मिति २०८२।०८।१४ गते ०५:०० बजे देखि ऐ ०८।१५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-१५
- A
- A-
- A+
ज.ज.क./उद्योग बाल यौन दुर्व्यवहार,
कपिलवस्तु, कपिलवस्तु न.पा.६
तिलौराकोट गेट स्थित ऐ.ऐ.न.पा.३ सिकटहवा बस्ने बर्ष १७ की बालिका भिनाजु नाता
पर्ने सन्तोस यादव सँग घुम्न गएकोमा ऐ.ऐ.न.पा.३ शिवगढ टोल बस्ने बर्ष अं.२०
को राहुल मल्लाहले विभिन्न आरोप तथा डर
त्रास देखाइ निज पिडितको भिनाजुलाई भगाई पिडितलाई एक्लै बनाइ विभिन्न धाकधम्की
देखाइ ज.ज.क.गरेको भन्ने ऐ.१६:३० बजे व.प्र.का.तौलिहवामा खबर प्राप्त हुनासाथ
व.प्र.का.तौलिहवाबाट प्र.ना.नि.को कमाण्डमा र जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा
टोली खटी गई पिडकलाई खो.त. गर्ने क्रममा सोही स्थानमा रहेको झाडीमा फेला पारी
नियन्त्रणमा लिएको,
न.प.पश्चिम, बर्दघाट
न.पा.१ स्थित माकर बस्ने वर्ष अं. १९ को रोजीन सुनारले पटक पटक गरी अन्तिम पटक पिडित
वर्ष १६ की बालिकालाई फकाई बिवाह गर्छु भनि विभिन्न प्रलोभन देखाई कोही नभएको
बेलामा आफ्नो घरको कोठामा लगी ज.ज.क.गरेको भनि निज बालिकाको आफन्तले इ.प्र.का.
बर्दघाटमा लिखित जाहेरी दिई उक्त स्थानमा
प्र.नि. को कमाण्डमा टोली खटी गई निज रोजीन सुनारलाई खो.त.गर्ने क्रममा
ऐ.बर्दघाट न.पा.४ त्रिवेणी चोक स्थितबाट नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको, दुवै
जनालाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल परासी लगेको भनि ऐ. २१:३५ बजे खबर
प्राप्त भएको ।
सुर्खेत, जि.जुम्ला चन्दननाथ
न.पा. ४ सिहाचौर बस्ने वर्ष २४ को तेजेन्द्र सुनारले जि.दैलेख महावु गा.पा.१ घर भई
हाल वीरेन्द्रनगर न.पा.६ बस्ने वर्ष ३१ की महिला लाई निजकै कोठा भित्र ज.ज.क गरेको
भनी निज पिडितले ऐ.१६:०० बजे जि.प्र.का.मा लिखित जाहेरी दिए पश्चात उक्त
स्थान प्र.नि. को कमाण्डमा टोली खटी गएको
र उक्त व्यक्ति फरार रहेको खो.त.भईरहेको ।
जनावर आक्रमण,
खोटाङ, साकेला
गा.पा. १ डाँडा गाँउ बस्ने दाजु वर्ष ४२ को लन कुमार राई र आफ्नै भाई वर्ष ३२ को
सजेन्द्र राईले आफ्नै हल गोरु जुधिरहेको अबस्थामा गोरु छुटाउने क्रममा भाई
सजेन्द्र राई घाईते भई उपचारको लागि धरान घोपा लगेकोमा निज घाईतेको बाटोमानै
मृत्यु भएकोले मृतक शब आफ्नै घरमा ल्याई राखेको भनि ऐ.०८।१५ गते ००:०० बजे प्र.चौ.
रतन्छामा जानकारी गराउन साथ प्र.ह. टोली खटी गई शव सुरक्षित राखेको ,थप
अनुसन्धान तथा कानुनी प्रकृयाको जि.प्र.का.बाट प्र.नि. सहितको टोली खटी जाने ।
कुटपिट/ झै-झगडा,
सर्लाही, रामनगर गा.पा.७ सिसौट
टोल बस्ने वर्ष ४५ को बिरेन्द्र दास र ऐ.बस्ने वर्ष ४० को रविन्द्र साह बीच बाटोको
बिषयलाई लिई बाद बिबाद भई झै-झगडा तथा कुटपिट भएको भन्ने खबर प्राप्त हुनासाथ
इ.प्र.का.गडहियाबाट प्र.नि. र प्र.चौ.सिसौटबाट प्रहरी टोली खटी गई बुझ्दा बिरेन्द्र
दास पक्षको १० जना र रविन्द्र साह पक्षको ४ जना घाईते भई घाईतेहरुलाई प्रादेशिक
अस्पताल मलंगवा सर्लाही पठाएकोमा ऐ.१३:४० बजे बिरेन्द्र दास र निजको छोरा पारस दास
दुबै जनालाई उपचार पश्चात नियन्त्रणमा लिई जि.प्र.का.मा राखिएको, ऐ.१३:४५ बजे रविन्द्र साह प्रादेशिक अस्पतालबाट रिफर भई थप उपचारको लागि
वीरगंज तर्फ लगिएको, ऐ. १६:०० बजे विरेन्द्र दास पक्षको ३
जना घाइते थप उपचारको लागि जनकपुर तर्फ रिफर भएको, घाईते
मध्ये १ जनाको अवस्था गम्भीर, अन्य सामान्य ।
हा.ह.बरामद,
पाल्पा, तानसेन
न.पा.१३ केरवादी बस्ने वर्ष ६४ को शालिकराम रेश्मीले आफ्नो घरमा इजाजत पत्र बिना
अवैध रुपले भरुवा बन्दुक लुकाई छिपाई राखेको भनी गोप्य सूचना प्राप्त हुनासाथ
जि.प्र.का.बाट प्र.नि.को कमाण्डमा टोली खटी गई खानतलासी गर्दा निजले आफ्नो घर
कोठामा लुकाई छिपाई राखेको अवस्थामा ४ फिट ७ इन्च लम्बाई भएको काठ तथा फलामले
बनेको सिलिङ सहितको एक नाले अवैध भरुवा बन्दुक थान-१ फेला पारी शालिकराम रेश्मीलाई
नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याइ राखिएको,उक्त स्थान जि.प्र.का.बाट
अं.२२ कि.मि.उत्तर पश्चिम पर्ने ।
ला.औ.,
काठमाडौं, का.म.न.पा.१४ कलंकी
स्थित बाफल जाने सडक खण्डमा ला.औ.बिक्रि वितरण गरिरहेको भन्ने बिशेष सुचनाको आधारमा वृत्त कालिमाटीबाट
प्र.नि., सेफ्टिपिन, सादा पोशाक र PCCB
कालिमाटीको संयुक्त टोली खटी गई एकिन गर्दा जि.सिन्धुलि मरिन
गा.पा.७ घर भई हाल का.जि.का.म.न.पा.११
बस्ने वर्ष २६ को युवराज लाखेले ला.औ.बिक्रिबितरण गरिरहेको अवस्थामा
नियन्त्रणमा लिई चेकजाँच गर्दा निजको साथबाट ब्राउन सुगर जस्तो देखिने पद्दार्थ
प्लाष्टिक सहितको तौल अं. ७.४१ ग्राम र डिजिटल तराजु थान १ र नगद रू.५६,६०० (अक्षरुपी छपन्न हजार छ सय मात्र)
फेला पारी बरामदी मुचुल्का गरी वृत्त कालिमाटीमा ल्याई राखिएको, उक्त स्थान वृत्त कालिमाटीबाट अं.२.५ कि.मि.पश्चिम पर्ने ।
बारा, पचरौता न.पा.
३ भठी बैरीया स्कुल स्थित प्र.चौ.श्रीनगर बैरीयाबाट प्र.स.नि.र
इ.प्र.का.सिम्रौनगढबाट प्र.स.ह. संयुक्त रुपमा खटीएको गस्ती टोली लाई देखी भारतवाट
मो.सा. अं. ४५९० पता,४५९०० पिस Tramadol Hydrochloride Capsules 50
mg ला.औ. बोरा लिई आउदै गर्दा प्रहरी टोलीलाई देखी उक्त ला.औ. फाली
मो.सा. लिई मानिस फरार भएको हुदाँ उक्त ला.औ. नियन्त्रणमा लिई आवश्यक कार्वाहीको
लागि इ.प्र.का. सिम्रौनगढमा ल्याईएको,मो.सा. र मानिसको खो.त. कार्य भई रहेको ।