मिति २०८२।०८।२६ गते ०५:०० बजे देखि ऐ ०८।२७ गते ०५:०० सम्मको मुख्य आपराधिक घटनाहरु ।
२०८२-०८-२७
- A
- A-
- A+
कर्तब्य
ज्यान,
काभ्रेपलान्चोक, मिति
२०८२।०८।२१ गते बिहान अं.०६:०० बजे पाँचखाल न.पा.१ कोट्याङ बस्ने अं.वर्ष ३१ को
गणेश बि.क.आफ्नै घरको पिडिमा लडिरहेको अवस्थामा फेला पारी उपचारको लागि पाँचखाल
पोलिक्लिनिक लगेर समान्य उपचार पश्चात थप उपचारको लागि धुलिखेल अस्पताल लगेकोमा
ऐ.०८।२६ गते ११:१५ बजे उपचारको क्रममा मृत्यु भएको भनी ऐ.अस्पतालमा खटिएको
प्र.क.मार्फत जानकारी प्राप्त हुनासाथ प्र.चौ.पाँचखालबाट प्र.स.नि.को कमाण्डमा
टोली खटी गई मृतक लडेको नभई कुटपिट भएको भनी प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको
हुँदा कुटपिटमा संलग्न ऐ.पाँचखाल न.पा.१ कोट्याङ बस्ने मंगल तामाङको छोरा वर्ष २५
को कमल तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको ।
ज.ज.क.
बाल यौन दुर्व्यवहार,
दैलेख, दैलेख दुल्लु
न.पा. वडा नम्बर ७ खेतगाउँ स्थित स्थानीयको बाजो जमिनमा ऐ. बस्ने वर्ष अं. ६५ को
ईन्द्र देब गिरीले ऐ. बस्ने कृष्ण बहादुर रावतको छोरी बर्ष अं. २२ की शर्मिला
रावतलाई ज.ज.क. गरेको भनि निजको आमा जगत्रा रावतले ऐ. १८:३० बजे टेलिफोन मार्फत
इलाका प्रहरी कार्यालय दुल्लु दैलेखमा जानकारी गराए पश्चात उक्त स्थानमा इलाका
प्रहरी कार्यालय दुल्लु दैलेख बाट प्र.ब.ह.को कमाण्डमा ४ जनाको प्रहरी टोली खटीगई
निज इन्द्र देब गिरीलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछको लागी केटा र केटी दुबै
जनालाई जिल्ला प्रहरी कार्यालय दैलेख तर्फ ल्याउदै ।
कैदी
मृत्यु,
पर्सा, वीरगंज
म.न.पा.५ स्थित कारागार सुरक्षा गार्ड वीरगंज पर्सामा रहेको सवारी ज्यान मुद्दाको
कैदी ऐ.१२ बस्ने अं.वर्ष ३७ को अनिल महतो
सुगर प्रेसर हाई भएर उपचारको लागि नारायणी अस्पताल विरगंज पर्सा लगेकोमा निजको उपचारको क्रममा ऐ.१३:५५ बजेको मृत्यु
भएको भनि सुरक्षार्थको लागि प्र.ह.श्याम बाबु यादवको कमाण्डमा खटिएको प्रहरी
टोलीले जानकारी गराउनासाथ व.प्र.का.बिर्ताबाट प्र.नि.को कमाण्डमा SOCO सहितको टोली
खटी गएको,
उक्त
स्थान व.प्र.का.बिर्ताबाट अं.१ कि.मि.दक्षिण पर्ने ।
हात
हतियार बरामद,
पाल्पा, तानसेन न.पा.
९ डाँडाडुम स्थितमा अ.प्र.पोष्ट माडीफाँट पाल्पाबाट गस्ति खटिएको प्र.स.नि. सहितको
प्रहरी टोलिले गस्ती गर्दै जाने क्रममा ऐ.ऐ. बस्ने बर्ष ६९ को हुम ब.सोमैले आफ्नै
बारिको ढिकमा थान १ भरुवा बन्दुक सुकाएर राखेको अवस्थामा फेला पारी बन्दुक सहित
निजलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धानको लागी जि.प्र.का.पाल्पा तर्फ पठाईएको ।
श्रोत
नखुलेको नगद रकम बरामद,
रौतहट, मौलापुर न.पा.३
लाल बकैया बाँध स्थितमा इ.प्र.का.मौलापुरबाट प्र.स.नि.को कमाण्डमा खटिएको चेकिङ
टोलीले चेकजाँच गर्नै क्रममा हरनैयाबाट देवाही तर्फ जाँदै गरेको म.प्र.-०३-०३३ प
३११० नं.को मो.सा.रोकी चेकजाँच गर्दा उक्त मो.सा.को लेगार्डमा झोलामा राखेको श्रोत
नखुलेको नगद रु.११ लाख ४७ हजार फेला परेकोले नगद, मो.सा.सहित
मो.सा.चालक जि.बारा सिमरौनगढ न.पा.११ भवानिपुर बस्ने अं.वर्ष ३६ को मुन्ना प्रसाद
जैसवाललाई समेत नियन्त्रणमा लिई जि.प्र.का.मा राखी अनुसन्धान कार्य भईरहेको, उक्त स्थान
इ.प्र.का.मौलापुरबाट अं.३ कि.मि.पूर्व पर्ने ।
सुधार
केन्द्रबाट मानिस फरार,
झापा, कमल गा.पा.५
पाडाँजुगी स्थित रहेको शान्त जीवन प्रतिष्ठान सुधार केन्द्रबाट ऐ. दमक न.पा.१
बस्ने वर्ष २१ को नविन क्षेत्री सहित ७ जना मानिसहरु सोही केन्द्रको मुल गेटको
पर्खाल नागी भागेको भन्ने खबर ऐ.१९:२० बजे सोही सुधार केन्द्रको कर्मचारीले
इ.प्र.का.दमकमा जानकारी प्राप्त हुनसाथ प्र.स.नि.को कमाण्डमा टोली खटी गई
खो.त.कार्य भइरहेको ।
ला.औ.
सुनसरी, देवानगंज
गा.पा. ०४ कौवाखोज स्थितमा इप्रका देवानगंज बाट प्र.नि राकेश राईको कमाण्डमा ४
जनाको र प्रचौ कप्तानगंज बाट प्रसनि उपेन्द्र यादवको कमाण्डमा ४ जनाको खटिएको
संयुक्त गस्ति टोलीले नेपाल बाट भारत तर्फ बी आर ५० एजी ८९९३ नं. को मोसामा पछाडी
लोड गरी सेतो बोरामा लैजादै गरेको अवस्थामा शंका लागि मोसा रोक्न खोज्दा मोसा सहित
२ वटा सेतो बोरा फाली मानिस फरार रहेको, उक्त बोरा खोली हेर्दा
बोरा भित्र सेतो प्लाष्टिकमा बेरेको ६० प्याकेट अं. ६० के.जी. ला.औ. गाँजा सहित
मोसा नियन्त्रणमा लिई इप्रका देवानगंजमा ल्याई राखिएको,
सुनसरी, धरान
उ.म.न.पा-२० कालीखोलाको किनार स्थित कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर PIT बाट प्र.ज. र
इ.प्र.का धरानबाट प्र.स.नि. को कमाण्डमा खटीएको संयुक्त गस्ती टोलीले गस्ती गर्ने
क्रममा धनकुटाबाट धरान तर्फ पैदल आउँदै गरेको के-कुन व्यक्तिहरुले प्रहरी टोलीलाई
देखी निजहरुले बोकेको ११ वटा बोरामा प्याक गरीएको पोका बाटोमा छाडी भागेको उक्त
बोरा खोली हेर्दा ला.औ. गाँजा शुद्ध तौल ३३० के.जी.रहेको,फरार व्यक्तिहरुको
पहिचान तथा खो.त. कार्य भईरहेको, उक्त ला.औ. गाँजा इ.प्र.का.धरानमा ल्याई
आ.अ.भईरहेको,
सुर्खेत, बिरेन्द्रनगर
न.पा.२ कोलडाँडा र ऐ.२ मुलपानी चोक स्थितबाट जि.प्र.का.खटिएको प्र.स.नि.को टोली,ला.औ.
नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको प्र.स.नि.को टोली र
प्र.चौ.बाङ्गेसिमलबाट खटिएको प्र.स.नि.को संयुक्त टोलीले गोप्य सुचनाको आधारमा ऐ.
बीरेन्द्रनगर न.पा.२ कोलडाँडा बस्ने वर्ष २० को दिनेश अधिकारी भे.७ प.१४७४ न.को
स्कुटि चालकको साथबाट ला.औ.ब्राउन सुगर
जस्तो देखिने खैरो धुलो पदार्थ शुद्धतौल १४ ग्राम, ऐ.२ टेम्पो
पार्क बस्ने वर्ष २४ को बिपिन राना र ऐ.बस्ने वर्ष २१ को बिशाल थापाको साथबाट शुद्धतौल ०.४८ ग्राम फेला पारी तिनै जनालाई
स्कुटी सहित नियन्त्रणमा लिई जि.प्र.का.मा ल्याई राखिएको,