मिति २०८२।०८।२४ गते ०५:०० बजे देखि ऐ ०८।२५ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-२५
- A
- A-
- A+
कर्तव्य
ज्यान,
सिरहा, मिति
२०८२।०८।१० गते अं.१०:०० बजे जि.सिरहा कल्याणपुर न.पा.७ भेडिया टोल बस्ने शिबकुमार
मुखियाको श्रीमती अं.वर्ष ३० की लक्ष्मीनिया देवी मुखिया (मानसिक सन्तुलन ठिक
नरहेको) लाई निजको छोरा अं.वर्ष १५ को अंगद मुखिया र निजको छोरी अं.वर्ष १६ की
अमरीता मुखियाले आमाको मानसिक सन्तुलन ठिक नभएको विषयलाई लिएर निजकै छोराछोरीले
कुटपिट गरी घाईते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भईरहेकोमा ऐ.०८।२४ गते
अं.०९:०० बजे मृत्यु भएको, शव तत्काल सोही अस्पतालमा रहेको भन्ने खबर
ऐ.०९:१५ बजे सोही अस्पतालबाट जानकारी प्राप्त हुनासाथ इ.प्र.का. मिर्चैयाबाट
प्र.नि.को कमाण्डमा टोली खटी गई मृतकको छोरा अंगद मुखियालाई पक्राउ गरी
अनुसन्धानको लागि तालुक इ.प्र.का. मिर्चैया पठाईएको र छोरी फरार रहेको ।
ज.ज.क.
बाल यौन दुर्व्यवहार,
ईलाम, ईलाम-२३ गते
अं.१३:४० बजे सुर्योदय न.पा.१२ आठघरे पिङडाँडा टोल बस्ने वर्ष ५१ की महिला ऐ.ऐ.१०
बस्ने वर्ष ५९ को राजु प्रधानले घरमा कोही नभएको अवस्थामा ज.ज.क.गर्न खोजेको भनि
ऐ.२४ गते अं.११;२० बजे इप्रका
पशुपतिनगर इलाममा पिडित आफैले लिखित जाहेरी दरखास्त दिन साथ प्र.चौ.आईतबारे
इलामबाट प्र.ह.को कमाण्डमा टोली खटीगई पिडक राजु प्रधान लाई नियन्त्रणमा लिई, इ.प्र.का
पशुपतिनगर तर्फ पठाएको ।
गोली
बरामद,
स्याङजा, फेदीखोला
गा.पा. २ आगेकुना स्थित फोहोर संकलन केन्द्रमा फोहोर छुट्याउने क्रममा फोहोरको
बोरा भित्र ६ राउण्ड गोली(7.62 को ३ राउण्ड,0.2 imi को ३ राउण्ड
गरी जम्मा ६ राउण्ड) फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्र.स.नि. र
जि.प्र.का.स्याङ्जाबाट प्र.नि.को कमाण्डमा टोली खटी गएको,उक्त फोहोर भालुपहाड
देखि कुभिण्डे सम्मको ऐ. २२ गते संकलन गरिएको।
हा.ह.बरामद,
जाजरकोट, जाजरकोट-२३ गते
तालुक जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट सादा पोसाकमा प्र.स.ह.बल बहादुर बि.क.को
कमाण्डमा खटिएको २ जनाको प्रहरी टोलीले जि.प्र.का.सुर्खेत संगको समन्वयमा जिल्ला
सुर्खेत बिरेन्द्र नगरपालिका १० एयरपोर्ट चोकबाट जिल्ला जाजरकोट बारेकोट गा.पा.१
बस्ने रन्द्र ब.बस्नेत (राम ब.बस्नेत भनिने) को छोरा बर्ष २३ को दिपेन्द्र बहादुर
बस्नेतलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याई सोधपुछ गर्दा ऐ.बारेकोट गा.पा.१
बयला स्थित आफ्नै घरमा हतियार लुकाई छिपाई राखेको छु भनि जानकारी दिएकोले उक्त
स्थानमा आज मिति २०८२।०८।२४ गते १६:३० बजेको समयमा इ.प्र.का.बारेकोट जाजरकोट बाट
प्र.नि. सुमन गैह्रेको कमाण्डमा ५ जनाको प्रहरी खटि गई निज रन्द्र ब.बस्नेत (राम
ब.बस्नेत भनिने)ब्यक्तिको घर गोठ खानतलासी गर्दा एक तले दुई कोठे टिनले छाएको टहरा
(गोठ) भित्र ढोका नजिकै खर भित्र निज दिपेन्द्र बहादुर बस्नेतले लुकाई छिपाई
राखेको अवस्थामा कालो रंगको हावादारी Air Gun थान १ (एक) बरामद गरी
नियन्त्रणमा लिएको ।
कैलाली, कैलाली भजनी
न.पा.९ गन्जहुवा स्थित सरस्वती सामुदायीक बन भित्र लम्की तालको छेउमा रहेको
हल्दुको रुखको टोट्कोमा धमिरा र खिया लागेको अबस्थामा लुकाई छिपाई राखेको एकनाले
थान १ भरुवा बन्दुक छ भनि टे.फो.मार्फत स्थानिय मानिसले इ.प्र.का.भजनी कैलालीमा
जानकारी गराउना साथ ऐ.१६:४० बजेको समयमा उक्त स्थानमा इ.प्र.का.भजनी कैलाली बाट
सम्पर्क नं.(९८५८४९०३०५) प्र.नि.खगेन्द्र सिंह साउँदको कमाण्डमा ४ जनाको प्रहरी
टोली खटीई गई बरामदी मुचुल्का गरी उक्त भरुवा बन्दुक,इ.प्र.का.भजनी कैलालीमा
ल्याई ,थप अनुसन्धान
भईरहेको ।
झुण्डी
मृत्यु,
कैलाली, मिति
२०८२।०८।२४ गते अं.२३;१५ बजे गोदावरी न.पा.३ मालाखेती घर भई ऐ.धनगढी
उप-महनगरपालिका २ सन्तोसीटोल कोठा गरी बस्ने बर्ष २४ कि पुजा शर्माले आफु बस्ने
कोठाको फलमको रडमा दोपट्टाको पासो लगाई झु.आ.ह. गर्न खोज्दा निजकै साथी ऐ.ऐ.२
सनतोसीटोल बस्ने बर्ष २६ को सागर विष्टले पासो फुकाली उपचारको लागि नवजिवन अस्पताल
धनगढीमा ल्याकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको भनि सोही अस्पतालमा
कार्यरत प्र.ह.कमल जोशीले ऐ.२३;३० बजे जि.प्र.का.कैलालीमा जानकारि गराउना साथ
व.प्र.का.धनगढीबाट प्र.नि. को कमाण्डमा टोलि खटि गएको । थप टिपोट ;- ऐ.०८।२५ गते ०१;५५ बजे लाश
सेति प्रादेशिक अस्पताल धनगढीको लागि पठाएकोमा लाश घरमा राकेको ।
ला.औ.,
मकवानपुर, इ.प्र.का.मनहरी
मकवानपुरबाट प्र.स.नि.को कमाण्डमा खटी गएको गस्ती टोलीले जि.मकवानपुर मनहरी
गा.पा.९ ज्यामिरे स्थितमा रोकी राखेको BR01CZ4758 नं.को
भारतीय कारलाई चेकजाँच गर्दा कारको भित्र प्लाष्टिकमा प्याक गरी लुकाई छिपाई
राखेको तौल गर्दा ३३ के.जि.२१० ग्राम रहेको ला.औ.गाँजा फेला परेको हुँदा
ला.औ.गाँजा र कारलाई नियन्त्रणमा लिई इ.प्र.का.मनहरी मकवानपुरमा ल्याई अनुसन्धान
भईरहेकोमा उक्त नियन्त्रणमा लिएको गाडिको ईन्जिन नं.चेक गर्न अगाडीको बर्नर खोली
हेर्दा अगाडीको बर्नरको भागमा लुकाई छिपाई प्लाष्टिकले बेरेको ६ प्याकेट गाँजा थप
बरामद भएकोले,
बरामद
ला.औ. गाँजा तौल गर्दा २५ के.जि.गरी जम्मा ५८ के.जि.२१० ग्राम गाँजा
नियन्त्रणमा लिएको, घटनास्थलमा गाडी मात्र रहेको र चालक, सवार व्यक्तिहरु कोही
फेला नपरेकोले अन्य आ.अ.भईरहेको।
मोरङ, रंगेली न.पा. ८
स्थित बिजुली अफस भन्दा अं.२०० मिटर पश्चिमको दुरीमा नामथर, वतन खुल्न
नसकेको खेतको बिचमा रहेको डुमरियाको रुख मुनि परालले छोपी लुकाई छिपाई राखिएको
ला.औ.गाँजा रहेको भन्ने सुचनाको अधारमा इ.प्र.का.रंगेलीबाट प्र.नि.को कमाण्डमा
खटिएको प्रहरी टोलीले २९ बोरा ला.औ.गाँजा बरामद गरी इ.प्र.का.रंगेलीमा
ल्याई राखिएको ।
मकवानपुर, मिति
२०८२।०८।२५ गते राती अं. ०१:०० बजेको समयमा जि.प्र.का.मकवानपुरबाट प्र.ना.नि.बिग
बहादुर तामाङ (९८४५०२८३११) को कमाण्डमा खटिएको ५ जना प्रहरी टोलिले नामटार तर्फ बाट भैसे तर्फ आउदै गरेको बा १७ च
४२ न.को बोलेरो पिकअप गाडिलाई जि.मकवानपुर
भिमफेदी गा.पा.२ कालिटार स्थित आर्मि ब्यारेक नजिक त्रिभुभन राजपथमा सडकखण्डमा
शंका लागी रोक्न खोज्दा गाडी नरोकि भगाएकोले खटीएको प्रहरी टोलीले पिछा गर्दै जाने
क्रममा ऐ.भिमफेदी गा.पा.३ पान्द्राङ स्थित ढुङगा खानी जाने भित्रि बाटोमा गाडी
रोकि लक गरी चालक फरार भएको अवस्थामा फेला पारेको, उक्त पिकअप
गाडी चेकजाँच गर्दा गाडिको पछाडी ढालामा लोड गरी ल्याएको १७ वटा बोरामा प्याक
गरेको ५० पोका ला.औ.गाँजा अं.४०० के.जि. (तौल गर्ने बाँकि) फेला परेको हुदा
उक्त ला.औ.गाँजालाई अर्को गाडीमा राखी जि.प्र.का.मकवानपुरमा ल्याई राखिएको, पिकअप गाडि लक गरी राखेको हुदा प्रहरीको निग्रानिमा
घटनास्थलमै शुरक्षित राखिएको, फरार चालकको सम्बन्धमा खो.त. भईरहेको ।