मिति २०८२।०८।१८ गते ०५:०० बजे देखि ऐ ०८।१९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु । २०८२-०८-१९
२०८२-०८-१९
- A
- A-
- A+
ज.ज.क. बाल यौन दुर्व्यवहार,
ईलाम, इलाम-१७ गते
अं.१५.१०बजेको समयमा माङसेबुङ गा.पा.-२ इभाङ बस्ने सांकेतिक नाम ०८२/०८३
मंगलबारे-३२ की छोरी बर्ष १४ की सांकेतिक नाम०८२/०८३ मंगलबारे-२८ लाई ऐ. बस्ने
बर्ष ४० राजिन कामीले जबर जस्ती करणी गरेको भनि पिडितको माइजु सांकेतिक नाम
०८२/०८३ मंगलबारे-२७ ले इप्रका मंगलबारे इलाममा ऐ.१७ गते ऐ.२१.०० बजे जाहेरी दिन
साथ प्र.चौ इभाङ इलामबाट प्र.ह चन्द्र बहादुर तामाङ (९८६३९००७१८) को कमाण्डमा
प्रहरी टोली खटिई गई राजिन कामीलाई निजकै घर वतनबाट फेला पारी पक्राउ गरी
नियन्त्रणमा लिईएको र पिडित बालिकाका मेडिकलको लागि जिल्ला अस्पताल ईलाम तर्फ पठाईएको
थप अनुसन्धान कार्य भइरहेको
कास्की, पोखरा
म.न.पा. ११ कसेरी स्थित ऐ. ११ फुलबारी बस्ने वर्ष ३६ को सन्तोष बि.क.ले ऐ. १२
भद्रकाली बस्ने वर्ष १२ की बालिका (२०८२ पोखरा ४१) लाई ललाई फकाई गरी यौन
दुर्व्यवहार प्रयास गरेको भन्ने सूचना प्राप्त हुनासाथ व.प्र.का.रामबजारबाट
प्र.स.नि लालबहादुर थापाको कमाण्डमा ५ जनाको टोली खटि गई दुवै जनालाई नियन्त्रणमा
लिई थप अनुसन्धानको लागी जि.प्र.का.कास्की ल्याई राखिएको ।
धारिलो हतियार प्रहार,
सिन्धुपाल्चोक, जुगल
गा.पा.२ संञ्चगाँउ बस्ने बर्ष-अं.४५ को लोक बहादुर गोलेलाई ऐ.ऐ.बस्ने निम्न
व्यकतिहरुले सामान्य वादविवाद गरी कुटपिट तथा खुकुरी प्रहार गरी टाउकोको निधारको
भागमा चोट लागी घाईते भई स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागी
काठमाण्डौ तर्फ पठाईएको अबस्था मध्यम बोल्न सक्ने उपचारमा निज घाईतेको दाई संलग्न
रहेको, कुटपिट गर्ने व्यक्तिहरु फरार रहेको उक्त स्थान
प्र.चौ.तेम्बाथानबाट प्र.ना.नि.श्याम थापाको कमाण्डमा ४ जनाको टोली खटि गई कुटपिट
गर्ने व्यक्तिको खो.त.कार्य भईरहेको, उक्त स्थान
प्र.चौ.तेम्बाथानबाट अं.१२ कि.मि.उत्तर पर्ने । कुटपिट गर्ने व्यक्तिहरू १)
जि.सि.पा.जुगल गा.पा.२ संञ्चगाँउ बस्ने बर्ष अं.४० जयलाल गोले । २) ऐ.ऐ.बस्ने बर्ष
अं.२८ को जय बहादुर गोले । ३) ऐ.ऐ.बस्ने बर्ष अं.२२ को रोशन गोले । ४) ऐ.ऐ.बस्ने
बर्ष अं.२६ को प्रकाश गोले । ५) ऐ.ऐ.बस्ने बर्ष अं.२७ को ओपसंङ गोले । ६) ऐ.ऐ.बस्ने
बर्ष अं.५० को दाङसिङ गोले ।
हा.ह.बरामद,
सुर्खेत, सुर्खेत सिम्ता
गा.पा.७ तामाकाँडा दैलेखी टोल स्थित ऐ. बस्ने रणबिर ऐरीको पाखो बारीमा रहेको भिमलको
रुखको फेद नजिकै भरुवा बन्दुक छ भनि स्थानियले खबर गरे पश्चात तत्काल
इ.प्र.का.बादेपिपल सुर्खेतबाट प्र.स.नि.गणेश पुनको कमाण्डमा ५ जनाको प्रहरी टोली
खटिगई चेकजाँच गर्दा भरुवा बन्दुक थान-१ आधा भाग माटोमा पुरीएको अवस्थामा फेला
पारी उक्त भरुवा बन्दुकलाई रितपुर्वक मुचुल्का गरी कार्यालय तर्फ ल्याउदै गरेको
उक्त स्थान इ.प्र.का.बादेपिपल सुर्खेतबाट अ.१४ कि.मि. पश्चिम पर्ने ।
पाँचथर, मिक्लाजुङ
गा.पा.- ३ टेक्वा पुक्षार बर्बोटे स्थित अस्थाई प्रहरी पोष्ट आरुबोटे, पाँचथरबाट
प्रसनि को कमाण्डमा खटिएको गस्ति टोलिले गस्ति गर्ने क्रममा टेक्वा-भदौरे भित्रि
सडक खण्डको सडक छेउमा खर र बनमाराको झारीमा तितेपाते बनमाराले छोपिएको बेवारिसे
अवस्थामा भरुवा बन्दुक थान-१ फेला परेको हुदाँ थप अनुसन्धान तथा मुचुल्काको लागि
इप्रका रवि, पाँचथरबाट प्रनि दुर्गा राईको कमाण्डमा प्रहरी
टोलि खटि गएको ।
ला.औ.,
मकवानपुर, हेटौडा उ.म.न.पा.३
लेवटचोक स्थित कोपिला मिश्राको घरमा डेरा गरी बस्ने ऐ.हेटौडा उ.म.न.पा.३ लेवट
बस्ने वर्ष अं.४० को फडिन्द्र राज पुरी, ऐ.बकैया गा.पा.७
छतिवन घर भई हाल ऐ.हेटौडा उ.म.न.पा.१९ सानान्टार बस्ने वर्ष अं.४० को सुवास खत्रि
र ऐ.मनहरी गा.पा.५ हाडिखोला घर भई ऐ.हेटौडा उ.म.न.पा.११ नवलपुर बस्ने बर्ष अं.३४
विनोद तिवारीले कोठा भित्र ला.औ.सेवन गरीरहेको भन्ने विशेष सुचनाको आधारमा
प्र.चौ.बसामाडी लेवटबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई चेकजाँच गर्दा निजहरुको
साथबाट ८ ग्राम ४० मिलिग्राम ला.औ.खैरोहिरोइन जस्तो देखिने पदार्थ फेला पारी उक्त ला.औ.सहित निजहरुलाई
नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुरमा राखिएको ।