं.३० किलो लागुऔषध गाँजा
फेला परेको हुंदा ला.औ.गाँजा र मानिस सहित नियन्त्रणमा लिई आवश्यक कारवाहिको लागी
ई.प्र.का.पटेर्वा सुगौली पर्सामा ल्याई राखेको ।