मिति २०८२।०८।१७ गते ०५:०० बजे देखि ऐ ०८।१८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-१८
- A
- A-
- A+
कर्तव्य ज्यान,
मोरङ, जहदा गा.पा.७ तारेगामा
बस्ने वर्ष अं.३० को राजु कुमार साहाले निजको काकाको छोरा भाइ नाता पर्ने वर्ष
अं.२८ को श्रवण कुमार साहालाइ सामान्य बिबाद भई झै झगडा हुदा के कुन धारिलो हतियारले हान्दा बाया छातीमा चोट
लागी उपचारको लागि बिराट टिचिङ अस्पताल गंगाचोकमा ल्याई उपचार भईरहेकोमा ऐ.०८।१८
गते ००:१० बजे श्रवण कुमार साहाको उपचारको क्रममा मृत्यु ऐ. ०१:३५ बजे शवको कानुनी
प्रकृया तथा पो.मा.को लागि कोशी अस्पताल बिराटनगर पठाएको, कुटपिट
गर्ने राजु कुमार साह भागी फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का.बाट
प्र.नि. को कमाण्डमा तथा मातहत समेतबाट प्रहरी टोली परिचालन भई खो.त. कार्य भई
रहेको ।
ज.ज.क.,
बर्दिया, बारबर्दिया न.पा.७
सिउनिया बस्ने अं.वर्ष ६७ की महिला घर नजिकै पसल गएकोमा ऐ.बस्ने अं.वर्ष ३२ को
प्रशान्त कार्कीले (मा.प.से.गरेको ) ऐ.०८।१६ गते अं.१८:०० बजे पसलबाट घर सम्म पुर्याई
दिन्छु भनि लगि ऐ.सिउनिया स्थित सिउनिया मसुरिया टोल कच्ची सडक-खण्डको बायाँ साइडमा लगी ज.ज.क.गरेको
भनि पीडितको नातिनीले ऐ.०८।१७ गते १५:०० बजे इ.प्र.का.बानियाभार बर्दियामा जाहेरी
दरखास्त दिए पश्चात तत्काल प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा
लिई दुबै जना पीडित र पीडकलाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल बर्दिया
पठाएको ।
सवारी दुर्घटना बाट प्र.क.को मृत्यु,
मोरङ, १८ गते
अं.००:२५ बजे बिराटनगर म.न.पा. ०३ बरगाछि चोक नजिक कोशी राजमार्गमा बिराटनगरबाट
कंचनबारी तर्फ जादै गरेको बा.प्र.०२-०४३ प ७७१६ नं. को मो.सा. आफै अनियन्त्रीत भई
दुर्घटना भएको भन्ने खबर प्राप्त हुनसाथ CRV बरगाछिबाट प्र.स.नि.को
कमाण्डमा टोली खटी गई मो.सा. चालक जि. मोरङ बेलबारी नपा-८ घर भई कोशी प्रदेश
प्रहरी कार्यालय रानी बिराटनगरमा कार्यरत ( दरबन्दी मधेश प्रदेश प्रहरी गण
धनुषा) बर्ष अं.३० को प्र.स.ह. भिम खड्का
घाइते भइ उपचारको लागि बिराट नर्सिङहोम बिराटनगरमा लगी उपचार भईरहेकोमा ऐ.०४:००
बजे उपचारको क्रममा डा.ले मृत घोषणा गरेको शव सोही अस्पतालमा रहेको
ला.औ.,
दार्चला, बिशेष सुचनाको आधारमा
इ.प्र.का.गोकुलेश्वरबाट प्र.नि.को कमाण्डमा खटी गएको प्रहरी टोलिले जिल्ला
दार्चुला शैल्यशिखर न.पा.२ गोकुलेश्वर धुलिगडा सडक खण्ड देथला स्थित पैदल हिँड्दै
गोकुलेश्वर तर्फ आईरहेको ऐ. नौगाड गा.पा.६ रैचु बस्ने वर्ष अं.४७ को मान सिंह
धामीलाई संका लागि चेक जाँच गर्दा निजले बोकेको कालो रङको झोला भित्र लुकाई छिपाई
२ वटा प्लाष्टिकको पोका पारी राखेको शुद्ध तौल १ के.जी.९७५ ग्राम चरेस जस्तो
देखिने कालो पदार्थ र १ थान डिजिटल तराजु उक्त झोलाबाट फेला पारी रितपुर्बक बारमद
गरी बरामदी ला.औ.सहित निज मान सिंह धामिलाई पक्राउ गरी थपअनुसन्धानको लागि
इ.प्र.का.गोकुलेश्वरमा ल्याई राखेको ।