मिति २०८२।०८।१६ गते ०५:०० बजे देखि ऐ ०८।१७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-१७
- A
- A-
- A+
ज.ज.क. बाल यौन दुर्व्यवहार,
सल्यान, मिति २०८२।०६।२६ गते
अं. २३:०० बजे वनगाड कुपिण्डे न.पा.१ आम्रा बस्ने अं.वर्ष ३४ को पुरुष व्यक्तिले
वर्ष १४ की आफ्नै छोरीलाई घरको कोठामा ज.ज.क.गरेको भनि ऐ.०८।१६ गते १२:०० बजे
पीडितको आमाले जि.प्र.का.सल्यानमा जाहेरी दिएको हुँदा इ.प्र.का. देवस्थलबाट
प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई आफ्नै घर वतनबाट नियन्त्रणमा लिएको।
प्र.क. सम्पर्क बिहिन,
डोल्पा, जि.कञ्चनपुर
कृष्णपुर न.पा.८ बस्ने पदम शाहको नाती मिन बहादुर शाहको छोरा प्र.चौ.माझगाउँ
डोल्पा दरबन्दी भई जि.प्र.का.डोल्पामा कार्यरत (क.को.नं. ३९२१४६, संकेत
नं.C-०००१४५८७) को प्र.ह.गणेश बिक्रम शाह (सम्पर्क
नं.९८४९५५६७५४ वा ९८१५६८२३७४, आमाको सम्पर्क नं. ९७४८८७३५४९)
ऐ.०८।१५ गते १८:०० बजे देखी २२:०० बजेसम्मको मोबाईल-१ डिउटी खटाईएकोमा आफुलाई
खटाईएको डिउटी नगरी कोही कसैलाई नसोधी आफु खुसी लाईन ब्यारेक छाडी हिंडेकोमा ऐ.१६
गते २०:४५ बजेसम्म पनि का.तथा मातहत कार्यालय र घर परिवारको सम्पर्कमा समेत
नरहेकोले कार्यालय तथा मातहत समेतबाट
प्रहरी परिचालन भई खो.त.भईरहेको ।
कुटपिट,
जाजरकोट, भेरी न.पा.६
भेरे बस्ने वर्ष १९ को हरी बहादुर बि.क. ऐ.बस्ने चन्द्र बहादुर पुनको घरमा विवाहमा
गएकोमा ऐ.६ भेरे धनारी देखी पैरेनि टोल जाने बाटोबाट अं.१०० मि. तल कुटपिट भई
घाईते अवस्थामा फेला पारी निजको आफन्तले ऐ.१८:४५ बजे नेपालगंज नर्सिङ् होम बाँकेमा
लगि उपचार भईरहेको भनि घाईतेको बुवाले जानकारी गराएको भनि ऐ.अस्पतालमा कार्यरत
प्र.स.ह.ले जि.प्र.का.जाजरकोटमा जानकारी गराएको, गम्भीर रहेको, इ.प्र.का.जगतीपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने
मानिसहरुको खो.त.भईरहेको,
हा.ह.बरामद,
रुकुम पूर्व, जि.प्र.का.बाट
प्र.स.ह.र अ.प्र.प्रो.खोपिचारबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त गस्ती
टोलीले गस्ती गर्दै जाने क्रममा ऐ.१६:४० बजे ऐ. सिस्ने गा.पा.६ द्धारेखोला स्थितमा
लुकाई-छिपाई राखेको अवस्थामा वेवारिसे भरुवा बन्दुक नाल २ (दुई) बेसावुत र भरूवा
बन्दुक बनाउन प्रयोग हुने नाल १ फेला पारी रितपुर्बक बरामदी मुचुल्का गरी
जि.प्र.का.मा ल्याई राखिएको,
प्युठान, प्युठान सरुमारानी
गा.पा.६ पाङकोट बस्ने बर्ष अ.४२ को मान बहादुर बुढाले ऐ.बस्ने बर्ष अं. ३५ की लिलि
पुनलाई एक्कासी हातपात गरेको भनि जानकारी गराए पश्चात उक्त स्थानमा प्र.चौ. बडडाडा
प्युठान बाट प्र.स.नि.को कमाण्डमा २ जनाको टोली खटि गई निजलाई नियन्त्रणमा लीई
चेकजाँच गर्दा निजको साथबाट अबैध थान १ नाल भरुवा बन्दुक, निजको
घरमा अर्को पनी रहेको भन्ने जानकारी पश्चात उक्त टोली गई थान १ नाल भरुवा बन्दुक
गरी जम्मा थान २ नाल भरुवा बन्दुक सहीत निजलाई नियन्त्रणमा लीएको, थप अनुसन्धानको लागी इ.प्र.का.भिगृ प्युठानबाट प्र.नि.सुजन बाबु बिश्वकर्माको
कमाण्डमा ५ जना खटीएको
ला.औ.,
पर्सा, वीरगंज म.न.पा.१५ प्रतिमा चोक
स्थित जि.प्र.का.बाट प्र.स.ह.को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने
क्रममा पैदल यात्री ऐ.धोविनी गा.पा.५ धोविनी बस्ने वर्ष ४८ को संसुल मियाले बोकेको
कालो झोलामा चरेस जस्तो देखिने पदार्थ तौल गर्दा १० के.जी.१०० ग्राम फेला
पारेको उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जि.प्र.का.मा
ल्याई राखिएको,उक्त स्थान जि.प्र.का.बाट अं.२ कि.मि. उत्तर
पर्ने ।
सुनसरी, रामधुनी
न.पा.१ स्थित पश्चिम बस स्टेसनमा ऐ. कोशी गा.पा.५ बस्ने वर्ष ३६ को साहबुदिन आलम, ऐ.
ईटहरी उ.म.न.पा.१८ बस्ने वर्ष २० को मोहमद साबिर, ऐ. बस्ने वर्ष २४ को रहमत अली,
ऐ. बस्ने वर्ष २४ को मोहमद असलमले लागु औषध (खैरो हेरोईन) कारोवार
गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट
प्र.ना.नि.र इ.प्र.का.पकलीबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले
शंकास्पद अवस्थामा उभिई एक आपसमा कुराकानी गरिरहेको अवस्थामा फेला पारी निजहरुको
शरीर रितपूर्वक खानतलासी गर्दा मोहमद असलमले लगाएको जिन्स पाईन्टको गोजी भित्र
लुकाई छिपाई राखेको अवस्थामा सेतो रंगको प्लाष्टिकको पोका थान-१ फेला पारी गोजीबाट
निकाली खोली हेर्दा लागू औषध ( खैरो हिरोईन ) जस्तो देखिने लिसाईलो पदार्थलाई
डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक सहित १४९.३३० ग्राम र शुद्ध तौल १४१.४६० ग्राम
फेला पारी ४ जनालाई नै नियन्त्रणमा लिई इ.प्र.का.पकलीमा राखी आ.अ.भईरहेको, उक्त स्थान इ.प्र.का.पकलीबाट अं.२ कि.मि.पश्चिम पर्ने ।
मोरङ, धनपालथान गा.पा १
गडेरीया टोल पुर्ब ऐ.ऐ बस्ने बिनोद साहको धानबारीको बिचमा रहेको बाँसको झ्याँङमा२
वटा पछाडि भिर्ने कालो र निलो रंगको ब्याग बेबारीसे अवस्थामा राखेको छ भन्ने गोप्य
सुचनाको आधारमा प्रहरी चौकी गडेरीया मोरङबाट प्रसनि श्याम प्रसाद भट्टराई
(९८६४२२५३९९ )को कमाण्डमा प्रहरी टोलि खटि गई उक्त २ वटा ब्याग खोलि चेकजाँच गर्दा
ब्याग भित्रि Tramol-50 लेखिएको २९६८ पत्ता (२९,६८०)क्याप्सुल
प्रतिबन्धित औषधि फेला पारी प्रहरी चौकी गडेरीयामा ल्याई अनुसन्धान भईरहेको,
सुनसरी, इनरुवा न.पा.९ नहर
चोक स्थित इनरुवा जाल्पापुर भित्री सडक खण्डमा इनरुवाबाट जाल्पापुर तर्फ जाँदै
गरेको बा.३ च ५५८५ नं.को स्कारपियोलाइ शंका लागी जि.प्र.का.सुनसरीबाट QRT मो.सा.मा
प्र.ह.को कमाण्डमा खटी गएको टोलीले रोकी चेकजाँच गर्न खोज्दा नरोकी फरार भएकोमा
सम्बन्धित रुटमा पर्ने अ.प्र.पोष्ट साम्बला पोखरीचोकबाट खटी गएको प्र.स.नि.को कमाण्डमा
खटी गएको गस्ती टोलीले बाटो ब्लक गरी चेकजाँच गर्ने क्रममा ब्लक गरेको ठाउँ भन्दा
अं.१०० मि. पछाडी नै गाडी रोकी चालक फरार भएकोमा जि.प्र.का. सुनसरीबाट प्र.उ.को
कमाण्डमा टोली खटी गई चेकजाँच गर्दा उक्त गाडी भित्र प्लाष्टिकको बोरामा प्याक गरी
राखेको १६ बोरा प्रतिबन्धित ला.औ.गाँजा जस्तो देखिने पदार्थ फेला परेकोले कानुन
बमोजिम आवश्यक कानुनी प्रकृया पुरा गरी गाडी सहित बरामद गाँजा जि.प्र.का.सुनसरीमा
ल्याई नाप तौल गर्दा ४६० के.जी. रहेको, चालक फरार रहेकोले
जि.प्र.का. सुनसरी तथा मातहत समेतबाट सादा पोसाकमा समेत टोली परिचालन गरी
खो.त.भईरहेको