मिति २०८२।०८।२३ गते ०५:०० बजे देखि ऐ ०८।२४ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-२४
- A
- A-
- A+
कर्तव्य
ज्यान,
सुनसरी, दुहबी न.पा.४
मदर्श चौंक स्थित ऐ. बस्ने वर्ष अं. २२ को जीवन गोस्वामी र ऐ. बस्ने वर्ष अं. ४८
को सकिल मियाबीच एकआपसमा विवाद हुंदा जीवन गोस्वामीले सकिल मियालाई कुटपिट गरी
घाइते बनाएको भन्ने खबर प्राप्त हुनसाथ इ.प्र.का. दुहबीबाट प्र.ना.नि.को कमाण्ड
टोली खटी गई उपचारको लागि सामुदायिक अस्पताल दुहबी पठाएकोमा सामान्य उपचार पश्चात
थप उपचारको लागि विराट मेडिकल कलेट टिचिङ अस्पताल विराटनगर पठाएकोमा उपचारको
क्रममा ऐ.२३:१५ बजे डा.ले मृत घोषणा गरेको भनि ऐ.२३:३० बजे ऐ. अस्पतालबाट खबर
प्राप्त भएको,
कुटपिट
गर्ने जीवन गोस्वामी इ.प्र.का.दुहबीको नियन्त्रणमा रहेको ।
ज.ज.क.
बाल यौन दुर्व्यवहार,
धनकुटा, मिति
२०८२।०७।१५ गते अं.१९:०० बजे वर्ष ४१ की महिला लाई निजकै घरकोठामा ऐ बस्ने नातामा
देवर पर्ने वर्ष ४४ को ले ज.ज.क.गरी गर्भवति समेत बनाएको भनि ऐ.०८।२३ गते १९:००
बजे जि.प्र.का.मा जाहेरी प्राप्त भएकोमा इ.प्र.का.पाख्रिबासबाट प्र..ना.नि को
कमाण्डमा टोली खटी गई नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई अनुसन्धान भई रहेको र
पिडितलाई ऐ. न.पा.६ स्थित महिला पुन स्थापना केन्द्रमा राखिएको ।
अवैध
रकम बरामद
सिरहा, बरियारपट्टी
गा.पा.२ स्थित बिशेष सुचनाको आधारमा इ.प्र.का.महेशपुर पतारबाट प्र.नि., जि.प्र.का.र
प्र.चौ.कचनारीबाट संयुक्त टोली खटी गई चेकजाँच गर्दा भारतबाट नेपाल तर्फ आउँदै गरेको BR32AW ८३७७ नं.को
स्कुटरलाई चेकजाँच गर्दा स्कुटरको डिकीभित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको रकम
नगद रु.७,००,०००।-फेला
पारी स्कुटर चालक ऐ.गा.पा.३ बस्ने वर्ष ४६
को दिनेश महतोलाई स्कुटर सहित नियन्त्रणमा लिई इ.प्र.का.महेशपुर पतारमा राखी
आ.अ.भईरहेको ।
ला.औ.,
चितवन, भरतपुर
म.न.पा.१० लाहुरे टोल स्थित जि.प्र.का.बाट प्र.स.नि. को कमाण्डमा खटिएको CAP टोलीले जि.पर्सा बीरगञ्ज म.न.पा.३२ टेडा घर भई
हाल ऐ.भरतपुर म.न.पा.१० स्थित मायादेवी दवाडीको घर पछाडी रहेको टहरामा डेरा गरी
बस्ने वर्ष १९ को रैफुल्लाह मिया ठकुराईको डेराकोठामा ला.औ. ब्राउन सुगरको कारोबार
भइरहेको छ भन्ने गोप्य सुचनाका आधारमा निजहरुको कोठा खान तलासी गर्दा निज वर्ष १९
को रैफुल्लाह मिया सहित ८ जना (ला.औ. प्रयोगकर्ता -किन्न आउने व्यक्ति) र उक्त ला.औ. ब्राउन सुगर जस्तो देखिने
पदार्थको प्लाष्टिक सहितको जम्मा तौल १६२.२९ ग्राम.सहित नियन्त्रणमा लिइ थप
अन्य अनुसन्धानको लागि जि.प्र.का.मा ल्याइ आ.अ.भईरहेको।
पर्सा, बीरगंज
म.न.पा.१५ प्रतिमा चोक स्थित गोप्य सुचनाको आधारमा व.प्र.का.श्रीपुरबाट
प्र.स.नि.को कमाण्डमा खटिएको टोलीले बा.प्र.०८-००१ज ०११७ नं.को सार्वजनीक
यात्रुबाहक ई.भि.गाडीबाट दुई वटा सुटकेशमा Tramol-50 लेखिएको
प्रतिबन्धित ला.औ.६०५३ पत्तामा जम्मा ६०५३० क्याप्सुल सहित जि.धादिङ बेनीघाट रोराङ
गा.पा.६ बस्ने कुमार मगरको छोरा अं.बर्ष १९ को रामहरी मगर र ऐ.सिदलेख गा.पा.७
बस्ने गोबिन्द बहादुर मगरातीको छोरा अं.वर्ष १९ को राजकुमार मगरातीलाई नियन्त्रणमा
लिई व.प्र.का.श्रीपुरमा ल्याई अनुसन्धान कार्य भइरहेको ।
चितवन, इच्छाकामना
गा.पा.६ कालीखोला मुग्लिङ नारायणगढ सडक खण्ड स्थितमा इप्रका मुग्लिङबाट
प्र.ना.नि.ठाकुर प्रसाद पनेरु (९८५१२८२१५०) को कमाण्डमा खटिएको चेकिङ टोलिले
नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको सु.प.प्र.०१-००१ ख २४५९ नं. को ट्रकलाई रोकि
शंका लागि राकि चेक जाँच गर्ने क्रममा ट्रक चालक जिल्ला दार्चुला तुहु गा.पा.२
बस्ने बर्ष ३५ को दिलनन्द जोशिको अं.९ ग्राम चरेस सहित निज लाइ नियन्त्रणमा इप्रका
मुग्लिङमा ल्याइ राखेको, ।