मिति २०८२।०८।२० गते ०५:०० बजे देखि ऐ ०८।२१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-२१
- A
- A-
- A+
ज.ज.क. बाल यौन दुर्व्यवहार,
बाके, बैजनाथ गा.पा.१ घर भई
हाल ऐ.कोहलपुर न.पा.११ राजस्व का.नजिकै नास्ता पसल गरी बस्ने वर्ष ३० को ललित
शाहीले ऐ. कोहलपुर न.पा.१२ बस्ने वर्ष ३३ की महिला लाई मिति २०८२।०७।१२ गते आफ्नै नास्ता पसलमा ज.ज.क
गरेको भनि पिडितले इ.प्र.का. कोहलपुर मा जाहेरी दिएकोले निज ललित शाहीलाई इ.प्र.का. कोहलपुरबाट प्र.स.नि. को कमाण्डमा
टोली खटी गई खो.त. गर्दै जाँदा निजलाइ निजकै नास्ता पसलमा फेला पारी नियन्त्रणमा
लिई आवश्यक अनुसन्धानको लागि इ.प्र.का. कोहलपुरमा ल्याइ राखिएको ।
बझाङ, मिति २०८२।०८।१९ गते
१४:३० बजे मष्टा गा.पा.१ जिन्नाडा बस्ने वर्ष १३ की बालिकालाई ऐ.बस्ने वर्ष १४ को
बालकले मष्टा गा.पा.१ पातली भन्ने जंगलमा जवरजस्ती करणी गरेको भनी ऐ.२० गते १४:००
बजे पीडितकी हजुरआमाले जि.प्र.का.मा जाहेरी दरखास्त दिएकोले प्र.ना.नि.को कमाण्डमा टोली खटी गई बालकलाई
नियन्त्रणमा लिई जि.प्र.का.को हिरासतमा राखेको ।
प्रहरी कर्मचारी मृत्यु,
काठमाण्डौ, मिति २०८२।०८।२० गते अं.२३:३० बजे प्रहरी प्रभाग मंगलबजार दरबन्दी भई जिल्ला
प्रहरी परिसर जावलाखेल ललितपुरमा कार्यरत जिल्ला रामेछाप रामेछाप न.पा. १ घर भई
हाल जिल्ला काठमाण्डौ स्वयम्भु बस्ने बर्ष ४४ (कम्प्युटर कोड नम्बर ३६३५८२) को
प्र.स.नि. शन्तोषराज शर्मा कार्यालयमा काम गर्दागर्दै गाह्रो भई निजको आफन्तलाई खबर गरे पश्चात निजको
दाई किशोर राज शर्मा (९८४१५०७६६६) ले नेपाल प्रहरी अस्पताल महाराजगंजमा लिई गएकोमा
मिति २०८२।०८।२१ गते ००:५८ बजेको समयमा उपचारको क्रममा डाक्टर द्वारा मृत्यु घोषणा
भएको भनि प्रहरी बृत महाराजगंजबाट मिति २०८२।०८।२१ गते ०३;००
बजेको समयमा यस जिल्ला प्रहरी परिसर ललितपुरमा जानकारी प्राप्त भएको, शव सोही अस्पतालमा रहेको ।
फुटकर ज्यान,
मोरङ, बेलबारी न.पा.२
सिङ्हदेबि बस्ने वर्ष ७० को भक्त बहादुर राई के कुन कारण घर नजिकै खोल्सिमा बेहोस
अबस्थामा स्थानियले फेला पारी घरमा ल्याउदा निजको श्रीमती वर्ष ७७ की ईन्द्रमाया
राई समेत बेहोस अबस्थामा देखी वरपर हेर्दा खोरमा रहेको ३ वटा कुखुरा समेत मरिरहेको
अबस्थामा देखी बिषादी सेवनको शंका लागि उपचारको लागि नोबेल अस्पताल बिराटनगरमा
ल्याई ICU वार्डमा राखी उपचार
हुदै दुबै जनाको अबस्था गम्भिर रहेकोमा ऐ.२२:४० बजे उपचारको क्रममा ईन्द्रमाया
राईको मृत्यु भएको,कानुनी प्रकृया पुरा गरी ऐ.२१ गते ००:१९
बजे शव पो.मा.को लागी कोशी अस्पता बिराटनगर पठाईएको, साथमा
भतिजो प्रसान राई रहेको भनि सोहि अस्पतालबाट ऐ. २०:०० बजे इ.प्र.का. बेलबारीमा
जानकारी गराउनसाथ प्र.नि.को कमाण्डमा टोली
खटी गई ऐ.२३:२० बजे निज भक्त बहादुर राईको
घरमा बस्ने निजकै भतिजी बुहारी अं.वर्ष ३२ की सुनिता कार्कीलाई अनुसन्धान तथा सोधपुछको लागि इ.प्र.का.
बेलबारीमा ल्याई राखिएको, थप बुझ्ने कार्य भई रहेको ।
गोली प्रहार,
दाङ, लमही न.पा.५
लमही गल्ली स्थित सुमन सुनारले सञ्चालन गरेको जुनतारा सुनचाँदी पसलमा सुन किन्न
भनी रा.१ प २६४९ नं.को मो.सा.मा आएका नामथर, वतन नखुलेका २ जना
ब्यक्तिहरुले सोही पसलमा काम गर्ने जि.प्युठान प्युठान न.पा.५ बस्ने वर्ष १८ को
दिपक सुनारलाई पेस्तोलले हानी मो.सा.छाडी फरार रहेको र घाईतेको घाँटीको दाहिने
साईडमा उक्त गोलीले लागी सामान्य छाला छिचोलिएको, निजको लमही
अस्पताल लमही दाङमा उपचार भईरहेको, अवस्था बोल्न सक्ने,
उक्त स्थानमा व.प्र.का.लमहीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई गोली
हान्ने ब्यक्तिहरुको खो.त.कार्य भईरहेको, घटनास्थलमा सानो
पेस्तोलमा लाग्ने गोलीको खोका थान १ फेला परेको, उक्त स्थान
व.प्र.का.लमहीबाट अं.१.५ कि.मि.दक्षिण-पूर्व पर्ने ।
हातहतियार बरामद,
सल्यान, त्रिवेणी
गा.पा.१ चिमुरे स्थित महाभारत सामुदायिक वनका विभिन्न स्थानहरुमा बेवारिसे
अवस्थामा भरुवा बन्दुक रहेको भन्ने गोप्य सुचनाको आधारमा प्र.चौ.काभ्राबाट प्र.ह.र जि.प्र.का.बाट प्र.ह.को कमाण्डमा
खटिएको टोलीले बेवारिसे अवस्थामा १ नाल सावुत ३ नाल बेसावुत जम्मा ४(चार) नाल भरुवा बन्दुक फेला पारी
प्र.चौ.काभ्रा,
सल्यान तर्फ ल्याउँदै गरेको, उक्त स्थान
प्र.चौ.काभ्राबाट अं.१८ कि.मि.दक्षिण पर्ने ।
ला.औ.,
सुनसरी, धरान उ.म.न.पा.१३
स्थित कृषि बजार अगाडि साबिर गाडी ग्यारेजमा ला.औ.गाँजा लुकाई छिपाई राखेको भन्ने
गोप्य सुचनाको आधारमा व.प्र.का.धरानबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई उक्त
ग्यारेजमा खानतलासी गर्दा १४९ के.जी.ला.औ.गाँजा सहित ऐ.ग्यारेज अगाडि पार्किङ गरी
राखेको दुवानी गर्न प्रयोग भएको मे.१ ज.२०१८ नं.को बोलेरो पिकअप, ओसार पसारमा संलग्न जि. धनकुटा साँगुरीगढी गा.पा.४ बस्ने वर्ष २९ को
ईन्द्र लिम्बु, ऐ. शहिदभुमी गा.पा.४ बस्ने वर्ष २५ को जिपसन
लिम्बु र ग्यारेज संचालक देश भारत घर बताउने वर्ष २६ को साबिर आलमलाई पक्राउ गरी
अनुसन्धानको लागि इ.प्र.का.धरानमा ल्याई थप अनुसन्धान भईरहेको, उक्त स्थान इ.प्र.का.धरानबाट अं.४ कि.मि.उत्तर पूर्व पर्ने ।
पर्वत, मिति २०८२।०८।२० गते
अं. ०९:०० बजे जिल्ला पर्वत जलजला गा.पा. ३ पानि ट्याङकी स्थित प्र.चौ.वारिवेनी
पर्वतबाट प्र.स.नि.राजेश गुरुङ (९८४६१८४७९४) को कमाण्डमा खटिगएको चेकिङ टोलिले
चेकिङ गर्ने क्रममा म्याग्दीबाट पोखरा तर्फ जादैँ गरेको ग ३ च ५१४९ नं. को पिकप
बेलेरो जिपलाई चेकजाँच गर्ने क्रममा उक्त जिप भित्र ११.७५० किलो ग्राम गाजा,१०६.४४५
किलो ग्राम गोरुको मासु ,चरेस जस्तो देखीने पदार्थ -२६०
ग्राम ,सवारी साधन सहित चालक र सहचालक नियन्त्रणमा रहेको,घट्ना स्थल मुचुल्काको लागी प्र.नि. राजन कुमार पटेल (९८५७६४५८५५) को
कमाण्डमा ७ जनाको टोली खटिगएको,चालक जिल्ला म्याग्दि
अन्नपुर्ण गा.पा. ८ वस्ने वर्ष ४२ को देव ब. पुर्जा र सहचालक ऐ.ऐ. वस्ने वर्ष ४२
को युवराज गर्बजा रहेको दुवै व्यक्तिहरुलाई जि.प्र.का. पर्वतमा ल्याई थप अनुसन्धान
कार्य भईरहेको ।