मिति २०८२।०८।२५ गते ०५:०० बजे देखि ऐ ०८।२६ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-२६
- A
- A-
- A+
कर्तव्य
ज्यान,
रोल्पा, माडी
गाउँपालिका वडा न.१ पेदिखोला नजिकै ऐ.बस्ने बर्ष ५० को(सुस्त मनस्थिति)को गन
बहादुर बुढाले ऐ.बस्ने बर्ष ६७ को मन बहादुर घर्तिलाई बाटोको छेउमा हिडिरहेको
अवस्थामा एक्कासी पछाडीबाट धकेल्दा बाटो देखि अ.१० मिटर तल खस्न जादा घाईते भई
उपचारको लागि घर्तिगाउँ स्थित स्मृति अस्पताल तर्फ पठाइएको भनी ऐ.१७:१५बजेको समयमा
इ.प्र.का.घर्तिगाँउ रोल्पामा खबर प्राप्त हुन साथ प्र.ना.नि.राज बहादुर थापाको
कमाण्डमा-५ जना खटीएको,निजको नाक,मुख र ढाडमा चोट अवस्था
मध्यम,बोल्न सक्ने, स्मृति अस्पताल
घर्तिगाँउमा सामान्य उपचार पश्चात थप उपचारको लागी राप्त स्वास्थ्य बिज्ञान
प्रतिष्ठान घोराही दाङमा पुगी उपचार भई रहेकोमा ऐ. २३;३५ बजेको समयमा
ऐ.अस्पतालमा उपचारको क्रममा डाक्टरले मृत्यु घोषणा गरेको निजको साथमा नतिनि बुहारी
रहेको,निज धकेल्ने गन
बहादुर बुढा नियन्त्रणमा ।
ज.ज.क.
बाल यौन दुर्व्यवहार,
कञ्चनपुर, मिति
२०८२।०८।२४ गते राती अं.०१:१५ बजे जि.कञ्चनपुर पुनर्वास न.पा.११ अमरबस्ती बस्ने
वर्ष २२ को आयान थापा भन्ने मनिष थापाले जि.कैलाली धनगढी उ.प.म.न.पा.५ बस्ने वर्ष
१६ की बालिकालाई घरमा गई डराई धम्काई घरबाट बाहिर बोलाई आफुसँग लगि जि.कञ्चनपुर
पुनर्वास न.पा.११ अमरबस्ती स्थित अन्यायीको गाउँकै खाली घरमा पुर्याई बन्धक बनाई
ज.ज.क.गरेको र ऐ.१५:०० बजे पीडितको काका र प्रहरीको सहयोगमा सोही स्थानबाट
बालिकालाई उद्धार गरी धनगढी उ.म.न.पा.को अल्पकालिन सेवा केन्द्र(Save House)मा बुझाएको
साथै प्रतिवादी आयान थापा भन्ने मनिष थापाको नाममा तालुक जि.प्र.का.कैलालीमा
जाहेरी दरखास्त दर्ता हुनासाथ जि.प्र.का.कैलालीबाट प्रहरी टोली खटी गई निज
प्रतिवादीलाई पक्राउ गरी पीडित र पीडकको यौनजन्य स्वास्थ्य परिक्षण गरेको सम्पूर्ण
कागजात सहित प्रतिवादीलाई आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि ऐ.०८।२५ गते
१५:३० बजे इ.प्र.का.त्रिभुवनबस्तीको जिम्मा लगाएकोमा निज प्रतिवादी आयान थापा
भन्ने मनिष थापालाई सम्मानित जिल्ला अदालत कञ्चनपुरबाट दिन १०(दश) म्याद थप गरी थप
अनुसन्धानको लागि इ.प्र.का.त्रिभुवनबस्तीमा ल्याई राखिएको ।
हा.ह.बरामद,
कैलाली, बर्दिया
राजापुर न.पा.४ राजापुर गाँउ स्थित जि.दाङ तुल्सिपुर उ.म.न.पा.५ घर भई हाल ऐ.हामार
थारु घर ऐण्ड रेष्टुरेन्टमा काम गरी बस्ने अं.वर्ष २८ को निरज चौधरी ऐ. ०८।२१ गते
०८:३० बजे उक्त होटेल नजिक रहेको फुसले छाएको कटेजमा अचेत अवस्थामा फेला परी
मृत्यु भएकोमा सोही घट्नामा संलग्न भई फरार रहेको जि.दाङ तुल्सिपुर उ.म.न.पा.६ घर
भई हाल जि.बर्दिया राजापुर न.पा.४ राजापुर कोठा गरी बस्ने अं.वर्ष ५० को महाबिर
चौधरीलाई इ.प्र.का.राजापुरबाट प्र.नि.र जि.प्र.का.बाट प्र.व.ना.नि.को कमाण्डमा
खटिएको संयुक्त टोलीले ऐ.२५ गते अं.०२:४५ बजे जि.कैलाली कैलारी गा.पा.२ मदराबाट
नियन्त्रणमा लिई इ.प्र.का.राजापुरबाट खटिएको प्रहरी टोलीले जिम्मा बुझि लगेको, ऐ.०७:३० बजे ऐ.
ली कैलारी गा.पा.५ पुरानो बयसपुर स्थित रामकृष्ण चौधरीको गाईगोठ भित्र नम्बर प्लेट
निकालेको अवस्थामा निजले प्रयोग गरेको मो.सा., ऐ.गा.पा.१
बस्ने दिपक चौधरीको घरबाट झोला फेला परेको, ऐ. ०८:४० बजे
ऐ.गा.पा. स्थित रोहिनीको रुखमा डायरीभित्र लुकाई छिपाई राखेको अवस्थामा १०४
लेखिएको पेस्तोल थान-१ र ऐ.को २ राउण्ड गोली समेत फेला पारी इ.प्र.का.राजापुरबाट
खटि आएको प्र.ज.को जिम्मा लगाई पठाएको ।
ला.औ.,
मोरङ, विराटनगर
म.न.पा.४ नोवेल अस्पताल अगाडी ला.औ.नि.व्युरो विराटनगरबाट प्र.ना.नि.को टोली र
जि.प्र.का मोरङबाट खटिएको संयुक्त प्रहरी टोलीले ऐ.स्थित सडक छेउमा को २७ प ६४८१ र
BR
19Y 9053 नं.को दुई
वटा मो.सा.रोकी दुई जना मानिसरहरुलाई संकास्पद रुपमा गफ गरिरहेको अवस्थामा संका
लागि चेकजाँच गर्दा ६४८१ नं.को मो.सा.चालक जि.सुनसरी हरिनगरा गा.पा.७ बस्ने वर्ष
५२ को हबिब खा को साथबाट ला.औ.खैरो हिरोइन जस्तो देखिने पदार्थ प्लाष्टिक सहित १४०
ग्राम र प्लाष्टिक बाहेक १३१ ग्राम फेला पारी, 9053 नं.को
मोसा चालक ऐ.ऐ.४ बस्ने वर्ष ३० को इरसाद आलम र दुबै मोसा सहित दुबै जनालाई
नियन्त्रणमा लिई जि.प्र.का. मोरङमा ल्याई आवश्यक अनुसन्धान भई रहेको ।
पर्सा, ठोरी
गाउँपालिका.०४ निर्मलबस्ती स्थित सीमा ईलाका स.प्र.बल,नेपाल सीमासुरक्षा
गुल्म हे.क्वा. सुवर्णपुर पर्साबाट स.प्र.ना.उ.को (९८५१२७२४६२) कमाण्डमा खटिएको १०
जनाको गस्ती टोलीलाई देखी अं.१० जना अज्ञात व्यक्तिहरुले ढाँडमा बोकी नेपालबाट
भारत तर्फ लैजादै गरेको अ. ६ पोका अं.९१ (एकानव्बे)के.जी.लागु औषध गाँजा छाडी
मानिस फरार भएको हुँदा उक्त लागु औषध गाँजा बरामद गरी नेपाल सीमासुरक्षा गुल्म
हे.क्वा. सुवर्णपुर पर्सा ल्याई राखिएको भनि ऐ. १६:०० बजे प्र.चौ. बिजयबस्तिमा
टेलिफोन मार्फत जानकारी प्राप्त हुन साथ प्र.चौ. बिजयबस्तिबाट प्र.स.नि.को
कमाण्डमा टोली खटि गई ६ पोका बोरा सहित अं. ९१(एकानव्बे)के.जी.लागुऔषध गाँजा बरामद
गरी आवश्यक कार्वाहीको लागी तालुक ई.प्र.का.ठोरी पर्सामा पठाईएको,थप अनुसन्धान
कार्य भईरहेको ।