प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मिति २०८२।०८।२२ गते ०५:०० बजे देखि ऐ ०८।२३ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।

२०८२-०८-२३

  • A
  • A-
  • A+
Share

कर्तव्य ज्यान,

दैलेख, दैलेख नौमुले गा.पा.५ गजमाली स्थित ऐ.बस्ने वर्ष अं.६५ को धन बहादुर रामजाली मगरलाई आफ्नै घरमा निजको छोरी वर्ष अं.२७ की (बिबाहित छुटपत्र भएर माइत बसेको) तिर्सना रामजाली मगरले मा.‍प.से. गरी काठको चिरपटले टाउकोमा हानी घाइते भई उचारको लागी प्राथमिक स्वास्थ्य केन्द्र नौमुले पठाइएको, अवस्था सिरियस, कुटपिट गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा, कुटपिट गर्नुको कारण नखुलेको उक्त स्थानमा प्र.नि.राजकुमार थापाको कमाण्डमा ५ जनाको टोली खटी गएको । थप टिपोट:- ऐ.१८:१० बजे स्थानिय स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको ।

 

ज.ज.क. बाल यौन दुर्व्यवहार,

दाङ, तुलसीपुर उ.म.न.पा.१६ जहदागाउँ स्थित पिडितकै घर कोठा भित्र ऐ. बस्ने अन्दाजी बर्ष ६० को रुपलाल डाँगीले मेरो बोल्न नसक्ने अपाङ्ग भएकी श्रीमती बर्ष ५६ की संकेत नामथर ५६ तुलसीपुर ०८२-३७ (क) लाई जवर्जस्ती करणी गरेकोले कानुन बमोजिम कारबाही गरी पाँउ भनि निज पीडितको श्रीमान संकेत नामथर ५६ तुलसीपुर ०८२-३७ ले मिति २०८२।०८।२२ गते इ.प्र.का.तुलसीपुर दाङमा जाहेरी दरखास्त दिन साथ इ.प्र.का.तुलसीपुर दाङबाट प्र.स.नि.को कमाण्डमा प्रहरी टोली खटिगई निज रुपलाल डाँगी लाई निजकै घर बाट नियन्त्रणमा लगी इ.प्र.का.तुलसीपुर दाङमा ल्याई अ.अ. भइरहेको,पिडित संकेत नामथर ५६ तुलसीपुर ०८२-३७ (क) लाई स्वास्थ्य परिक्षण गरी निजको श्रीमानको जिम्मा लगाईएको, निजको स्वास्थ्य अबस्था सामान्य रहेको।

 

शंकास्पद मृत्यु,

सिरहा, कर्जन्हा न.पा.२ स्कुल टोल स्थित कमला सिँचाई नहरबाट अं.२० मि. उत्तर झाडीमा मृतक शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का. बन्दीपुरबाट प्र.ना.नि.को कमाण्डमा टोली खटी गई बुझ्दा ऐ. कर्जन्हा न.पा.१ बाल्टिया टोल बस्ने सुर्यदेव बैधको छोरी अं.वर्ष १८ की अबिना बैध उत्तानो अवस्थामा मृत फेला परेको, थप अनुसन्धानको लागि इ.प्र.का.मिर्चैया सिरहाबाट प्र.नि.को कमाण्डमा, जि.प्र.का.बाट प्र.उ. र केनाईन कार्यालय लालगढबाट Dog Sniffing सहितको टोली खटी गई ऐ.१६:४५ बजे घटनास्थलमा पुगी आ.अ.भईरहेकोमा थप अनुसन्धानको लागी जि.सिरहा कर्जन्हा न.पा.२ बन्दीपुर बस्ने शिव शंकर यादवको छोरा अं.वर्ष १९ को लक्ष्मी यादव लगायत ५ जनालाई नियन्त्रणमा लिई सोधपुछको लागी इ.प्र.का.मिर्चैयामा लगि राखिएको, ऐ.१९:२० बजे घटनास्थलको सम्पुर्ण कानुनी प्रकृया पुरा गरी मृतक शव पो.मा.को लागी प्र.ज.को जिम्मा लगाई बि.पि.कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान अस्पतालको लागी पठाई शव गृहमा राखिएको, ऐ.१९:३० बजे मधेश प्रदेश प्रहरी K9 शाखा लालगढबाट आएको DOG Sniffing टोली अनुसन्धान पश्चात फिर्ता भएको ।

 

हा.ह.बरामद,

नुवाकोट, ककनी गा.पा.२ बन्चरेडाँडा  स्थित ल्याण्ड फिल्ड साइडको फोहरमा  ठुलो चाइनिज पेस्तोल (५५००९७३३ type 54 ) फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्र.चौ.ओखरपौवाबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई खाली म्यागजिन भएको ठुलो चाइनिज पेस्तोल (५५००९७३३ type 54) फेला पारी नियन्त्रणमा लिएको, उक्त स्थान प्र.चौ.ओखरपौवाबाट अं.५ कि.मि.दक्षिण पर्ने ।

 

ला.औ.,

चितवन राप्ती न.पा.११ डुम्रेखाडी स्थित आँपपानीबाट भण्डारातर्फ आउँदै गरेको ना.२२ प १२८ नं.को मो.सा.लाई इ.प्र.का.भण्डाराबाट प्र.नि.को कमाण्डमा खटिएको चेकिङ टोलीले शंका लागी रोकी चेकजाँच गर्ने क्रममा मो.सा.चालक ऐ. राप्ती न.पा.१२ बस्ने वर्ष २७ को पन्चे तामाङ र पछाडि सवार ऐ.बस्ने वर्ष ३० को अपिल तामाङको साथबाट ७ के.जि ८०० ग्राम.ला.औ.गाँजा फेला पारी निजहरुलाई मो.सा.सहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इ.प्र.का. भण्डारामा ल्याई राखेको, उक्त स्थान इ.प्र.का.भण्डाराबाट अं.६ कि.मि.उत्तर पर्ने ।

सम्बन्धित समाचार
मिति २०८२।०८।२३ गते ०५:०० बजे देखि ऐ ०८।२४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-२४

कर्तव्य ज्यान,सुनसरी, दुहबी न.पा.४ मदर्श चौंक स्थित ऐ. बस्ने वर्ष अं. २२ को जीवन गोस्वामी र ऐ. बस्ने वर्ष अं. ४८ को सकिल मियाबीच एकआपसमा विवाद हुंदा जीवन गोस्वामीले सकिल मियालाई कुटपिट गरी घाइते बनाएको भन्ने खबर प्राप्त हुनसाथ इ.प्र.का. दुहबीबाट प्र.ना.नि.को कमाण्ड टोली खटी गई उपचारको लागि सामुदायिक अस्पताल दुहबी पठाएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि विराट मेडिकल कलेट टिचिङ अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा ऐ.२३:१५ बजे डा.ले मृत घोषणा गरेको भनि ऐ.२३:३० बजे ऐ. अस्पतालबाट खबर प्राप्त भएको, कुटपिट गर्ने जीवन गोस्वामी इ.प्र.का.दुहबीको नियन्त्रणमा रहेको । ज.ज.क. बाल यौन दुर्व्यवहार,धनकुटा, मिति २०८२।०७।१५ गते अं.१९:०० बजे वर्ष ४१ की महिला लाई निजकै घरकोठामा ऐ बस्ने नातामा देवर पर्ने वर्ष ४४ को ले ज.ज.क.गरी गर्भवति समेत बनाएको भनि ऐ.०८।२३ गते १९:०० बजे जि.प्र.का.मा जाहेरी प्राप्त भएकोमा इ.प्र.का.पाख्रिबासबाट प्र..ना.नि को कमाण्डमा टोली खटी गई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई अनुसन्धान भई रहेको र पिडितलाई ऐ. न.पा.६ स्थित महिला पुन स्थापना केन्द्रमा राखिएको । अवैध रकम बरामदसिरहा, बरियारपट्टी गा.पा.२ स्थित बिशेष सुचनाको आधारमा इ.प्र.का.महेशपुर पतारबाट प्र.नि., जि.प्र.का.र प्र.चौ.कचनारीबाट संयुक्त टोली खटी गई चेकजाँच गर्दा  भारतबाट नेपाल तर्फ आउँदै गरेको  BR32AW ८३७७ नं.को स्कुटरलाई चेकजाँच गर्दा स्कुटरको डिकीभित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको रकम नगद रु.७,००,०००।-फेला पारी  स्कुटर चालक ऐ.गा.पा.३ बस्ने वर्ष ४६ को दिनेश महतोलाई स्कुटर सहित नियन्त्रणमा लिई इ.प्र.का.महेशपुर पतारमा राखी आ.अ.भईरहेको । ला.औ.,चितवन, भरतपुर म.न.पा.१० लाहुरे टोल स्थित जि.प्र.का.बाट प्र.स.नि. को कमाण्डमा खटिएको CAP  टोलीले जि.पर्सा बीरगञ्ज म.न.पा.३२ टेडा घर भई हाल ऐ.भरतपुर म.न.पा.१० स्थित मायादेवी दवाडीको घर पछाडी रहेको टहरामा डेरा गरी बस्ने वर्ष १९ को रैफुल्लाह मिया ठकुराईको डेराकोठामा ला.औ. ब्राउन सुगरको कारोबार भइरहेको छ भन्ने गोप्य सुचनाका आधारमा निजहरुको कोठा खान तलासी गर्दा निज वर्ष १९ को रैफुल्लाह मिया सहित ८ जना (ला.औ. प्रयोगकर्ता -किन्न आउने व्यक्ति)  र उक्त ला.औ. ब्राउन सुगर जस्तो देखिने पदार्थको प्लाष्टिक सहितको जम्मा तौल १६२.२९ ग्राम.सहित नियन्त्रणमा लिइ थप अन्य अनुसन्धानको लागि जि.प्र.का.मा ल्याइ आ.अ.भईरहेको।        पर्सा, बीरगंज म.न.पा.१५ प्रतिमा चोक स्थित गोप्य सुचनाको आधारमा व.प्र.का.श्रीपुरबाट प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले बा.प्र.०८-००१ज ०११७ नं.को सार्वजनीक यात्रुबाहक ई.भि.गाडीबाट दुई वटा सुटकेशमा Tramol-50 लेखिएको प्रतिबन्धित ला.औ.६०५३ पत्तामा जम्मा ६०५३० क्याप्सुल सहित जि.धादिङ बेनीघाट रोराङ गा.पा.६ बस्ने कुमार मगरको छोरा अं.बर्ष १९ को रामहरी मगर र ऐ.सिदलेख गा.पा.७ बस्ने गोबिन्द बहादुर मगरातीको छोरा अं.वर्ष १९ को राजकुमार मगरातीलाई नियन्त्रणमा लिई व.प्र.का.श्रीपुरमा ल्याई अनुसन्धान कार्य भइरहेको । चितवन, इच्छाकामना गा.पा.६ कालीखोला मुग्लिङ नारायणगढ सडक खण्ड स्थितमा इप्रका मुग्लिङबाट प्र.ना.नि.ठाकुर प्रसाद पनेरु (९८५१२८२१५०) को कमाण्डमा खटिएको चेकिङ टोलिले नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ख २४५९ नं. को ट्रकलाई रोकि शंका लागि राकि चेक जाँच गर्ने क्रममा ट्रक चालक जिल्ला दार्चुला तुहु गा.पा.२ बस्ने बर्ष ३५ को दिलनन्द जोशिको अं.९ ग्राम चरेस सहित निज लाइ नियन्त्रणमा इप्रका मुग्लिङमा ल्याइ राखेको, ।

मिति २०८२।०८।२१ गते ०५:०० बजे देखि ऐ ०८।२२ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-२२

कर्तव्य ज्यान,मोरङ, लेटाङ न.पा-२ फडानी बस्ने नबिन गौतमको छोरी वर्ष १३ की अंशु गौतम के कुन कारण घरमा कोही कसैलाई जानकारी नगराई आफु खुसी घरबाट हिँडी हराएको हुँदा खो.त.गरी पाऊँ भनि मिति २०८२।०६।२२ गते १३:०० बजे खबर प्राप्त हुनासाथ प्र.चौ.बुधबारेबाट  प्र.स.नि.को कमाण्डमा टोली खटी गई खो.त.गर्दा फेला नपरेकोमा मिति २०८२।०७।७ गते अं.१३:०० बजे,लेटाङ न.पा.२ बेलबारी चिसाङ साझेदारी बनमा सडि गलेको कम्मर भन्दा तल र टाउको मात्र रहेको पहिचान /सनाखत हुन नसकेको अवस्थामा फेला पारी ०७।०९ गते माथी उल्लेखित हराएकी बालिकाको बुवा आमा DNA परिक्षणको लागी केन्द्रिय विधि विज्ञान प्रयोगशाला सामाखुसी काठमाण्डौ पठाईएको, ऐ.स्थित न.पा.२ फडानी बस्ने छिमेकी वर्ष अं.५८ को पदम बहादुर अधिकारीले हत्या गरेको भन्ने विभिन्न अनुसन्धानबाट खुल्न आएको हुँदा ऐ.२१ गते निजलाई नियन्त्रणमा लिई जि.प्र.का.मोरङमा ल्याई आ.अ.भईरहेकोमा ऐ.१२:५० बजे निज पदम बहादुर अधिकारीको घरमा मृतकको आफन्त, छिमेकीहरु अ.१२० जनाको संख्यामा भेला जम्मा भइ ढुंगा मुडा गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ इ.प्र.का लेटाङबाट प्र.नि.को कमाण्डमा टोली खटी गई सम्झाई बुझाई गर्ने कार्य भइरहेकोमा ऐ.१३:५५ बजे तितरवितर भएको । सप्तरी, मिति २०८२।०८।१६ गते अं.१६:०० बजे जि.सप्तरी हनुमाननगर कंकालिनी न.पा.१४ रामपुरमल्हनिया बस्ने बिहारी मुखियाको श्रीमती अं.वर्ष ७० की लखिया देवी मुखियालाई ऐ.बस्ने अं.वर्ष ७० को बिलेती मुखिया, ऐ.बस्ने बेचन मुखियाको श्रीमती अं.वर्ष ३५ की सम्झना मुखिया र निजको छोरी अं. वर्ष १५ की काजल मुखिया समेतले जग्गाको विषयलाई लिई झै-झगडा तथा कुटपिट हुँदा निज लखिया देवी मुखियाको छातीमा भित्री चोट, दाहिने घुँडामा चोट लागी घाईते भई स्थानीय बिजय मेडिकलमा सामान्य उपचार पश्चात घर लगि राखेकोमा ऐ.०८।२१ गते अं.०५:०० बजे मृत्यु भएको भनी ऐ.०८:०० बजे प्र.चौ. रामपुरमल्हनियामा जानकारी प्राप्त हुनासाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिटमा संलग्न बिलेती मुखियालाई नियन्त्रणमा लिएको अन्य कुटपिट गर्ने व्यक्तिहरु फरार रहेको, खो.त.कार्य भईरहेको, थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागी जि.प्र.का.सप्तरीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई  शवको कानुनी प्रकृया पुरा गरी पो.मा.को लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज पठाएइको । काठमाडौ, का.म.न.पा.९ सिनामंगल स्थित ओम नगर मार्गमा मृत अवस्थामा बच्चा फेला परेको भनी खबर प्राप्त हुनासाथ वृत्त गौशालाबाट प्र.ना.उ. को कमाण्डमा १० जनाको टोली खटी गई उक्त स्थान पुगी बुझ्दा ऐ.वतन स्थायी घर भई बस्ने सुभद्रा नेपालको घरको दोस्रो तलामा डेरा गरी बसेका काठमाण्डौ उपत्यका प्रहरी शिक्षालय, महाराजगंज दरवन्दी भई हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा, गौचर, काठमाण्डौमा कार्यरत प्र.स.नि. पुष्कर कार्की ( कम्प्युटर कोडः ४६५५६८) (श्रीमान) र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा, गौचर, काठमाण्डौ दरवन्दी भई ऐ. कार्यरत प्र.ज. बिस्ना साँउद (कम्प्युटर कोडः ४९५१८२) (श्रीमती) बीच झगडा हुँदा श्रीमान पुष्कर कार्कीले आफ्नो श्रीमतीलाई ढुङ्गा प्रहार गरी घाइते बनाएको, के.एम.सि. अस्पतालमा उपचार भईरहेको, अवस्था बोल्न सक्ने, टाउकोमा चोट रहेको र निजहरुको ४ महिनाको छोरा माहिर कार्की समेतलाई धारिलो हतियार (चक्कु) प्रहार गरी मृत अवस्थामा छाडी फरार भएको, ऐ.०८२१ गते १८:४५ बजे लाश जाँच प्रकृति मुचुल्का पश्चात पो.मा.को लागि टिचिङ अस्पताल महाराजगंज पठाइएको, अं.१८:२० बजे का.जि. नागढुङ्गा स्थितबाट प्रहरी वृत्त थानकोटबाट प्र.नि.को कमाण्डमा खटिएको टोलीले चेकजाँचको क्रममा उक्त फरार प्र.स.नि.पुष्कर कार्की फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर, काठमाण्डौमा राखिएको, ऐ.१९;३० बजे घाइते प्र.ज.बिस्ना साँउदलाई थप उपचारको लागि नेपाल प्रहरी अस्पताल  महाराजगंज पठाइएको, अवस्था बोल्न सक्ने, टाउकोमा चोट रहेको, उक्त प्र.स.नि. पुष्कर कार्कीको स्थायी वतन जिल्ला डोटी साविक तिजाली गा.बि.स. वडा नं. ०९ हाल परिवर्तित शिखर न.पा. वडा नं. ०५ रहेको भनी खुल्न आएको । फुटकर ज्यान (शंकास्पद मृत्यु),बर्दिया, राजापुर न.पा.४ राजापुर गाँउ स्थित जि.दाङ तुल्सिपुर उ.म.न.पा.५ घर भई हाल ऐ.हामार थारु घर ऐण्ड रेष्टुरेन्टमा काम गरी बस्ने बर्ष अ.२७।२८ को निरज चौधरी उक्त होटेल संग सटेको फुसले छाएको कटेजमा अचेत अवस्था होटेलका संचालक राम कुमारी थारुले देखि तत्काल उपचारको लागी नेपालगंज नर्सिङहोम बाँकेमा लगी चिकित्सकले चेकजाँच गर्दा ऐ.१०;३५ बजे मृत घोषणा गरेको, मृतकको दुबै कान देखि तल्लो भागको दुबै साईडमा प्वाल(दुलो)परेको जस्तो देखिने लाश सोही अस्पतालमा रहेको भनि ऐ.११;०० बजे सोही अस्पतालमा खटिएको प्र.क.ले जानकारी गराए पश्चात इ.प्र.का.राजापुर बर्दियाबाट प्र.ना.उ.कबिन्द्र सिंह बोहराकोकमाण्डमा Soco सहित ७ जनाको टोली खटिएको घटना शंकास्पद रहेको थपअनुशन्धान कार्य भईरहेको । थपअपडेटः-उक्त रेष्टुरेन्टमा पार्टनरसिपको (रेष्टुरेन्ट संचालक) रुपमा काम गर्ने जि.दाङ(नखुलेको)घर भई हाल जि.बर्दिया राजापुर न.पा.४ बस्ने बर्ष अ.३५ को महाविर चौधरी सु.प.प्र.०१००प ४९१३ न.को मो.सा.लिई फरार भएको खो.त.कार्य जारी ।   ऐ.१८;२५ बजे होटल संचालक राम कुमारी थारुको श्रिमान बर्ष ५० को बुद्दि प्रसाद थारु र छोरा बर्ष २२ को राहुल थारुलाई इ.प्र.का.राजापुर बर्दियाले नियन्त्रणमा लिई सोधपुछ तथा अनुसन्धान कार्य भइरहेको । थप अपडेट;- फरार रहेको महाबिर चौधरीले ऐ.ऐ.बस्ने राम कुमारी चौधरीको घर (कोठा भाडा) लिई बस्दै आएको र मृतक निरज चौधरी बिहान संगै रहेको प्राय जसो महाबिर चौधरी संगै उक्त कोठामा बस्ने गरेको भन्ने खुल्न आएको, उक्त कोठा खानतलासी गर्दा महाविर चौधरीको पासपोर्ट थान-१, ईन्डियन आधारकार्ड थान-१, आयकर बिभाग कार्ड थान-१, ल्याप्पटप थान-१, घट्नास्थल नजिकै निज महाबिर चौधरीले प्रयोग गर्ने भारतिय नम्बर प्लेटको PB36K3325 को THAR गाडी फेला परेको,घट्नास्थल नजिकै पिन्दीमा KF 765 लेखेको गोलीको खोका थान-१ फेला फेला परेको,सवुत प्रमाणलाई पानी तथा खरानी हाली सवुत प्रमाण नष्ट गरेको, जि.प्र.का.बर्दियाबाट प्र.नि.प्रकाश सिंह कार्कीको कमाण्डमा ४ जना जनाको टोली खटिएको,राम कुमारी थारुलाई ऐ.२१;०० बजे नियन्त्रणमा लिई अनुसन्धान तथा सोधपुछ  कार्य भईरहेको महाबिर चौधरीको हालको लोकेसन जि.कैलाली तर्फ देखाएको ज.ज.क.,रोल्पा, रुन्टीगढी गाँउपालिका वडा नं.९ पलासेनि बस्ने बर्ष २८ को सुरेन्द्र नेपालीले ऐ.९ चिसापानी बस्ने बर्ष ४१ को परिवर्तित नाम होलेरी (ङ१) को छोरी बर्ष १७ की परिवर्तित नाम होलेरी (ङ) लाई सखि जङगलामा बोलाई ज.ज.क.गरेको भनि पिडितले मिति २०८२/०८/१९ गते विहान १०:०० बजेको समयमा इ.प्र.का.होलेरी रोल्पामा जानकारी गराए पश्चात इ.प्र.का.होलेरी रोल्पाबाट प्र.ब.ना.नि.को कमाण्डमा-५ जनाको टोली खटि गई ऐ.१६;०० बजेको समयमा निजलाई निजकै घरबाट नियन्त्रणमा लिई स्वास्थ्य परिक्षण गरी इ.प्र.का.होलेरी रोल्पाको हिरासत कक्षमा राखिएको,पिडित वर्ष ४१ को होलेरी (ङ१) ले इ.प्र.का.होलेरी रोल्पामा आज मिति २०८२।०८।२१ गते अं.१०;०० बजेको समयमा जाहेरी दिएको,पिडितको अवस्था सामान्य रहेको,दुबै जनालाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल रेउघा रोल्पा पठाईएको । थपअपडेटः-ऐ.१८:४५ बजे निज पिडितलाई स्वास्थ्य परिक्षण गरी पिडित र पिडितको आमालाई रोल्पा अस्पताल रेउघा रोल्पाको सेफ हाउसमा राखिएको,पिडकको मेडिकल गरी ७ दिन म्याद थप गरेको । बझाङ, मिति २०८२।०८।१९ गते ०२:०० बजे जयपृथ्वी न.पा.३ दालबाडा बस्ने वर्ष २८ की महिलालाई आफ्नै घरको भुईतलामा सुतिराखेको अवस्थामा ऐ.बस्ने वर्ष २२ को सुरज जोशीले निजको कोठामा आई जवरजस्ती करणी गरेको भनी ऐ.२१ गते १०:०० बजे जाहेरी दरखास्त दिएकोले सुरज जोशीलाई नियन्त्रणमा लिई ऐ.१६:०० बजे जि.प्र.का.बझाङको हिरासतमा राखेको । अछाम, ढकारी गा.पा.२ बलातीबाडा कालिकास्थान बस्ने वर्ष अं.१९ को पुष्प साउदले ऐ.बस्ने वर्ष अं.१७ की (सुस्त मनस्थितिकी भएकी) बालिकालाई मिति २०८२।०२।१४ गते बाझो खर्क भित्र लगी ज.ज.क गरेको र मिति २०८२।०८।१९ गते पेट दुख्ने समस्या भई जिल्ला अस्पताल अछाममा चेकजाँच गर्दा निज पिडितको पेटमा २९ हप्ताको गर्भ रहेको भनि रिपोट आएकोले निज पुष्प साउदको नाममा मिति २०८२।०८।२१ गते १६:०० बजे को समयमा निज पिडितको आफन्तले जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दरखास्त दिएकोले ऐ. २०:४० बजे निज पुष्ष साउदलाई प्र.चौ.ढकारीबाट प्र.स.नि.को कमाण्डमा खटिएको प्रहरी टोलीले निजकै घर ठेगानामा फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय अछाम पठाई निज पुष्प साउदलाई स्वास्थ्य परिक्षण गरी जिल्ला प्रहरी कार्यालय अछाम हिरासतमा राखिएको । अबैध रकम बरामद,काठमाडौ, जि.काभ्रे नमोवुद्ध न.पा.९ घर भई हाल का.जि.कुलेश्वर बस्ने वर्ष ३४ को सरोज श्रेष्ठको साथबाट अं.रु.२०,०००० (बिस लाख) रुपैया स्रोत नखुलेको रकम फेला पारी निजलाई नियन्त्रणमा लिई सो.पु.गर्दा निज बस्ने डेरा कोठामा थप रकम रहेको भन्ने खुल्न बुझिन आएको हुँदा निज कोठा खानतलासी गर्दा कोठा भित्र रु.३७,४७,३५० (सैतिस लाख सट्चालिस हजार तिन सय पचास) गरी जम्मा रकम रु.५७,४७,३५० (सन्ताउन लाख सट्चालिस हजार तिन सय पचास) स्रोत नखुलेको रकम फेला पारी प्रहरी वृत्त कालिमाटीमा राखिएको । सर्लाही, ब्रहम्पुरी गा.पा . ४ त्रिभुवननर प्रहरी चौकीको पछाडि पट्टिको बाटोमा प्र.बा.ना.नि.को कमाण्डमा खटिएको गस्ती टोलीले भारतको सोनवर्साबाट नेपाल तर्फ आउदै गरेको BR 30 Y 3287 नं भारतिय मो.सा लाई चेकजाँच गर्दा उक्त मो.सा चालक देश भारत बिहार बस्ने जिल्ला सितामढी ग्राम पंचायत सोनवर्सा वडा नं.२ बस्ने अं. वर्ष २९ को धर्मेन्द्र महतो को साथ बाट स्रोत नखुलेको नेपाली रुपया १२,२९,०००।– (बाह्र लाख उन्नतिस हजार) फेला परेको हुदाँ मो.सा, मो.सा चालक, स्रोत नखुलेको रुपैयाँ सहित नियन्त्रणमा लिई प्र.चौ त्रिभुवननगर ल्याई राखिएकोमा थप अनुसन्धानको लागी तालुक जि.प्र.का सर्लाहीमा पठाईएको । ला.औ.,मोरङ, रतुवामाई न.पा. १ हटियाडाडा स्थित आमबारीबाट सोनापुरतर्फ जाँदै गरको प्र.१-०१-००१ख ३८२५ नं.को ट्रकलाई इ.प्र.का.सिजुवाबाट प्र.नि. को कमाण्डमा खटिएको टोलीले संका लागि रोकी चेकजाँच गर्दा सोही ट्रकको डाला भित्र फल्स डाला जोडी लुकाई छिपाई राखेको अवस्थामा ६७८ किलो गाँजा सहित ट्रक र ट्रक चालक जि.धनकुटा सहिदभूमि गा.पा.२ बस्ने वर्ष २१ को समेल राई र सोही ट्रकमा सवार ट्रक साहुजी ऐ. गा.पा.१  बस्ने वर्ष २२ को विक्रम विशुङ्खेलाई नियन्त्रणमा लिई इ.प्र.का. सिजुवामा ल्याई थप अनुसन्धान भइहरको ।  सर्लाही, हरिवन न.पा. ०५ हिरालाल टोल स्थितमा ज.१ च १५५८ नं.को एम्बुलेन्समा लागु औषध गाँजा लोड गरी जाँदै गरेको छ भन्ने विशेष सुचनाको आधारमा इ.प्र.का.हरिवन सर्लाहीबाट प्र.नि.चन्द्र कान्त अधिकारीको कमाण्डमा ७ जनाको टोली खटि गई उक्त एम्बुलेन्सलाई पछ्याउँदै जाँदा ऐ. स्थितमा रोकी चेकजाँच गर्दा प्लास्टिकको २ वटा बोरामा १० प्याकेट प्लाष्टिक सहित तौल गर्दा ५१.५ के.जि. ला.औ.गाँजा एम्बुलेन्सको पछाडिको भागमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारी लागु औषध गाँजा सहित एम्बुलेन्स र एम्बुलेन्स चालक जि.रौतहट यमुनामाई गा.पा.०४ सरूअठा टोल बस्ने अं.बर्ष ३७ को सुरेन्द्र राय यादव समेतलाई नियन्त्रणमा लिई इ.प्र.का.हरिवन सर्लाहीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको ।

मिति २०८२।०८।२० गते ०५:०० बजे देखि ऐ ०८।२१ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-२१

ज.ज.क. बाल यौन दुर्व्यवहार,बाके, बैजनाथ गा.पा.१ घर भई हाल ऐ.कोहलपुर न.पा.११ राजस्व का.नजिकै नास्ता पसल गरी बस्ने वर्ष ३० को ललित शाहीले ऐ. कोहलपुर न.पा.१२ बस्ने वर्ष ३३ की महिला लाई  मिति २०८२।०७।१२ गते आफ्नै नास्ता पसलमा ज.ज.क गरेको भनि पिडितले इ.प्र.का. कोहलपुर मा जाहेरी दिएकोले निज ललित शाहीलाई  इ.प्र.का. कोहलपुरबाट प्र.स.नि. को कमाण्डमा टोली खटी गई खो.त. गर्दै जाँदा निजलाइ निजकै नास्ता पसलमा फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इ.प्र.का. कोहलपुरमा ल्याइ राखिएको । बझाङ, मिति २०८२।०८।१९ गते १४:३० बजे मष्टा गा.पा.१ जिन्नाडा बस्ने वर्ष १३ की बालिकालाई ऐ.बस्ने वर्ष १४ को बालकले मष्टा गा.पा.१ पातली भन्ने जंगलमा जवरजस्ती करणी गरेको भनी ऐ.२० गते १४:०० बजे पीडितकी हजुरआमाले जि.प्र.का.मा जाहेरी दरखास्त दिएकोले  प्र.ना.नि.को कमाण्डमा टोली खटी गई बालकलाई नियन्त्रणमा लिई जि.प्र.का.को हिरासतमा राखेको । प्रहरी कर्मचारी मृत्यु,काठमाण्डौ,  मिति २०८२।०८।२० गते अं.२३:३०  बजे प्रहरी प्रभाग मंगलबजार दरबन्दी भई जिल्ला प्रहरी परिसर जावलाखेल ललितपुरमा कार्यरत जिल्ला रामेछाप रामेछाप न.पा. १ घर भई हाल जिल्ला काठमाण्डौ स्वयम्भु बस्ने बर्ष ४४ (कम्प्युटर कोड नम्बर ३६३५८२) को प्र.स.नि. शन्तोषराज शर्मा कार्यालयमा काम गर्दागर्दै  गाह्रो भई निजको आफन्तलाई खबर गरे पश्चात निजको दाई किशोर राज शर्मा (९८४१५०७६६६) ले नेपाल प्रहरी अस्पताल महाराजगंजमा लिई गएकोमा मिति २०८२।०८।२१ गते ००:५८ बजेको समयमा उपचारको क्रममा डाक्टर द्वारा मृत्यु घोषणा भएको भनि प्रहरी बृत महाराजगंजबाट मिति २०८२।०८।२१ गते ०३;०० बजेको समयमा यस जिल्ला प्रहरी परिसर ललितपुरमा जानकारी प्राप्त भएको, शव सोही अस्पतालमा रहेको । फुटकर ज्यान,मोरङ, बेलबारी न.पा.२ सिङ्हदेबि बस्ने वर्ष ७० को भक्त बहादुर राई के कुन कारण घर नजिकै खोल्सिमा बेहोस अबस्थामा स्थानियले फेला पारी घरमा ल्याउदा निजको श्रीमती वर्ष ७७ की ईन्द्रमाया राई समेत बेहोस अबस्थामा देखी वरपर हेर्दा खोरमा रहेको ३ वटा कुखुरा समेत मरिरहेको अबस्थामा देखी बिषादी सेवनको शंका लागि उपचारको लागि नोबेल अस्पताल बिराटनगरमा ल्याई  ICU वार्डमा राखी उपचार हुदै दुबै जनाको अबस्था गम्भिर रहेकोमा ऐ.२२:४० बजे उपचारको क्रममा ईन्द्रमाया राईको मृत्यु भएको,कानुनी प्रकृया पुरा गरी ऐ.२१ गते ००:१९ बजे शव पो.मा.को लागी कोशी अस्पता बिराटनगर पठाईएको, साथमा भतिजो प्रसान राई रहेको भनि सोहि अस्पतालबाट ऐ. २०:०० बजे इ.प्र.का. बेलबारीमा जानकारी गराउनसाथ प्र.नि.को कमाण्डमा  टोली खटी गई  ऐ.२३:२० बजे निज भक्त बहादुर राईको घरमा बस्ने निजकै भतिजी बुहारी अं.वर्ष ३२ की सुनिता कार्कीलाई  अनुसन्धान तथा सोधपुछको लागि इ.प्र.का. बेलबारीमा ल्याई राखिएको, थप बुझ्ने कार्य भई रहेको । गोली प्रहार,दाङ, लमही न.पा.५ लमही गल्ली स्थित सुमन सुनारले सञ्चालन गरेको जुनतारा सुनचाँदी पसलमा सुन किन्न भनी रा.१ प २६४९ नं.को मो.सा.मा आएका नामथर, वतन नखुलेका २ जना ब्यक्तिहरुले सोही पसलमा काम गर्ने जि.प्युठान प्युठान न.पा.५ बस्ने वर्ष १८ को दिपक सुनारलाई पेस्तोलले हानी मो.सा.छाडी फरार रहेको र घाईतेको घाँटीको दाहिने साईडमा उक्त गोलीले लागी सामान्य छाला छिचोलिएको, निजको लमही अस्पताल लमही दाङमा उपचार भईरहेको, अवस्था बोल्न सक्ने, उक्त स्थानमा व.प्र.का.लमहीबाट प्र.नि.को कमाण्डमा टोली खटी गई गोली हान्ने ब्यक्तिहरुको खो.त.कार्य भईरहेको, घटनास्थलमा सानो पेस्तोलमा लाग्ने गोलीको खोका थान १ फेला परेको, उक्त स्थान व.प्र.का.लमहीबाट अं.१.५ कि.मि.दक्षिण-पूर्व पर्ने । हातहतियार बरामद,सल्यान, त्रिवेणी गा.पा.१ चिमुरे स्थित महाभारत सामुदायिक वनका विभिन्न स्थानहरुमा बेवारिसे अवस्थामा भरुवा बन्दुक रहेको भन्ने गोप्य सुचनाको आधारमा प्र.चौ.काभ्राबाट  प्र.ह.र जि.प्र.का.बाट प्र.ह.को कमाण्डमा खटिएको टोलीले बेवारिसे अवस्थामा १ नाल सावुत ३ नाल बेसावुत जम्मा  ४(चार) नाल भरुवा बन्दुक फेला पारी प्र.चौ.काभ्रा, सल्यान तर्फ ल्याउँदै गरेको, उक्त स्थान प्र.चौ.काभ्राबाट अं.१८ कि.मि.दक्षिण पर्ने । ला.औ.,सुनसरी, धरान उ.म.न.पा.१३ स्थित कृषि बजार अगाडि साबिर गाडी ग्यारेजमा ला.औ.गाँजा लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा व.प्र.का.धरानबाट प्र.व.ना.नि.को कमाण्डमा टोली खटी गई उक्त ग्यारेजमा खानतलासी गर्दा १४९ के.जी.ला.औ.गाँजा सहित ऐ.ग्यारेज अगाडि पार्किङ गरी राखेको दुवानी गर्न प्रयोग भएको मे.१ ज.२०१८ नं.को बोलेरो पिकअप, ओसार पसारमा संलग्न जि. धनकुटा साँगुरीगढी गा.पा.४ बस्ने वर्ष २९ को ईन्द्र लिम्बु, ऐ. शहिदभुमी गा.पा.४ बस्ने वर्ष २५ को जिपसन लिम्बु र ग्यारेज संचालक देश भारत घर बताउने वर्ष २६ को साबिर आलमलाई पक्राउ गरी अनुसन्धानको लागि इ.प्र.का.धरानमा ल्याई थप अनुसन्धान भईरहेको, उक्त स्थान इ.प्र.का.धरानबाट अं.४ कि.मि.उत्तर पूर्व पर्ने ।  पर्वत, मिति २०८२।०८।२० गते अं. ०९:०० बजे जिल्ला पर्वत जलजला गा.पा. ३ पानि ट्याङकी स्थित प्र.चौ.वारिवेनी पर्वतबाट प्र.स.नि.राजेश गुरुङ (९८४६१८४७९४) को कमाण्डमा खटिगएको चेकिङ टोलिले चेकिङ गर्ने क्रममा म्याग्दीबाट पोखरा तर्फ जादैँ गरेको ग ३ च ५१४९ नं. को पिकप बेलेरो जिपलाई चेकजाँच गर्ने क्रममा उक्त जिप भित्र ११.७५० किलो ग्राम गाजा,१०६.४४५ किलो ग्राम गोरुको मासु ,चरेस जस्तो देखीने पदार्थ -२६० ग्राम ,सवारी साधन सहित चालक र सहचालक नियन्त्रणमा रहेको,घट्ना स्थल मुचुल्काको लागी प्र.नि. राजन कुमार पटेल (९८५७६४५८५५) को कमाण्डमा ७ जनाको टोली खटिगएको,चालक जिल्ला म्याग्दि अन्नपुर्ण गा.पा. ८ वस्ने वर्ष ४२ को देव ब. पुर्जा र सहचालक ऐ.ऐ. वस्ने वर्ष ४२ को युवराज गर्बजा रहेको दुवै व्यक्तिहरुलाई जि.प्र.का. पर्वतमा ल्याई थप अनुसन्धान कार्य भईरहेको ।

मिति २०८२।०८।१८ गते ०५:०० बजे देखि ऐ ०८।१९ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु । २०८२-०८-१९
२०८२-०८-१९

ज.ज.क. बाल यौन दुर्व्यवहार,ईलाम, इलाम-१७ गते अं.१५.१०बजेको समयमा माङसेबुङ गा.पा.-२ इभाङ बस्ने सांकेतिक नाम ०८२/०८३ मंगलबारे-३२ की छोरी बर्ष १४ की सांकेतिक नाम०८२/०८३ मंगलबारे-२८ लाई ऐ. बस्ने बर्ष ४० राजिन कामीले जबर जस्ती करणी गरेको भनि पिडितको माइजु सांकेतिक नाम ०८२/०८३ मंगलबारे-२७ ले इप्रका मंगलबारे इलाममा ऐ.१७ गते ऐ.२१.०० बजे जाहेरी दिन साथ प्र.चौ इभाङ इलामबाट प्र.ह चन्द्र बहादुर तामाङ (९८६३९००७१८) को कमाण्डमा प्रहरी टोली खटिई गई राजिन कामीलाई निजकै घर वतनबाट फेला पारी पक्राउ गरी नियन्त्रणमा लिईएको र पिडित बालिकाका मेडिकलको लागि जिल्ला अस्पताल ईलाम तर्फ पठाईएको थप अनुसन्धान कार्य भइरहेको कास्की, पोखरा म.न.पा. ११ कसेरी स्थित ऐ. ११ फुलबारी बस्ने वर्ष ३६ को सन्तोष बि.क.ले ऐ. १२ भद्रकाली बस्ने वर्ष १२ की बालिका (२०८२ पोखरा ४१) लाई ललाई फकाई गरी यौन दुर्व्यवहार प्रयास गरेको भन्ने सूचना प्राप्त हुनासाथ व.प्र.का.रामबजारबाट प्र.स.नि लालबहादुर थापाको कमाण्डमा ५ जनाको टोली खटि गई दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागी जि.प्र.का.कास्की ल्याई राखिएको । धारिलो हतियार प्रहार,सिन्धुपाल्चोक, जुगल गा.पा.२ संञ्चगाँउ बस्ने बर्ष-अं.४५ को लोक बहादुर गोलेलाई ऐ.ऐ.बस्ने निम्न व्यकतिहरुले सामान्य वादविवाद गरी कुटपिट तथा खुकुरी प्रहार गरी टाउकोको निधारको भागमा चोट लागी घाईते भई स्थानिय मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागी काठमाण्डौ तर्फ पठाईएको अबस्था मध्यम बोल्न सक्ने उपचारमा निज घाईतेको दाई संलग्न रहेको, कुटपिट गर्ने व्यक्तिहरु फरार रहेको उक्त स्थान प्र.चौ.तेम्बाथानबाट प्र.ना.नि.श्याम थापाको कमाण्डमा ४ जनाको टोली खटि गई कुटपिट गर्ने व्यक्तिको खो.त.कार्य भईरहेको, उक्त स्थान प्र.चौ.तेम्बाथानबाट अं.१२ कि.मि.उत्तर पर्ने । कुटपिट गर्ने व्यक्तिहरू १) जि.सि.पा.जुगल गा.पा.२ संञ्चगाँउ बस्ने बर्ष अं.४० जयलाल गोले । २) ऐ.ऐ.बस्ने बर्ष अं.२८ को जय बहादुर गोले । ३) ऐ.ऐ.बस्ने बर्ष अं.२२ को रोशन गोले । ४) ऐ.ऐ.बस्ने बर्ष अं.२६ को प्रकाश गोले । ५) ऐ.ऐ.बस्ने बर्ष अं.२७ को ओपसंङ गोले । ६) ऐ.ऐ.बस्ने बर्ष अं.५० को दाङसिङ गोले । हा.ह.बरामद,सुर्खेत, सुर्खेत सिम्ता गा.पा.७ तामाकाँडा दैलेखी टोल स्थित ऐ. बस्ने रणबिर ऐरीको पाखो बारीमा रहेको भिमलको रुखको फेद नजिकै भरुवा बन्दुक छ भनि स्थानियले खबर गरे पश्चात तत्काल इ.प्र.का.बादेपिपल सुर्खेतबाट प्र.स.नि.गणेश पुनको कमाण्डमा ५ जनाको प्रहरी टोली खटिगई चेकजाँच गर्दा भरुवा बन्दुक थान-१ आधा भाग माटोमा पुरीएको अवस्थामा फेला पारी उक्त भरुवा बन्दुकलाई रितपुर्वक मुचुल्का गरी कार्यालय तर्फ ल्याउदै गरेको उक्त स्थान इ.प्र.का.बादेपिपल सुर्खेतबाट अ.१४ कि.मि. पश्चिम पर्ने । पाँचथर, मिक्लाजुङ गा.पा.- ३ टेक्वा पुक्षार बर्बोटे स्थित अस्थाई प्रहरी पोष्ट आरुबोटे, पाँचथरबाट प्रसनि को कमाण्डमा खटिएको गस्ति टोलिले गस्ति गर्ने क्रममा टेक्वा-भदौरे भित्रि सडक खण्डको सडक छेउमा खर र बनमाराको झारीमा तितेपाते बनमाराले छोपिएको बेवारिसे अवस्थामा भरुवा बन्दुक थान-१ फेला परेको हुदाँ थप अनुसन्धान तथा मुचुल्काको लागि इप्रका रवि, पाँचथरबाट प्रनि दुर्गा राईको कमाण्डमा प्रहरी टोलि खटि गएको । ला.औ., मकवानपुर, हेटौडा उ.म.न.पा.३ लेवटचोक स्थित कोपिला मिश्राको घरमा डेरा गरी बस्ने ऐ.हेटौडा उ.म.न.पा.३ लेवट बस्ने वर्ष अं.४० को फडिन्द्र राज पुरी, ऐ.बकैया गा.पा.७ छतिवन घर भई हाल ऐ.हेटौडा उ.म.न.पा.१९ सानान्टार बस्ने वर्ष अं.४० को सुवास खत्रि र ऐ.मनहरी गा.पा.५ हाडिखोला घर भई ऐ.हेटौडा उ.म.न.पा.११ नवलपुर बस्ने बर्ष अं.३४ विनोद तिवारीले कोठा भित्र ला.औ.सेवन गरीरहेको भन्ने विशेष सुचनाको आधारमा प्र.चौ.बसामाडी लेवटबाट प्र.स.नि.को कमाण्डमा टोली खटि गई चेकजाँच गर्दा निजहरुको साथबाट ८ ग्राम ४० मिलिग्राम ला.औ.खैरोहिरोइन जस्तो देखिने पदार्थ  फेला पारी उक्त ला.औ.सहित निजहरुलाई नियन्त्रणमा लिई जि.प्र.का.मकवानपुरमा राखिएको ।

मिति २०८२।०८।१७ गते ०५:०० बजे देखि ऐ ०८।१८ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-१८

कर्तव्य ज्यान,मोरङ, जहदा गा.पा.७ तारेगामा बस्ने वर्ष अं.३० को राजु कुमार साहाले निजको काकाको छोरा भाइ नाता पर्ने वर्ष अं.२८ को श्रवण कुमार साहालाइ सामान्य बिबाद भई झै झगडा हुदा  के कुन धारिलो हतियारले हान्दा बाया छातीमा चोट लागी उपचारको लागि बिराट टिचिङ अस्पताल गंगाचोकमा ल्याई उपचार भईरहेकोमा ऐ.०८।१८ गते ००:१० बजे श्रवण कुमार साहाको उपचारको क्रममा मृत्यु ऐ. ०१:३५ बजे शवको कानुनी प्रकृया तथा पो.मा.को लागि कोशी अस्पताल बिराटनगर पठाएको, कुटपिट गर्ने राजु कुमार साह भागी फरार भएको भन्ने जानकारी प्राप्त हुनासाथ जि.प्र.का.बाट प्र.नि. को कमाण्डमा तथा मातहत समेतबाट प्रहरी टोली परिचालन भई खो.त. कार्य भई रहेको । ज.ज.क.,बर्दिया, बारबर्दिया न.पा.७ सिउनिया बस्ने अं.वर्ष ६७ की महिला घर नजिकै पसल गएकोमा ऐ.बस्ने अं.वर्ष ३२ को प्रशान्त कार्कीले (मा.प.से.गरेको ) ऐ.०८।१६ गते अं.१८:०० बजे पसलबाट घर सम्म पुर्‍याई दिन्छु भनि लगि ऐ.सिउनिया स्थित सिउनिया मसुरिया टोल  कच्ची सडक-खण्डको बायाँ साइडमा लगी ज.ज.क.गरेको भनि पीडितको नातिनीले ऐ.०८।१७ गते १५:०० बजे इ.प्र.का.बानियाभार बर्दियामा जाहेरी दरखास्त दिए पश्चात तत्काल प्र.नि.को कमाण्डमा टोली खटी गई पीडकलाई नियन्त्रणमा लिई दुबै जना पीडित र पीडकलाई स्वास्थ्य परिक्षणको लागि जिल्ला अस्पताल बर्दिया पठाएको । सवारी दुर्घटना बाट प्र.क.को मृत्यु,मोरङ, १८ गते अं.००:२५ बजे बिराटनगर म.न.पा. ०३ बरगाछि चोक नजिक कोशी राजमार्गमा बिराटनगरबाट कंचनबारी तर्फ जादै गरेको बा.प्र.०२-०४३ प ७७१६ नं. को मो.सा. आफै अनियन्त्रीत भई दुर्घटना भएको भन्ने खबर प्राप्त हुनसाथ CRV बरगाछिबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई मो.सा. चालक जि. मोरङ बेलबारी नपा-८ घर भई कोशी प्रदेश प्रहरी कार्यालय रानी बिराटनगरमा कार्यरत ( दरबन्दी मधेश प्रदेश प्रहरी गण धनुषा)  बर्ष अं.३० को प्र.स.ह. भिम खड्का घाइते भइ उपचारको लागि बिराट नर्सिङहोम बिराटनगरमा लगी उपचार भईरहेकोमा ऐ.०४:०० बजे उपचारको क्रममा डा.ले मृत घोषणा गरेको शव सोही अस्पतालमा रहेको  ला.औ., दार्चला, बिशेष सुचनाको आधारमा इ.प्र.का.गोकुलेश्वरबाट प्र.नि.को कमाण्डमा खटी गएको प्रहरी टोलिले जिल्ला दार्चुला शैल्यशिखर न.पा.२ गोकुलेश्वर धुलिगडा सडक खण्ड देथला स्थित पैदल हिँड्दै गोकुलेश्वर तर्फ आईरहेको ऐ. नौगाड गा.पा.६ रैचु बस्ने वर्ष अं.४७ को मान सिंह धामीलाई संका लागि चेक जाँच गर्दा निजले बोकेको कालो रङको झोला भित्र लुकाई छिपाई २ वटा प्लाष्टिकको पोका पारी राखेको शुद्ध तौल १ के.जी.९७५ ग्राम चरेस जस्तो देखिने कालो पदार्थ र १ थान डिजिटल तराजु उक्त झोलाबाट फेला पारी रितपुर्बक बारमद गरी बरामदी ला.औ.सहित निज मान सिंह धामिलाई पक्राउ गरी थपअनुसन्धानको लागि इ.प्र.का.गोकुलेश्वरमा ल्याई राखेको ।

मिति २०८२।०८।१६ गते ०५:०० बजे देखि ऐ ०८।१७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-१७

ज.ज.क. बाल यौन दुर्व्यवहार,सल्यान, मिति २०८२।०६।२६ गते अं. २३:०० बजे वनगाड कुपिण्डे न.पा.१ आम्रा बस्ने अं.वर्ष ३४ को पुरुष व्यक्तिले वर्ष १४ की आफ्नै छोरीलाई घरको कोठामा ज.ज.क.गरेको भनि ऐ.०८।१६ गते १२:०० बजे पीडितको आमाले जि.प्र.का.सल्यानमा जाहेरी दिएको हुँदा इ.प्र.का. देवस्थलबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई पिडकलाई आफ्नै घर वतनबाट नियन्त्रणमा लिएको।  प्र.क. सम्पर्क बिहिन,डोल्पा, जि.कञ्चनपुर कृष्णपुर न.पा.८ बस्ने पदम शाहको नाती मिन बहादुर शाहको छोरा प्र.चौ.माझगाउँ डोल्पा दरबन्दी भई जि.प्र.का.डोल्पामा कार्यरत (क.को.नं. ३९२१४६, संकेत नं.C-०००१४५८७) को प्र.ह.गणेश बिक्रम शाह (सम्पर्क नं.९८४९५५६७५४ वा ९८१५६८२३७४, आमाको सम्पर्क नं. ९७४८८७३५४९) ऐ.०८।१५ गते १८:०० बजे देखी २२:०० बजेसम्मको मोबाईल-१ डिउटी खटाईएकोमा आफुलाई खटाईएको डिउटी नगरी कोही कसैलाई नसोधी आफु खुसी लाईन ब्यारेक छाडी हिंडेकोमा ऐ.१६ गते २०:४५ बजेसम्म पनि का.तथा मातहत कार्यालय र घर परिवारको सम्पर्कमा समेत नरहेकोले  कार्यालय तथा मातहत समेतबाट प्रहरी परिचालन भई खो.त.भईरहेको । कुटपिट, जाजरकोट, भेरी न.पा.६ भेरे बस्ने वर्ष १९ को हरी बहादुर बि.क. ऐ.बस्ने चन्द्र बहादुर पुनको घरमा विवाहमा गएकोमा ऐ.६ भेरे धनारी देखी पैरेनि टोल जाने बाटोबाट अं.१०० मि. तल कुटपिट भई घाईते अवस्थामा फेला पारी निजको आफन्तले ऐ.१८:४५ बजे नेपालगंज नर्सिङ् होम बाँकेमा लगि उपचार भईरहेको भनि घाईतेको बुवाले जानकारी गराएको भनि ऐ.अस्पतालमा कार्यरत प्र.स.ह.ले जि.प्र.का.जाजरकोटमा जानकारी गराएको, गम्भीर रहेको, इ.प्र.का.जगतीपुरबाट प्र.स.नि.को कमाण्डमा टोली खटी गई कुटपिट गर्ने मानिसहरुको खो.त.भईरहेको,             हा.ह.बरामद,रुकुम पूर्व, जि.प्र.का.बाट प्र.स.ह.र अ.प्र.प्रो.खोपिचारबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त गस्ती टोलीले गस्ती गर्दै जाने क्रममा ऐ.१६:४० बजे ऐ. सिस्ने गा.पा.६ द्धारेखोला स्थितमा लुकाई-छिपाई राखेको अवस्थामा वेवारिसे भरुवा बन्दुक नाल २ (दुई) बेसावुत र भरूवा बन्दुक बनाउन प्रयोग हुने नाल १ फेला पारी रितपुर्बक बरामदी मुचुल्का गरी जि.प्र.का.मा ल्याई राखिएको, प्युठान, प्युठान सरुमारानी गा.पा.६ पाङकोट बस्ने बर्ष अ.४२ को मान बहादुर बुढाले ऐ.बस्ने बर्ष अं. ३५ की लिलि पुनलाई एक्कासी हातपात गरेको भनि जानकारी गराए पश्चात उक्त स्थानमा प्र.चौ. बडडाडा प्युठान बाट प्र.स.नि.को कमाण्डमा २ जनाको टोली खटि गई निजलाई नियन्त्रणमा लीई चेकजाँच गर्दा निजको साथबाट अबैध थान १ नाल भरुवा बन्दुक, निजको घरमा अर्को पनी रहेको भन्ने जानकारी पश्चात उक्त टोली गई थान १ नाल भरुवा बन्दुक गरी जम्मा थान २ नाल भरुवा बन्दुक सहीत निजलाई नियन्त्रणमा लीएको, थप अनुसन्धानको लागी इ.प्र.का.भिगृ प्युठानबाट प्र.नि.सुजन बाबु बिश्वकर्माको कमाण्डमा ५ जना खटीएको ला.औ.,पर्सा, वीरगंज म.न.पा.१५ प्रतिमा चोक स्थित जि.प्र.का.बाट प्र.स.ह.को कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा पैदल यात्री ऐ.धोविनी गा.पा.५ धोविनी बस्ने वर्ष ४८ को संसुल मियाले बोकेको कालो झोलामा चरेस जस्तो देखिने पदार्थ तौल गर्दा १० के.जी.१०० ग्राम फेला पारेको उक्त पदार्थ सहित निजलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि जि.प्र.का.मा ल्याई राखिएको,उक्त स्थान जि.प्र.का.बाट अं.२ कि.मि. उत्तर पर्ने ।   सुनसरी, रामधुनी न.पा.१ स्थित पश्चिम बस स्टेसनमा ऐ. कोशी गा.पा.५ बस्ने वर्ष ३६ को साहबुदिन आलम, ऐ. ईटहरी उ.म.न.पा.१८ बस्ने वर्ष २० को मोहमद साबिर,  ऐ. बस्ने वर्ष २४ को रहमत अली, ऐ. बस्ने वर्ष २४ को मोहमद असलमले लागु औषध (खैरो हेरोईन) कारोवार गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा लागू औषध नियन्त्रण ब्यूरो विराटनगरबाट प्र.ना.नि.र इ.प्र.का.पकलीबाट प्र.स.नि.को कमाण्डमा खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा उभिई एक आपसमा कुराकानी गरिरहेको अवस्थामा फेला पारी निजहरुको शरीर रितपूर्वक खानतलासी गर्दा मोहमद असलमले लगाएको जिन्स पाईन्टको गोजी भित्र लुकाई छिपाई राखेको अवस्थामा सेतो रंगको प्लाष्टिकको पोका थान-१ फेला पारी गोजीबाट निकाली खोली हेर्दा लागू औषध ( खैरो हिरोईन ) जस्तो देखिने लिसाईलो पदार्थलाई डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिक सहित १४९.३३० ग्राम र शुद्ध तौल १४१.४६० ग्राम फेला पारी ४ जनालाई नै नियन्त्रणमा लिई इ.प्र.का.पकलीमा राखी आ.अ.भईरहेको, उक्त स्थान इ.प्र.का.पकलीबाट अं.२ कि.मि.पश्चिम पर्ने । मोरङ, धनपालथान गा.पा १ गडेरीया टोल पुर्ब ऐ.ऐ बस्ने बिनोद साहको धानबारीको बिचमा रहेको बाँसको झ्याँङमा२ वटा पछाडि भिर्ने कालो र निलो रंगको ब्याग बेबारीसे अवस्थामा राखेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी चौकी गडेरीया मोरङबाट प्रसनि श्याम प्रसाद भट्टराई (९८६४२२५३९९ )को कमाण्डमा प्रहरी टोलि खटि गई उक्त २ वटा ब्याग खोलि चेकजाँच गर्दा ब्याग भित्रि Tramol-50 लेखिएको २९६८ पत्ता (२९,६८०)क्याप्सुल प्रतिबन्धित औषधि फेला पारी प्रहरी चौकी गडेरीयामा ल्याई अनुसन्धान भईरहेको,  सुनसरी, इनरुवा न.पा.९ नहर चोक स्थित इनरुवा जाल्पापुर भित्री सडक खण्डमा इनरुवाबाट जाल्पापुर तर्फ जाँदै गरेको बा.३ च ५५८५ नं.को स्कारपियोलाइ शंका लागी जि.प्र.का.सुनसरीबाट QRT मो.सा.मा प्र.ह.को कमाण्डमा खटी गएको टोलीले रोकी चेकजाँच गर्न खोज्दा नरोकी फरार भएकोमा सम्बन्धित रुटमा पर्ने अ.प्र.पोष्ट साम्बला पोखरीचोकबाट खटी गएको प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले बाटो ब्लक गरी चेकजाँच गर्ने क्रममा ब्लक गरेको ठाउँ भन्दा अं.१०० मि. पछाडी नै गाडी रोकी चालक फरार भएकोमा जि.प्र.का. सुनसरीबाट प्र.उ.को कमाण्डमा टोली खटी गई चेकजाँच गर्दा उक्त गाडी भित्र प्लाष्टिकको बोरामा प्याक गरी राखेको १६ बोरा प्रतिबन्धित ला.औ.गाँजा जस्तो देखिने पदार्थ फेला परेकोले कानुन बमोजिम आवश्यक कानुनी प्रकृया पुरा गरी गाडी सहित बरामद गाँजा जि.प्र.का.सुनसरीमा ल्याई नाप तौल गर्दा ४६० के.जी. रहेको, चालक फरार रहेकोले जि.प्र.का. सुनसरी तथा मातहत समेतबाट सादा पोसाकमा समेत टोली परिचालन गरी खो.त.भईरहेको