मिति २०८२।०८।१५ गते ०५:०० बजे देखि ऐ ०८।१६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-१६
- A
- A-
- A+
ज.ज.क./उद्योग,
इलाम, मिति २०८२।०८।१३ गते
अं.२०.३० बजे देउमाई नं.पा.७ सिद्धिथुम्का स्थितमा ऐ.इलाम न.पा.११ डिटार बस्ने
वर्ष २१ की किशोरीलाई ऐ.देउमाई नं.पा.७ सिद्धिथुम्का वर्ष अं.३३ को, सुमन भन्ने वीर बहादुर जिम्बा तामाङले ज.ज.क.उ.गरेको भनी पीडितको आमाले
इ.प्र.का.मंगलबारेमा ऐ.१४ गते ऐ.१७:१० बजे जाहेरी दिनासाथ प्र.चौ.जितपुरबाट
प्र.स.ह.को कमाण्डमा प्रहरी टोली खटी गई पिडक बीर बहादुर जिम्बालाई नियन्त्रणमा
लिई ऐ.१५ गते सम्मानित जिल्ला अदालत इलामबाट ७ दिन म्याद लिई इ.प्र.का.मंगलवारेको
हिरासत कक्षमा राखी थप अनुसन्धान कार्य भइरहेको ।
हा.ह.बरामद,
सल्यान, वनगाड कुपिण्डे न.पा.१२
चौर स्थित नमुना सामुदायिक वनमा वेबारिसे अवस्थामा भरुवा बन्दुक रहेको भन्ने गोप्य
सुचनाको आधारमा प्र.चौ.वनगारबाट प्र.स.नि. र जि.प्र.का.बाट प्र.ह.को कमाण्डमा
खटिएको टोलीले वेबारिसे अवस्थामा ६ (छ) नाल साबुत भरुवा बन्दुक फेला पारी
प्र.चौ.बनगारमा ल्याएको ।
बर्दिया, मधुबन नगरपालिका ८
सानोश्री स्थित प्र.ना.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले जिल्ला बाग्लुङ
बाग्लुङ नगरपालिका वडा नं.१४ नारायणस्थान घर भई हाल जिल्ला बर्दिया गुलरिया
नगरपालिका ६ बिधुतटोल बस्ने वर्ष ३१ को तुल बहादुर के.सी.ले आफु घुमुवा प्रहरी हुँ
भनी अफवाह फैलाउँदै हिडिरहेको भन्ने गोप्य सुचनाको आधारमा निज तुल बहादुर
के.सी.लाई पक्राउ गरी आवश्यक कारवाहिको लागि जि.प्र.का.बर्दिया पठाएकोमा निजको
शरिर खानतलासी गर्दा निजले भिरेको ब्याग भित्र KF 727 लेखेको
हातहतियारमा लाग्ने बुलेट गोली थान १ लुकाई छिपाई राखेको अवस्थामा फेला पारी बरामद
गरी मिति २०८२।०८।१५ गते म्याद थप गरी हिरासत कक्षमा राखि अनुसन्धान कार्य भइरहेको
।
धारिलो हतियार प्रहार,
सुनसरी, धरान उ.म.न.पा.५
याकथुङ स्थित प्र १-०२-००२ ह ३७२५ नं.को सिटी चालक जि.भोजपुर पौवादुम्बा गा.पा.६
घर भई हाल धरान उ.म.न.पा.१५ संगम चौकमा डेरा गरी बस्ने वर्ष ३० को अभिषेक राईलाई
ऐ.५ बस्ने वर्ष २७ को सुरेन देवान लगायत २ जना तत्काल नाम थर वतन नखुलेको
मानिसहरुले धारिलो हतियार खुकुरीले प्रहार गरी घाईते बनाई फरार भएको,घाइतेलाई उपचारको लागि वी.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान
घोपामा पठाएको, खो.त.भईरहेको,
घाईतेको टाउको पछाडि र दुवै हातको हत्केलामा काटिएको, अवस्था गम्भीर ।
ला.औ.,
पर्सा, पर्टवा सुगौलि गा.पा.२
रंङगपुर टाडी टोल स्थित इ.प्र.का.पटेर्वा सुगौलीबाट प्र.नि.को कमाण्डमा खटिएको
टोलीले मनवाबाट रंङगपुरटाडी तर्फ आउँदै गरको अवस्थामा B AB 2398
नेपाली नं.को मारुती सुजुकी गाडी माथी संका लागि रोकी चेकजाँच गर्दा प्लाष्टिकको १०
ओटा बोरामा १०४ किलो ३२५ ग्राम लागुऔषध गाँजा जस्तो देखिने वस्तु सहित चालक
जि.मकवानपुर भिमफेदी गा.पा.८ धर्केमहाबिर टोल बस्ने वर्ष ३२ को भिम स्याङताङ र सो
गाडीमा सवार ऐ.मकवानपुरगडी गा.पा.१ आपटार टोल बस्ने वर्ष ३८ को कुमार स्याङताङलाई
नियन्त्रणमा लिई जि.प्र.का.पठाएको, ।
काठमाण्डौ, तारकेश्वर न.पा.११
शेषमती चोक नजिक पैदल हिडि रहेको अवस्थामा जि. नुवाकोट घर भई हाल तारकेश्वर न.पा.
०८ जरङ्खु बस्ने वर्ष अं.३९ को बेद बहादुर ढुङ्गानालाई शंका लागि चेकजाँच गर्ने
क्रममा निजको साथबाट लागु औषध Tramadol लेखिएको ३७ पत्ता( ३७००)
सहित निजलाई नियन्त्रणमा लिई प्रहरी वृत्त बालाजुमा राखिएको ।